All Nepal Teachers Group-ANTG

All Nepal Teachers Group-ANTG TEACHER'S AND STUDENT'S HOME

28/10/2025
Helps you...
25/10/2025

Helps you...

09/09/2025

निजी विद्यालयहरूले भाद्र २४ गते र २५ गते दुई दिन शोक बिदा दिने निर्णय गरेका छन्।

09/09/2025

We sincerely request to impose visa bans to all the ministers of the current cabinet, including KP Sharma Oli, Ramesh Lekhak, his partner Sher Bahadur Deuba, the Chief of Nepal Police and the Chief District Officer of Kathmandu, on those who shot 14 young men aged 20-25, including a 12-year-old child, in the chest and head.

गजेन्द्र बुढाथोकी
हामी हार्दिक रूपमा हालको मन्त्रिपरिषद्का सम्पूर्ण मन्त्रीहरूलाई भिसा प्रतिबन्ध लगाउन अनुरोध गर्दछौं, जसमा केपी शर्मा ओली, रमेश लेखक, उनको साझेदार शेर बहादुर देउवा, नेपाल प्रहरीका प्रमुख र काठमाडौंका प्रमुख जिल्ला अधिकारीहरू समावेश छन्, जुन व्यक्तिहरूले २० देखि २५ वर्ष उमेर समूहका १४ जना युवा पुरुषहरू र एक १२ वर्षीय बालकलाई छाती र टाउकोमा गोली हाने।

07/09/2025

अब GOOGLE ले नेपालमा आफ्ना सबै सेवा बन्द गरोस्।
अनि त हाम्रो पुरानो समय आउँछ, हामी साना हुँदाको समय, सम्झिँदै कत्ती रमाइलो।
धन्यवाद सरकार।
🙏 🙏 🙏 🙏
(1980's and Earlier)

विश्व बैंकका अनुसार नेपाल एसियाको सातौं गरिब देशमा परेको छ।
03/09/2025

विश्व बैंकका अनुसार नेपाल एसियाको सातौं गरिब देशमा परेको छ।

31/08/2025

Celebrating my 5th year on Facebook. Thank you for your continuing support. I could never have made it without you. 🙏🤗🎉

26/08/2025

निजी विद्यालय महँगो होइनन्, तथ्यले सस्तो देखाउँछ।

नेपालमा प्रायःजसो अभिभावकको गुनासो यही हुन्छ “निजी विद्यालयहरू महँगो छन्, ढाड सेक्ने शुल्क लिन्छन्।” तर तथ्यांक पल्टाएर हेर्ने हो भने, वास्तविकता एकदम फरक देखिन्छ।

१. सरकारले खर्च गर्ने रकम :
शिक्षा मन्त्रालयले २०८२/८३ सालका लागि कक्षा १–१२ को शिक्षामा रु. २११.१७ अर्ब बजेट छुट्याएको छ।
सामुदायिक विद्यालयका विद्यार्थी संख्या (२०८१ को तथ्यांक अनुसार) : ४६,४२,७२९
यसअनुसार प्रति विद्यार्थी वार्षिक खर्च = रु. ४५,५००
मासिक खर्च = रु. ३,८०० (जग्गा, भवन, दातृ निकायको सहयोग यसमा जोडिएको छैन, यदि यी पनि जोड्ने हो भने अझै खर्च बढी देखिन्छ)

सरकार आफैंले प्रति विद्यार्थी लगानी गरेको खर्च धेरै छ, तर परिणाम (गुणस्तर, शैक्षिक नतिजा) निजी विद्यालयभन्दा कमजोर देखिन्छ।

२. राष्ट्रिय स्तरमा निजी विद्यालयको औसत शुल्क = करिब रु. ३२,००० वार्षिक (रु. २,६०० मासिक) मात्र छ, जुन सरकारी खर्चभन्दा निकै कम हो।

शुल्कको स्तर सबै निजी विद्यालय महँगो छैनन्
नेपालका निजी विद्यालयहरूलाई सामान्यतः तीन तहमा विभाजन गर्न सकिन्छः

क. साधारण (नगर/जिल्ला स्तर): रु. २,००० – ३,५००
ख. मध्यम (काठमाडौं उपत्यका): रु. ५,००० – २०,०००
ग. महँगा विद्यालय: रु. २५,००० – ३०,०००+
यस्ता अत्यन्त महँगा विद्यालयहरू जम्मा १–४% मात्र (करिब ५०–२०० विद्यालय) छन्, जबकि देशभरि ६,८९४ निजी विद्यालय छन्। त्यसैले ९५% भन्दा बढी विद्यालय सामान्य शुल्कमा शिक्षा दिइरहेका छन्।

३. अन्तर्राष्ट्रिय तुलना – नेपाल अझै धेरै सस्तो

भारत: ठूला शहरका निजी विद्यालयहरूको शुल्क औसत ₹२०,००० – २५,००० (रु. ३२,००० – ४०,०००)

चीन: स्थानीय विद्यालय RMB ८,००० – १२,०००, (रू . १५७००० -२३५०००)
अन्तर्राष्ट्रिय विद्यालय RMB २०,००० – ३०,०००, शीर्ष विद्यालयहरू US$४,००० (रु. ५ लाख) सम्म।

यस हिसाबले, नेपालका निजी विद्यालयहरू भारत भन्दा सस्ता र चीनभन्दा अति नै सस्ता छन्।
त्यसैले
निजी विद्यालय महँगो भनेर गरिएको आरोप गलत हो। अधिकांश विद्यालयले सरकारकै प्रति विद्यार्थी खर्चभन्दा कम शुल्कमा गुणस्तरीय शिक्षा दिइरहेका छन्। जसले राज्यको शैक्षिक खर्च व्यहोर्दै उचित शुल्कमा गुणस्तरीय शिक्षा दिनुको साथै राज्यलाई अरबौं राजस्व पनि बुझारहेका छन्।

Chhatra Karki

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when All Nepal Teachers Group-ANTG posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to All Nepal Teachers Group-ANTG:

Shortcuts

Share

Category