Loksewa Tayari- PSC Learning

Loksewa Tayari- PSC Learning स्वागत छ !!! हामी लोकसेवा सम्बन्धित सबै जानकारीहरू सक्दो सेयर गर्नेछौं । हामीसँग जोडिनुहोस् ।

21/03/2024
09/02/2024
09/02/2024
09/02/2024
१५ औं योजनाको सम्बन्धमा सजिलो नोट===========================स्रोत :- निरज परियार र राजेन्द्र रावत । #पन्ध्रौं_योजना
09/02/2024

१५ औं योजनाको सम्बन्धमा सजिलो नोट
===========================
स्रोत :- निरज परियार र राजेन्द्र रावत ।
#पन्ध्रौं_योजना

वि. स.२०८० सालको सार्वजनिक विदाको विवरण !!!!!!!सार्वजनिक विदाको दिन सेवा प्रवाह गर्नुपर्ने कार्यालय तोकिएको छ ।
16/03/2023

वि. स.२०८० सालको सार्वजनिक विदाको विवरण !!!!!!!
सार्वजनिक विदाको दिन सेवा प्रवाह गर्नुपर्ने कार्यालय तोकिएको छ ।

21/02/2023

राज्यका 13 वटा नीतिहरु याद गर्ने सुत्र:-

[ रारा SEA मा बिपना श्रम गर सानु पर्यटनको अन्तर्राष्ट्रियकरण गर्न]

1) रा= रास्ट्रीय एकता र रास्ट्रीय सुरक्षा सम्बन्धि नीति
2) रा= राजनीतिक तथा शासन ब्यबस्था सम्बन्धि नीति
3) S= सामाजिक सास्कृतिक रुपान्तरण सम्बन्धि नीति
4)E= अर्थ,उध्योग र बाणिज्य सम्बन्धि नीति
5) A= कृषि र भूमिसुधार सम्बन्धि नीति
मा= neglect
6) वि=विकास सम्बन्धि नीति
7) प=प्राकृतिक साधन स्रोतको संरक्षण,संवर्धन र उपयोग सम्बन्धि नीति
8)ना= नागरिकका आधारभूत आवश्यकता सम्बन्धि नीति
9) श्रम = श्रम र रोजगार सम्बन्धि नीति
गर= neglect
10) सा=सामाजिक न्याय र समावेशिकरण सम्बन्धि नीति
11) नु=न्याय र दण्ड ब्यवस्था सम्बन्धि नीति
12) पर्यटनको= पर्यटन सम्बन्धि नीति
13) अन्तर्राष्ट्रियकरण = अन्तरास्ट्रिय सम्बन्ध सम्बन्धि नीति
नोट
- माथी उल्लेखित नीतिहरु संविधानको भाग 4 धारा 51 मा क्रमश क देखि ड सम्म उल्लेख गरिएको छ।

रास्ट्रपति र उपरास्ट्रपति  निर्वाचन को मतभार  गणना!!!!
21/02/2023

रास्ट्रपति र उपरास्ट्रपति निर्वाचन को मतभार गणना!!!!

निजामती सेवाको राजपत्र अनङ्कित प्रथम श्रेणी (अप्राविधिक) नायब सुब्बा तथा राष्ट्रिय मानव अधिकार सेवाका सहायक प्रथम पदको ख...
11/01/2023

निजामती सेवाको राजपत्र अनङ्कित प्रथम श्रेणी (अप्राविधिक) नायब सुब्बा तथा राष्ट्रिय मानव अधिकार सेवाका सहायक प्रथम पदको खुला र समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन । तयारीमा जुटौ ।।।

10/01/2023

मेक्स वेवरको कर्मचारीतन्त्र सिद्धान्त (Max Weber's Bureaucracy Theory)
____________________________________________

⏺ मेक्स वेवर पहिलो समाजशास्त्रि हो जसले पहिलो पटक कर्मचारीतन्त्रको व्यवस्थित रुपमा अध्ययन गरी कर्मचारी तन्त्रको सिद्धान्त प्रतिपादन गरेका थिए।

⏺ कर्मचारीतन्त्र भन्नाले सङ्गठनमो माथिल्लो तह देखी तल्लो तह सम्मका कर्मचारीहरु स्पष्ट रुपमा नीति नियम तथा नजिरको परिधिभित्र रहेर सङ्गठनको सञ्चालन गर्र्ने प्रकृया भन्ने बुझिन्छ ।

⏺ कर्मचारीतन्त्र व्यावस्थापन भन्नाले कर्मचारीहरुमा स्पष्ट रुपमा कार्य विभाजन गर्ने, तहगत अधिकारको वाँडफाँड गर्ने, तोकिएका कार्य प्रणाली अनुसार नीति नियमको परिधि भित्र रहेर सङ्गठनको उद्देश्य प्राप्तिका लागि काम गर्न लगाउने प्रकृया हो ।

⏺ कर्मचारीतन्त्रको सिद्धान्त अनुसार कार्यको प्रकृतिका आधारमा सरकारी, प्रहरी, सैनिक एवम् अन्तराष्ट्रिय संघसंस्थाहरुमा यसको प्रचलन भएतापनि व्यावसायिक सङ्गठन, अस्पताल, राजनीतिकदल आदिमा पनि यसको प्रयोग गर्न थालेका छन् ।

⏺ मेक्स वेवरको कर्मचारीतन्त्रमा मुख्य तिन आधारहरु रहेका छन् ।
१. कर्मचारीतन्त्र किन जरुरी छ र यसको के महत्व रहेको छ ।
२. कर्मचारीतन्त्र विकृतिले ग्रस्त छ यसलाई सुधार गर्न जरुरी रहेको छ ।
३. कर्मचारीतन्त्रलाई कसरी सुधार गर्न सकिन्छ र आर्दश कर्मचारीतन्त्रमा के के हुनु पर्दछ ।

⏺ मेक्स वेवर कर्मचारीतन्त्रका विशेषताहरु (Features of Bureaucracy Theory)✅

१. कार्य विभाजन (Division of Work)
यस व्यवस्थापनमा कर्मचारीहरुको योग्यता दक्षता र क्षमता आदीको विशिष्टताको आधारमा तोकिएको विभाग र कार्यमा पदस्थापना गरिएको हुन्छ ।

२. प्रशासनिक श्रृङ्खला (Administrative Hierarchy)
कर्मचारी व्यावस्थापनमा तहगत रुपमा कर्मचारीहरुको अधिकार, जिम्मेवारी र दायित्व वाँडफाड गरिएको हुन्छ । माथिल्लो तहमा तुलनात्मक रुपमा वढी अधिकार दिएको हुन्छ । माथिल्लो तहले आदेश दिने र तल्लो तहले आदेशको पालना गर्नुपर्ने कर्तव्यवाट हाकिम र कारिन्दाहरु विच अकिकारको श्रृङ्खलामा विभाजित गरिएको हुन्छ ।

३. कार्यालयीय नीति नियमहरु (Official Rules)
सङ्गठनले कार्यसञ्चालनको सम्वन्धमा गर्नुपर्ने सम्पुर्ण निर्ययहरु प्रशासनिक ऐन नियम एवम् नीतिको परिधि भित्र रहेर लिखित रुपमा गरिन्छ जसले गर्दा निर्णय प्रकृयामा एकरुपता एवम् समञ्जस्यता ल्याउँदछ र कर्मचारीहरु पनि अनुशासित हुन पुग्दछन् ।

४. कार्यलय अभिलेख (Official Record)
कर्मचारीतन्त्र व्यावस्थापन अन्तर्गत सम्पुर्ण क्रियाकलाप एवम् निर्णयहरुलाई दस्तावेजको रुपमा व्यावस्थित तरिकाले फाईलिङ् गरेर भविष्यमा जानकारी तथा सन्दर्भ सामग्रीको लागि सुरक्षित राखिन्छ ।

५. अवैयक्तिक सम्वन्ध (Impersonal Relationship)
कर्मचारीतन्त्र व्यवस्थापन लागु गरिएका सङ्गठनहरुमा कुनैपनी क्रियाकलापहरु व्यक्तिगत भावना, उद्वेग, नातावाद क्रिपावादवाट टाढा रहि सञ्चालन गरिन्छ ।

६. कार्य प्रणाली (Work System)
यस व्यवस्थापन अन्र्तगत कार्य सञ्चालन गर्ने निश्चित कार्य प्रणाली तथा पद्धति वा विधि बनाइएका हुन्छन् र तिनै कार्य प्रणालीमा आधारमा सम्पुर्ण क्रियाकलापहरु सञ्चालन गर्दछन् ।

७. कार्य सुरक्षा (Job Security)
यस व्यास्थापनमा कर्मचारीहरुको नोकरी अवधि स्थाई अथवा सुरक्षित गरिएको हुन्छ । जसले गर्दा कर्मचारीहरु उत्प्रेरित भई सङ्गठनात्मक कार्यमा लागि परिरहेका हुन्छन् ।

८. प्राविधिक क्षमता (Technical Competency)
यो व्यावस्थापनले कर्मचारीहरु प्राविधिक क्षमतावान हुनु पर्दछ भन्ने मान्यता राख्दछ । कर्मचारीहरुको नियुक्तिा, सरुवा वढुवा उनीहरुको दक्षता, क्षमता, योग्यता र वरिष्टताको आधारमा गरिन्छ ।

९. निश्चित पारिश्रमिक (Fixed Remuneration)
यो व्यवस्थापन अन्तर्गत कर्मचारीहरुको परिश्रमिक निश्चित गरिएको हुन्छ । कर्मचारीहरुको तलव, भत्ता एवम सुविधाहरु के, कति र कहिले पाउने भन्ने कुरा नियम कानुन वमोजिम पहिेले नै निर्धारण गरिएको हुन्छ ।

⏺ कर्मचारीतन्त्र व्यावस्थापनका सिद्धान्तहरु (Principles of Bureaucracy Management)✅

१. औपचारिक तहगत ठाँचा (Formal Hierarchical Structure)
यस सिद्धान्त अनुसार सङ्गठनलाई एउटा निश्चित तहगत ढाँचामा विभाजन गरिएको हुन्छ । माथिल्लो तहका कर्मचारीहरुले आफ्ना मातहतका कर्मचारीलाई आदेश दिने गर्दछन भने तल्लो तहका कर्मचारीहरुले माथिल्लो आदेशको पालना गरी अनुशासित र मार्यादित हुने गर्दछन् ।

२. नियमद्धारा व्यावस्थापन (Management by Rule)
यस सिद्धान्त अनुसार सङ्गठनका कुनै पनि काम कार्वाही पुर्वनिर्धारित नीति नियम वमोजिम गरिन्छ जसले गर्दा कर्मचारीहरु र उनीहरुले सञ्चालन गरिने क्रियाकलापहरु नियन्त्रित हुने गर्दछ ।

३. कार्यात्मक विशेषज्ञताको सङ्गठन (Organizational by Functional Specialty )
यस सिद्धान्त अनुसार सङ्गठनलाई कार्य विशिष्टताको आधारमा विभिन्न विभागहरु विभाजन गरी विशिष्ट शिप, ज्ञान, योग्यता, क्षमता र दक्षता भएको व्यक्तिलाई सम्बन्धित विशिष्टिकरण विभागमा पदस्थापन गरिन्छ ।

४. परिलक्षित उद्देश्य (Focused Mission)
यस सिद्धान्त अनुसार सङ्गठनले आफ्नो परिलक्षित उद्देश्य प्राप्तीको लागि तत्पर रहेका हुन्छन् । आफ्नो सरोकारवालाहरुको हितको निमित्त सदैव अग्रसर रहेको हुन्छ ।

५. अवैयक्तिक सम्वनध (Impersonal Relationship)
कर्मचारीतन्त्र व्यवस्थापन लागु गरिएका सङ्गठनहरुमा कुनैपनी क्रियाकलापहरु व्यक्तिगत भावना, उद्वेग, नातावाद क्रिपावादवाट टाढा रहि सञ्चालन गरिन्छ ।

६. प्राविधिक योग्यताको आधारमा रोजगरी (Employment based on qualification)
यो व्यावस्थापनले कर्मचारीहरु प्राविधिक क्षमतावान हुनु पर्दछ भन्ने मान्यता राख्दछ । कर्मचारीहरुको नियुक्तिा, सरुवा वढुवा उनीहरुको दक्षता, क्षमता, योग्यता र वरिष्टताको आधारमा गरिन्छ ।

७. अभिलेख व्यवस्थापन (Record Management)
कर्मचारीतन्त्र व्यावस्थापन अन्तर्गत सम्पुर्ण क्रियाकलाप एवम् निर्णयहरुलाई दस्तावेजको रुपमा व्यावस्थित तरिकाले फाईलिङ् गरेर भविष्यमा जानकारी तथा सन्दर्भ सामग्रीको लागि सुरक्षित राखिन्छ |

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Loksewa Tayari- PSC Learning posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Loksewa Tayari- PSC Learning:

Shortcuts

Share

Category