31/08/2026
साथको मूल्य रकमले होइन, भावनाले निर्धारण गर्छ।
पीडितको साथमा, आशाको पक्षमा। 🕊️
🕊️ बाढीपीडितको साथमा, मानवताको पक्षमा 🕊️
हालै रसुवा, नुवाकोट, धादिङ, चितवन लगायतका क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोबाट ज्यान गुमाउने सम्पूर्णप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौं। शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना तथा प्रभावित सम्पूर्ण दाजुभाइ-दिदीबहिनीहरूप्रति हार्दिक सहानुभूति प्रकट गर्दछौं।
यस दुःखद घडीमा प्रभावित समुदायको राहत, उद्धार, पुनःस्थापना तथा पुनर्निर्माण प्रयासमा ऐक्यबद्धता जनाउँदै 𝐒𝐚𝐟𝐞𝐋𝐚𝐧𝐝 𝐄𝐝𝐮𝐜𝐚𝐭𝐢𝐨𝐧 𝐇𝐞𝐭𝐚𝐮𝐝𝐚 ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १०,१०० सहयोग प्रदान गरेको छ।
संकटको यस समयमा सबै नेपाली एकजुट भई पीडितहरूको साथमा उभिऔँ र आशा, सहयोग तथा मानवताको सन्देश फैलाऔँ।
साथ सानो भए पनि भावना ठूलो छ।
🇳🇵 𝐒𝐚𝐟𝐞𝐋𝐚𝐧𝐝 𝐄𝐝𝐮𝐜𝐚𝐭𝐢𝐨𝐧
𝙃𝙚𝙡𝙥𝙞𝙣𝙜 𝙃𝙖𝙣𝙙𝙨 • 𝙎𝙝𝙖𝙧𝙚𝙙 𝙃𝙪𝙢𝙖𝙣𝙞𝙩𝙮 • 𝙎𝙩𝙧𝙤𝙣𝙜𝙚𝙧 𝙏𝙤𝙜𝙚𝙩𝙝𝙚𝙧
📞 𝟎𝟓𝟕-𝟓𝟗𝟎𝟏𝟐𝟎 | 𝟗𝟖𝟓𝟓𝟎𝟕𝟏𝟎𝟕𝟐
🌐 𝐰𝐰𝐰.𝐬𝐚𝐟𝐞𝐥𝐚𝐧𝐝.𝐞𝐝𝐮.𝐧𝐩
✉️ 𝐢𝐧𝐟𝐨@𝐬𝐚𝐟𝐞𝐥𝐚𝐧𝐝.𝐞𝐝𝐮.𝐧𝐩