Rajeshwor Shrestha, Principal, Vibhuti School

Rajeshwor Shrestha, Principal, Vibhuti School "Education is the prime key to establish peace and sustainable development in the world".

Congratulations my boy for breaking in to the adulthood. Happy Birthday and wish you all the best for healthy,wealthy an...
19/10/2024

Congratulations my boy for breaking in to the adulthood. Happy Birthday and wish you all the best for healthy,wealthy and meaningful life. Cheers!

A good teacher can inspire hope, ignite the imagination, and instill a love of learning.” – Brad HenryHappy World Teache...
05/10/2024

A good teacher can inspire hope, ignite the imagination, and instill a love of learning.” – Brad Henry
Happy World Teacher's Day

03/10/2024

चित्त बुझेर मैले पनि शेयर गरे है !

प्रिय सर मिसहरू!
नमस्कार,

दशैं विदामा बालबालिकालाई के गृहकार्य दिने भनी सोचिरहनु भएको होला, हगि?
नदिए प्रशासनको गाली खाने डर पनि उत्तिकै होला, बुझ्दछु।

तर मेरो अनुरोध छ,
कृपया पाठशालाको कैदबाट मुक्त भएका बालबालिकालाई कुनै गृहकार्य नदिनुस्।
उनीहरूले यो विदा स्वतन्त्र भएर बिताउन्, तपाईँहरूले पढ्नु भएकै होला।
दार्शनिक एवम् प्रकृतिवादी शिक्षाविद रुसो भन्छन्, 'किताबहरू जलाईदेऊ, पर्खालहरू भत्काऊ र बच्चालाई लगेर प्रकृतिको काखमा फ्याँकिदेऊ!

उनी औपचारिक शिक्षा र किताबी ज्ञानका विरोधी थिए। किताबहरू जलाईदेऊ त नभनिहाल्नुस्, तर किताबको आतङ्कबाट केही दिन मुक्त हुन बच्चाहरूलाई सघाउनुस्।

प्रिय अविभावक,
आफ्ना बालबच्चालाई गृहकार्यको भूतले नतर्साउनुस्! सक्नुहुन्छ भने ट्रेकिङ लग्नुस् वा गाउँघर र समाज घुमाउनुस्। दूध डेरीबाट आउँछ, चामल पसलमा फल्छ भन्ने बालबालिकालाई स्रोतहरूको जानकारी दिन खेत घुमाउनुस्, खेतबारीमा जताततै छापिएका हुन्छन् किसानका कथाहरू, ती कथाहरू पढ्न सिकाउनुस्। नानीहरूलाई श्रमप्रति प्रेम गर्न सिकाउनुस्।
यो जीवनको महान् गुण हो।
खेलजस्तो हुनेगरी उनीहरूलाई आफ्नो जुठो भाँडा आफै माझ्न सिकाउनुस्। अलिअलि बारी खन्न, तरकारी लाउन, पानी हाल्न पनि प्रेरित गर्नुस्।
टुसा उम्रेको देखेर उनीहरूले जति खुशी हुन्छन्,
त्यो चानचुने खुशी होइन।
उनीहरूलाई स्थानीय धान, अन्न, चरा, माछा, रुख आदि चिनाउनुस्। प्रकृति र माटोको महिमा जान्न प्रेरित गर्नुस्। यसबाट उनीहरूको संघर्षपूर्ण भविष्यका धेरै दु:ख घट्नेछन्।
महत्वपूर्ण कुरा, उनीहरूको लत बनिसकेको स्क्रीन टाइम घट्नेछ। विशेष गरि शहरी बालबच्चाका खुट्टाहरू साँघुरा पर्खालभित्र कुँजिएका हुन्छन्। विदामा खुट्टा तन्काउन शारीरिक खेलकूदमा प्रेरित गर्नुस्, जस्ले जीवनका लागि अत्यावश्यक Motor Ability बढाउँछ।
घरमा त उनीहरूले कति नुहाए, नुहाए। मिलेसम्म खोलामा लगेर पौडीको आनन्द लिन प्रेरित गर्नुस्। खेलप्रतिको बालकको रुचिलाई दुरुत्साहन नगर्नुस्। खेल जीवनको तैयारी होइन, स्वयम् जीवन हो। जीवनका लागि जरुरी कैयन आधारभूत सीपहरू सिक्न खेलले निकै मद्धत गर्छ।
दशैँको मासु पनि पच्छ, स्वस्थ आदत पनि बन्छ।

तपाईँले चाहे यी कुनै कुरा असम्भव छैनन्।

Bhupeen Khadka.
🙏

शनिबार विशेष :बौडेश्वर महादेव
11/08/2024

शनिबार विशेष :बौडेश्वर महादेव

जन्म दिने आमा र  बाबा अनि  शिक्षा दिने गुरु साक्षत् भगवान हुन् । वहाँहरुको मार्गदर्शनलाई आत्मसात गर्दै असल  नागरिक  बन्न...
21/07/2024

जन्म दिने आमा र बाबा अनि शिक्षा दिने गुरु साक्षत् भगवान हुन् । वहाँहरुको मार्गदर्शनलाई आत्मसात गर्दै असल नागरिक बन्न सक्नु नै सहि अर्थमा वहाँहरु प्रतिको सम्मान हो। गुरु दिवसको सम्पूर्णमा हार्दिक शुभकामना प्रकट गर्दै आजबाट विद्यालय नियमित संचालन हुने व्योहोरा जानाकारी गराँउदछु। धन्यवाद ।
प्रधानाध्यापक

20/07/2024

नमस्कार ! मेरो फेसबुक आइडी कसैले प्रयोग गरेको छ । मेरा फेसबुक मित्रहरु संग कसैले अनावश्यक कल, मेसेज,नगद या जिन्सि माग गर्न सक्छ सतर्क हुनुहोला। साथै तपाईंलाई यस्तो मेसेज गरेको छ भने

Mero license ko form varna lako Mero ma code nai aayana tapai ko number rakhdinxu code dinu la. यस्तो भन्यो भने कोड नदिनु होला।

16/07/2024

घनघोर अफ्यठाराहरु चिर्दै संघर्ष पूर्ण यात्रा पछिको गन्तव्य पुग्नु मजा नै बेग्लै हुन्छ। So fight with every problem that arises in your journey to success. Cheers!!!!!

13/07/2024

अब देशमा केहि होला त? अँह हुन्न अब अर्को ५/७ महिनामा फेरि केपि, देउबा र प्रचण्ड हरु एक अर्कालाई खुब गालि गर्ने छन् । धोकेबाज, जाली फटाहाको संज्ञा दिने छन् । अनि नयाँ सरकार बनाएर आफन्त आसेपासेलाई मन्त्री पद भाग लाउने छन् । हाम्रो माहान छिमेकी रास्ट्र यि नतर्कीहरुलाई नचाउन खुब सिपालु छ। अनि यि बेशरम पेशेवरहरु नाचिरहन्छन्। अनि यस्ता गतिछाडाहरुलाई डबलिमा पुर्याउने अनि रमाइलो मान्दै तालि मार्ने हामी पटमुर्खहरु। अझ जाने बेलामा प्रचण्डले क्या दमदार बोल्यो है, केपिमा दम छ है, वाह शेरे दाई क्या कुटनितिज्ञ रे ? ए झोले हो कहिले सम्म यिनका आचि शिरमा अचाई रहन्छौ? कहिले सुध्रन्छौ? खैर हिजो एक जना जुम्लि नेताले चाइ दमदार बोल्यो है खै तिनि पनि पछि पद पाएसि त्यस्तै हुन्छन की थाहा छैन। तर कम्तिमा यि नतर्किहरुको मुकुन्डो उतारी दिए।

08/07/2024

सामाजिक विषयमा एसईईमा कोही फेल हुनु भएको छ? आउनुहोस म तपाईंहरूलाई पास हुने गरी फ्री मा पढाउँछु। देश भर बाट सम्पर्क गर्न सक्नुहुन्छ।सम्पर्क: ९८५१२३७१०६.

https://khabarcenter.com/content/51684
28/06/2024

https://khabarcenter.com/content/51684

काठमाडौं । विभूति स्कुलले एसईईमा एक पछि अर्को ऎतिहासिक नतिजा ल्याउन सफल भएको छ । २०७९ को एसईई परीक्षामा स्कुलका द....

16/06/2024

नेपालले हार्छ या जित्छ । तर खेल वर्ल्ड क्लास छ। वाह! टिम नेपाल।।।।

Address

Taudal, Kharibot , Banasthali
Kathmandu

Telephone

+9779851237106

Website

Alerts

Be the first to know and let us send you an email when Rajeshwor Shrestha, Principal, Vibhuti School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Rajeshwor Shrestha, Principal, Vibhuti School:

Shortcuts

Share

Category