01/11/2025
आजसम्म फोहोरमा राजनिती भएकै हो त्यसमा दुईमत छैन तर अब सबै एकै ठाउमा बसेर सदाको लागि फोहोर बन्द गर्नु यो बेला उपयुक्त हो ।म अचम्ममा छु फोहोरले सबैलाई समस्या भएको छ तर बन्द गर्न र संधर्षमा उत्रिदा किन ४०/५० जना मात्र हुन्छन???अनि आन्दोलनमा होमिएको ३/४ दिनमै स्थानिय जनप्रतिनिधी गएर सम्झौता किन ठोकि हाल्छन???दाल मे कुच्छ काला हे🤔🤔🤔ति जनप्रतिनिधी पटक पटक आन्दोलन गर्न र सम्झौता गर्न सहभागि छन अनि आफ्नो निर्वाचन क्षेत्रका जनतालाई किन रोडमा ल्याउन सक्दैनन्???यो सम्म कैयौ पटक सम्झैता भए तर हातमा लायो शुन्य अब त बिउझिने कोशिस गर 🙄राज्यले सुन्दै सुन्दैन अनि तिमीहरूलाई अधिकरण चाहिएको कि सन्ततिको बाच्न पाउने अधिकार??गाउपालीका र नगरपालिकालाई बजेट चाहिएको कि स्वच्छ बाताबरणमा बस्न पाउने अधिकार???बाटो पिच चाहिएको कि जनस्वास्थ्य???एक घर एक रोजगारी कि एक घर एक क्यान्सर पिडित??कैले सम्म जिउदै मर्ने??२/४ जना मरौला तर पछि हट्ने काम नगरौ 🙏🙏अब यसरी गर्न सक्ने हो भने हामी केहि हदसम्म सफल हुन्छौ कि 👇👇👇👇👇
१)एक सुत्रिय माग राखेर अधि बढौ त्यो सदाको लागि फोहोर चाहिदैन
२)प्रत्यक नगरपालिका र उपनगरपालिका प्रमुखलाई नै फोहर उपहार पठाऔ
३)जनप्रतिनिधीले प्रत्यक घर घरमा गएर जनतालाई सडकमा आउन अनुरोध गरौ ।
४)फोहोरको समस्या सबैलाई हो त्यसैले सबै सडकमा आउ राज्यले मास हेर्छ टाउकेलाई हैन
५)आन्दोलनमा तिनपिप्ले देखि सिस्डोल सम्म सडक पुरै ढाकिने गरि सहभागी हौ जहा पहिलो लाईनमा स्कुलको भाईबहिनी तथा शिक्षक शिक्षिका ,अपांग,बुढा बुढि ,महिला ,हुदै नबजवानको क्रमबद्दता
६)जिल्लाका पार्टीका नेता तथा केन्द्रिय नेता पुर्ण रूपमा यो आन्दोलनलाई निषेध गरौ किनकि यिनीहरू काठ्मान्डौ बस्छन यिनीहरूले जत्तिनै ठुला गफ गरे पनि यिनीहरूलाई काठ्मान्डौ सफा चहिएको छ सिस्डोल या बन्चरेडाडा हैन..
७)कदम कथाचित राज्यबाट दमनमा त्यसको मुकतोड जवाफ दिऔ
८)हाम्रो लडाई राज्यसंग भएकाले संबै तिर प्रचार गरौ त्यहाको बाटोको अबस्था,फोहोर कसरी पुरेको छ,सिस्डोलको हालको अबस्था कस्तो गरि छोडेका छन याबत कुरा मिडियाबाजी गरौ
९)सबै स्थानिय स्तरमा राजनैतिक दलको संगठनले पनि सबै क्षेत्र,जात,बर्ग,लिंग,समुदायलाई आन्दोलनमा सहभागी गराउन जोडबलले लागौ यो पटक संन्ततिको लागि लडौ मर्नु त एकदिन छदै छ दल भन्दा फोहोरको दलदलमा सन्ततिलाई नहालौ🙏🥲🥲