Nepal Police Detective Training School

Nepal Police Detective Training School It conducts different type of crime related training for Nepal Police officer to achieve Organization

16/06/2025
मिति २०८२ असार ०१ गते नेपाल प्रहरी सङ्गठन प्रमुख श्रद्धेय प्रहरी महानिरीक्षक दिपक थापाज्यूबाट नेपाल प्रहरी अपराध अनुसन्ध...
16/06/2025

मिति २०८२ असार ०१ गते नेपाल प्रहरी सङ्गठन प्रमुख श्रद्धेय प्रहरी महानिरीक्षक दिपक थापाज्यूबाट नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालयमा मिति २०८२ बैशाख २१ गतेदेखि सञ्चालित “अपराध अनुसन्धान तालिम (सि.प्र.अ.), ९९ औँ समूह” का सहभागीहरूसँग अन्तक्रिया गर्नुभई सहभागीहरूलाई महत्वपूर्ण निर्देशन प्रदान गर्नुभएको थियो । उक्त कार्यक्रममा नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्र.ना.म.नि. विनोद घिमिरेज्यू र नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालयका प्रधानाचार्य प्र.व.उ. रन्जु सिग्देलज्यू समेतको उपस्थिति रहेको थियो ।

नेपाल सरकार, गृह मन्त्रालयको मिति २०८२ जेठ १६ गतेको निर्णयले नेपाल प्रहरी प्रधान कार्यालय महिला बालबालिका तथा जेष्ठ नागर...
09/06/2025

नेपाल सरकार, गृह मन्त्रालयको मिति २०८२ जेठ १६ गतेको निर्णयले नेपाल प्रहरी प्रधान कार्यालय महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालय, नक्सालबाट यस नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालयमा प्रधानाचार्यको रुपमा सरुवा हुनुभएका प्रहरी वरिष्ठ उपरीक्षक रन्जु सिग्देलज्यू आज मिति २०८२ जेठ २६ गते यस विद्यालयमा हाजिर हुनुभई पदभार ग्रहण गर्नुभयो ।

यस नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालयका प्रधानाचार्य प्रहरी वरिष्ठ उपरीक्षक ओम प्रसाद अधिकारीज्यूको नेपाल प्रहरी प्रध...
06/06/2025

यस नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालयका प्रधानाचार्य प्रहरी वरिष्ठ उपरीक्षक ओम प्रसाद अधिकारीज्यूको नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग, वृत्ति विकास महाशाखा, नक्सालमा सरुवा भएको हुदाँ यस विद्यालयद्वारा आज मिति २०८२ जेठ २३ गते शुभकामना तथा फेरि भेटौंला कार्यक्रमको आयोजना गरियो ।

बिदाई तथा शुभकामना कार्यक्रम सम्पन्नःयस नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालयमा दरबन्दी भई कार्यरत प्र.ह. यज्ञ बहादुर डि...
04/06/2025

बिदाई तथा शुभकामना कार्यक्रम सम्पन्नः
यस नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालयमा दरबन्दी भई कार्यरत प्र.ह. यज्ञ बहादुर डि.सी. (अ.प्रा.) आफ्नो २० वर्षे सेवा अवधि सफलतापूर्वक पूरा गरी स्वैच्छिक अवकाश लिनु भएकाले यस विद्यालयद्वारा आयोजित "बिदाई तथा शुभकामना कार्यक्रम" आज मिति २०८२ जेठ २१ गते यस विद्यालयका प्रधानाचार्य प्र.व.उ. ओम प्रसाद अधिकारीज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भयो ।

आज मिति २०८२ जेठ १६ गते यस नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालयमा मिति २०८२ जेठ ५ गतेदेखि सञ्चालन भएको “करणी सम्बन्धी क...
30/05/2025

आज मिति २०८२ जेठ १६ गते यस नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालयमा मिति २०८२ जेठ ५ गतेदेखि सञ्चालन भएको “करणी सम्बन्धी कसुर अनुसन्धान तालिम (सि.प्र.अ./जु.प्र.अ.), १५ औँ समूह”को तालिम तालुक प्रतिष्ठानका कार्यकारी निर्देशक प्र.अ.म.नि. सुदिप गिरीज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । कार्यक्रममा यस विद्यालयका प्रधानाचार्यज्यू तथा तालुक प्रतिष्ठानका सह-निर्देशकज्यू लगायतको उपस्थिति रहेको थियो भने प्रमुख अतिथिज्यूबाट सहभागी प्रशिक्षार्थीहरुलाई प्रमाण-पत्र वितरण तथा निर्देशन सम्बोधन गर्नुको साथै तालिम संयोजक प्र.ना.उ घनश्याम श्रेष्ठबाट तालिम सम्बन्धी प्रतिवेदन समेत प्रस्तुत गर्नुभई तालिम सम्पन्न भयो ।

आज मिति २०८२ जेठ १६ गते यस नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालयमा मिति २०८२ जेठ ५ गतेदेखि सञ्चालन भएको “करणी सम्बन्धी क...
30/05/2025

आज मिति २०८२ जेठ १६ गते यस नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालयमा मिति २०८२ जेठ ५ गतेदेखि सञ्चालन भएको “करणी सम्बन्धी कसुर अनुसन्धान तालिम (सि.प्र.अ./जु.प्र.अ.), १५ औँ समूह”को तालिमको पाठ्यक्रम बमोजिम Panelists नायव महान्यायधिवक्ता गोपाल प्रसाद रिजालज्यू, माननीय न्यायाधिश माधव प्रसाद घिमिरेज्यू, यस विद्यालयका प्रधानाचार्य प्र.व.उ.ओम प्रसाद अधिकारीज्यू, डा. सृजना कुँवरज्यू र अधिवक्ता राधिका खतिवडाज्यूको उपस्थितिमा तालिममा सहभागी २३ जना प्रशिक्षार्थीहरुबाट करणी सम्बन्धी कसुरको अनुसन्धानमा उठेका जिज्ञासाहरुको सम्बोधन गर्नुको साथै कार्य क्षेत्रमा आई पर्ने चुनौतिहरुको समाधान गर्दै सफल अनुसन्धान गर्न सक्ने सक्षम जनशक्तिको रुपमा स्थापित हुन आग्रह समेत गर्नु भई कार्यक्रम समाप्त भयो।

आज मिति २०८२ जेठ ११ गते यस नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालयमा मिति २०८२/०२/०५ गतेदेखि सञ्चालन भएको “घटनास्थल अधिकृत...
25/05/2025

आज मिति २०८२ जेठ ११ गते यस नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालयमा मिति २०८२/०२/०५ गतेदेखि सञ्चालन भएको “घटनास्थल अधिकृत पूनर्ताजगी (जु.प्र.अ.-प्र.ज.) , ४५ औँ समूह”को तालिम यस विद्यालयका प्रधानाचार्य प्र.व.उ. श्री ओम प्रसाद अधिकारीज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । कार्यक्रममा प्रमुख अतिथिज्यूबाट सहभागी प्रशिक्षार्थीहरुलाई प्रमाण-पत्र वितरण तथा निर्देशन सम्बोधन गर्नुको साथै तालिम संयोजक प्र.नि. सुशिल थापाबाट तालिम सम्बन्धी प्रतिवेदन समेत प्रस्तुत गर्नुभई तालिम सम्पन्न भयो ।

समुद्घाटन कार्यक्रम सम्पन्नःआज मिति २०८२ जेठ ५ गते यस विद्यालयमा १० कार्यदिन अवधिको गैर-आवासीय “करणी सम्बन्धी कसुर अनुसन...
19/05/2025

समुद्घाटन कार्यक्रम सम्पन्नः
आज मिति २०८२ जेठ ५ गते यस विद्यालयमा १० कार्यदिन अवधिको गैर-आवासीय “करणी सम्बन्धी कसुर अनुसन्धान तालिम (सि.प्र.अ./जु.प्र.अ.), १५ औँ समूह” र ६ कार्यदिन अवधिको गैर-आवासीय “घटनास्थल अधिकृत पूनर्ताजगी (जु.प्र.अ.-प्र.ज.) तालिम, ४५ औँ समूह”को तालिम समुद्घाटन कार्यक्रम सम्पन्न भयो ।
साथै, तालिम समुद्घाटनको क्रममा करणी सम्बन्धी कसुर अनुसन्धान तालिमका तालिम संयोजक प्र.ना.उ. घनश्याम श्रेष्ठले तालिम पाठ्यक्रमको संक्षिप्त जानकारी प्रस्तुत गर्नु भएको थियो भने घटनास्थल अधिकृत पूनर्ताजगी तालिमका तालिम संयोजक प्र.नि. सुशिल थापाले तालिम पाठ्यक्रमको संक्षिप्त जानकारी प्रस्तुत गर्नु भएको थियो ।

दीक्षान्त समारोह सम्पन्नःमिति २०८२ वैशाख १४ गतेदेखि सञ्चालित “अपहरण तथा शरीर बन्धक एवं सङ्गठित अपराध अनुसन्धान (सि.प्र.अ...
16/05/2025

दीक्षान्त समारोह सम्पन्नः
मिति २०८२ वैशाख १४ गतेदेखि सञ्चालित “अपहरण तथा शरीर बन्धक एवं सङ्गठित अपराध अनुसन्धान (सि.प्र.अ./जु.प्र.अ.) तालिम, चौथो समूह”को दीक्षान्त समारोह आज मिति २०८२ जेठ २ गते यस विद्यालयका प्रधानाचार्य प्रहरी वरिष्ठ उपरीक्षक ओम प्रसाद अधिकारीज्यूको प्रमुख आतिथ्यता सम्पन्न भयो । कार्यक्रममा प्रमुख अतिथिज्यूबाट प्रमाणपत्र र पुरस्कार वितरण तथा निर्देशन सम्बोधन गर्नुहुनुका साथै तालिम संयोजक प्र.ना.उ. हेमराज घिमिरेले तालिम सम्बन्धी गतिविधि समावेश भएको प्रतिवेदन प्रस्तुत गर्नु भई कार्यक्रम समाप्त भयो ।

आज मिति २०८२ वैशाख २५ गते यस विद्यालयको विशेष पहलमा साइबर ब्यूरो भोटाहिटीसँगको सहकार्यमा नेपाल पुलिस स्कुल सामाखुशीको कक...
08/05/2025

आज मिति २०८२ वैशाख २५ गते यस विद्यालयको विशेष पहलमा साइबर ब्यूरो भोटाहिटीसँगको सहकार्यमा नेपाल पुलिस स्कुल सामाखुशीको कक्षा ८ र ९ मा अध्ययनरत विद्यार्थीहरुलाई "लागु औषध तथा साईबर अपराध सम्बन्धी जनचेतनामूलक कार्यक्रम" सम्पन्न भयो ।

Address

Maharajgunj-03
Kathmandu
44616

Website

Alerts

Be the first to know and let us send you an email when Nepal Police Detective Training School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Nepal Police Detective Training School:

Shortcuts

Share

Category