15/05/2026
𝟖/𝐒𝐄𝐄/+𝟐 (𝐏𝐥𝐮𝐬 𝐓𝐰𝐨) पास गर्न चाहानु हुन्छ ?
यदि चाहनुहुन्छ भने आजै सम्पर्क गर्नुहोस! अब अन्तिम भर्ना र रजिस्ट्रेसन मौका
𝐏𝐫𝐢𝐯𝐚𝐭𝐞/𝐑𝐞𝐠𝐮𝐥𝐚𝐫-
𝟖/𝐒𝐄𝐄/+𝟐 (𝐏𝐥𝐮𝐬 𝐓𝐰𝐨) - 𝐍𝐄𝐁 , 𝐍𝐞𝐩𝐚𝐥 𝐁𝐨𝐚𝐫𝐝 गर्दा के के फाइदा छ 👍
✅अरु कुनै पनि कलेजमा पढे सरह मान्यता हुने,
✅ 𝐑𝐞𝐠𝐮𝐥𝐚𝐫 कलेज आउन नसक्दा 𝒄𝒍𝒂𝒔𝒔 लिन नआउदा 𝒐𝒏𝒍𝒊𝒏𝒆 𝒄𝒍𝒂𝒔𝒔𝒆𝒔 पनि हुने ,
✅ 𝐏𝐫𝐚𝐜𝐭𝐢𝐜𝐚𝐥, 𝐕𝐢𝐯𝐚, 𝐏𝐫𝐨𝐣𝐞𝐜𝐭 𝐖𝐨𝐫𝐤 को झंजट नपर्ने ,
✅बिहान ६ बजे देखि बेलुका ६ बजे सम्म जुन समयमा पढ्न आउदा पनि हुने
𝗣𝗿𝗶𝘃𝗮𝘁𝗲 𝗦𝗘𝗘/ 𝗣𝗹𝘂𝘀 𝗧𝘄𝗼/𝗡𝗼𝗻𝗳𝗼𝗿𝗺𝗮𝗹/ 𝗗𝗶𝘀𝘁𝗮𝗻𝗰𝗲 / 𝗔𝗹𝘁𝗲𝗿𝗻𝗮𝘁𝗶𝘃𝗲 𝗘𝗱𝘂𝗰𝗮𝘁𝗶𝗼𝗻
𝐙𝐎𝐎𝐌 𝐂𝐋𝐀𝐒𝐒 - 𝐎𝐍𝐋𝐈𝐍𝐄 & 𝐎𝐅𝐅𝐋𝐈𝐍𝐄 𝐁𝐎𝐓𝐇 𝐂𝐋𝐀𝐒𝐒𝐄𝐒 𝐀𝐕𝐀𝐈𝐋𝐀𝐁𝐋𝐄!!!
🙏🕉️𝐏𝐀𝐓𝐇𝐈𝐁𝐇𝐀𝐑𝐀 𝐀𝐂𝐀𝐃𝐄𝐌𝐘🕉️🙏
𝐎𝐩𝐩𝐨𝐬𝐢𝐭𝐞 𝐭𝐨 𝐊𝐋 𝐓𝐨𝐰𝐞𝐫 & 𝐄𝐯𝐞𝐫𝐞𝐬𝐭 𝐁𝐚𝐧𝐤 𝐋𝐢𝐦𝐢𝐭𝐞𝐝
☎️ : 01-4570266 | 985-1176522 | 9810042296
𝐖𝐞𝐛𝐬𝐢𝐭𝐞: www.pathibharaeducation.edu.np
Tiktok: https://www.tiktok.com/
13/05/2026
छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन फाराम भर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना
काठमाडौँ महानगरपालिका अन्तर्गतका संस्थागत शिक्षण संस्थामा शैक्षिक सत्र २०८३/०८४ मा कक्षा ११, १२ मा छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई परीक्षा प्रणालीबाट छात्रवृत्ति उपलब्ध गराइने भएकाले देहायको तालिका बमोजिम परीक्षा सञ्चालन हुने व्यहोरा सम्बन्धित विद्यार्थी तथा अभिभावकहरूमा जानकारी गराइन्छ । महानगरपालिकाको वेबसाइट वा entrance.kathmandu.gov.np मार्फत अनलाइन आवेदन दिन सकिने व्यवस्था मिलाइएको छ ।
तालिका :
१) अनलाइन आवेदन फाराम भर्न सुरु हुने मिति
: २०८३ जेठ १ गते बिहान १०:०० बजेदेखि
२) अनलाइन आवेदन फाराम भर्ने अन्तिम मिति
: २०८३ जेठ १० गते राति ११:५९ बजेसम्म
३) छात्रवृत्तिका लागि परीक्षा सञ्चालन हुने मिति
: २०८३ जेठ १७ गते बिहान ०८:०० बजेदेखि १०:०० बजेसम्म
४) परीक्षामा सोधिने प्रश्नका विषय र क्षेत्र
: माध्यमिक तह कक्षा १० को पाठ्यक्रममा आधारित १०० वटा वस्तुगत बहुवैकल्पिक प्रश्नहरू ।
पुनश्च : विषयहरूको अङ्कभार, विद्यालयगत छात्रवृत्तिको कोटा, परीक्षा केन्द्रसहित विस्तृत विवरण काठमाडौँ महानगरपालिकाको वेबसाइट www.kathmandu.gov.np मा रहेको छ।
12/05/2026
🎓 सम्पूर्ण बिध्यार्थिहरुमा हार्दिक बधाई तथा शुभकामना !!!
पाथिभरा एजुकेशन एकेडेमी
(सफल अल्टरनेटिभ स्कूल)
आदरणीय विद्यार्थीहरू एवं अभिभावकगण,
पाथिभरा एजुकेशन एकेडेमी (सफल अल्टरनेटिभ स्कूल) परिवारको तर्फबाट माध्यमिक शिक्षा परीक्षा (SEE) २०८२ मा सफलतापूर्वक उत्तीर्ण हुनुभएका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं।
यो सफलता तपाईंहरूको अथक परिश्रम, लगन र दृढ इच्छाशक्तिको प्रतिफल हो। साथै यस उपलब्धिमा आदरणीय अभिभावकहरूको अमूल्य सहयोग एवं विद्यालयका समस्त शिक्षक तथा कर्मचारीहरूको अनवरत मार्गदर्शनको महत्त्वपूर्ण भूमिका रहेको छ।
हामी विश्वास गर्दछौं कि यो सफलता तपाईंहरूको उज्ज्वल भविष्यको एक सुदृढ आधारशिला बन्नेछ। आगामी दिनहरूमा पनि यसै साहस, मेहनत र समर्पणका साथ अघि बढ्नुहोला।
भविष्य तपाईंहरूको प्रतीक्षामा छ — अगाडि बढ्नुहोस्, सफल बन्नुहोस्!
विद्यालय परिवार
पाथिभरा एजुकेशन एकेडेमी
(सफल अल्टरनेटिभ स्कूल)
“𝐋𝐞𝐚𝐫𝐧 𝐭𝐨𝐝𝐚𝐲- 𝐋𝐞𝐚𝐝 𝐭𝐨𝐦𝐨𝐫𝐫𝐨𝐰 ” 🌟
🙏 𝐏𝐀𝐓𝐇𝐈𝐁𝐇𝐀𝐑𝐀 𝐀𝐂𝐀𝐃𝐄𝐌𝐘🙏
𝐎𝐩𝐩𝐨𝐬𝐢𝐭𝐞 𝐭𝐨 𝐊𝐋 𝐓𝐨𝐰𝐞𝐫 & 𝐄𝐯𝐞𝐫𝐞𝐬𝐭 𝐁𝐚𝐧𝐤 and Global IME Bank 𝐋𝐢𝐦𝐢𝐭𝐞𝐝,𝐂𝐡𝐚𝐛𝐚𝐡𝐢𝐥, 𝐊𝐚𝐭𝐡𝐦𝐚𝐧𝐝𝐮
☎️ : 𝟎𝟏-𝟒𝟓𝟕𝟎𝟐𝟔𝟔,
9851176522/9810042296-(Whatsapp/Viber)
(𝐏𝐫𝐢𝐧𝐜𝐢𝐩𝐚𝐥-𝐏𝐫𝐞𝐦 𝐘𝐨𝐧𝐳𝐚𝐧)
E-mail: [email protected]
[email protected]
01/05/2026
शान्ति, करुणा र सत्यको मार्ग देखाउने
महान व्यक्तित्व भगवान बुद्ध प्रति श्रद्धापूर्वक नमन। 🙏
यस पावन बुद्ध जयन्ती को अवसरमा
सम्पूर्णमा शान्त मन, सकारात्मक सोच र सुखमय जीवनको हार्दिक शुभकामना। ✨
हामी सबैले बुद्धका शिक्षा अपनाई
माया, सहिष्णुता र मानवताको बाटोमा अघि बढौँ। 🌸
27/04/2026
प्रिय कक्षा १२ का सम्पूर्ण विद्यार्थीहरू,
आजदेखि सुरु हुन गइरहेको तपाईंहरूको Final Examination का लागि हार्दिक शुभकामना व्यक्त गर्दछौं। लामो समयदेखि गरेको मेहनत, लगनशीलता र निरन्तर अभ्यासको उचित परिणाम प्राप्त होस् भन्ने हाम्रो शुभेच्छा छ।
परीक्षा केवल अंक प्राप्त गर्ने माध्यम मात्र नभई तपाईंहरूको ज्ञान, आत्मविश्वास र भविष्यको दिशालाई निर्धारण गर्ने महत्वपूर्ण अवसर पनि हो। त्यसैले आत्मविश्वासका साथ, सकारात्मक सोच राखी, धैर्यपूर्वक र इमान्दारीका साथ परीक्षा दिनुहोस्।
समयको सही व्यवस्थापन गर्दै, प्रश्नलाई राम्रोसँग बुझेर उत्तर लेख्नुहोस्। आफ्नो क्षमतामा विश्वास राख्नुहोस्, किनकि सफलता मेहनत र आत्मविश्वासबाट नै प्राप्त हुन्छ।
विद्यालय परिवारको तर्फबाट सम्पूर्ण विद्यार्थीहरूलाई उज्ज्वल सफलता, उत्कृष्ट नतिजा तथा सुनौलो भविष्यको हार्दिक शुभकामना व्यक्त गर्दछौं।
Best of Luck for Your Final Examination!
Private/Regular-SEE/+2/Nonformal Education Safal Education
17/04/2026
“आमा भनेको त्यो नाम हो,
जुन उच्चारण गर्दा नै मन शान्त हुन्छ।” ❤️
तिमीले सिकाएको बाटो,
तिमीले देखाएको माया,
र तिमीले गरेको त्याग—
मेरो जीवनको सबैभन्दा ठूलो शक्ति हो। 🙏
यस मातातीर्थ औँसी मा
सबै आमाहरूलाई श्रद्धा, सम्मान र अनन्त माया। 🌸
13/04/2026
𝐇𝐚𝐩𝐩𝐲 𝐍𝐞𝐰 𝐘𝐞𝐚𝐫 𝟐𝟎𝟖𝟑! 🌟
Dear Students, Parents, and Beloved Well-wishers,
With great joy and optimism, we welcome the auspicious New Year 2083. May this year unfold with new opportunities, remarkable achievements, good health, and boundless happiness for you and your family.
At Pathibhara Educational Network, we remain committed to nurturing young minds and empowering them to “Learn Today, Lead Tomorrow.” Let this new year inspire you to chase your dreams with courage and determination.
May every moment of 2083 be filled with success, peace, and prosperity.
𝐖𝐢𝐬𝐡𝐢𝐧𝐠 𝐲𝐨𝐮 𝐚 𝐩𝐫𝐨𝐬𝐩𝐞𝐫𝐨𝐮𝐬 𝐚𝐧𝐝 𝐣𝐨𝐲𝐟𝐮𝐥 𝐍𝐞𝐰 𝐘𝐞𝐚𝐫 𝟐𝟎𝟖𝟑! 𝐉𝐚𝐢 𝐍𝐞𝐩𝐚𝐥 🇳🇵
Pathibhara Educational Network�Chabahil, Kathmandu
28/03/2026
“नेतृत्व बदलिँदा आशा बढ्छ,
दृष्टिकोण बदलिँदा देश अघि बढ्छ।” 🇳🇵
नयाँ प्रधानमन्त्री बालेन्द्र शाह ज्युलाई हार्दिक बधाई।
नेपालको उज्ज्वल भविष्यका लागि सफल कार्यकालको शुभकामना। ✨