Brilliant Mind Technology

Brilliant Mind Technology

Share

This is a page with the modern software like DMIT test and naturopathy.

12/09/2024

Diet Therapy: This therapy includes dietary altercation, taking food in all-natural form like fruits, green leafy vegetables, sprouts, curd, etc.

Hydrotherapy: Hydrotherapy treats disorders using different forms of water. Moreover, hydrothermal therapy uses its temperature altercation effects, as in hot and cold baths, saunas, and body wrap.

Mud Therapy: Mud therapy is very common and popular naturopathy. It is very simple in the application as by just applying mud packs throughout the body. Consequently, mud therapy reduces the excessive heat of the body. It extracts out toxic materials by absorbing them from the skin.

Fasting Therapy: Fasting has a significant value in every religion. People from ages knew the value of fasting. Fasting can provide relief to the digestive system and let it time to reboot. Meanwhile, the body excretes the waste materials from the body eventually providing relief from many abdominal ailments.

Massage Therapy: Massage therapy is a trending therapy around the world courtesy of its magical and soothing effects on the mind and body. Furthermore, massaging different parts of the body promotes blood circulation, revitalizes the body cells and releases the pressure from muscles.

Acupressure Therapy: There are many vital pressure points on the whole body. All are connected by nerves to the nervous system and pressing or pushing each individual pressure point sends a positive healing signal to the brain to promote healing of the body by itself on the revert command of the brain.

Magnet Therapy: Magnet therapy is one of the most popular, pain-free, and quick result-oriented naturopathy. The only tool needed is magnets. It’s a clinically proven therapy to treat many ailments like controlling blood pressure and diabetes

06/07/2024

▪️हरेक मानिसले कुनै न कुनै विशेष क्षमता बोकेको हुन्छ,
तर 99.5% मानिसहरू आफू भित्रको प्रतिभा नचिनेरनै भड्किने गर्छन।
▪️त्यसैले विशवका करिब 160 राष्ट्रहरूमा🌍 प्रयोगमा आइसकेको आधुनिक प्रविधिको माध्यमबाट व्यक्तिको जन्मजात क्षमता पत्ता लगाउने प्रविधि नै DMIT ( Dermatoglyphics Multiple Intelligence Test ) हो।☑
▪️यही रिपोर्टको आधारमा व्यक्तिलाई थप परामर्श र गाइडलाइन समेत दिने गरिन्छ। ☑
📍 Location: Naya Baneswor, Kathmandu
Contact details: 📞9861595967

25/09/2023

हाम्रो यस वैदिक आरोग्य केन्द्रमा विभिन्न रोगको विना औषधी सफलताको साथ उपचार गर्दै आएका छौ। यदि तपाईहरूपनि निम्न रोगहरूबाट पिडित हुनुहुन्छ भने हामीलाई सम्झननुहोस्।
१) डिप्रेसन
२) एन्जाईटि
३) माइग्रेन
४) अनिन्द्रा
५) टाउको दुख्ने
६) जोर्नी दुख्ने
७) कम्मर दुख्ने
८) पैतला पोल्ने
९) पिनास
१०) ग्यास्ट्रिक
११) हात खुट्टा झमझमाउने
१२) भोक नलाग्ने
१३) निन्द्रामा कराउने
१४) नराम्रो सपना देख्ने
१५) मधुमेह नियन्त्रण
१६) उच्च रक्तचाप
१७) थायरॉइड
१८) पत्थरी
१९ ) दम
२०) नसा दोबरियको आदी समस्या जरोबाटै समाधानकोलागी।
Cont no 9861595967

11/12/2022

नेपाली समाजमा नकारात्मक दृष्टिकोणले हेरिने मध्येको एक विकराल रोग मनोरोग (एन्जाइटि र डिप्रेसन) पनि हो। विकसित मुलुक (यूरोप अथवा अमेरिका)मा यो रोगको बारे खुलेर बहस र चेक-जाँच हुने भएकोले करिब-करिब कति प्रतिशत मानिस यो रोगबाट शिकार भएका छन् आँकडा बाहिर आएको हुन्छ। तर नेपालमा यो रोग लागेको व्यक्ति समाजमा खुलेर हिँड्न नसक्ने र सकेसम्म रोग लुकाउन कोसीश गर्ने भएकोले कति प्रतिशत व्यक्तिहरू यो रोगबाट ग्रसित छन् भन्ने ठीक तथ्याङ्क निकाल्न गाह्रो छ।

हाम्रो समाज अझै पनि परम्परागत रुढिवादी सोचले ग्रसित छ। समाजमा कुनै व्यक्तिले मनोरोगको औषधी सेवन गरेको छ भने उसलाई दिमागको दबाई खाएको व्यक्तिको तुच्छ संज्ञा दिदै कानेखुसी गरिन्छ अनि जो व्यक्ति समाजबाट आत्माबल खोजिरहेको हुन्छ उसले आफ मनोरोगको कारण तिरस्कृत भएको अनुभव गर्छ र यो समस्या दोहोरिँदै जादा समयको कुनै कालखण्डमा आत्महत्या गर्ने मोडमा समेत ऊ पुग्ने र यस्तो घटना घटेको धेरै सत्यहरू हाम्रो समाजमा सामान्य नै छ।

मनोरोग अथवा मानसिक रोग मस्तिष्कमा रासायनिक असंतुलनको कारण अथवा मस्तिष्कमा रासायनिक गडबडीको कारणले हुन्छ त्यसैले यो सामान्य मेन्टल डिसअर्डर हो।

मेडिकलको भाषामा न्युरोट्रान्समिटर डिसअडरको कारणले मानसिक स्वास्थ्यमा विकसित हुने विकारलाई मानसिक रोग पनि भनिन्छ। आजको यो लेखमा मानसिक रोग विशेषगरि एन्जाइटि र डिप्रेसनको बारेमा सक्दो जानकारी दिने प्रयास गर्नेछु। मानसिक रोग धेरै प्रकारको हुन्छ त्यसैले यसलाई ग्रुप अफ मेन्टल डिसअर्डर पनि भन्ने गरिन्छ। तपाईं यदि मानसिक रोगको शंका लगेर मनोरोग विशेषज्ञकोमा जानुभयो भने तपाईलाई सोधपुछ गरेर औषधि रेफर गरिन्छ। तपाईंले डाक्टरलाई सोध्नुभयो कि डाक्टर साप मलाई के भएको हो? र यदि तपाई मानसिक रोगको पहिलो चरण (अथवा सुरुको अवस्था) मा हुनुहुन्छ भने उहाले सजिलो उत्तर दिनु हुन्छ, एन्जाइटि। बुज्नु भएन भने प्राय: भनिने कुरो हो तपाईंलाई चिन्ता लाग्ने रोग अथवा मनोरोग लागेको छ।

अब बिरामीले आफूलाई डिप्रेसन भयो भन्ने बुज्छ र भ्रममा पर्छ। किनकि एन्जाइटि र डिप्रेसन फरक रोग हो एकै खाले रोगमा वर्गीकरण गर्न मिल्दैन र उपचार पद्दतिमा पनि फरक हुन्छ। तर तपाईंले डाक्टरलाई सोध्नु भयो भने प्राय: उत्तर करिब-करिब उस्तै हो भन्ने जवाफ आउन सक्छ। किनकि दुवै रोगको कतिपय लक्षणहरू उस्तै हुन्छन् जसले गर्दा मानसिक रोगको प्रकार बुझ्नलाई जटिल बनाइदिन्छ। त्यसैले मनोरोग विशेषज्ञले सरल र सरस तरिकाबाट बिरामीलाई बुझाउन सजिलो नहुने र धेरै कुराहरू बिरामीलाई भन्दा बिरामीमा मनोवैज्ञानिक तनाव सृजना हुन सक्ने भएकोले तपाईंलाई चिन्ता लाग्ने रोग लागेको हो यो औषधि खानुहोस् राम्रो हुन्छ भनेर सजिलो तरिका अपनाएका पनि हुन सक्छन्।

एन्जाइटि र डिप्रेसनमा के फरक छ? कसरी थाहा पाउने?

एन्जाइटि अंग्रेजी शब्द हो यसको नेपाली अर्थ व्याकुलता अथवा व्यग्रता हो। एन्जाइटि धेरै प्रकारको हुन्छ। जस्तै जेनेरल एन्जाइटि डिसअडर, सोसिएल (सामाजिक) एन्जाइटि डिसअडर, पेनिक (आतंक, त्रास, अत्यास, भय) डिसअडर, एगोरो-फोबिया (भिड भाडको डर लाग्ने), विशेष फोबिया। यी एन्जाइटिको बारे तल जानकारी दिनेछु।

डिप्रेसन पनि अंग्रेजी शब्द हो यसको नेपाली अर्थ उदासी, ग्लानी अथवा शक्तिहीनता हो। यी दुवै मानसिक रोगका कतिपय लक्षण वा प्रकृति उस्तै हुन्छन्। एन्जाइटि डिसअर्डरले ग्रसित व्यक्तिहरुमा उपचार नगरे अथवा उपचार पद्दति ठीक भएन भने डिप्रेसन पनि विकसित हुन्छ र त्यसैगरि डिप्रेसनबाट पीडितहरूमा पनि उपचार नगरे कुनै प्रकारको एन्जाइटि विकसित हुन्छ। यसैले समस्या यहाँनिर हुन्छ कि मानसिक रोग लागेका व्यक्तिहरु मध्ये ५०% लाई दुवै रोग (एन्जाइटि र डिप्रेसन) को उपचार गरिन्छ। यदि ठिक तरिकाले रोगको पहिचान गर्न सक्ने हो भने कुनै एक एन्जाइटि डिसअर्डर अथवा डिप्रेसिव डिसअर्डरको मात्र उपचार गर्दा यो अति प्रभावकारी हुन्छ। समयमा नै बिरामीको रोग निको हुन्छ र आर्थिक समस्याबाट पनि बिरामीलाई कम मार पर्छ।

सबै प्रकारको एन्जाइटिको मुख्य लक्षणहरू

१. अत्यधिक चिन्ता

२. बिनाकारण छटपटी

३. काम नगर्दा पनि थकान र कष्ट हुने

४. ध्यान अथवा एकाग्रमा समस्या हुने (मन डुलीरहने)

५. रिसाहा अथवा क्रोधी स्वभाव विकसित हुने

६. सुत्नलाई बाधा हुने निन्द्रा नपर्ने

७. मांस्पेशी अथवा स्नायुमा तनाव हुने

विशेष प्रकारको एन्जाइटि र लक्षणहरू

१. जेनेरल एन्जाइटि डिसअडर: अत्यधिक चिन्ता लिने, बिनाकारण चिन्ता लिने, चिन्ता लिइसके पछि फेरि किन चिन्ता लिएको होला मैले भनेर चिन्ताको पनि फेरि चिन्ता लिने।

२. सोसिएल (सामाजिक) एन्जाइटि डिसअडर: सामाजिक काम गर्दा नराम्रो पो हुन्छ कि अरुले नराम्रो पो भन्छन् कि भनेर अत्तालिने, समाजमा बोल्न डराउने।

३. पेनिक (आतंक, त्रास, अत्यास, भय) डिसअडर: यो सबै भन्दा धेरै दुख दिने एन्जाइटिको प्रकार हो। यो डिसअडर भएको व्यक्तिलाई धेरै किसिमको समस्या हुन्छ। श्वास प्रश्वासमा समस्या हुन्छ, श्वास रोकिएको जस्तो हुन्छ र छटपटी बढेर म अब मरे भन्नि भ्रम हुन्छ तर यो कसैलाई १० देखि ३० मिनेट सम्म हुन्छ त कसै लाई १ घण्टा सम्म हुन्छ र बिस्तारै सामान्य हुन्छ। कसैलाई मुटुको मुटुको धड्कन एक्कासी बढेर आउँछ र बिरामीले मलाई ह्रदयघात भयो भन्ने भ्रम हुन्छ। यदि समयमा अस्पताल नलगे बिरामीलाई अब म मरें, मेरो दिन यति नै रहेछ भन्ने भय, आतंक र त्रास हुन्छ। यस्ता बिरामीलाई अस्पतालमा चेक-जाच गरे पछि मुटुमा कुनै समस्या नभएको चिकित्सकले बताए पनि बिरामीले फिटिक्कै विश्वास गर्दैनन्। तर यस्ता बिरामी अस्पताल पुगेपछि आफैँ सामान्य हुन्छन्।

अब घर फर्किदा फेरि यिनीहरूलाई फेरि मलाई यस्तो हुन्छ कि भनेर त्रास, अत्यास, भय हुन्छ। राती सुत्ने बेलामा पनि सुत्न गारो हुन्छ। राती पो मर्छु कि भन्ने भय उत्तिकै हुन्छ। कसैलाई शरिरमा खल-खली पसिना आउँछ, अनि उ निकै डराएको र तर्सेको अवस्थामा हुन्छ। कोहि बिरामीलाई टाउको घुमेको र आँखा मिरमिर गरेर कुनै वस्तु नै नदेखेको अनि मुर्छा परे जस्तो हुन्छ। तर पेनिक आक्रमण केहि समय (१० मिनेट देखि १ घण्टा) सम्म रहन्छ र बिस्तारै बिरामी सामान्य हुन्छ तर फेरि यस्तो आक्रमण पछिपछि दोहोरिन्छ। विशेष गरि बिरामीलाई मर्छु कि भन्ने अत्यधिक चिन्ता हुन्छ।

४. एगोरो-फोबिया (भिड भाडको डर लाग्ने): यो समस्या भएको व्यक्तिलाई भिड, सपिङ मल, खेलकुद मैदान आदिमा मलाई पेनिक आक्रमण हुन्छ। कि मलाई पेनिक आक्रमण भयो भने यहाँबाट कसरी निस्कनु? मलाई अरुले अस्पताल लैजादैनन् कि भन्नि त्रास विकसित हुन्छ। यसैले यस्ता बिरामीले सपिङ, खेलकुद अथवा रमाईलोको कुनै मज्जा लिन सकिरहेको हुँदैनन्। कसैको सहयोग नपाई मर्छु कि भन्ने चिन्ता हुन्छ।

५. विशेष फोबिया: कुनै घटना अथवा कुनै वस्तु देख्ने बित्तिकै त्रास हुने: कोहि व्यक्तिलाई हिर्दयघात भयो भन्ने कुरा सुन्नी बित्तिकै आत्तालिनी र मलाई पनि हृदयघात भएर मर्छु कि भन्ने चिन्ता हुने। कुनै दुर्घटना हेर्न नसक्ने अथवा दुर्घटना भएर मान्छे मरे भनेको सुन्दा बेहोस होला-होला जस्तो हुने।

डिप्रेसनका मुख्य लक्षणहरू

१. उदासी अथवा ग्लानी स्वभाव र मनस्थति, जति खेर पनि उदास भएर र दिक्क मानेर बस्ने।

२. रमाईलो गर्ने आत्मबल नै नहुने र फिटिक्कै रमाईलो वातावरणमा बस्न नरुचाउने।

३. कहिले धेरै भोक लाग्ने कहिले भोकनै नलाग्ने।

४. कहले निन्द्रा फिटिक्कै नलाग्ने कहिले धेरै निन्द्रा लाग्ने, उठ्नै नसक्ने।

५. दैनिक गतिविधीहरूमा शुन्यता आउने, दैनिक काम कार्यहरु बिस्तारै गर्ने।

६. शरिरमा बल, फुर्ती र शक्तिमा कमी आउने।

७. आफूदेखि आफैँमा हिनताबोध हुने, आफुलाई आफू नै बेकारको र बोझ लाग्ने।

८. एकाग्र हुन नसक्ने, मन ढुलिरहने, एकान्त मन पर्ने।

९. जहिले पनि नकारात्मक सोच आउने, जे गर्दा पनि आफ्नो भविष्य अन्धकार मात्र देख्ने।

१०. प्रगति गर्न सक्दिन जस्तो मात्र लाग्ने।

११. आत्महत्या गर्ने विचार मात्र आउने तर आत्महत्या गरि चाहिँ नहाल्ने, आत्महत्या गर्दा कस्तो होला भनेर धेरै सोचिरहने र अन्तिम अवस्थामा उपचार भएन भने आत्महत्या गर्ने।

एन्जाइटि र डिप्रेसन कसरी थाहा पाउने?

मुख्य बुझ्नुपर्ने कुरो के हो भन्दा कुनै एक प्रकारको एन्जाइटि विकसित भएर डिप्रेसन सुरू हुने हो। यी दुवै रोगको कारण प्राय: एकै हुन्छ। रोगको धेरै लक्षणहरू पनि उस्तै हुन्छ। यी दुवै रोग न्युरोट्रान्समिटर फंग्सन (काम) परिवर्तन हुँदा विकसित हुने हो। न्युरोट्रान्समिटर डिसअर्डर हुदा सेरोटोनिंन भन्ने रसायनको कमी हुँदा यी रोगहरु विकसित हुन्छ। डोपामाईन र एपीन्याफ्रिन नामक रसायनको भूमिका पनि उत्तिकै हुन्छ एन्जाइटि र डिप्रेसन हुनको लागि। अब दुवै रोग एकै कारणले हुने हुदा लक्षणहरु उस्तै हुनु र एन्जाइटि हुदा डिप्रेसन विकसित हुनु अनि डिप्रेसन हुँदा कुनै कुनै प्रकारको एन्जाइटि विकसित हुनु सामान्य नै हो।

तर एन्जाइटिको लक्षण देखिने बितिकै उपचार पद्दतिमा गएमा डिप्रेसनबाट सजिलै बच्न सकिन्छ। एन्जाइटि भएको व्यक्तिलाई सबभन्दा डर मर्न देखि लाग्छ, जब एन्जाइटिले आक्रमण गर्छ अनि उसलाई भविष्यकाे चिन्ता हुन्छ। कतै म मर्छु कि? कतै मलाई हृदयघात हुन्छ कि? जीवनदेखि आश मरेको हुँदैन र मर्नदेखि अत्यधिक डर लाग्छ र एन्जाइटिले आक्रमण गर्ने बित्तिकै अस्पताल जान आग्रह गर्छ। बिरामीको यो प्रकृति अथवा स्वभाव एन्जाइटिले आक्रमण गरेको बेलामा मात्र देखा पर्छ र बिस्तारै यो १ घण्टा पछि आफैँ सामान्य हुन्छ।

अर्को चोटी एन्जाइटिले आक्रमण नगर्नु जेल यस्तो समस्या देखा पर्दैन तर उसलाई पहिला परेको समस्याले चिन्तित बनाउँछ र बिस्तारै एन्जाइटिले आक्रमण नगर्दा पनि डिप्रेसनका सामान्य लक्षण सुरू हुन थाल्छ। ठिक विपरित डिप्रेसन भएको व्यक्तिलाई मर्नदेखि डर लाग्दैन, झन् आत्महत्या गर्न मन लाग्छ। जे गर्दा नि व्यक्तिले आफ्नो भविष्य अन्धकार मात्र देखिरहेको हुन्छ। सँधै नकारात्मक सोच मात्र आउँछ। यो समस्या डिप्रेसन भएको व्यक्तिलाई निरन्तर भइरहन्छ। एन्जाइटि जस्तो १० देखि १ घण्टा सम्म मात्र लक्षण देखिने होइन कि निरन्तर आत्माग्लानी भइरहन्छ।

अब करिब-करिब तपाईंले एन्जाइटि र डिप्रेसनको फरक पाइसक्नुभयो। अझ एक वाक्यमा भन्दा डिप्रेसन आफैँमा एन्जाइटिको विकसित रुप हो तर एन्जाइटि चाहिँ डिप्रेसन होइन। यसैले एन्जाइटि पहिचान गर्न सके डिप्रेसनको उपचार गर्नुपर्दैन र एन्जाइटिको मात्र उपचार गर्दा हुन्छ।

एन्जाइटि र डिप्रेसनको उपचार पद्दति कस्तो हुन्छ?

तपाईलाई मनोरोगको शंका लागेमा मनोरोग विशेषज्ञलाई चेक-जाँच गराउनु पर्छ। मनोरोग विशेषज्ञलाई आफूलाई भएको सम्पूर्ण रोगको लक्षण बताउनु पर्छ। तपाईको रोगको प्रकृति र लक्षण हेरेर तपाईंलाई उपचार पद्दतिको सिफारिस गरिन्छ।दुई प्रकारको उपचार पद्दति एन्जाइटि र डिप्रेसनको लागि उत्तम मानिएको छ।

१. साईकोथेरापी (मनोवैज्ञानीक तरिकाले मानसिक रोगको उपचार): यो पद्दति धेरै प्रकारको हुन्छ। मनोरोगीको अवस्था हेरेर कुन प्रविधि प्रभावकारी हुन्छ मनोरोग विशेषज्ञले पहिचान गर्छन् र मनोवैज्ञानिक तरिका अपनाएर तपाईंको मस्तिष्कमा भएको विकार अथवा नकारात्मक सोचको परिवर्तन गर्ने प्रयास हुन्छ।

२. मेडीकेसन (औषधी गर्ने काम): न्युरोट्रान्समिटर डिसअडरलाई सन्तुलित राख्न औषधि प्रयोग गर्ने प्रविधि मेडीकेसन हो। कुन औषधि कति मात्रामा दिने र कति समय दिने भन्ने कुरा मनोरोगीको अवस्था हेरेरे मनोरोग विशेषज्ञले औषधि रेफर गर्छन्।

यी दुई पद्दति बाहेक अरु पनि तरिकाहरू पनि हुन्छन् जसले एन्जाइटि र डिप्रेसनबाट मुक्त हुन केहि मात्रामा सहयोग हुन्छ। यो पद्दतिलाई जीवनशैलीमा परिवर्तन भनिन्छ। जस्तै तनाव कम (रिल्याक्स) गर्ने प्रविधि, योग गर्ने, श्वास प्रश्वास प्रक्रियाको अभ्यास गर्ने (लामो श्वास लिने, एकछिन रोक्ने र फ्याक्ने), आफ्नो परिवार र साथीलाई समय दिने र यो रोगको बारे खुलेर छलफल गर्ने, प्रात भ्रमण गर्ने, निरन्तर व्यायाम गर्ने, अल्कोहल, चुरोट, सुर्तीबाट टाढा बस्ने, कफी नपिउने, ग्रीनटी लिने, खेलकुदमा समय

एञ्जाइटि अथवा डिप्रेसन– रोग एक असर अनेक

डा. रघुनाथ(ओसिस) धिताल

विशेष वैज्ञानिक, ग्रीन शुस्मउत्प्रेरक अनुसन्धान केन्द्र, रिकेन, जापान।

यी दुई पद्दति बाहेक अरु पनि तरिकाहरू पनि हुन्छन् जसले एन्जाइटि र डिप्रेसनबाट मुक्त हुन केहि मात्रामा सहयोग हुन्छ। यो पद्दतिलाई जीवनशैलीमा परिवर्तन भनिन्छ। जस्तै तनाव कम (रिल्याक्स) गर्ने प्रविधि, योग गर्ने, श्वास प्रश्वास प्रक्रियाको अभ्यास गर्ने (लामो श्वास लिने, एकछिन रोक्ने र फ्याक्ने), आफ्नो परिवार र साथीलाई समय दिने र यो रोगको बारे खुलेर छलफल गर्ने, प्रात भ्रमण गर्ने, निरन्तर व्यायाम गर्ने, अल्कोहल, चुरोट, सुर्तीबाट टाढा बस्ने, कफी नपिउने, ग्रीनटी लिने, खेलकुदमा समय दिने, आफ्नो काम समयमा नै पुरा गर्ने। चिन्ता लिनबाट सकेसम्म बच्ने।

06/12/2022
06/12/2022

तनाव कसरी हटाउने? यस्ता छन् ११ उपाय
तनावग्रस्त हुनुभयो भने यसले तपाईंको मन र शरीरलाई हानि पुर्‍याउँछ। तनाव निरन्तर लिने गर्नुभयो भने अनेक रोग लाग्ने जोखिम बढ्छ। त्यसैले तनाव घटाउन यस्तो उपाय अवलम्बन गर्नुस्ः

विश्राम गर्नुस्
काममा कहिलेकाहीँ हामी यति लिप्त भएका हुन्छौँ कि विश्राम गर्न पनि भुल्छौँ। विश्राम कम भयो भने यसले तनाव उत्पन्न गराउँछ।
साथीहरूसँग भेट्नुस्
मनमा कुनै कुरा खेलिरहेको छ अथवा कुनै कुराको चिन्ता छ भने साथीभाइसँग भेटघाट गर्ने गर्नुस्। साथीभाइबीच हाँसखेल चल्छ, जसले तनाव कम गरिदिन्छ। सामान्य बेला पनि फुर्सद निकालेर बेलाबेलामा मिल्ने साथीभाइसँग भेटघाट गर्नु राम्रो हुन्छ।
अनावश्यक विवादबाट टाढा रहनुस्
सरोकार नभएको विवादमा भरसक मुछिनु हुँदैन। यसो गर्दा अनावश्यक तनाव लिनुपर्दैन।

पुरानो कुरा बिर्सिन खोज्नुस्
पुरानो कुनै कुराले तपाईंलाई चिन्तित बनाउने गर्छ भने त्यस्तो कुरा बिर्सिने प्रयास गर्नुस्। यसका लागि वर्तमानका अथवा भविष्यका कुरा सम्झिने गर्नुस्। बिस्तारै यस्तो गर्दै जानुभयो भने तपाईं विगतको धङधङीबाट बिस्तारै बाहिर निस्किँदै र तनावमुक्त हुँदै जानुहुन्छ।
हाँस्नुस्
तनाव कम गरी मनलाई प्रसन्न र स्वस्थ राख्न ‘लाफ्टर थेरापी’ गर्ने गरिन्छ। यसका लागि बिनाप्रयोजन बेस्कन हाँस्ने गर्नुस्। सक्नुहुन्छ भने पेट मिचीमिची हाँस्ने गर्नुस्। यसरी हाँस्दा शरीरमा मनलाई प्रसन्न बनाउने हार्मोनको उत्सर्जन बढ्छ, जसले गर्दा तनाव स्वतः कम हुन्छ।
मदिरापान नगर्नुस्
कुनै कुराले पिर परेको छ अथवा तनाव सिर्जना गराएको छ भने यसलाई भुल्न मदिराको सहयोग लिनेहरू धेरै छन्। तर, बढी मदिरा लिने गर्नुभयो भने यसले तनाव घटाउने होइन, थप बढाउँछ। यसले तपाईंको आर्थिक र पारिवारिक जीवनमा तथा स्वास्थ्यमा पनि असर गर्छ, जसले गर्दा तनाव घट्नुको सट्टा थपिन पुग्छ।

कफी, चिया कम गर्नुस्
कामका बीच तनाव कम गर्ने बहानामा चिया, कफीजस्ता क्याफिनजन्य पेय पदार्थ बढी खाने गर्नुभयो भने यसले तपाईंलाई अझ तनावमा पार्छ। किनकि, यसले तपाईंको शरीरलाई डिहाइड्रेट गरिदिनुको साथै निद्रालाई पनि कम गरिदिन्छ। पानी र निद्रा कम भएको शरीर तनावरहित हुन सक्दैन।

धेरै भावुक नहुनुस्
एउटा भनाइ छ– अतिले खती गर्छ। स–साना कुराले भावुक बनाउने गरेको छ भने तपाईं तनावग्रस्त अवस्थामा पुगिरहनुहुन्छ। यदि, आफू बढी नै भावुक छु जस्तो लाग्यो भने भावुक बनाउने कुराबाट अन्तै मन डुलाउने प्रयास गरेर यसलाई कम गर्न सकिन्छ।

डाक्टरसँग परामर्श लिनुस्
यदि तपाईंलाई बढी नै तनाव हुन्छ र यसले निदाउन नदिने गर्न थालेको छ भने डाक्टरसँग परामर्श लिइहाल्नुपर्छ। डिप्रेसन हुँदा पनि यस्तो अवस्था उत्पन्न हुन सक्छ। डिप्रेसन भएको रहेछ र समयमै औषधि खानुभएन भने तपाईंको मानसिक स्वास्थ्य अझ बिग्रिँदै जान सक्छ।

छदेखि आठ घण्टासम्म सुत्नुस्
जस्तोसुकै व्यस्त हुनुहुन्छ भने पनि पर्याप्त निद्राका लागि समय छुट्याउने गर्नुपर्छ। छदेखि आठ घण्टासम्म दिनहुँ सुत्नुभएन भने तपाईंको मन स्वस्थ रहन सक्दैन। तनावग्रस्त अवस्थामा हुनुहुन्छ भने त अझ निद्राको अवधि पूरा होस् भन्नेमा चनाखो बन्नुपर्छ।

Want your school to be the top-listed School/college in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address

New Baneshwor
Kathmandu
44600