Shubarashii center -素晴らしい センター

Shubarashii center -素晴らしい センター �Study & Work in Japan!!�

हामीलाई नै किन रोज्ने ?
�नेपाल बाट जापान मात्र ६ महीनाको बिध्यार्थी VISA मा शिप अध्ययनको लागी गई, ६ महीना पछी वर्किंगमा परिवर्तन गर्न सकिने नेपालमै नौलो थालनी ।

�टोक्यो नारिताको प्रतिस्ठित कलेजमा पढ़ने अबशर ।

�छात्रबृतिको पनी ब्यवस्था ।

�छींटो र सहज प्रक्रिया।

�कम लागत।

�नेपालमै नेटिभ जापानिज र N१ पास गर्नुभएको शिक्षक/शिक्षिका बाट अध्यापन गराइने ।

�नेपालबाटै नर्सिंग केयर, होटेल म्यानेजमेंट , एर्पॉर्ट सम्बन्धी बिषय रोजेर जान पाइने ।

�जापान सम्बन्धी सम्पूर्ण निशुल्क परामर्श ।
( अंन्य जानकारिको लागी हामिलाइ फोन या म्यासेज गर्नुहोस )

10/04/2024

❤️खुशिको खबर❤️
के तपाई vfs ,मेडिकल ,ओरिएन्टेसन, air ticket भाषा ट्रान्सलेट कहाँ गर्ने भनेर चिन्तित हुनुहुन्छ...? त्यसो हो भने पटक्कै टेन्सन नगर्नुस अब हामिले तिसबै कामहरु सुबाराशि सेन्टरबाट नै हुने गरी काम अगाडि बढाएका छौं🙏तपाईहरुको समस्यालाई ध्यानमा राख्दै यहि बैशाख एकगते देखि देश तथा बिदेशको लागी air Ticket मेडिकल ओरिएन्टेसन लगाएत सम्पुर्ण कामहरु अब हाम्रै अफिसबाट सन्चालन हुनेछ... नयां बर्ष नयाँ भर्ना संगै थप सुबिधाहरु उपलब्ध गराउंदै हामि अगाडि बढिरहेकाछौं।तपाईहरुको साथ सल्लाह र सुझाव हाम्रोलागी प्रेरणा को श्रोत रहनेछ्।त्यसैले सेवा दिने र लिने मौका नगुमाउनुहोस 🙏🙏🙏
🙏म्यानेजिङ डाइरेक्टर🙏
शिब कुँवर
9851321287
सुबाराशि सेन्टर माछापोखरी काठमाडौं

🇳🇵🇯🇵नर्सिङ्ग केयर काममा , वर्किंङ्ग भिजामा जापान जान के गर्नु पर्छ ?🇳🇵🇯🇵जापान हामि सबैको आशाको केन्द्रबिन्दु हो।  नेपाल ...
10/03/2024

🇳🇵🇯🇵नर्सिङ्ग केयर काममा , वर्किंङ्ग भिजामा जापान जान के गर्नु पर्छ ?🇳🇵🇯🇵

जापान हामि सबैको आशाको केन्द्रबिन्दु हो। नेपाल मै बसेर आफुले सोचे जस्तो गर्न गाह्रो हुने अबस्थामा हामि विदेश गएर आफ्नो र आफ्नो परिवारको लागि उमेर छदै केहि दु:ख गरौ भनेर लागि परेका हुन्छौ । हाम्रा सपनाका सहर हरु मध्य जापान पनि एक बलियो गन्तब्य हो।
जापान जाने विभिन्न भिजा या प्रक्रियाहरु छन तर आजको यो लेख मा मा हजुर हरुलाई नर्सिङ्ग केयर वोर्करको रुपमा कसरि जापान जान सकिन्छ भन्ने बिषय मा छोटकरीमा ब्याख्या गर्दै छु।

1) नर्सिङ्ग केयरको काम भनेको के हो ?

‐जापानमा बयोबृद्दाहरुको संख्या दिन प्रतिदिन बढ्दै छ भने जन्मदर घटिरहेको छ। युवाहरुको संख्या पनि घटिरहेको छ। उमेर बृद्दी संगै मानिस मा बुढेसकाल लाग्छ र शरीर को बाहिरि र भित्रि भागहरुको कार्यात्मक क्षमतामा ह्रास आउन थाल्छ। साथै विभिन्न रोगहरु दिर्घकालिन रुपमा लम्बीइ जटिल अबस्था सृजना हुन्छ। यसकारण नर्सिङ्ग केयरको काम भनेको बुढेसकाल या अपाङ्गताको कारण दैनिक जीवनयापनमा समस्या भएका व्यक्तिहरुले चाहे जस्तो जीवन जिउन सक्ने गरि उनीहरुको दैनिक जिबन यापनमा सहयोग गर्ने काम हो। मानवीयमर्यादा , सेवा र धर्मलाइ कायम गर्दै , हरेक बुढाबुढी या अपाङ्गता भएका व्यक्तिहरुलाई जिबनको हरेक पल पल लाइ रमाइलो र उत्साहजनक बनाउनको लागि गरिने सहयोगी क्रियाकलाप नै नर्सिङ्ग केयरको काम हो। सामान्य भाषामा नर्सिङ्ग केयरको काम भनेको एक व्यक्ति बिहान उठेपछि सुत्ने बेला सम्म गर्ने दैनिक जिबनयापनको क्रियाकलापमा सहयोग गर्ने काम हो। नर्सिङ्ग केयरको काम गर्न लाज , घिन र डर लाइ पचाउन सक्ने क्षमता हुनु आवश्यक छ।

2) नर्सिङ्ग केयर मार्फत जापान जान के गर्नु पर्छ ? कति पढ्नु पर्छ ?

‐सबै भन्दा पहिला हजुर नर्सिङ्ग केयरको काम गर्न इच्छुक हुनु पर्छ र १८ बर्ष पुरा भएको हुनुपर्दछ। । जापान जाने बाटो मात्र चाहिएको भए अन्य बाटोहरु अपनाउदा राम्रो हुन्छ । म पक्का नर्सिङ्ग केयरको काम गर्न रुचि राख्छु भन्ने पक्का गरेपछि सुरुमा जापानिज भाषाको अध्ययन सुरु गर्नु पर्दछ।
    जापानिज भाषाको अध्ययन :
※ ०-३ महिना: ( जापानिज भाषाको न N5 लेभल , दिनमा कम्तिमा ३ घण्टाको दरले स्कुलमा र २-३ घन्टाको दरले घरमा अध्ययन गर्नु भयो भने ३ महिना मा राम्रो संग N5 लेभल सम्म पुग्नु हुन्छ। )
※३-६ महिना : जापानिज भाषा को N4 लेभल र सम्बन्धित स्किल को अध्ययन ( दिनमा ४ घण्टा स्कुलमा र २-३ घण्टा दरले घरमा अध्ययन गर्न सक्नु भयो भने ६ महिना भित्रमा जापान जानको लागि आवश्यक भाषा र शिप परिक्षा पास गर्न सक्नु हुन्छ )

※६-९ महिना : अन्तर्वार्ता र बोलीचाली तयारि कक्षा ( ३ महिना जति राम्रो संग मेहनत गर्नु भयो भने जापानिज हरुसंग जापानिज मै कुरा गर्न सक्ने भै आफुलाई राम्रो हुने कम्पनीमा आफै अन्तर्वार्ता दिन सक्ने हुन सक्नुहुन्छ। पढाइ सुरु गरेको ९ महिना भित्रमा आफुले काम गर्न चाहेको कम्पनीबाट नियुक्ति पत्र लिएर भिजाको प्रक्रिया हरु सुरु गर्न सक्नु हुन्छ।

※९-१२ महिना : यो भिजा पर्खाइको समय हो। यो समय मा हजुरले जापान गैसकेपछि काम मा गाह्रो नहुने गरि , आफ्नो भाषा र स्किल लाइ अझै राम्रो बनाउनु पर्ने हुन्छ।

३) नर्सिङ्ग केयरमा जापान जान कति पैसा खर्च हुन्छ ?

‐सामान्यतया १ बर्षसम्म पढ्ने बेला सम्मको खाने बस्ने र स्कुल फि ब्यक्ति अनुसार फरक फरक हुन सक्छ। त्यो बाहेक , पुस्तक खर्च , परिक्षा शुल्क , मेडिकल , भिजा शुल्क , श्रम शुल्क गरि लगभग २५ देखि ३० हजार सम्म खर्च हुन्छ। प्राय कम्पनि हरुले टिकट पनि उपलब्ध गराउने भएकोले लगभग सबै निशुल्क नै हुन्छ।

3) सबै निशुल्क कसरि सम्भब छ ? बजारमा त लाखौ रकम लिएका हुन्छन त ?  

‐हजुरले राम्रो संग अध्ययन गरेर , धैर्य गर्न सक्नु भयो हने सबै निशुल्क हुन्छ। तर हजुरहरुलाई अध्ययन गर्ने मन छैन र जापान जान मात्र छ भने अन्य विकल्पहरु रोज्न सक्नु हुन्छ। हजुरको कमजोरीलाई बिजिनेस बनाएर बस्ने महानुभाबहरु पनि बजारमा धेरै हुनुहुन्छ।

4) जापान गएर कमाइ कति हुन्छ?

‐सामान्यतया SSW वर्किंग भिजा मा बिदेशी नागरिक भएपनि जापानिज नागरिक सरह नै सेवा सुबिधाहरु हुन्छ। हप्तामा ५ दिन र दिनमा ८ घण्टा काम गरेर जम्मा १ लाख ८० हजार देखि २ लाख ४० हजार सम्मको कम्पनि हरु हुन्छ। त्यो तलब बाट कर , बिमा , घरभाडा , खाना खर्च अन्य खर्च कटौती गर्दा ८० हजार देखि १ लाख ३० हजार सम्म बचत गर्न सक्नु हुन्छ। हजुर संग राम्रो भाषा र काममा पनि इमान्दार भएर खट्न सक्नु हुन्छ भने ओभर टाईम काम , रात्रि शिफ्ट काम लगाएत धेरै बिकल्प हरु हुन्छन र धेरै रकम आर्जन गर्न पनि सक्नु हुन्छ। यदि हजुर जापान गएर महिनामा ३/४ लाख कमाएर नेपाल पठाउने सोचमा हुनुहुन्छ भने हजुर भ्रममा हुनुहुन्छ।

5) अन्तर्वार्ता पास गरेपछि पनि पढ्नु पर्छ र ?

‐हजुर अन्तर्वार्ता पास भए पछि लगभग जापान जाने पक्का हो , अब झन् हजुर ले मेहेनत गरेर पढ्नु पर्ने हुन्छ। जापान पुगेर काम सुरु गरेपछि सामान्य भाषा , बोलिचाली , कामकाज , दैनिक जीवनयापन आदिमा समस्या नआउने गरि अझै मेहेनत गर्नु पर्ने हुन्छ। जापान छिर्नु मात्र गोल नभएर तेहा पुगेपछि मात्र बल्ल वास्तिवक जीवनको परिक्षा सुरु हुन्छ। जापानमा कुनै भाषा नै बोल्न नसक्नेले पनि काम त गर्न सक्ला तर उसको जिबनको पर्दा पछाडी थुप्रै दुख , कष्ट र पिडाहरु लुकेका हुन्छन। यदि हजुर राम्रो संग काम गरि सबै संग राम्रो सम्बन्ध बनाउदै जापानको कला सस्कृति आदिमा घुलमिल हुदै काम गर्न चाहनु हुन्छ र आफुलाई हरेक दिन अझै प्रगती गराउन चाहनु हुन्छ भने अन्तर्वार्ता पास भएपछी मात्र हैन , जापान पुगिसकेपछि पनि समय मिलाएर निरन्तर अध्ययन गर्नु पर्ने हुन्छ।

6) १ बर्ष कसरि पढ्ने ? कसरि खर्च पुराउने ? समय कसरि मिलाउने ? पढ्ने बानि हराई सक्यो , कसरि पास हुने ? एसो एता उता मिलाएर नपढी छिटो जानु मिल्दैन ?

‐यदि हजुरले कक्षा १२ सम्म पढ्नु भएको छ भने कम्तिमा १२ बर्ष , दिनको ६-१० घण्टा , ७/८ ओटा किताब बोकेर पढ्नु भएको छ। यसरी पढ्दा पनि १२ हजारको जागिर गरेर नेपालमा सजिलै बस्न सक्नु हुन्छ ? १२ महिना राम्रो संग पढेर हजुरको जिबनमा राम्रो अवशर आउछ भने किन तयार नहुने ? १२ महिना त हजुर ले के गरम कसो गरम भनेर सोच्दा पनि बिति जान्छ। अनि पढ्ने समय छैन भने कि हजुर जागिर गर्नु हुन्छ कि कुनै ब्यबसाय या अन्य काम। यदि त्यसैले नेपालमा पुग्छ भने विदेश जाने कुरा नै भएन। खर्च कसरि पुराउने ?― हजुर लाइ पढ्नु पर्दैन , तुरुन्तै भिजा लाग्छ भन्यो भने हजुर ले जसरि पनि १२/१५ लाख तयार गर्नु हुन्छ। हिडेर अमेरिका जाने भन्यो भने पनि ५०/६० लाख तयार गर्न सक्नु हुन्छ। पढेर जापान जाने भन्दा किन पढाइ खर्च र सामान्य खाने बस्ने खर्च जोहो गर्न सक्नु हुन्न ? हजुरमा पढ्ने , मेहेनत गर्ने हिम्मत छैन र खर्चिलो सजिलो बाटो अपनाउन चाहनु हुन्छ भने हजुर गलत बाटो रोज्दै हुनुहुन्छ। अध्ययन गर्ने बानि गर्यो भने जहिले पनि जुन उमेर र अबस्थामा पनि गर्न सकिन्छ। मात्र हजुर अल्छी हुनु भएन।

7) परिक्षा त सबै पास भए तर अन्तर्वार्ता भएन किन ?

‐किनभने अन्तर्वार्ता भनेको दुइ पक्ष बोलेर बिचार आदान प्रदान गर्ने ठाउँ हो। हजुरमा जापानिज मा कुरा गर्न सक्ने क्षमता पुरा नभएकोले अन्तर्वार्ता भएन , तेसैले जापानिज भाषाको बोलीचालीमा अझै ध्यान दिनुहोस। नर्सिङ्ग केयरको काममा संचार शिप अति महत्वपूर्ण हुन्छ। हजुर लाइ कम्पनीले मान्छे को संख्या गन्न मात्र बोलाउने हैन। हरेक काम गरेको मिनेट मिनेट को तलब दिएर काम गर्न बोलाउने हो। त्यसैले हजुर सक्षम भए पछि मात्र कम्पनि ले राजि खुसी अन्तर्वार्तामा छनोट गर्छ।

अन्तमा,
जापानमा मेहेनत गर्ने हरुको लागि धेरै राम्रो अबशरहरु छन्। हजुर मेहेनती , लगनशील , इमान्दार हुनु पर्दछ। नर्सिङ्ग केयर वर्करहरु भनेको मानवीय संवेदना हरु संग नजिक रहेर काम गर्नु पर्ने भएकोले अझै सजग रहनु पर्दछ। नर्सिङ्ग केयरको काम सेवा या धर्म गर्दै पैसा आर्जन सकिने काम हो। जापानमा नर्सिङ्ग केयरको कामदार हरु माग धेरै बढी र यो काम लामो समय सम्म स्थिर पनि छ। भलै हजुर जापानको नर्सिङ्ग केयरको काम सिकेर नेपाल फर्के पनि अब केहि बर्षमा नेपालमा पनि नर्सिङ्ग केयर सेन्टर हरु खुल्ने र हजुरले हजुरको जापानमा आर्जन गरेको ज्ञान नेपालमा पनि सदुप्रयोग गर्न सक्ने सम्भावाना पनि रहेको छ। त्यसैले आजै बाट इमान्दार र लगनशिल भएर जापानिज भाषा , जापानिज आचारण र नर्सिङ्ग केयर को अध्ययन गरि आफ्नो सुनौलो भविश्यको सुनिश्चित गर्नुहोस।
धन्यवाद।।

अन्य जानकारिको लागि : SEWA NEPAL

🇳🇵🇯🇵नर्सिङ्ग केयर काममा , वर्किंङ्ग भिजामा जापान जान के गर्नु पर्छ ?🇳🇵🇯🇵जापान हामि सबैको आशाको केन्द्रबिन्दु हो।  नेपाल ...
21/02/2024

🇳🇵🇯🇵नर्सिङ्ग केयर काममा , वर्किंङ्ग भिजामा जापान जान के गर्नु पर्छ ?🇳🇵🇯🇵

जापान हामि सबैको आशाको केन्द्रबिन्दु हो। नेपाल मै बसेर आफुले सोचे जस्तो गर्न गाह्रो हुने अबस्थामा हामि विदेश गएर आफ्नो र आफ्नो परिवारको लागि उमेर छदै केहि दु:ख गरौ भनेर लागि परेका हुन्छौ । हाम्रा सपनाका सहर हरु मध्य जापान पनि एक बलियो गन्तब्य हो।
जापान जाने विभिन्न भिजा या प्रक्रियाहरु छन तर आजको यो लेख मा मा हजुर हरुलाई नर्सिङ्ग केयर वोर्करको रुपमा कसरि जापान जान सकिन्छ भन्ने बिषय मा छोटकरीमा ब्याख्या गर्दै छु।

1) नर्सिङ्ग केयरको काम भनेको के हो ?

‐जापानमा बयोबृद्दाहरुको संख्या दिन प्रतिदिन बढ्दै छ भने जन्मदर घटिरहेको छ। युवाहरुको संख्या पनि घटिरहेको छ। उमेर बृद्दी संगै मानिस मा बुढेसकाल लाग्छ र शरीर को बाहिरि र भित्रि भागहरुको कार्यात्मक क्षमतामा ह्रास आउन थाल्छ। साथै विभिन्न रोगहरु दिर्घकालिन रुपमा लम्बीइ जटिल अबस्था सृजना हुन्छ। यसकारण नर्सिङ्ग केयरको काम भनेको बुढेसकाल या अपाङ्गताको कारण दैनिक जीवनयापनमा समस्या भएका व्यक्तिहरुले चाहे जस्तो जीवन जिउन सक्ने गरि उनीहरुको दैनिक जिबन यापनमा सहयोग गर्ने काम हो। मानवीयमर्यादा , सेवा र धर्मलाइ कायम गर्दै , हरेक बुढाबुढी या अपाङ्गता भएका व्यक्तिहरुलाई जिबनको हरेक पल पल लाइ रमाइलो र उत्साहजनक बनाउनको लागि गरिने सहयोगी क्रियाकलाप नै नर्सिङ्ग केयरको काम हो। सामान्य भाषामा नर्सिङ्ग केयरको काम भनेको एक व्यक्ति बिहान उठेपछि सुत्ने बेला सम्म गर्ने दैनिक जिबनयापनको क्रियाकलापमा सहयोग गर्ने काम हो। नर्सिङ्ग केयरको काम गर्न लाज , घिन र डर लाइ पचाउन सक्ने क्षमता हुनु आवश्यक छ।

2) नर्सिङ्ग केयर मार्फत जापान जान के गर्नु पर्छ ? कति पढ्नु पर्छ ?

‐सबै भन्दा पहिला हजुर नर्सिङ्ग केयरको काम गर्न इच्छुक हुनु पर्छ र १८ बर्ष पुरा भएको हुनुपर्दछ। । जापान जाने बाटो मात्र चाहिएको भए अन्य बाटोहरु अपनाउदा राम्रो हुन्छ । म पक्का नर्सिङ्ग केयरको काम गर्न रुचि राख्छु भन्ने पक्का गरेपछि सुरुमा जापानिज भाषाको अध्ययन सुरु गर्नु पर्दछ।
    जापानिज भाषाको अध्ययन :
※ ०-३ महिना: ( जापानिज भाषाको न N5 लेभल , दिनमा कम्तिमा ३ घण्टाको दरले स्कुलमा र २-३ घन्टाको दरले घरमा अध्ययन गर्नु भयो भने ३ महिना मा राम्रो संग N5 लेभल सम्म पुग्नु हुन्छ। )
※३-६ महिना : जापानिज भाषा को ण४ लेभल र सम्बन्धित स्किल को अध्यन ( दिनमा ४ घण्टा स्कुलमा र २-३ घण्टा दरले घरमा अध्ययन गर्न सक्नु भयो भने ६ महिना भित्रमा जापान जानको लागि आवश्यक भाषा र शिप परिक्षा पास गर्न सक्नु हुन्छ )

※६-९ महिना : अन्तर्वार्ता र बोलीचाली तयारि कक्षा ( ३ महिना जति राम्रो संग मेहनत गर्नु भयो भने जापानिज हरुसंग जापानिज मै कुरा गर्न सक्ने भै आफुलाई राम्रो हुने कम्पनीमा आफै अन्तर्वार्ता दिन सक्ने हुन सक्नुहुन्छ। पढाइ सुरु गरेको ९ महिना भित्रमा आफुले काम गर्न चाहेको कम्पनीबाट नियुक्ति पत्र लिएर भिजाको प्रक्रिया हरु सुरु गर्न सक्नु हुन्छ।

※९-१२ महिना : यो भिजा पर्खाइको समय हो। यो समय मा हजुरले जापान गैसकेपछि काम मा गाह्रो नहुने गरि , आफ्नो भाषा र स्किल लाइ अझै राम्रो बनाउनु पर्ने हुन्छ।

३) नर्सिङ्ग केयरमा जापान जान कति पैसा खर्च हुन्छ ?

‐सामान्यतया १ बर्षसम्म पढ्ने बेला सम्मको खाने बस्ने र स्कुल फि ब्यक्ति अनुसार फरक फरक हुन सक्छ। त्यो बाहेक , पुस्तक खर्च , परिक्षा शुल्क , मेडिकल , भिजा शुल्क , श्रम शुल्क गरि लगभग २५ देखि ३० हजार सम्म खर्च हुन्छ। प्राय कम्पनि हरुले टिकट पनि उपलब्ध गराउने भएकोले लगभग सबै निशुल्क नै हुन्छ।

3) सबै निशुल्क कसरि सम्भब छ ? बजारमा त लाखौ रकम लिएका हुन्छन त ?  

‐हजुरले राम्रो संग अध्ययन गरेर , धैर्य गर्न सक्नु भयो हने सबै निशुल्क हुन्छ। तर हजुरहरुलाई अध्ययन गर्ने मन छैन र जापान जान मात्र छ भने अन्य विकल्पहरु रोज्न सक्नु हुन्छ। हजुरको कमजोरीलाई बिजिनेस बनाएर बस्ने महानुभाबहरु पनि बजारमा धेरै हुनुहुन्छ।

4) जापान गएर कमाइ कति हुन्छ?

‐सामान्यतया SSW वर्किंग भिजा मा बिदेशी नागरिक भएपनि जापानिज नागरिक सरह नै सेवा सुबिधाहरु हुन्छ। हप्तामा ५ दिन र दिनमा ८ घण्टा काम गरेर जम्मा १ लाख ८० हजार देखि २ लाख ४० हजार सम्मको कम्पनि हरु हुन्छ। त्यो तलब बाट कर , बिमा , घरभाडा , खाना खर्च अन्य खर्च कटौती गर्दा ८० हजार देखि १ लाख ३० हजार सम्म बचत गर्न सक्नु हुन्छ। हजुर संग राम्रो भाषा र काममा पनि इमान्दार भएर खट्न सक्नु हुन्छ भने ओभर टाईम काम , रात्रि शिफ्ट काम लगाएत धेरै बिकल्प हरु हुन्छन र धेरै रकम आर्जन गर्न पनि सक्नु हुन्छ। यदि हजुर जापान गएर महिनामा ३/४ लाख कमाएर नेपाल पठाउने सोचमा हुनुहुन्छ भने हजुर भ्रममा हुनुहुन्छ।

5) अन्तर्वार्ता पास गरेपछि पनि पढ्नु पर्छ र ?

‐हजुर अन्तर्वार्ता पास भए पछि लगभग जापान जाने पक्का हो , अब झन् हजुर ले मेहेनत गरेर पढ्नु पर्ने हुन्छ। जापान पुगेर काम सुरु गरेपछि सामान्य भाषा , बोलिचाली , कामकाज , दैनिक जीवनयापन आदिमा समस्या नआउने गरि अझै मेहेनत गर्नु पर्ने हुन्छ। जापान छिर्नु मात्र गोल नभएर तेहा पुगेपछि मात्र बल्ल वास्तिवक जीवनको परिक्षा सुरु हुन्छ। जापानमा कुनै भाषा नै बोल्न नसक्नेले पनि काम त गर्न सक्ला तर उसको जिबनको पर्दा पछाडी थुप्रै दुख , कष्ट र पिडाहरु लुकेका हुन्छन। यदि हजुर राम्रो संग काम गरि सबै संग राम्रो सम्बन्ध बनाउदै जापानको कला सस्कृति आदिमा घुलमिल हुदै काम गर्न चाहनु हुन्छ र आफुलाई हरेक दिन अझै प्रगती गराउन चाहनु हुन्छ भने अन्तर्वार्ता पास भएपछी मात्र हैन , जापान पुगिसकेपछि पनि समय मिलाएर निरन्तर अध्ययन गर्नु पर्ने हुन्छ।

6) १ बर्ष कसरि पढ्ने ? कसरि खर्च पुराउने ? समय कसरि मिलाउने ? पढ्ने बानि हराई सक्यो , कसरि पास हुने ? एसो एता उता मिलाएर नपढी छिटो जानु मिल्दैन ?

‐यदि हजुरले कक्षा १२ सम्म पढ्नु भएको छ भने कम्तिमा १२ बर्ष , दिनको ६-१० घण्टा , ७/८ ओटा किताब बोकेर पढ्नु भएको छ। यसरी पढ्दा पनि १२ हजारको जागिर गरेर नेपालमा सजिलै बस्न सक्नु हुन्छ ? १२ महिना राम्रो संग पढेर हजुरको जिबनमा राम्रो अवशर आउछ भने किन तयार नहुने ? १२ महिना त हजुर ले के गरम कसो गरम भनेर सोच्दा पनि बिति जान्छ। अनि पढ्ने समय छैन भने कि हजुर जागिर गर्नु हुन्छ कि कुनै ब्यबसाय या अन्य काम। यदि त्यसैले नेपालमा पुग्छ भने विदेश जाने कुरा नै भएन। खर्च कसरि पुराउने ?― हजुर लाइ पढ्नु पर्दैन , तुरुन्तै भिजा लाग्छ भन्यो भने हजुर ले जसरि पनि १२/१५ लाख तयार गर्नु हुन्छ। हिडेर अमेरिका जाने भन्यो भने पनि ५०/६० लाख तयार गर्न सक्नु हुन्छ। पढेर जापान जाने भन्दा किन पढाइ खर्च र सामान्य खाने बस्ने खर्च जोहो गर्न सक्नु हुन्न ? हजुरमा पढ्ने , मेहेनत गर्ने हिम्मत छैन र खर्चिलो सजिलो बाटो अपनाउन चाहनु हुन्छ भने हजुर गलत बाटो रोज्दै हुनुहुन्छ। अध्ययन गर्ने बानि गर्यो भने जहिले पनि जुन उमेर र अबस्थामा पनि गर्न सकिन्छ। मात्र हजुर अल्छी हुनु भएन।

7) परिक्षा त सबै पास भए तर अन्तर्वार्ता भएन किन ?

‐किनभने अन्तर्वार्ता भनेको दुइ पक्ष बोलेर बिचार आदान प्रदान गर्ने ठाउँ हो। हजुरमा जापानिज मा कुरा गर्न सक्ने क्षमता पुरा नभएकोले अन्तर्वार्ता भएन , तेसैले जापानिज भाषाको बोलीचालीमा अझै ध्यान दिनुहोस। नर्सिङ्ग केयरको काममा संचार शिप अति महत्वपूर्ण हुन्छ। हजुर लाइ कम्पनीले मान्छे को संख्या गन्न मात्र बोलाउने हैन। हरेक काम गरेको मिनेट मिनेट को तलब दिएर काम गर्न बोलाउने हो। त्यसैले हजुर सक्षम भए पछि मात्र कम्पनि ले राजि खुसी अन्तर्वार्तामा छनोट गर्छ।

अन्तमा,
जापानमा मेहेनत गर्ने हरुको लागि धेरै राम्रो अबशरहरु छन्। हजुर मेहेनती , लगनशील , इमान्दार हुनु पर्दछ। नर्सिङ्ग केयर वर्करहरु भनेको मानवीय संवेदना हरु संग नजिक रहेर काम गर्नु पर्ने भएकोले अझै सजग रहनु पर्दछ। नर्सिङ्ग केयरको काम सेवा या धर्म गर्दै पैसा आर्जन सकिने काम हो। जापानमा नर्सिङ्ग केयरको कामदार हरु माग धेरै बढी र यो काम लामो समय सम्म स्थिर पनि छ। भलै हजुर जापानको नर्सिङ्ग केयरको काम सिकेर नेपाल फर्के पनि अब केहि बर्षमा नेपालमा पनि नर्सिङ्ग केयर सेन्टर हरु खुल्ने र हजुरले हजुरको जापानमा आर्जन गरेको ज्ञान नेपालमा पनि सदुप्रयोग गर्न सक्ने सम्भावाना पनि रहेको छ। त्यसैले आजै बाट इमान्दार र लगनशिल भएर जापानिज भाषा , जापानिज आचारण र नर्सिङ्ग केयर को अध्ययन गरि आफ्नो सुनौलो भविश्यको सुनिश्चित गर्नुहोस।
धन्यवाद।।

❤️प्रतिक्षाको फल अबस्य मिठो हुन्छ्❤️ SSW-1 अन्तर्गत वर्किङ भिजामा जापान जान लाग्नु भएका मेरो प्यारो भान्जा बिस्णु राम्जा...
07/01/2024

❤️प्रतिक्षाको फल अबस्य मिठो हुन्छ्❤️
SSW-1 अन्तर्गत वर्किङ भिजामा जापान जान लाग्नु भएका मेरो प्यारो भान्जा बिस्णु राम्जाली मगर लाई उज्ववल भबिस्यको कामना सहित शुभयात्रा ल❤️
have a safe flight ...
भगवानले रक्षा गरुन❤️

हामिलाई बिश्वास गर्नु भएकोमा धन्यवाद । आगामि दिनको पनि शुभकामना ।
31/08/2023

हामिलाई बिश्वास गर्नु भएकोमा धन्यवाद । आगामि दिनको पनि शुभकामना ।

21/05/2023

१० जना कामदारको आवश्कता ॥हाल नेपाल भई 外食(गाईस्योकु) र 介護(खाइगो)
पास गरेको हुनूहुन्छभने तुरुन्त सम्पर्क गर्नुहोला॥

तुरुन्त सम्पर्क गर्नुहोस
16/04/2023

तुरुन्त सम्पर्क गर्नुहोस

भर्ना खुल्यो
02/04/2023

भर्ना खुल्यो

29/03/2023

आज खुल्ने JFT तथा SKILL परीक्षा को फारम तल दिएको LINK हरु मार्फत भरनु होला ।

1. NURSING CARE खुल्ने समय ९ बजे
⬇️
https://forms.office.com/pages/responsepage.aspx?id=z0HX3nt85ECpmyij0mpYNkd7bgnKS1NGv7MnEdtxreRUNUVHSFgxVjdZOUVENUtKWlJINFpJWk5HQiQlQCN0PWcu

2. JFT BASIC खुल्ने समय १० बजे
⬇️
https://forms.office.com/pages/responsepage.aspx?id=z0HX3nt85ECpmyij0mpYNkd7bgnKS1NGv7MnEdtxreRURVo5MzhUTDFKSkZBVUw5NTBUVlRQNFBVWSQlQCN0PWcu

3. FOOD SERVICE खुल्ने समय १२ बजे
⬇️
https://forms.office.com/pages/responsepage.aspx?id=z0HX3nt85ECpmyij0mpYNkd7bgnKS1NGv7MnEdtxreRUMkFMVDRUN01DM003QzJYQk85QVE1REc4SSQlQCN0PWcu

ssw अन्तर्गत Agriculture सेक्टर मा अस्ति भर्खर भएको अन्तर्बाता बाट छनौट हुन सफल प्यारो भाई बिश्णु येर (डडेल्धुरा)र कृस्ण...
09/03/2023

ssw अन्तर्गत Agriculture सेक्टर मा अस्ति भर्खर भएको अन्तर्बाता बाट छनौट हुन सफल प्यारो भाई बिश्णु येर (डडेल्धुरा)र कृस्ण गुरुङ्ग(काठमाडौं) लाई बधाई तथा उज्जवल भबिस्यको शुभकामना ...
तपाई हरुपनि स्टुडेन्ट अनि वर्किङ भिजामा जापान जान चाहानुहुन्छ भने तुरुन्त हामिलाई सम्पर्क गर्नुहोस🙏
9851321287
धमाधम भर्ना खुलिरहेको छ स्टुडेन्ट भिजामा coe आएन भनेर तनाबमा हुनुहुन्छ भने पनि तुरुन्त सम्पर्क गर्नुहोस ssw मार्फत वर्किङ भिजामा जापान जान सक्नु हुनेछ्।
9851321287
प्लस टू पास नहुनुभएको र slc pani नपढ्नु भएको तर जापान वर्किङ भिजामा जान चाहने हुनुहुन्छ भने पनि हामिकहाँ सम्पर्क गर्नुहोस तपाईको जापान जाने इच्छा हामि पुरा गर्नेछौं🙏
टाढाबाट आउनु भएका बिध्यार्थिको लागि लेडिज अनि जेन्टस होस्ट्ल को ब्यबस्था छ 🙏
सम्पर्क :- 9851321287
subarashii center for japanese language
माछापोखरी काठमाडौं
内定おめでとうございます㊗️

27/02/2023
डढेल्धुराबाट आएर एउटा मनले जितेको मान्छे ❤️जस्ले आफ्नो भबिस्य राम्रो संग बुझेको छ।अत्यन्त जिम्मावार र आफ्नोकुरा प्रस्ट र...
27/02/2023

डढेल्धुराबाट आएर एउटा मनले जितेको मान्छे ❤️जस्ले आफ्नो भबिस्य राम्रो संग बुझेको छ।अत्यन्त जिम्मावार र आफ्नोकुरा प्रस्ट राख्न सक्ने खुबिभएको मेरो प्यारो हेण्डसम भाई बिस्णु येर आजभएको jft exam मा पास भएर ssw मार्फत जापान जाने ढोका खोल्न सफल हुनुभएको मा बधाई तथा उज्ववल भबिस्यको अनगिन्ती शुभकामना❤️

Address

Kathmandu
44600

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779851321287

Website

Alerts

Be the first to know and let us send you an email when Shubarashii center -素晴らしい センター posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Shubarashii center -素晴らしい センター:

Shortcuts

Share