Nikesh Kumar Shah

Nikesh Kumar Shah

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nikesh Kumar Shah, College & University, Kathmandu.

02/12/2022

अर्को पृथ्वी

तिमी रिसाएपछि
बादलले बिदा माग्यो आकाशको डिलबाट
घुमिरहने पृथ्वीमा ओर्लिएर
एकोहोरो गुनासो गरिरह्यो जूनले
चराहरूले बदले उँड्ने आकाश
र,
बाटो बदले अनाम यात्रीहरूले।

शीत र आँसुले लछप्प भिजेर
कुहिरोमा यात्रा बिर्सिएको मानिस
हिँडेको हो, तिमी रिसाएकै दिन
अस्ताएको इन्द्रेणी हेरर रोएको हो, बालक
र ,
निर्वासित भएका हुन्, खुसीका हरफहरू।

सबै कुरा रोकिएको छ -
सदाबहार बजिरहने मनको बाँसुरी
मनकै मझेरीमा उदाउने कलिलो घाम
कसैले लगेको छ फूलको सुगन्ध
पहाडकै खोँचबाट हराएको छ, खोलाको सङ्गीत।

तिमी रिसाएपछि खोजिरहेछु -
हरदम चरा उँडिरहने अर्को आकाश
कहिल्यै नअस्ताउने प्रेमको इन्द्रेणी
र अर्को पृथ्वी।❣️

Want your school to be the top-listed School/college in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Website

Address


Kathmandu