11/07/2025
Invitation to Contribute to the Archive
Nepal Music Archive is an initiative dedicated to preserving and promoting Nepal’s diverse musical heritage through archiving, research, education, and public engagement.
We invite artists/bands, music enthusiasts, collectors, and the general public to contribute CDs, cassettes, vinyl records, books and articles on music or any other materials for digitisation and safe archival. We welcome materials of all genres and languages. All materials will be handled with care and returned to the contributor once the digitisation process is complete.
Your contributions will become part of NMA’s growing collection, serving as a resource center for researchers, students, and future generations. By sharing your materials, you are helping to safeguard Nepal’s musical traditions and ensure their continued relevance and accessibility.
If you’d like to contribute or learn more, feel free to DM us or email us at [email protected] or call us at 9803120107.
संरक्षणका निम्ति अडियो सामग्रीहरूका लागि आह्वान
नेपाल म्युजिक आर्काइभ नेपालका विविध साङ्गीतिक परम्पराहरूलाई दस्तावेजीकरण, अनुसन्धान, शिक्षा र संवादमार्फत सुरक्षित राख्न समर्पित साझा प्रयास हो।
हामी सम्पूर्ण सङ्गीतप्रेमी, कलाकार, ब्यान्ड, सङ्ग्रहकर्ता तथा आम नागरिकहरूलाई हाम्रो सङ्ग्रहलाई अझ समृद्ध बनाउन सिडी, क्यासेट, भिनाइल रेकर्ड, सङ्गीतसम्बन्धी पुस्तक तथा लेखहरू वा अन्य कुनै पनि सामग्रीहरू प्रदान गर्न हार्दिक आह्वान गर्दछौं। हामी सबै विधा र भाषाका सामग्रीहरू स्वागत गर्दछौं। प्राप्त सबै सामग्रीहरूलाई सावधानीपूर्वक डिजिटाइज गरिनेछ र प्रक्रिया सकिएपछि फिर्ता गरिनेछ।
तपाईंले प्रदान गर्ने यी सामग्रीहरूले नेपालका पुराना गीत-सङ्गीत र साङ्गीतिक इतिहासलाई सुरक्षित राख्न सहयोग गर्नेछन्। यी सामग्रीहरू भावी पुस्ता, विद्यार्थी, शोधकर्ता तथा सङ्गीतमा रुचि राख्ने सबैका लागि अमूल्य स्रोत बन्नेछन्।
यदि तपाईंसँग यस्ता सामग्री छन् भने वा थप जानकारी चाहनुहुन्छ भने, हामीलाई [email protected] मा इमेल वा ९८०३१२०१०७ मा सम्पर्क गर्नुहोस्।