24/08/2026
व्यावहारिक तथा प्रत्यक्ष अवलोकन शिक्षण सिकाई विधिबाट ज्ञान प्रदान गर्ने क्रममा महाविद्यालयद्वारा निम्नानुसारका कक्षाका विद्यार्थीहरूलाई उल्लिखित स्थानहरूमा शैक्षिक अवलोकन भ्रमण लगियोः
१. कक्षा ४ - Ekadeshma Agrocultural Centre, Kathmandu
मितिः २०८३/०५/०५ गते
शैक्षिक भ्रमणको उद्देश्य:
• आधुनिक कृषि उपकरण र प्रविधिबारे जानकारी दिलाई विभिन्न प्रकारका कृषि उत्पादन तथा खेती प्रणालीको अवलोकन गर्न,
• कृषि क्षेत्रका सफल अभ्यासहरूका साथै व्यावसायिक तथा दिगो कृषिबारे व्यावहारिक ज्ञान प्राप्त गर्न,
• कृषि उत्पादनको संरक्षण, प्रशोधन तथा बजारीकरणबारे बुझाउन,
• विद्यार्थीहरूमा कृषि तथा कृषिसम्बन्धी विविध व्यावहारिक ज्ञान प्रदान गर्न ।
२. कक्षा ९- राष्ट्रिय आविष्कार केन्द्र, त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर
मितिः २०८३/०५/०५ गते
शैक्षिक भ्रमणको उद्देश्य:
• विद्यार्थीहरूलाई विज्ञान विषयमा आधारित विभिन्न विषयको ज्ञान दिन,
• वैज्ञानिक खोजमूलक कार्यको नजिकबाट अनुभूत गराई विद्यार्थीहरूमा विज्ञान सम्बन्धी योजनाको विकास गर्न
• नेपालको स्थानीय स्रोत-साधनको उचित र अधिकतम प्रयोगले विज्ञान क्षेत्रमा ल्याउन सक्ने वैज्ञानिक खोज-अनुसन्धानको बारेमा विद्यार्थीहरूलार्इ बोध गराउन ।