09/06/2023
महत्वपूर्ण जानकारी
जापान सरकारले "दक्ष कामदार भिसानं. २ (SSW-2 ) " लाई ११ फिल्डमा विस्तार गर्ने निर्णय गरेको छ।
दक्ष सीप भएका विदेशी कामदारले ‘स्पेसिफाइड स्किल्ड वर्कर २’ अन्तर्गत हालको दुई क्षेत्र बाट ११ वटा क्षेत्रमा बिस्तार गर्ने योजना जापनको मन्त्रि परिसदले स्वीकृत गरेको छ । यदि SSW-2 भिसा प्राप्त गर्न सकियो भने, जापानमा अनिश्चित कालसम्म काम गर्न सकिनेछ र आफ्नो परिवारलाई साथमा लैजान पनि सकिने छ।
जापान सरकारले गम्भीर श्रम अभाव भएका विशेष औद्योगिक क्षेत्रहरूमा विदेशी कामदार हरुलाई स्वीकार गर्न अप्रिल २०१९ देखि दक्ष कामदार भिसा नं. १ (SSW-1 ) सुरु गरेको थियो। जुन भिसा अन्तर्गत जापानमा ५ बर्ष सम्म बस्न सकिने र परिवार लाइ लैजान नसकिने हुन्छ। तर SSW-2 मा भने अन्य वर्किंग भिसा सरह अनिश्चित कालसम्म बस्न सकिने भएको छ।
हालसम्म "निर्माण" र "जहाज निर्माण" सम्बन्धि क्षेत्रमा मात्र SSW नं. २ को ब्यवस्था थियो तर यस पछि भने थप ९ क्षेत्रमा पनि तोकुतेइ गिनोउ नं. २ प्राप्त गर्न सकिने भएको हो । १) भवन सरसफ़ाई, २) औधोगिक उत्पादन, ३) अटोमोबाइल मर्मत, ४) एयरपोर्ट, ५) होटल, ६) कृषी, ७) मत्स्यपालन, ८) खाद्य बस्तु उत्पादन र ९) रेष्टुरेन्ट उद्योग
SSW-2 लाई प्राप्त गर्नको लागि के कस्तो योग्यता र परिक्षा दिन आवस्यक हुन्छ भन्ने कुराको अझै निर्णय भै सकेको नभए पनि अधिक कुशल र शिप चाहिने कुरा बताइएको छ।