28/04/2026
करिब एक महिनादेखि निरन्तर गरिएको प्रयास, समन्वय र सक्रियतापछि आज हामीमा केही आशा पलाएको छ। विगतमा तयार भएको टंकप्रसाद बराकोटी प्रतिवेदनजस्तै यो पहल पनि कार्यान्वयन नभई बिलिन नहोस् !
हामी नयाँ सरकारप्रति पूर्ण रूपमा विश्वस्त छौं कि हाम्रो मागलाई गम्भीरतापूर्वक लिएर छिट्टै ठोस निर्णय गरिनेछ। यस प्रक्रियाले सकारात्मक परिणाम ल्याउनेमा हामी आशावादी छौं।
28/04/2026
UCMS मा MBBS internship गर्ने हाम्रो अवस्था एकदमै challenging छ—२४ घण्टाको continuous duty, hectic ward load, emergency calls, night shifts, र physical-mental exhaustion सबै सहेर पनि महिनाको stipend मात्र रु 10,890। यो amount ले basic living खर्चसमेत cover गर्न गाह्रो हुन्छ, जबकि interns हरूले patient care, documentation, procedures, र senior support सबैमा active role खेलिरहेका हुन्छन्। यस्तो demanding schedule र जिम्मेवारीको तुलनामा यो stipend clearly undervalued छ। Internship भनेको सिक्ने phase हो, तर यसरी exploit हुने अवस्था होइन—better support, fair compensation, र humane duty hours को expectation राख्नु बिल्कुल जायज हो।
Via inbox 📥
Medical Story Nepal
DOCTORS' SOCIETY OF NEPAL (DSON)
Routine of Nepal banda
Doctor Story Nepal 2.0
Ministry of Health and Population-Nepal
28/04/2026
२०८३ बैशाख १५
भेरी अस्पतालमा भएको बिरामीको मृत्यु र त्यसबाट सृजित अवस्थाबारे
प्रेस नोट
बैजनाथ–६, बाँके निवासी ६२ वर्षीया एक महिला पेट तथा छातीसम्बन्धी समस्या लिएर २०८३ बैशाख ६ गते यस अस्पतालमा भर्ना हुनुभएको थियो। उहाँलाई APD (ग्यास्ट्राइटिस) Hypothyroidism, Hypertension तथा Type 2 Diabetes Mellitus जस्ता दीर्घरोगहरूको समेत उपचार भइरहेको थियो। उपचारको क्रममा मुटुसम्बन्धी जटिलताको सम्भावना देखिएकाले कार्डियोलोजिस्टको निरन्तर निगरानीमा राखी इसिजी, इको तथा कार्डियाक इन्जाइम लगायतका आवश्यक परीक्षणहरू पटक–पटक गरिएको थियो।
बिरामीको अवस्थालाई मध्यनजर गर्दै बहुविधागत सहकार्य (Multidisciplinary Approach) अन्तर्गत ग्यास्ट्रोलोजिस्ट तथा मनोरोग विशेषज्ञबाट समेत परामर्श लिइएको थियो। यथासम्भव सबै स्थापित विधि र प्रक्रियाअनुसार उपचार गर्दा पनि रोगको स्पष्ट निदान हुन नसकेको अवस्थामा थप “क्रस ओपिनियन” का लागि २०८३ बैशाख ११ गते नै अन्यत्र रिफर गरिएको थियो। तथापि बिरामीको अवस्था केही सुधार देखिएपछि अस्पतालमै उपचार जारी राखिएको थियो। तर, उपचारकै क्रममा २०८३ बैशाख १३ गते अचानक बिरामीको अवस्था गम्भीर रूपमा बिग्रिन गई उहाँको दुःखद निधन हुन गएको छ।
उक्त घटनापछि सोही दिन अस्पताल प्रशासन र बिरामी पक्षबीच विस्तृत छलफल भएको थियो, जसमा उपचारका क्रममा गरिएका सम्पूर्ण प्रयासहरूबारे जानकारी गराइएको थियो। साथै, २०८३ बैशाख १४ गते अस्पताल प्रमुख, विभिन्न विभागीय प्रमुखहरू, प्रतिनिधिसभा बाँके क्षेत्र नं. ३ का सांसद माननीय खगेन्द्र सुनार तथा पूर्वराज्यमन्त्री दल बहादुर सुनारको उपस्थितिमा पुनः छलफल सम्पन्न भएको थियो। उक्त छलफलमा चिकित्सकीय उपचारका सीमितता र नियन्त्रण बाहिरका परिस्थितिमा यस्ता घटना हुनसक्ने विषयमा बिरामी पक्षलाई स्पष्ट पार्ने प्रयास गरिएको थियो।
यदि उपचार प्रक्रियामा कुनै नियतवश त्रुटि भएको भए त्यसको अनुसन्धान गर्ने सम्बन्धित निकायहरू विद्यमान रहेको र सो प्रक्रियामा जान बिरामी पक्ष स्वतन्त्र रहेको जानकारी गराइएको थियो। तर दबाबका आधारमा अस्पतालले लापरवाही स्वीकार नगर्ने स्पष्ट पारिएको थियो।
तर, २०८३ बैशाख १५ गते बिहान करिब १०:३० बजे मृतकका आफन्त तथा आफूलाई पत्रकार बताउने केही व्यक्तिहरू अस्पताल प्रमुखको कार्यकक्षमा प्रवेश गरी मेडिकल सुपरिन्टेन्डेन्ट डा. निराजन सुवेदीमाथि गालीगलौज, ज्यान मार्ने धम्की, हातपातको प्रयास तथा अभद्र व्यवहार गरेका छन्।
सोका अलावा प्रमुख कन्सल्टेन्ट फिजिसियन डा राजन पाण्डेमाथि पनि भौतिक आक्रमणको धम्की सोसल मेडियामार्फत सार्वजनिक भएको छ। यस घटनाले सम्प
28/04/2026
आखिर कहिलेसम्म ?
भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा निराजन सुवेदी माथी कार्यकक्षमै हातपातको प्रयास भएपछि चिकित्सकहरु आन्दोलनला उत्रिएका छन् । उपचारका क्रममा बैजनाथका एक जना महिलाको मृत्युको विषयलाई लिएर आज बिहान एउटा समूह डा सुवेदीको कार्यकक्षमा पसेर हातपातको प्रयास गरेको थियो । अहिले भेरीको ओपीडी सेवा बन्द छ ।
27/04/2026
Result of BDS III & IV University Examinations – January/February 2026
Category: Programs
- Mon, 27 Apr 2026
27/04/2026
Result of III MBBS University Examination – January/February 2026
Category: Programs
- Mon, 27 Apr 2026
24/04/2026
आवासीय चिकित्सकका विषयमा नेशनल मेडिकल कलेजले मन्त्रालयमा पठाएको जानकारी यस्तो छ 👇
24/04/2026
🩺
Share everywhere — wall, story, groups.
Support intern doctors.
Demand fair stipend and push the government and Health Minister to act.
24/04/2026
REGISTRATIONS NOW OPEN!
4th Meleson Inter-College Forensic Quiz 2026
Get ready to challenge your intellect and showcase your forensic brilliance.
We are proud to present the 4th Meleson Inter-College Forensic Quiz, organized in collaboration with the Medico-Legal Association of Nepal at Birat Medical College Teaching Hospital.
✓ Whether you're passionate about Forensic Medicine, love solving medico-legal puzzles, or want to represent your college on a prestigious stage — this is your moment.
📅 Event Date: 6th May 2026
⏳ Registration Deadline: 4th May 2026
✓Compete with the brightest minds from medical colleges across the country
✓ Test your clinical reasoning and forensic insight
✓ Gain recognition, experience, and unforgettable memories.
Register now and take the first step toward making your mark.
✓kindly scan the qr for registration.
Step forward. Stand out. Make your college proud.
23/04/2026
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आन्दोलन फिर्ता, सहमतिपछि सेवा सुचारु
काठमाडौँ- कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा हिजो भएको घटनापछि उत्पन्न तनाव अन्ततः सहमतिमा टुंगिएपछि स्वास्थ्यकर्मी तथा कर्मचारीहरूले जारी आन्दोलन फिर्ता गरेका छन्।
सामाजिक अभियन्ता बताउने केही युवाहरूले ड्युटीमा रहेका चिकित्सकमाथि अभद्र व्यवहार गरेपछि आक्रोशित स्वास्थ्यकर्मी, शिक्षक तथा कर्मचारीहरूले आज आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका थिए।
विहान १० बजेदेखि सुरु भएको वार्तापछि दिउँसो साढे १ बजे सहमति बनेको हो। वार्ताका क्रममा अभियन्ता पक्षले चिकित्सक तथा स्वास्थ्यकर्मीहरूसँग माफी माग्दै भविष्यमा कुनै पनि प्रकारको अभद्र व्यवहार वा असुरक्षित वातावरण सिर्जना नगर्ने प्रतिबद्धता जनाएका थिए। चिकित्सकहरूले पनि सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गरेका छन्।
प्रतिष्ठानका रजिष्ट्रार एवं प्रवक्ता लक्ष्मीचन्द्र महतले दुवै पक्षबीच सहमति भइसकेको र अवरुद्ध सेवा पुनः सुचारु भएको जानकारी दिए।
उनका अनुसार घटनामा संलग्न भनिएका चिकित्सकहरू अमित चौधरी र सरोजबाबु अर्याल तथा अभियन्ताका रूपमा प्रस्तुत भएका उपेन्द्र बुढ थापा, नरेन्द्र बुड थापालगायतबीच सौहार्दपूर्ण वातावरणमा समझदारी भएको हो।
‘उनीहरूले गल्ती भएको स्वीकार गर्दै माफी मागे। हामीले पनि सेवा सुधार र प्रभावकारी बनाउन आवश्यक छलफल गर्यौं। चिकित्सकहरूको सुरक्षाबारे पनि युवाहरूले आश्वस्त पारेपछि सहमति बनेको हो,’ महतले भने।
सहमति प्रक्रिया सहज बनाउन प्रतिष्ठानका उपकुलपति डा. पुजन रोकाया, रजिष्ट्रार महत, डीन डा. प्रेणित पोखरेल र विवेक पुन मगरसहितको टोली सक्रिय रहेको थियो
23/04/2026
अब ९–५ ड्युटी गर्ने।
बीचमा आधा/१ घण्टा ब्रेक — अस्पतालले तोकेअनुसार।
बाकी समय मोबाइल अफ