04/09/2026
Read it carefully
भविष्य बनाउन सन् १९९७ मा विद्यार्थी भिसामा जापान पुग्दा भवन भट्टसँग न त धेरै पैसा थियो, न त ठूलो पहुँच। गुजारा चलाउन उहाँले टोकियोका रेस्टुरेन्टहरूमा भाँडा माझ्ने र सफाइ गर्ने जस्ता कठिन कामबाट आफ्नो यात्रा सुरु गर्नुभयो।
भाँडा माझ्दै गर्दा जापानी आतिथ्य (Hospitality) र बिजनेस मोडल बुझेका उहाँले केही वर्षमै आफ्नै पहिलो रेस्टुरेन्ट सुरु गर्नुभयो। त्यही सानो सुरुवात पछि गएर विशाल TBI Group (TBI Holdings) मा बदलियो।
आज उहाँको मातहतमा जापान र नेपालमा गरी दर्जनौँ होटल, रेस्टुरेन्ट, आईटी कम्पनी र रियल स्टेट व्यवसायहरू सञ्चालित छन्। गैरआवासीय नेपाली संघ (NRNA) का पूर्व अध्यक्ष समेत रहनुभएका उहाँको यो यात्रा वैदेशिक रोजगार र अध्ययनमा रहेका हरेक नेपालीका लागि ठूलो प्रेरणा हो!