13/12/2019
अहिलेका नेताबाट देश बन्दैन : रामचन्द्र–शेरबहादुरबाट कांग्रेस चल्दैन –ः पुरञ्जन आचार्य
अहिलेका नेताबाट देश बन्दैन : रामचन्द्र–शेरबहादुरबाट कांग्रेस चल्दैन –ः पुरञ्जन आचार्य
अहिलेका नेताबाट देश बन्दैन : रामचन्द्र–शेरबहादुरबाट कांग्रेस चल्दैन –ः पुरञ्जन आचार्य Please Subscribe our YouTube channel: http://you...
10/01/2019
जापान अब ल्याउने नया कामदार सम्बन्धि केहि मुख्य बुदा हरु
१ बीच मा बिचौलिया नराख्ने
२ कम्पनि हरुले अन्तरबार्ता मार्फत प्रतिस्पर्धा को आधार मा कामदार छनौट गर्ने
३ कुनै पनि छेत्र मा काम को अनुभब र दक्षता भएका कामदार लगिने
४ जापानिज भासा अनिबार्य चाहिने
५ भबन निर्माण /मेसिन संचालन /इलेक्ट्रिकल -इलेक्ट्रोनिक /सार्बजनिक निर्माण /पानीजहाज निर्माण /सवारी साधन मर्मत मेकानिक /विमानस्थल सर -सफाई /होटेल /रेस्टुरेन्ट /कृषि -माछापालन /खाध्य पदार्थ उत्पादन तथा वितरण / तथा age care hospital मा नर्स / हेल्थ कार्यकर्ता छेत्र मा काम को शिप भएका कामदार ले निश्चित लेभल को भाषा जाने पछि जान पाउने
02/01/2019
१८ पुस, काठमाडौं । जापान सरकारले नेपालबाट कामदार लैजाने गरी श्रम समझदारी गर्न अवधारणासहितको मस्यौदा पठाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार कामदार स्रोतका रुपमा नेपाललाई छनोट गरिएको जानकारीसहित कामदार भर्ति र आपूर्तिबारेमा अवधाराणा पत्र आइपुगेको हो ।
सरकारले अब जापानको प्रस्तावित मस्यौदामाथि अध्ययन सुरु गरेको छ । कुन मोडलबाट, कस्ता कामदार, कुन प्रक्रियाबट लैजाने भन्ने गरी जापानले पठाएको अवधारणामाथि नेपालले केही समयपछि बस्ने दुई देशीय श्रम अधिकारीको बैठकमा नेपालले आफ्नो धारणा राख्नेछ ।
मस्यौदालाई अन्तिम रुप दिन जनवरीको तेस्रो साता जापानी श्रम अधिकारीको प्राविधिक टोली काठमाडौं आउने कार्यक्रम छ । सरकारले काकदारको हित र सुरक्षालाई केन्द्रमा राखेर सरकारी तवरबाटै कामदार पठाउने वातावरण बनाउने बताएको छ ।
जापान सरकारले विदेशी कामदार भित्र्याउने उद्देश्यसहित नीतिगत प्याकेजको घोषणा गरेको छ । यसअन्तर्गत देशभर एक सय वटा परामर्श केन्द्र खोलिने छ, जसले नेपाली सहित ११ भाषामा सहायता प्रदान गर्नेछन् ।
कामदार संकट गहिरिएपछि जापान सरकारले विदेशी कामदार भित्र्याउने नीति लिएको हो । नेपालसँगै चीन, इन्डोनेसिया, मंगोलिया, म्यानमार, थाइल्यान्ड, फिलिपिन्स र भियतनामबाट कामदार लिने योजना बनाएको छ ।
नयाँ नीति कार्यान्वयनका क्रममा आगामी आर्थिक वर्षमा २२.४ अर्ब यूआन खर्च गरिनेछ । विदेशीहरुलाई जापानी भाषा सिकाउन मात्रै ६० करोड यूआन खर्च गरिने छ ।
जापानले यही महिनाको सुरुवातमा अध्यागमन कानून पनि परिमार्जन गरेको थियो । परिमार्जित अध्यागमन कानूनअनुसार जापानले विश्वयुद्धपछि पहिलोपटक निश्चित सिप र विज्ञता भएका विदेशी कामदारलाई वर्किङ भिसा दिने नीति लिएको छ ।
पहिलो पाँच वर्षमा ३ लाख ४५ हजार विदेशी कामदारलाई १४ वटा औद्योगिक क्षेत्रमा काम गर्न अनुमति दिने सरकारको योजना छ । ती क्षेत्रमा नर्सिङ केयर, निर्माण, होटल, कृषि, मत्स्यपालन लगायत छन् ।
कामदारहरुलाई उनीहरुको सीप र विज्ञताका आधारमा दुई वटा स्ट्याटस दिइनेछ । पहिलो स्टाटसमा आउनेहरु पाँच वर्ष बस्न पाउनेछन् र उनीहरुले आˆनो परिवार ल्याउन पाउने छैनन् ।
दोस्रो स्टाटसमा रहेकाहरुले परिवार पनि ल्याउन पाउनेछन् र भिसालाई पटकपटक नविकरण गर्न सक्नेछन् ।
पहिलो स्टाटसका लागि जापानी भाषाको आधारभूत ज्ञान भए पुग्छ भने दोस्रो स्टाटसका लागि निश्चित काममा दक्षता चाहिन्छ । यसअघि जापानले व्यवसायिक ज्ञान र उच्च तहको सिप भएकाहरुलाई मात्रै वर्किङ भिसा दिने गथ्र्यो ।
नेपालले नेपाली कामदारहरुलाई रोजगारीका लागि जापान लैजान लबिङ गर्दै आएको थियो । हालै मात्र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली आफैं जापान पुगेका थिए । श्रम, रोजगार तथा सामजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले पनि पटक-पटक जापानिज राजदूतलाई यसका लागि अनुरोध गरेका थिए ।
लामो समयदेखि खाडी र मलेसियाको वैकल्पिक गन्तब्य खोजिरहेको नेपाली कामदारका लागि जापान सुरक्षित र राम्रो कमाइ गर्ने श्रम बजार हुने विश्वास छ ।
सरकारी अधिकारीहरुका अनुसार सम्भवत आगामी अप्रिलदेखि जापानी भाषा परीक्षा पास गरेर रोजगारीका लागि जान पाइनेछ । जापान लैजानुअघि दक्ष तथा अर्धदक्ष कामदारको जापानी भाषा र सीप परीक्षण गर्नेछ ।
कामदार आपूर्ति र अन्य विषयमा छलफल गर्न जापानका परराष्ट्रमन्त्री पुस २५ गते नेपाल आउने तय भएको छ ।
26/12/2018
काठमाडौं– नेपालीसहित विदेशी कामदारका लागि जापानमा रोजगारको ढोका खुलेको छ। जापान सरकारले मंगलवारदेखि लागु गरेको नयाँ नीति अन्तर्गत विदेशी कामदारका लागि जापान खुल्ला भएको हो। नयाँ नीतिअनुसार नेपाल पनि जापानकाे उच्च प्राथमिकतामा परेकाे छ। जापान सरकारले नेपालबाट जाने कामदारलाई नेपाली भाषामै परामर्श दिने नीति ल्याएकाे छ।
मंगलवारबाट लागु भएको नीतिले हाल जापानमा रहेका विदेशी कामदार समेत लाभाम्वित हुने बताइएको छ। यो नीति अन्तर्गत बहुसांस्कृतिक तथा सूचना केन्द्रहरु स्थापना हुनेछन्। जसअन्तर्गत उक्त केन्द्रहरुले विभिन्न ११ वटा भाषामा विदेशी कामदारलाई परामर्श तथा अन्य आवश्यक प्रशासनिक सहायता प्रदान गर्नेछ।
११ वटा भाषामा नेपाली भाषा समेत समावेश गरिएको छ। अन्य भाषामा जापानी, अंग्रेजी, थाई, चिनियाँ, कोरियन, स्पेनिस, भियतनामी, पोर्चुगिज, इण्डोनेसियन र फिलिपिनी (ट्यागलोग) रहेका छन्।
विदेशी कामदारलाई जापानी भाषासँग अभ्यस्त गराउन जापान सरकारले तालिम प्राप्त भाषा शिक्षकबाट भाषा कक्षा सञ्चालन गर्ने निर्णय समेत गरेको छ।
कतिलाई खुल्ने छ रोजगार ? जापानले ३ लाख ४५ हजार विदेशी कामदार लैजाने तयारी गरेको छ । जापान सरकारले १८ वर्ष पुगेका नेपाल सहित ९ देशका कामदारहरुलाई जापान लैजाने तयारी गरेको हो ।
रोजारका लागि जाने श्रमिकको न्यूनतम तलब करिब २ लाख रुपैयाँ हुने अनुमान गरिएको छ । जापानले नयाा भिजा श्रेणी अन्तर्गत नर्सिङ केयर, रेस्टुरेन्ट, जेष्ठ नागरिक स्याहार–सुसार, कृषि, निर्माण सहित १४ वटा क्षेत्रमा विदेशी कामदार लैजाने तयारी गरेको हो ।
विदेशी श्रमिक प्राप्त गर्ने देशहरूको सूचीमा नेपाललाई समावेश गर्न यसअघि नै परराष्ट्र मन्त्रालय मार्फत बारम्बार छलफल भएको श्रम मन्त्रालयले जनाएको छ।
तर नेपाली अधिकारीहरूले सरकार-सरकारबीच सम्झौता गर्नुपर्ने अर्थात ‘जी टु जी’ सम्झौता गर्न खोज्दा कुरा नमिलेको बताइएको छ।
त्यसैले अब हुने छलफलमा पनि सरकारले अप्ठ्यारा प्रस्ताव अघि सारेमा जापान जस्तो आकर्षक वैदेशिक रोजगारीको गन्तव्य गुम्न सक्ने चिन्तामा वैदेशिक रोजगार ब्यवसायीहरू देखिन्छन्।
27/09/2018
STUDY IN JAPAN
Admission Open for 2019 April intake with 100% Scholarship.
Features
+2 and above can Apply
28 hours job support
High visa success rate
College and cities are in your choice
Free language classes
N5 and JLPT preparation
Gap less than 4 years
No extra charges and hidden costs
Interested can drop your contact number so that we can contact you.
For more details!
DEKKO WORLD EDUCATION CONSULTANCY Pvt. Ltd.
BHAKTI THAPA MARGA, NEW BANESWAR, KATHMANDU.
PHONE :- 977014493963, 9851062474
EMAIL:- [email protected]
14/06/2018
STUDY IN JAPAN
Admission Open for 2019 January/ April intake with 100% Scholarship.
Features
+2 and above can Apply
28 hours job support
High visa success rate
College and cities are in your choice
Free language classes
N5 and JLPT preparation
Gap less than 4 years
No extra charges and hidden costs
Interested can drop your contact number so that we can contact you.
For more details!
DEKKO WORLD EDUCATION CONSULTANCY Pvt. Ltd.
BHAKTI THAPA MARGA, NEW BANESWAR, KATHMANDU.
PHONE :- 977014493963, 9851062474
EMAIL:- [email protected]
11/05/2018
जापानले नेपालीलाई पनि १० वर्षे मल्टीपल भिषा दिने
रमन पहाडी
२६ वैशाख २०७५, कुमामोतो, जापान
जापान सरकारले नेपाली नागरिकलाई पनि १० बर्षको भिषा प्रदान गर्ने निर्णय गरेको छ । जापानका विभिन्न संचारमाध्यमहरुले प्रकाशन गरेको समाचार अनुसार सन् २०२० मा हुने टोकियो ओलम्पिक र पाराओलम्पिकलाई मध्यनजर गर्दै जापान घुम्न वा जापानमै लामो समयसम्म बसी काम गर्न चाहने नेपाली नागरिकहरुलाई जापान बसोबास सहज होस् भन्ने उद्देश्यले १० वर्षे भिषा योजना ल्याईएको छ । यसको साथै २०२० भित्रमा प्रति वर्ष ४ करोड विदेशी पर्यटक भित्र्याउने लक्ष्य समेत बनाएको छ ।
शुक्रबार बसेको जापानिज मन्त्रिपरिषद बैठकले पर्यटन मन्त्रालयको प्रस्तावमा सो निर्णय पारित गरेको बताईएको छ । १० वर्षे ‘मल्टिपल इन्ट्रि भिषा’ गतवर्ष देखि चीनियाँ नागरिकलाई दिन सुरु गरेको थियो ।
परराष्ट्र मन्त्रालयको वेवसाइटमा राखिएको सूचना अनुसार भिषा आवेदन प्रकृयालाई सहज समेत बनाइने उल्लेख गरिएको छ । हाल कायम नियमलाई परिवर्तन गरी नेपालीहरुलाई सहज भिषा दिनका लागि नेपाल सरकारको तर्फबाट गरिएको अनुरोधलाई स्वीकार गर्दै यो निर्णय लिएको बुझिएको छ ।
यो नियम नेपालबाट जापान आउनेका लागि मात्र नभई जापानमै रहेका नेपालीहरुको हकमा पनि लागू हुनेछ । जापानमा जुनसुकै अवस्थामा बसोबास गरिरहेका नेपाली नागरिकहरुले निवेदन दिन पाउने छन् । दश वर्षे भिषा आवेदन अस्वीकृत भएमा पुनः आवेदन दिन सकिने व्यवस्था समेत रहेको छ ।
हाल भिजिट भिषाका लागि नेपाली नागरिकहरुले पाउँदै आएको अधिकतम समयावधी ३ महिना र कामदार तथा अन्यले पाउँदै आएको अधिकतम अवधी ५ बर्ष थियो । विद्यार्थीहरुको हकमा पनि यही प्रकृया अपनाइने बताइएको छ । जापान आएर भाषा स्कुल पढ्दै गरेका वा भोकेशनल स्कुल वा युनिभर्सिटी पढ्दै गरेका विद्यार्थीहरुको हकमा कायम रहेको भिषा अवधी अपग्रेड गर्नका लागि अनलाइन वा अध्यागमन कार्यालयमै गएर आवेदन दिने व्यवस्था मिलाइने समाचारमा बताइएको छ ।
जापानमा बस्ने नेपालीहरुको संख्या ८० हजार कटिसकेको छ । नयाँ नियम लागू भएमा जापानमा बसोबास गरिरहेका धेरै नेपाली नागरिकहरु लाभान्वित हुनेछन् ।
नेपाली शिक्षाको प्रत्यक्ष निगरानी अन्तर्गत विश्वविद्यालयहरूको लागि एकल प्रवेश भिषा आवेदन प्रक्रियाहरू पनि सरलीकृत गरिनेछ।
नेपालबाट भिषा आवेदन दिनेहरुको हकमा भने आवेदन पश्चात मात्रै १० वर्षे भिषा दिने नदिने थाहाहुने बताइएपनि जापानमै रहेका नेपालीहरुको हकमा भने १० वर्ष जापानमा बसोबासका लागि योग्य हुनुहुन्छ कि हुन्न भन्ने बुझ्न अनलाइनमार्फत जाँच गर्न मिल्ने सिस्टम हिजो देखि शुरु भैसकेको छ । अनलाईनमा परिचय पत्र नम्बर र जन्ममिति हालेर सो जानकारी पाईनेछ ।