29/07/2026
"गुरु ब्रह्मा, गुरु विष्णु, गुरु देवो महेश्वर।
गुरु साक्षात् परब्रह्म, तस्मै श्री गुरवे नमः।।"
यस पूर्णिमाको चन्द्रमा जस्तै तपाईंको जीवन शान्त, उज्यालो र पूर्ण रहोस्। 🌕
यस पावन अवसरमा, हामी आफ्ना सम्पूर्ण गुरुजन, शिक्षक तथा मार्गदर्शकहरूप्रति हार्दिक आभार व्यक्त गर्दछौं। ज्ञानको प्रकाशले हाम्रो जीवन उज्यालो बनाउने, हरेक कठिनाइमा सही बाटो देखाउने सम्पूर्ण गुरुहरूप्रति हाम्रो कोटी–कोटी नमन।
Fastlane Education का तर्फबाट, हामी आफ्ना सम्पूर्ण विद्यार्थी, सहकर्मी र साझेदारहरूलाई यस गुरु पूर्णिमाको पावन अवसरमा शुभकामना दिन चाहन्छौं। ज्ञानको यो यात्रा सदैव निरन्तर रहोस्, र हरेक विद्यार्थीले जीवनमा सफलताको उच्च शिखर चुमोस्।
शुभ गुरु पूर्णिमा! 🌸