काँकडभिट्टाबाट धरानतर्फ जाँदै गरेको यात्रुबाहक बस झापाको धरमपुरमा दुर्घटना हुँदा करिव एक दर्जन यात्रु घाइते भएका छन् ।
Source: Damak Banda
Routine of Loksewa Update
जती कठोर मेहेनत, उतिनै सानदार सफलता !! Dream Big, Work Smart, Live Full, Broadening Your Insight.
Operating as usual
आज माघ २, 2081
27 औं राष्ट्रीय भूकम्प सुरक्षा दिवस
2081 को नारा :
'भूकम्पले सिकाएको पाठ : बलिया संरचना र सुदृढ पूर्वतयारीको साथ'
-वि.स. १९९० माघ २ गते दिउँसो २ बजेर २४ मिनेटमा संखुवासभ जिल्लाको चैनपुरलाई केन्द्रविन्दु बनाएर गएको ८.४ रेक्टर स्केलको भूकम्पको सम्झनामा वि.स. २०५५ सालदेखि माघ २ गतेलाई हरेक राष्ट्रिय भूकम्प सुरक्षा दिवसको रुपमा मनाउन थालिएको हो ।
- यो भूकम्पमा ८ हजार ५ सय १९ जनाको ज्यान गएको थियो ।
* नेपालमा गएका दुई ठुला भूकम्पहरु :-
-वि.स. १९९० साल माघ २ गते संखुवासभा जिल्लाको चैनपुर केन्द्रविन्दु बनाएर ८.४ रेक्टर स्केलको भूकम्प गएको
-वि.स. २०७२ साल वैशाख १२ गते गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर ७.८ रेक्टर स्केलको भुकम्प गएको थियो । उक्त भूकम्पमा परी करिब ८ हजार ६ सय ३३ जनाले ज्यान गुमाएका थिए ।

चर्चित वाइल्ड लाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन भएको छ । ६४ वर्षीय शेर्पाको आज राती १२ः१५ बजेको समयमा ग्रान्डी अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
🔹 २०८१ पुस २९
#भावपुर्ण_श्रद्धाञ्जली

भगवान् गौतबुद्धको जन्मस्थल तथा विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनीलाई द न्यू योर्क टाइम्सले सन् २०२५ का ५२ गन्तव्यमध्ये नवौं स्थानमा राखेको छ।
राष्ट्रिय एकता दिवस पृथ्वी जयन्तीको सबै नेपालीहरुमा शुभकामना।३०३ औं पृथ्वी जन्म जयन्ती २०८१।

न्यायाधीशबिरुद्ध नै उजुरी : रवि लामिछानेलाई धरौटीमा रिहा को आदेश दिने कास्की जिल्ला अदालतका न्यायाधीश नितिज कुमार राई विरुद्ध युवराज सफलले न्याय परिषद् मा उजुरी दिएका छन्।
Source : Nagarik Daily

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कार्यसम्पादनमा आफुलाई ९८.९९ अङ्क दिएका छन तपाईं कति दिनु हुन्छ ?

#लुम्बिनी प्रदेश लोकसेवा आयोगले #पाँचौ तहमा भारी संख्या मा विज्ञापन खुलाएको छ।।

Good News : दैलेखको पैरवी गाउँपालिका-१ स्थित जलजलेमा पेट्रोलियम भण्डार रहेको पुष्टि भएको छ। खानी तथा भूगर्भ विभागका अनुसार पुस २० गते ड्रिलिङको काम सकिएसँगै दैलेखमा पेट्रोलियम भण्डार रहेको कुरा पुष्टि भएको हो। ❤️🙏

नेपालको नाम गोर्खा राख्न प्रस्ताव : गोरखा नेपालको ऐतिहासिक एकता र वीरताको प्रतीक रहेको भन्दै नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले देशको नाम परिवर्तनको प्रस्ताव गरेका छन् । उनले सामाजिक सन्जालमा लेखेका छन्, यो देशको नाम “गोरखा” राख्नुपर्छ।
मोबाइल वा कम्प्युटर ह्याङ्ग भयो भने रिस्टार्ट वा स्विच अफ गर्नुपर्छ।
ब्राण्ड फेल भयो भने नयाँ USP र नाम दिन सकिन्छ, जस्तै मुम्बई-बम्बई, मंगलुरु-बंगलोर।
काठमाडौँ सांस्कृतिक अतिक्रमणमा छ, र रैथानेहरू विस्थापित भैरहेका छन्।
राजधानी अन्यत्र सारेर काठमाडौँलाई संरक्षित सांस्कृतिक शहर बनाउनुपर्छ।
Keep reading…
यसकारण:
१. देशको नाम “गोरखा” राख्नुपर्छ।
गोरखा नेपालको ऐतिहासिक एकता र वीरताको प्रतीक हो। यो नामले देशको गौरवशाली इतिहासलाई प्रखर बनाउँछ। तर नाम परिवर्तनले मात्र समस्याहरू समाधान हुँदैन। जनताको पहिचान र भावनालाई सम्मान गर्दै निर्णय गर्नुपर्छ।
२. राजधानी अन्यत्र सार्नुपर्छ।
काठमाडौँ सांस्कृतिक अतिक्रमण र अत्यधिक जनघनत्वले पीडित छ। यसलाई संरक्षित सांस्कृतिक शहर बनाउन राजधानी अन्यत्र सार्नु उपयुक्त हुन्छ।
• नयाँ राजधानीका सम्भावना: तुलसीपुर, चितवन, पोखरा।
• यसले काठमाडौँलाई पर्यटक र सांस्कृतिक केन्द्रका रूपमा विकास गर्न सहयोग पुर्याउँछ।
३. रैथानेहरूको संरक्षण गर्नुपर्छ।
परम्परागत जीवनशैली विस्थापित हुँदैछ।
• रैथाने समुदायको सांस्कृतिक अधिकार सुरक्षित गर्नुपर्छ।
• संरक्षित क्षेत्र घोषणा गरी समुदायलाई सहभागी गराई संरक्षण योजनाहरू बनाइनुपर्छ।
४. नाम परिवर्तन र ब्रान्डिङ गर्नुपर्छ।
ब्रान्डिङ र पहिचान परिवर्तनले नयाँ अवसर सिर्जना गर्छ। जस्तै: मुम्बई-बम्बई, मंगलुरु-बंगलोर।
• नेपालका लागि सांस्कृतिक जरा बचाउँदै आधुनिक पहिचान स्थापित गर्न नयाँ दृष्टिकोण आवश्यक छ।
निष्कर्ष:
काठमाडौँको संरक्षण, सांस्कृतिक पहिचानको प्रवर्द्धन, र दीर्घकालीन स्थायित्वका लागि यस्ता विचार र कदम महत्त्वपूर्ण छन्। तर यसको कार्यान्वयन जनताको समर्थन र स्पष्ट रणनीतिबिना सम्भव छैन।

#मधेस प्रदेशबाट, #सहायक चाैथाे तहमा भारी संख्यामा विज्ञापन भएकाे छ ।

America को Los Angeles भिषण आगलागी !
The fire is spreading rapidly due to strong winds.

पोहोर साल २०८० मा नायब सुब्बा तर्फ सोधिएको सामान्य ज्ञानका प्रश्न र तिनका उत्तरहरु ❣️🙏
सुब्बाको बिज्ञापनमा उमेर 21 भएको त्रुटी भएको कारण अहिले बिज्ञापन वेबसाईट बाट लोकसेवाले हटाइएको छ
त्रुटी भएको हुन सक्छ है त

नायब सुब्बाको विज्ञापन.।। २०८१
Routine of Loksewa Update

निजामती र संघीय संसद सेवाका राजपत्र अनंकित प्रथम श्रेणी (अप्राविधिक), ना.सु. वा सो सरह तथा मानव अधिकार सेवाका सहायक प्रथम श्रेणीका पदहरूको विज्ञापन (बढुवा, खुला तथा समावेशी) !!
🔹 २०८१/०९/२४
Click here to claim your Sponsored Listing.
Videos (show all)
Location
Category
Contact the school
Address
Kathmandu