02/06/2026
कक्षा सातका विद्यार्थीहरूले सामाजिक अध्ययनअन्तर्गत 'जिल्ला समन्वय समिति' पाठ अध्ययन गरेपछि समूहमा मिलेर विभिन्न जिल्लाको अनुसन्धान गरेका थिए। त्यसपछि उनीहरूले सम्बन्धित जिल्लामा भइरहेका विकासका गतिविधिहरू र भविष्यमा विकासलाई अझ प्रभावकारी बनाउन सकिने उपायहरूबारे अनुकरणात्मक प्रस्तुति दिएका थिए।