Loksewa Notes

Loksewa Notes लोकसेवाका पारखीका लागि ...

03/05/2026
03/05/2026
03/05/2026
03/05/2026

पढ्दा सबै आउँछ, लेख्दा केही पनि आउँदैन ?

लोकसेवाको तयारी गर्दा सम्भवतः धेरैले भोगेको समस्या यहि नै होला । पढ्दा सबै आएजस्तो लागेपनि कलम चोप्न खोज्दा शब्द आउँदैन। यसका लागि केही उपायहरू प्रस्तुत गर्दै छु । आशा छ, हजुरलाई उपयोगी हुनेछ ।

> लेखन एउटा कला हो । यसमा तपाईँ एकैछिनमा वा एकैरातमा उत्कृष्ट हुन सक्नुहुन्न । यसका लागि निरन्तर मिहेनत र धैर्य आवश्य पर्छ । त्यहि भएर सर्वप्रथम नआत्तिनुस्, आज केही नआए पनि छिट्टै तपाईँ यसमा निपुण हुनुहुनेछ ।

> सर्वप्रथम प्रश्न राम्रोसँग पढ्नुहोस् र प्रश्नका विभिन्न खण्डहरूको अङ्कभारसहितको पहिचान गर्नुहोस् । (जस्तैः परिचय- ३, समस्या-३, समाधान-४ )

> हिजोको पोष्टमा भनेको थिएँ, परिभाषा तपाईँको हातमा कण्ठ हुनुपर्छ । परिभाषाबाट लेखनको सुरुवात गर्नुहोस् । यसले उत्तरको सुरुवात गर्न मद्दत गर्छ, रोक्किनु पर्नेछैन ।

> परिचयमा अरु के लेख्ने ? त्यो विषयसँग सम्बन्धित तर त्यो प्रश्नमा नसोधिएका विषय लेख्ने। जस्तैः विशेषता, महत्व, आवश्यकता, प्रकार, अवधारणा, कानूनी व्यवस्था लगायत । केही त आउँछ नि ।

> प्रश्नले जे जे सोधेको छ, त्यसलाई Sub-Topics बनाएर उत्तर लेख्न थाल्नुहोस् । (जस्तैः सुशासन, सुशासनको अवधारणा, नेपालमा सुशासन सम्बन्धी व्यवस्थाहरू, सुशासनका सम्बन्धमा देखिएका समस्याहरू, निष्कर्ष) ।

> उत्तर लेख्दा बुँदागतरुपमा लेख्नुहोस् । आउँदैन भने फुलबुट्टा भर्न नथाल्नुहोस् । तर, आएन भन्दैमा कुनै पनि प्रश्न छोड्नु चाहिँ हुँदैन है । एउटै सुत्र, जे आउँछ लेख्नुहोस् ।

> लेख्दै जाँदा अभ्यास हुँदै जान्छ । विस्तारै १-२ ओटा प्रभावशाली बुँदाहरू थप्दै जानुहोस् । तथ्याङ्क थप्दै जानुहोस् ।

> तर एउटा सत्य के हो भने, तपाईँलाई लेख्न नआएको होइन, लेख्ने आँट नआएको हो । सुरु गर्नुस्, धेरै अगाडि पुग्नु हुनेछ ।

कुरा धेरै भएकाले आज आफैले यो विषय लेखमार्फत् बुझाउन सकिँन जस्तो लाग्यो । कुनै दिन Video मार्फत् सविस्तारमा बुझाउने छु । उपयोगी भयो कि भएन कमेन्टमा लेख्नु है ।।

03/05/2026

#आर्थिक_वृद्धिदर
आर्थिक सर्वेक्षण २०८१/८२ अनुसार नेपालको आर्थिक वृद्धिदर✍️ ४.६१%
आर्थिक वर्ष २०८२/८३ को बजेटको आर्थिक वृद्धि हुने अनुमान✍️ ६%
आर्थिक सर्वेक्षण २०८०/८१ अनुसार नेपालको आर्थिक वृद्धि हुने अनुमान✍️ ३.८७%
सोह्रौं योजनाको आर्थिक वृद्धिदर (आधार वर्ष २०७९/८० मा आर्थिक वृद्धिदर) ✍️३.५%
सोह्रौँ योजनाको अन्तिम वर्ष आ.व. २०८५/८६ को आर्थिक वृद्धि दरको लक्ष्य✍️ ७.३%
आगामी २५ वर्ष अर्थात् आ.व. २१००/०१ को आर्थिक वृद्धि दरको लक्ष्य✍️ १०.५%
विश्व बैंक (World Bank) का अनुसार सन् २०२५ मा नेपालको आर्थिक वृद्धि हुने अनुमान ✍️२.१%
अन्तर्राष्ट्रिय मुद्रा कोष (IMF) का अनुसार सन् २०२५ मा नेपालको आर्थिक वृद्धि हुने अनुमान ✍️४.९%

03/05/2026

सरकारी कामकाज १०–५ भित्र सीमित हुनैपर्छ भन्ने कुनै सार्वभौमिक नियम होइन। त्यो प्रशासनिक सुविधाका लागि तय गरिएको समय हो, सेवा दिने दायित्व भने समयले होइन, प्रणालीले निर्धारण गर्नुपर्छ। विकसित र द्रुत विकास गरेका देशहरूले यही कुरालाई केन्द्रमा राखेका छन्।

चीन, जापान, सिंगापुरमा के फरक छ?
China
• “Target-driven governance” समय होइन, नतिजा मापन
• २४/७ डिजिटल सेवा (e-gov, apps, kiosks)
• कर्मचारीको मूल्याङ्कन काम सम्पन्नता र समयसीमा अनुसार
• स्थानीय सरकारलाई उच्च जिम्मेवारी र कडा निगरानी
Japan
• “Kaizen (Continuous Improvement)” संस्कृति
• समयपालन र अनुशासन उच्च स्तरमा
• सेवा ढिलाइ भएमा आत्मजवाफदेहिता
• मानवीय व्यवहार + दक्षता को संयोजन
Singapore
• “Whole-of-Government Approach”
• One-stop service centers
• अत्यन्त कडा भ्रष्टाचार नियन्त्रण
• उच्च तलब + उच्च उत्तरदायित्व
• सेवामा “No Wrong Door Policy” (जहाँ गए पनि समाधान)

अब नेपालले के सिक्ने?
समस्या “१०–५” होइन, समस्या हो:
• ढिलो प्रक्रिया
• जिम्मेवारीको अभाव
• सेवा भन्दा शक्ति प्रदर्शन
• अनुगमन कमजोर

नेपालमा कार्यसंस्कृति रूपान्तरणका २० ठोस नीति
१. समय होइन, सेवा परिणाम आधारित प्रणाली
• प्रत्येक सेवाको “Time-bound service delivery law” लागू
२. Flexible & Extended Hours
• आवश्यक सेवामा shift system (जस्तै: पासपोर्ट, अदालत, राजस्व)
३. २४/७ डिजिटल सरकार
• सबै सेवा online-first
• physical उपस्थितिलाई न्यूनतम
४. One-Stop Service Center
• सबै सेवा एउटै स्थान/पोर्टलबाट
५. KPI आधारित कर्मचारी मूल्याङ्कन

• कामको गति, गुणस्तर, नागरिक सन्तुष्टि
६. गोप्य अनुगमन (Mystery Service Audit)
• सेवाग्राही बनेर परीक्षण
७. Zero Tolerance to Corruption
• तुरुन्त कारबाही + सार्वजनिक खुलासा
८. Performance-based Incentive
• राम्रो काम = बोनस
• ढिलाइ = दण्ड
९. Real-time Dashboard
• कुन कार्यालय कति छिटो काम गर्दैछ सार्वजनिक
१०. Continuous Training System
• हरेक ६ महिनामा skill upgrade

११. Citizen Charter (Enforceable)
• सेवा ढिलो भए स्वतः क्षतिपूर्ति
१२. Paperless Office
• सबै फाइल digital tracking
१३. Clear Accountability Chain
• कसले ढिलाइ गर्‍यो तुरुन्त पहिचान
१४. “No Wrong Door” Policy
• नागरिकलाई घुमाउने होइन, समाधान दिने
१५. Feedback Loop System
• सेवापछि अनिवार्य feedback

१६. Leadership by Example
• उच्च अधिकारी आफैं समयपालन र अनुशासन
१७. Fast-track Mechanism
• जरुरी कामका लागि “urgent lane”
१८. Mindset Reform Campaign
• “सरकारी जागिर = सेवा” भन्ने धारणा विकास
१९. Automation & AI Integration
• repetitive काममा automation
२०. Red Tape Reduction Law
• अनावश्यक प्रक्रिया हटाउने

निचोडमाः
• “१०–५” समयलाई लम्ब्याएर मात्र सुधार हुँदैन।
• प्रणाली, उत्तरदायित्व र प्रविधि परिवर्तन नगरी विकास सम्भव छैन।
• सरकारको काम समय पूरा गर्नु होइन, समस्या समाधान गर्नु हो।
मितिः २०८२।१२।०४

03/05/2026

अंग्रेजी भाषाका केही रोचक कुराहरू-
=====================
1. अंग्रेजी भाषामा कुनै शब्दमा "Q" अक्षर आएमा जहिले पनि त्यसको पछाडी "u" नै आउँछ ।
2. "Dreamt" अंग्रेजी भाषाको एक मात्र शब्द हो, जुन "mt" मा समाप्त हुन्छ । यो बाहेक अंग्रेजी भाषामा "mt" मा समाप्त हुने अर्को कुनै शब्द छैन ।
3. "Underground" अंग्रेजी भाषामा एक मात्र शब्द हो
जुन "und" बाट सुरु हुन्छ र "und" मा समाप्त हुन्छ । अंग्रेजी भाषामा "und" बाट सुरू भएर "und" बाट अन्त्य हुने अर्को कुनै शब्द छैन ।
4. सम्पूर्ण अंग्रेजी भाषामा केवल चार शब्दहरू छन, जुन "dous" मा समाप्त हुन्छ ।
Tremendous, Horrendous, Stupendous & Hazardous
5. अक्सफोर्ड शब्दकोषअनुसार अंग्रेजी भाषाको सबैभन्दा ठूलो शब्द Pneumonoultramicroscopicsilicovolcanoconiosis
(निमोनोअल्ट्रामाइक्रोस्कोपिकसिलिकोभोल्कानोकोनिसिस) हो । यो फोक्सोको एउटा रोगको नाम हो ।
6. "Therein" एउटा त्यस्तो अंग्रेजी शब्द हो, जसबाट फरकफरक दश शब्द बनाउन सकिन्छ ।
The, there, He, In, Rein, Her, Here, Ere, therein, Herein
7. "Stewardesses" सबैभन्दा अर्थपूर्ण शब्द हो, जुन किबोर्डमा बाँया हातको औंलाहरूले मात्र टाइप गरिन्छ ।
8. हामी हाम्रो दैनिक कुराकानीमा हस भन्नुपर्दा "ok" शब्द धेरै प्रयोग गर्छौं, तर धेरै मानिसहरूलाई यो शब्द कसरी प्रयोगमा आयो भन्ने इतिहास बारे थाहा छैन । यसको इतिहास एक अमेरिकी राष्ट्रपति "एन्ड्र्यू ज्याक्सन" ले सबै सही छ" वा "भने बमोजिम छ" भन्ने अर्थमा "all correct" शब्द प्रयोग गर्नुपर्ने ठाउँमा गलत हिज्जे "oll kurrect" को संक्षिप्त अक्षर Ok लाई लोकप्रिय बनायो ।
9. धेरै मानिसहरूलाई संसारका महादेशहरूको नाम अंग्रेजीमा सम्झन गाह्रो हुन्छ । तर त्यसलाई याद गर्ने एकदम सजिलो उपाय छ । america, north तथा south शब्द बाहेक अरू सबै महादेशका नामहरू जुन अक्षरबाट सुरू हुन्छन, त्यही अक्षरमा समाप्त हुन्छन ।
1. Asia. 2. Africa 3. America. 4. Antarctica 5. Europe 6. Australia
10. "Typewriter" शब्द एक मात्र त्यस्तो शब्द हो जुन किबोर्डमा अक्षरहरूको पहिलो पंक्तिमा मात्र टाइप गर्न सकिन्छ ।
11. अंग्रेजी शब्द ''Good bye" को प्रयोग "God be with you" (भगवान तपाईको साथमा रहून) भन्नका लागि प्रयोग गरिन्छ ।

31/03/2026
31/03/2026
27/03/2026

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कीर्तिमानिको चाङ सहित बालेन शाह नेपालको ४७ औँ प्रधानमन्त्री बने ।




13/03/2023

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Loksewa Notes posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share