Prakash Dulal

Prakash Dulal personal

आर्थिक वर्ष २०६८/६९ सालमा हाम्रो देशले ७४ अर्ब २६ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा विदेशीलाई बेचेको थियो । जुन आ. व. ...
18/12/2022

आर्थिक वर्ष २०६८/६९ सालमा हाम्रो देशले ७४ अर्ब २६ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा विदेशीलाई बेचेको थियो । जुन आ. व. मा बढेर २०७८/८९ मा २ खर्ब पुग्यो । तर, गत वर्षको ४ महिनामा भने ६ खर्ब ५० अर्ब रुपैयाँको वस्तु तथा सेवा हामी विदेशबाट किनेका छौं ।
जबकी, गत वर्षको सोही अवधिमा ५ खर्ब ३२ अर्ब रुपैयाँको वस्तु तथा सेवा विदेशीसँग किनेका थियौं । सरकारले गरेको कडाइका कारण आयात घटेको हो । पछिल्ला ४ महिनामा १८.०८ प्रतिशत आयात घटेपछि विदेशी मुद्राको सञ्चिति घट्ने क्रम रोकिएको छ ।

गत आर्थिक वर्ष विदेशी मुद्रा सञ्चिति १८.९ प्रतिशतले घटेर असार मसान्तमा ९ अर्ब ५४ करोड डलर पुगेको थियो । राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार असोज मसान्तमा विदेशी मुद्राको सञ्चिति ९ अर्ब ४८ करोड डलर पुगेको छ ।

हामीसँग भएको उक्त विदेशी मुद्राले आयात कडाइपछिको घट्दो ट्रेण्डको पछिल्लो ३ महिनाको आयातलाई आधार मान्दा आगामी ८ महिना १० दिनका लागि विदेशबाट वस्तु तथा सेवाको आयात गर्न पुग्छ । तर, गत आर्थिक वर्षको यही अवधिमा भएको आयातलाई आधार मानेर विश्लेषण गर्ने हो भने हामीसँग अहिले भएको विदेशी मुद्राले आगामी ६ महिना २१ दिनको आयात धान्न पुग्छ ।
बढ्दो ब्यापारघाटा र विदेशी धन कमाउने स्रोत बढ्न नसकेसँगै विदेशी मुद्राको सञ्चितिको व्यवस्थापन चुनौतिपूर्ण बन्दै गएको छ । निर्यात बढाउन र आयात नियन्त्रण गर्न नसक्ने हो भने देशको अर्थतन्त्र नै कोल्याप्स हुने दिन धेरै टाढा छैन । जुन नियति हाम्रोभन्दा दोब्बर ठूलो अर्थतन्त्र भएकाको श्रीलंकाले भर्खरै भोगेको थियो ।

18/12/2022

घट्दो कृषि उत्पादन र बढ्दो रेमिट्यान्सले आयात बढाउँदा एकातिर ब्यापारघाटा देशको कुल बजेटभन्दा बढी पुगिसकेको छ । ब्यापार घाटाको साइड इफेक्टले अर्को ठूलो रोग निम्त्याएको छ त्यो हो ऋणात्मक अवस्थाको भुक्तानी सन्तुलन (देश भित्रिने र देशबाट बाहिरिने विदेशी मुद्राबीचको अन्तर) र घट्दो विदेशी मुद्राको सञ्चिति ।

Comming soon ...
15/12/2022

Comming soon ...

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Prakash Dulal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Prakash Dulal:

Shortcuts

Share

Category