Sahabir Thapa - सहबिर थापा

Sahabir Thapa - सहबिर थापा लोकसेवा आयोग ,शिक्षक सेवा आयोग अन्य सरकारी सेवाहरुका लागि आधिकारिक जानकारी !!
(1)

13/08/2026

सहसचिवमा टपर हुनु भएको डा. डिजन सरको पढ्ने टिप्स।
================================
१. धेरै होइन, सही तरिकाले पढ्नुहोस्
सफलता “कति घण्टा पढियो” मा होइन, “कसरी पढियो” मा निर्भर हुन्छ। विषयको गहिरो बुझाइ विकास गर्नुहोस्।
२. पाठ्यक्रमलाई जीवन र समसामयिकतासँग जोड्नुहोस्
किताबका तथ्य मात्र होइन, राज्य, शासन, अर्थतन्त्र, समाज र वर्तमान घटनासँग विषयलाई जोडेर बुझ्ने बानी बसाल्नुहोस्।
३. अवधारणागत स्पष्टता (Conceptual Clarity) बनाउनुहोस्
कुनै पनि विषयको जरोसम्म पुग्ने प्रयास गर्नुहोस्। सतही ज्ञानले उच्च तहको परीक्षा पार गराउँदैन।
४. अन्तरसम्बन्ध (Interlinking) गरेर अध्ययन गर्नुहोस्
राजनीति, प्रशासन, अर्थतन्त्र, कूटनीति, सुरक्षा र विकासबीचको सम्बन्ध बुझ्नुहोस्। यही क्षमताले उत्तरलाई विशिष्ट बनाउँछ।
५. उत्तर लेखनलाई तयारीको केन्द्रमा राख्नुहोस्
लोकसेवामा ज्ञानभन्दा त्यसलाई व्यवस्थित ढंगले प्रस्तुत गर्ने क्षमता महत्वपूर्ण हुन्छ। दैनिक लेख्ने अभ्यास अनिवार्य गर्नुहोस्।
६. समय होइन, ऊर्जाको व्यवस्थापन गर्नुहोस्
दिनको सबैभन्दा प्रभावकारी समय कठिन र विश्लेषणात्मक विषयका लागि प्रयोग गर्नुहोस्। नियमितता नै सफलताको आधार हो।
७. डिजिटल अनुशासन अपनाउनुहोस्
अनावश्यक मोबाइल, सामाजिक सञ्जाल र समय खेर फाल्ने गतिविधिबाट आफूलाई टाढा राख्नुहोस्।
८. तथ्य होइन, विश्लेषण दिन सिक्नुहोस्
उत्तरमा समस्या, कारण, प्रभाव, समाधान र निष्कर्ष प्रस्तुत गर्ने क्षमता विकास गर्नुहोस्। लोकसेवाले अब सोच्ने क्षमता खोज्छ।
९. आफ्नै मौलिक सोच (Original Thinking) विकास गर्नुहोस्
अरूको नोट र उत्तरको नक्कल होइन, आफ्नै दृष्टिकोण र विश्लेषण प्रस्तुत गर्ने अभ्यास गर्नुहोस्।
१०. मानसिक रूपमा बलियो बन्नुहोस्
लोकसेवा बौद्धिक मात्र होइन, मानसिक सहनशीलताको पनि परीक्षा हो। तनाव, निराशा र असफलतालाई व्यवस्थापन गर्न सिक्नुहोस्।
११. निरन्तरता नै सफलताको मूलमन्त्र हो
“Consistency beats Intensity.”
एक दिन १५ घण्टा पढेर पाँच दिन नपढ्नुभन्दा दैनिक ५–६ घण्टा नियमित अध्ययन धेरै प्रभावकारी हुन्छ।
१२. असफलतालाई शिक्षकका रूपमा स्वीकार गर्नुहोस्
असफलता अन्त्य होइन, सुधारको अवसर हो। प्रत्येक असफलताले सफलताको अर्को ढोका खोलिरहेको हुन्छ।

😮😮😮
09/08/2026

😮😮😮

ब्रड पिकमा बेपत्ता भएका विश्वकीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको मृत्यु🥲🥲पाकिस्तानको ब्रड पिकको हिमपहिरोमा बेपत्ता भएक...
01/08/2026

ब्रड पिकमा बेपत्ता भएका विश्वकीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको मृत्यु🥲🥲
पाकिस्तानको ब्रड पिकको हिमपहिरोमा बेपत्ता भएका विश्वकीर्तिमानी पर्वतारोही निर्मल पुर्जा (निम्स दाई) को निधन भएको छ । उनीसँगै गएका अन्य आरोहीको पनि निधन भएको छ ।
८,०४७ मिटर अग्लो उक्त हिमाल आरोहण गर्न गएका विश्वकीर्तिमानी नेपाली आरोही निर्मल पुर्जा सहित १० जना हिपहिरोमा परी बेपत्ता भएका थिए ।
#हार्दिक_श्रद्धाञ्जली 🙏

29/07/2026

नेपालमा बाघको संख्या ४२९ पुग्यो ।........……………………………
• नयाँ गणनामा ७४ बाघ थपिएका छन्।
• बाघ गणना वि.सं. २०८२ पुस १ देखि सुरु गरिएको थियो।
• विश्व बाघ दिवसका अवसरमा सन् २०२६ को नतिजा सार्वजनिक गरियो।
• सन् २०२२ को गणनामा नेपालमा ३५५ बाघ थिए।
• नेपालमा हरेक ४ वर्षमा बाघ गणना गरिन्छ।
• गणना पाँच राष्ट्रिय निकुञ्ज र आसपासका वन क्षेत्रमा गरिएको।
- चितवन राष्ट्रिय निकुञ्जमा सबैभन्दा बढी १४५ वयस्क बाघ।
- बर्दिया राष्ट्रिय निकुञ्जमा ११२ वयस्क बाघ।
- पर्सा राष्ट्रिय निकुञ्जमा ७१ वयस्क बाघ।
- बाँके राष्ट्रिय निकुञ्जमा ५१ वयस्क बाघ।
- शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ५० वयस्क बाघ।

24/07/2026

काठमाडौं महानगरपालिका वडा नं. ३० का लेखा अधिकृतलाई रु.२१ हजार घुस सहित अख्तियारले पक्राउ गरेको छ। 😮

Source: CIAA, NEPAL

21/07/2026

😂 सम्पत्ति विवरण
जग्गा: छिमेकीको खेतसम्म पुग्ने सपना।
घर: आमाबुबाको भरमा।
गाडी: साथीको बाइक मागेर चलाइने।
बैंक ब्यालेन्स: Rs. 47.50 (त्यो पनि eSewa मा)।
सुन–चाँदी: मुस्कान सुनको, मन हिराको।
सेयर: Facebook मा धेरै, Share Market मा शून्य।
ऋण: साथीहरूबाट खाजा खुवाउन बाँकी।
नगद: पर्समा दुईवटा पुराना बिल र एउटा ATM कार्ड।
विशेष सम्पत्ति: निद्रा, भोक, र लेभलको आत्मविश्वास।
भविष्यको सम्पत्ति: "एक दिन धनी बन्छु" भन्ने अटल विश्वास। 😂

🔴  #गण्डकी प्रदेश,  #आर्थिक_सर्वेक्षण। ✅(२०८२/८३)
15/07/2026

🔴 #गण्डकी प्रदेश, #आर्थिक_सर्वेक्षण। ✅
(२०८२/८३)

 #नेपालको बेरुजु को बर्तमान अबस्था 💗💗
01/07/2026

#नेपालको बेरुजु को बर्तमान अबस्था 💗💗

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Sahabir Thapa - सहबिर थापा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Sahabir Thapa - सहबिर थापा:

Shortcuts

Share