Korean Language Nepal

Korean Language Nepal Korean language basic to advance

09/07/2025
04/07/2025
03/07/2025
24/06/2025

Show fan in pocket ➝ निकालेर चलाउने ➝ wind speed dekhaune
🔥 Stay Cool in Style – Pocket Size Mini Fan💨
📞Call/Whatsapp 9812304536 9813876095
अबको गर्मीमा घामसँग लड्न Ready हुनुहोस् 😎
✅ Rechargeable
✅ 3 Fan Speeds
✅ Light & Pocket Friendly
✅ Strong Airflow 💨
✅ 2–3 Hour Battery Life

📦 Delivery All Over Nepal
📩 DM to order or comment "Fan"

👉 Stock चलिरहेको छ, hurry up before it’s gone!





21/12/2024

नतिजा प्रकाशित बारे जानकारी ❗️

उत्पादनमूलक क्षेत्र तर्फ तेस्रो चरणको कोरियन भाषा परीक्षाको नतिजा प्रकाशित भएको छ। जस्मा कटलाईन 97.5 अर्थात 39 भएको छ। भने जम्मा 3126 जना उतिर्ण भएका छन।

25/07/2024

धेरै जनाको उस्तै खालको प्रश्न छन्, Issue भएपछि के गर्नुपर्छ? कति दिनमा काम‌ सकिन्छ इत्यादि। तल हामीले Job application भरिसकेपछिको प्रक्रियालाई बुँदागत रुपमा लेखेका छौँ, मजाले पढेर बुझ्नुहोला है त;

१. Job application भरेपछि पहिलो प्रक्रिया File send गर्ने हो, जुन‌ काम इपीएस ग्वार्कोले गर्छ,

२. File send गरे‌ पश्चात File approval को काम हुन्छ, जुन काम HRD korea ले गर्छ, यसको निश्चित समयावधि हुँदैन। शनिवार र आईतवार साथै कोरियन सार्वजनिक विदाको‌ दिन बाहेक जहिले पनि Approve हुनसक्छ,

३. जब File approve‌ हुन्छ तब मात्र तपाईं रोष्टरमा समावेश हुनहुनेछ, अब तपाईं Issue लागि योग्य हुनुहुन्छ, तपाईंको रोष्टर अवधि १ वर्षको हो,

४. Issue एक वर्षमा सामान्यतया ४ पटक हुने गर्दछ, कहिले कुन मितिमा Issue सञ्चालन हुन्छ 고용노동부 को Website र Eps को Website मा सुचना आउँछ,

५. यस Issue मा रोष्टरमा रहनुहुने १६ देश कै कामदारबाट Randomly Computer माध्यमबाट File छनौट गरि कम्पनीमा HRD korea द्वारा पठाईन्छ र साहुले उक्त File बाट आफुलाई चाहिएको अनुसार मनपरेको कामदार छनौट गर्छ,

६. यसरी छनौटमा पर्नु भनेको नै Issue हुनु हो, तपाईंको Eps ID मा Hired देखाउँछ, त्यसको तल्लो लाईनमा 발급 देखाउँछ, अब मात्र तपाईंको Employment permit issue भएको हो,

७. Issue भए पश्चात तपाईंको Labour contract ( LC ) कम्पनीद्वारा Forward हुनुपर्छ, Issueभएपछि LC forward कहिले हुन्छ भन्ने निश्चित समय हुँदैन, कम्पनीले कहिले Forward गर्ने उसको कामदार आवश्यकता अनुसार भर पर्नसक्छ,

८. LC forward भएपछि इपीएस ग्वार्कोले तपाईंको LC sign गरिदिन्छ, LC Sign गर्न तपाईं उपस्थित हुनु पर्दैन। LC forward भएको एक हप्ता भित्रमा LC sign भइसक्छ,

९. LC sign पश्चात तपाईंले व्यवसाय तथा सीप विकास तालिम लिनुपर्ने हुन्छ, जसको आवेदन अनलाईन मार्फत दिई तोकिएको मितिमा भैँसेपाटीमा उपस्थित भई‌ एक हप्ताको तालिम लिनुपर्दछ,

१०. अब तपाईंको CCVI आउँछ, CCVI आएपछि ग्वार्कोमा गएर CCVI form‌ भर्नुपर्ने हुन्छ,

११. CCVI Form भरेपछि तपाईंको Visa प्रक्रिया अघि बढ्छ, र ९०‌ दिनको Visa लाग्छ,

१२. यस पछाडिको प्रक्रिया Flight को मात्र हो, Visa आएपछि Proposal flight आउँछ र Proposal अनुसार Final flightआउँछ,

१३. Final flight आएपछि प्रकाशित सुचना अनुसार तपाईंले तयारी गरि तोकिएको मितिमा ग्वार्कोमा उपस्थित हुनुपर्दछ र तोकिएको मितिमा उडान भर्नुपर्दछ।

नोट: यि प्रक्रियामा यति नै समय लाग्छ भन्ने हुँदैन, LC sign भएपछि १ देखि २ महिना जति लाग्नसक्छ। अझै धेरै वा कम समय पनि लाग्नसक्छ।

🤗🤗
17/06/2024

🤗🤗

29/12/2023

अस्ति प्रकाशित भएको सूचनालाई आधार मानेर केहि कुरा लेख्न मन लाग्यो !
बडो गजब आएको छ हो रमाइलो है ,
हामी नेपाली कति धेरै ज्ञानी अनि अनुशासित छौ ? जति वेला फम खुल्यो म मेरा साथीहरू र हामीलाई पढाउने सर सबै इपीएसले जारि गरेको एउटा नोटिसमा अल्जियौं कुरा थियो सन् 2023मा हुन गइरहेको शिप तर्फको भाषा परीक्षामा सहभागी हुने जुनसुकै व्यक्तिले पनि यसै वर्ष जुनसुकै क्षेत्र सम्बन्धित फम खुलेमा एउटा भन्दा अर्कोमा निज सहभागि हुन पाउने छैन। कुरा स्पष्ट थियो हामीलाई सोच्ने छलफल गर्ने समय पनि प्रसस्त थियो। हामीले त्यसै गरेउ कति धेरै साथिहरु सँग हरेक दिन चिया गफ गर्दै तपाईं भर्ने की नभर्ने जस्ता कुरा हरु हरेक दिन भए सरहरु संग छलफल भयो र अन्त्यमा मै संगै पढ्न सुरु गरेका एउटै कक्षामा पढ्दै गरेका कोही साथी भर्ने निर्णयमा पुग्दा कोही साथि हामी धैर्य गर्छौ अर्को परिक्षामा सहभागी हुन्छौ भनेर पर्खिने निर्णय गर्नु भयो । अन्तिम रिजल्ट निष्पक्ष रुपमा कसैको पक्षमा आयो त कसैको विपक्षमा आयो ।तर मैले नबूझेको कुरा भन्या हरेक दिन चिया गफ गर्दै गरेका मेरा प्यारा साथिहरु इपिएसले जारि गरेको सूचनालाई फर्काई फर्काई पढ्नु भएर सहभागि हुनु भएकाे होइन ? के आज अन्तिम रिजल्ट तपाईहरुको पक्षमा आएन भनेर ठाडो कानुनलाई चुनौती दिन पाइन्छ ? उसले जारि गरेको बुदाबुदालाई पल्टाएर हेर्नुहोस् तपाईंहरु १-२-३ कुनै हालतमा अहिलेको परिक्षामा सहभागी हुन पाउनु हुँदैन। मेराे यो पहिले देखि कै ठम्याई हो।
साथिहो हामी यो नभुलउकी कोरियाले hrd मार्फत नेपाल सरकारसंग सम्झौता गरेर श्रमिक लैजान लागेको हो नेपालले होइन,यदि उसले चाहेको खण्डमा भोली यो सम्झौता रद्द गरेर अर्को देशबाट श्रमिक लैजान सक्छ। उसलाई नेपालि नै चाहिएको होइन मात्र काम गर्ने इमानदार श्रमिक आबस्यक परेको हो।
उसले राम्रो सँग बुझेको छ यदी जून सूचना जारि गरेको थियो त्यो नियमसंवत् थियो र यसलाई उल्ट्याउनु भनेको भोलिका दिन यस्तै किसिमका नीति जारि गरेको खन्डमा फेरि पनि आन्दोलन र अदालतको भरमा उनीहरूले जारि गर्ने नीतिलाई नै चुनौती दिने नजिर स्थापित हुनु हो।
रह्यो अन्त्यमा त्यो आदेश अन्तरिम आदेश थिएन अहिलेको निवेदन पेस गर्ने नीजहरुलाई लागि सहभागि गराउनु भन्ने मात्र थियो।
साथि हो हामी हाम्राे देशमा चरम बेरोजगारीले हामी जस्ता लाखौँ युवाहरू भौतारिन पुगेको वेला कोरियाले केहि मलम लगाउने प्रयत्न गर्दा गर्दै उसलाई ठाडो चुनौती दिनु भनेको हाम्रै लागि दुर्गतिको बाटो खोज्नु हो। यदी सुरुमा त्यो सुचना जारि नगरेर अहिले उत्पादन क्षेत्र तर्फको हुन गैरहेको भाषा परीक्षामा सहभागी हुन पाउँदैनौ भन्ने सूचना अहिले जारि गरेको भए म छाती खोलेर तपाईहरुको पक्षमा आवाज उठाउने अठोट राख्थे तर तपाईंहरु सिमा पार गर्नु भयो।
तपाईंहरु निति नियम मिच्ने २८ हजारको निम्ती लाखौँ युवा र भोलिका भावी युवा पिढीको लागि बाटो बन्द गर्न तम्सिने तपाईंहरु २८ हजारले नपाएर केहि हुन्न आउने पिढीले र धैर्य गरेर बसेका लाखौँ युवाले पाउन त्यसैमा नेपालको भलो हुनेछ !
अन्तिम निर्णय पनि त्यही हुनेछ हेर्दै जानुहोला । जय नेपाल 🇳🇵

Savhar

22/12/2023
38 cut line
27/11/2023

38 cut line

Shipbuilding 🚢  परिक्षाको नतिजा प्रकाशन।श्रोत: www.epsnepal.gov.np
27/11/2023

Shipbuilding 🚢 परिक्षाको नतिजा प्रकाशन।
श्रोत: www.epsnepal.gov.np

26/11/2023

कोरियामा कामको दुुई क्षेत्र थपियो,एक हप्ताभित्रै आवेदन खुलाउने तयारीमा ईपीएस ‼️

दक्षिण कोरियाले यस वर्षदेखि पाँच क्षेत्रमा नेपाली कामदार लैजाने भएको छ। कोरिया सरकारले अबदेखि कृषि र उत्पादनमूलक क्षेत्रसहित अन्य थप तीन वटा क्षेत्रमा कामदार लैजाने भएको हो ।

नेपालले श्रम सम्झौता गरेको देशमध्ये सुरक्षा र आम्दानीको हिसाबले आकर्षक गन्तव्य बनेको कोरियाले थप रोजगारीको क्षेत्रका कामदार लैजाने रोजगार अनुमति प्रणाली इपीएस कोरिया शाखाले जनाएको छ ।

कोरियन सरकारले हाल नेपालबाट लैजाने गरेको दुई क्षेत्रबाहेक अन्य तीन क्षेत्र थपमा नेपाली कामदार लाने घोषणा गरेको छ । उक्त क्षेत्र थप गरेसँगै रोजगारीको दायरा बढेको छ ।

सन् २००८ मा श्रम सम्झौता गरेको दक्षिण कोरियाले हालसम्ममा कृषि क्षेत्र तथा पशुपालन र उत्पादनमूलक क्षेत्रमा कामदार लैजाने गरिरहेको छ । त्यसमा गत वर्षबाट सीप बिल्डिङमा पनि रोजगारीको लागि खुल्ला गरेको थियो ।

गत वर्ष सीप बिल्डिङमा खुला गरेको क्षेत्रको परीक्षा पनि भइसकेको छ भने आगामी हप्तामा नतिजा प्रकाशित गर्ने तयारी गरेको छ । त्यस्तै, कोरियाले आगामी दिनमा निर्माण र सेवा क्षेत्रमा पनि कामदार लैजाने सम्झौता भएको इपीएस कोरिया शाखाले जनाएको छ ।

‘सेवा क्षेत्रको रेष्टुरेन्ट, होटल, हस्पिटल वन पैदावारलगायत अन्य क्षेत्रमा लैजाने भएको छ,’ उक्त रोजगारीको बाटो खुल्ला गरेसँगै नेपालीहरू पाँच क्षेत्रमा जान पाउनेछन् ।’

त्यस्तै, सरकारले आगामी एक हप्तामा उत्पादनमूलक क्षेत्रको आवेदन खुलाउने तयारी गरेको छ । अबको एक हप्तामा उत्पादनमूलक क्षेत्रमा भाषा परीक्षाका लागि आवेदन खुलाउने तयारी गरेको इपीएस शाखाको भनाई छ ।

कोरिया सरकारले नेपालसहित अन्य १६ वटा देशबाट हरेक वर्ष लाखौँको सङ्ख्यामा कामदार माग गर्दै आएको छ । यो आर्थिक वर्षसम्ममा २५ हजारदेखि ३० हजार कामदार कोरिया पुग्ने इपीएस शाखाको भनाई छ ।

कोरिया सरकारले सन् २०२४ का लागि १ लाख ६५ हजार विदेशी श्रमिकको कोटा माग गरेको छ । जसमा उक्त कोरिया सरकारले नेपालसहित अन्य १६ देशका लागि कोटा निर्धारण गरेको छ ।

कोटा निर्धारण गरेकोमा नियमितको लागि १ लाख ४३ हजार ५३० जना तोकिएको छ भने २१ हजार ४ सय ६० जना प्रतिबद्ध (कमिटेड) लाई तोकेको छ ।

जसका कोरिया सरकारले उत्पादनमूलक क्षेत्रमा सबैभन्दा बढी कोटा तोकेको छ । कोरिया सरकारले ९५ हजार उत्पादनमूलक क्षेत्र,✅✅✅

Address

Tinkune
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Korean Language Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share