22/04/2022
इतिहास सम्बन्धि आति महत्वपूर्ण १००० भन्दा बढी प्रश्नहरुः
(शेयर र Save गरि सुरक्षित गर्नुहोला)
राजाको उत्तराधिकारी घोषणा गर्ने चलन कसले चलाए ?
-अंशुवर्माले
बुङमतीको शिलालेख कसले स्थापना गरे ?
-अंशुवर्माले
अंशुवर्माले प्रचलनमा ल्याएको मुद्रा कुन हो ?
-वैष्णव मुद्रा/
गोपाल वंशावली अनुसार अन्तिम किराँती राजा को थिए ?
-खिगु , भाषा वंशावलि अनुसार गालिज, राईट वंशावली अनुसार गस्ति
उपत्यकाका ४ नारायणहरुको स्थापना र वैष्णव धर्मको उत्थान गर्ने राजा को हुन ?
-हरिदत्त
रातो मच्छिन्द्र नाथको भोटो जात्रा हेर्ने पहिलो लिच्छवी राजा को हुन ?
-वरदेव
लिच्छवी कालमा कतिवटा अधिकरणको व्यवस्था गरिएको थियो ?
-चार ( कुथेर, माप्चोक, लिंगवल, शुल्ली वा शौल्ला )
लिच्छवी कालमा जानपद भन्नाले के बुझिन्थ्यो ?
-गाउँमा बस्ने जनता
लिच्छवी कालमा एक जातिले अर्को जातिसगँ बिहे गरेमा के लाग्थ्यो ?
-वर्ण शंकर
विराट नगर जुट मिलको स्थापना कहिले र कसले गरे ?
वि सं १९९४ मा जुद्द शमसेर
नेपालमा जहाँनिया राणा शासनको सुरुवात कसले गरेका थिए ?
जंग बहादुरले
भृकुटीलाई तिव्वतमा चिनिने नाम ?
हरिततारा
अंशुवर्माले छोरी भृकुटीको विवाह को सँग गरिदिएका थिए ?
तिव्बती राजा स्रोङ्चङगम्पो सँग
भृकुटीलाई तिव्वती भाषामा के भनिन्छ ?
ढिचुङ
भृकुटीको वाल्यकालको नाम के थियो ?
खुकुनी
हरिततारा भन्नाले कसलाई चिनिन्छ ?
भृकुटीलाई
जंगबहादुरको निधन कहिले र कहाँ भयो ?
वि सं १९३३ रौतहटको पत्थर घट्टामा
नेपालको इतिहासमा कसलाई गर्भे जनरल भनेर चिनिन्छ ?
जंग बहादुरको कान्छो छोरा विरजंग कुँवर (राणा)
कमाण्डरी किताव खानाको स्थापना कसले गरे ?
जंगबहबादुरले
अंशुवर्माले बनाएको विहारलाई के भनिन्छ ?
राजविहार
नेपालमा कुन वंशको शासनकाललाई अध्यारो युग भनिन्छ ?
सूर्य वंश
नेपालको सबैभन्दा पुरानो मूर्ति विरुपाक्ष कुन समयमा बनेको थियो ?
किराँत कालमा
नेपालको सबैभन्दा पुरानो मूर्ति विरुपाक्षको मुर्ति कहाँ रहेको छ ?
पशुपति आर्यघाटमा
पृथ्विनारायण शाहले पहिलो पटक आक्रमण गरेको राज्य कुन हो?
नुवाकोट (पराजय)
पृथ्विनारायण शाहले नुवाकोट माथि पहिलो आक्रमण कहिले गरेका थिए?
वि सं १८००मा
नरभुपाल शाहले नुवाकोटमा कहिले आक्रमण गरेका?
थिए वि सं १७९४मा
पृथ्विनारायण शाहको मृत्यु कहाँ भएको थियो ?
नुवाकोटको देविघाटमा (वि सं १८३१ माघ १ गते )
पृथ्वि नारायण शाहले नुवाकोटमा दोस्रो आक्रमण कहिले गरे?
वि सं १८०१ मा (गोर्खा राज्यले गरेको यो तेस्रो आक्रमण थियो यस अघि बाबुले १७९४ मा पहिलो आक्रमण गरेका)
कस्को नेतृत्वमा उक्त दोस्रो आक्रमण भएको थियो ?
कालु पाँडे
पृथ्वि नारायण शाहका गुरु को थिए ?
गौरेश्वर पन्त
पृथ्विनारायण शाहले सर्वप्रथम विजय हासिल गरेको राज्य कुन हो ?
- नुवाकोट वि सं १८०१ असोज १५ मा
नेपालमा कुन वंशको शासनकाललाई स्वर्ण युग भनिन्छ ?
लिच्छवी वंश
कसको शासनकाललाई लिच्छवी कालको स्वर्ण युग भनिन्छ ?
अंशुवर्मा
जंगबहादुरले कसको नेतृत्वमा अलौमा फौज पाठाएका थीए ?
कनक सींह र बमबहादुर
राणा कालिन समय भन्नाले कुन अवधिलाई चिनिन्छ ?
वि सं १९०३ मा जंगबहादुरको उदय पछी वी सं २००७ सम्म १०४ वर्षे जहाँनिया राणा सासन काल हो
जाइकटक नगर्नु झिकि कटक गर्नु यो कसको भनाइ हो ?
पृथ्विनारायण शाहको
पृथ्विनारायण शाहका जेठा छोरा को थिए ?
प्रताप सिहं शाह
कर्षापण, पशुपति, कुन कालमा प्रचलिच मुद्राहरु हुन ?
लिच्छवीकाल
नेपाल एकीकरण को समयमा त्रिशक्ति भन्नाले कुन कुन राज्य लाई चिनिन्थ्यो ?
पाल्पा, तनहुँ र लमजुङ
लिच्छवी कालमा कुन लिपी प्रचलनमा थियो ?
गुप्त लिपि
लिच्छवीकालमा न्यायिक अधिकार को सँग थियो ?
राजादेखि स्थानीय पाञ्चाली सम्म थियो ।(न्याय छिटो सम्पन्न होस भनेर )
लिच्छवी कालमा खेतलाई कति भागमा बाँडिएको थियो ?
३ खेतको स्वामित्वका आधारमा राजा वा राजपरिवारको खेत, संघसंस्थाको खेत र जनसाधारणको खेत
लिच्छवी कालमा प्रचलनमा रहेका मुद्राहरु कुन कुन हुन ?
मानाङ्क,गुणङ्क, अंशुवर्मा, पशुपति, जिस्ण गुप्त, वृष आदि ।
लिच्छवीकालीन राज्यको राजस्वको प्रमुख स्रोत के थियो ?
त्रिकर
लिच्छवी कालमा त्रिकर भन्नाले कुन कुन करलाई बुझिन्थ्यो ?
भाग, भोग र कर
सबैभन्दा पहिले कोट लगाउने र विश्वमै सबै भन्दा वढि बाघको सिकार गर्ने व्यक्ति को हुन् ?
जंगबहादुर राणा
नेपालमा चिया कसको पालामा भित्रिएको हो ?
जंगबहादुर राणा
लिच्छवीकालमा ग्रामिण प्र्रशासनिक एकाईहरुलाई कति वर्गमा विभाजन गरिएको थियो ?
लिच्छवीकालमा ग्रामिण प्र्रशासनिक एकाईहरुलाई ग्राम, तल, द्रंग गरी ३ वर्गमा विभाजन गरिएको थियो
लिच्छवीकालमा शिक्षा सम्बन्धि कार्य गर्ने संस्थालाई के भनिन्थ्यो ?
अग्रहार
लिच्छवीकालमा व्यापारीक केन्द्रलाई के भनिन्थ्यो ?
द्रंग
लिच्छवीकालमा साधारण व्यापारीलाई के भनिन्थ्यो ?
वणिक
नेपालको पहिलो छपाइ मेसीन गिद्दे प्रेश वि सं १९०८ भित्राउने को थिए ?
- जंग बहादुर
नेपालको इतिहासमा अभागी राजा भनेर कसलाई चिनिन्छ ?
श्री ५ राजेन्द्र
लिच्छवीकालमा गाउँ गाउँ घुमी कर उठाउने व्यक्तिलाई के भनिन्थ्यो ?
चारभाट
लिच्छवीकालमा राजालाई के भनी सम्मान गरिन्थ्यो ?
नृप,महाराजाधिराज, भट्टारक
लिच्छवीकालमा व्यापारीलाई सार्थ भनिन्थ्यो भने व्यापारीको नाइकेलाई के भनिन्थ्यो ?
सार्थबाह
अशोक स्तम्भमा भएको शिलालेखमा कुन भाषाको प्रयोग भएको छ ?
पाली
लालमोहरको चलन कसले चलाय ?
पृथ्विनारायण शाह
राष्ट्रिय झण्डा प्रचलनमा ल्याउने राजा को हुन ?
पृथ्विनारायण शाह
पृथ्विनारायण शाहले भारद्वाज गोत्र त्यागी कुन गोत्र धारण गरेका थिए?
- कश्यप
खरिदार पदको चलन कसले चलाएका हुन ?
पृथ्विनारायण शाह
अंशुवर्मालाई महासामन्तको पदवी दिने राजा को हुन ?
शिवदेव प्रथम
अंशुवर्मा शिवदेव प्रथमका को थिए ?
भान्जा
सरकारि हुलाकी नियुक्ति गर्ने चलन कसको पालामा शुरु भएको हो ?
जंग बहादुर
पृथ्विनारायण शाह संग उत्तराधिकारका लागी विवाद भएका राजकुमार को हुन ?
- वृन्दकेशर शाह
पृथ्विनारायण शाह र वृन्दकेशर शाहविच उत्तराधिकारका सम्वन्धमा किन विवाद भएको थियो ?
जन्मका आधारमा पृथ्विनारायण जेठा र गर्भका आधारमा वर्न्दकेशर जेठा भएको हुदाँ
लिच्छवीकालमा अन्तरजातिय बिवाह गर्दा के लाग्थ्यो ?
वर्णशंकर
लिच्छवी कालमा भूमिलाई कति भागमा बाँडिएको थियो ?
खेत, पाखो र जंगल गरी ३ भागमा
किर्तिपुरमाथि गोरखाली फौजले पहिलो आक्रमण कहिले गर्यो?
वि सं १८१४ मा
काजि कालु पाडेँ ले कहाँको युद्दमा विरगति प्रप्त गरेका थिए ?
किर्तिपुरको प्रथम युद्दमा, १८१४ मा
किर्तिपुरले कसको सहयोग पाएको थियो?
काठमाण्डौ, भक्तपुर र ललितपुर
पृथ्विनारायण शाहले किर्तिपुरमाथि दोस्रो आक्रमण कहिले गरे ?
वि सं १८२१ भदौ मा (गोर्खाको हार)
किर्तिपुरको दोस्रो युद्दको नेतृत्व कसले लिएका थिए ?
सुर प्रताप शाह, दलजित शाह र श्री हर्ष पन्तले
पृथ्विनारायण शाहका भाई सुरप्रताप शाहाको आँखा कुन युद्दमा फुट्यो ?
- किर्तिपुरको दोस्रो युद्दमा
गोर्खाली फौजले किर्तिपुरमाथी तेस्रो आक्रमण कहिले गर्यो ?
वि सं १८२२ मा चैत्र ३ मा विजय भएको थियो
किर्तिपुरको तेस्रो युद्द कसको नेतृत्वमा भएको थियो ?
काजि वंसराज पाँडे
वंसराज पाँडे को हुन ?
कालु पाडेँका छोरा
गोर्खालि फौजले कति औ पटक किर्तिपुरको विजय हासिल गरेको थियो ?
- तेस्रो पटकको युद्दमा (१८२२ चैत्र ३ मा )
गोर्खा सैनिकले मकवानपुर माथि कहिले विजय प्राप्त गरे
वि सं १८१९ मा
मकवानपुरमा पृथ्वीनारायण शाहले को संग युद्द गरेका थिए ?
जेठान दिग्वन्धन सेन
मकवानपुरका राजा दिग्वन्धन सेनको आग्रहमा वंगालका राजा द्वारा पठाइएको अभियानलाई के भनिन्छ?
मिरकासिम अभियान
लमजुङका राजा को थिए ?
रीपुमर्दन शाह
पृथ्वि नारायण शाहले कान्तिपुर विजय कहिले गरे ?
वि सं १८२५ आश्विन १३ गते
उपत्यका कब्जा गर्न पृथ्विनारायण शाहले कस्तो निति लिएका थिए ?
- साम दाम दण्ड भेद को
उपत्यकामा आर्थिक नाका वन्दि गरेकाले उपत्यका मा आर्थिका संकट भयो र अप्ठ्यारोमा परेका पाटनका ६ प्रधानले पाटनको राजा बन्न बोलाए पछी पृथ्विनारायण शाहले कसलाई राजा बन्न पठाए ? दलमर्दन शाह
गोर्खाली फौजले कान्तिपुर माथि कसरी विजय प्रप्त गर्यो?
इन्द्र जात्राको अवसर पारि नरदेवी, भिमसेन स्थान र टुडिखेल गरी तिन स्थान वाट अक्रमण गरी विजय प्राप्त गरे ।
कान्तिपुर विजय पश्चात कान्तिपुरका अन्तिम राजा जय प्रकाश मल्ल भागेर कहँ गई शरण लिएका थिए ?
पाटनमा
पृथ्विनारायण शाहले पाटनमाथी कहिले विजय प्राप्त गरेका थिए ?
वि सं १८२५ आश्विन २५ गते
कान्तिपुरका अन्तिम राजा जय प्रकाश मल्ल र पाटनका अन्तिम मल्ल राजा तेजनरसिंह मल्लले हार पस्चात कहाँ शरण लिएका थिए ?
भक्तपुरका राजा रणजित मल्ल संग
पृथ्विनारायण शाहले भक्तपुरमाथि कहिले विजय हासिल गरे ?
१८२६ मंसिर १
भक्तपुर माथि आक्रमण कसको नेतृत्वमा भएको थियो?
वंशराज पाण्डे
पृथ्विनारायण शाहले कहिले राज्यारोहण गरेका थिए ?
वि सं १७९९ मा (२० वर्षको उमेरमा )
राष्ट्र निर्माता र नेपालका राष्ट्रिय विभुति भन्नाले कसलाई चिनिन्छ ?
- पृथ्वि नारायण शाह
पृथ्विनारायण शाहको मृत्यू त्रिशुली र तादी नदीको संगम ( देविघाटमा )भएको थियो ।
योग्य वावुका अयोग्य सन्तानका रुपमा कसालाई चिनिन्छ ?
प्रताप सिंह शाह
तिन कोठिमा हामि पनि पञ्च पाण्डव जस्तै भएका थीयौ यो कसको भनाइ हो ?
पृथ्वीनारायण शाह
पृथ्विनारायण शाहले काठमाण्डौ लाई नेपालको राजधानि भनि कहिले घोषणा गरे ?
वि सं १८२६ चैत्र १० मा
विजय अभियानको स्वण यूग भनि कसको नायवी काललाई भनिन्छ ?
- बहादुर शाहको
राजकीय छापलाई लालमोहर किन भनियो ?
छापमा रातो रङ्गको प्रयोग गरिने भएकोले
पृथ्विनारायण शाहले राजकिय छापमा रातो रङको प्रयोग गर्नु अघि कुन रंगको प्रयोग गरीन्थ्यो ?
कालो
खानगी प्रथा भन्नाले के वुझिन्छ ?
पृथ्विनारायण शाहको पालामा सैनिकहरुलाई जग्गा तथा आर्थिक सहायता दिने प्रथा
प्रताप सींह शाहका भाई को थिए ?
बहादुर शाह
प्रताप सिहं शाह पछि कसले नायवि चलाएका थिए ?
राजेन्द्र लक्ष्मी र बहादुर शाहले
अभिरवंशी प्रथम राजा को हुन् ?
वर सिहं
नेपालको पहिलो मुलिकी ऐन कसको पालामा जारी भएको थियो ?
राजा सुरेन्द्र विक्रम शाह
नेपालको पहिलो जनमत संग्रह कुन राजाको पालामा भएको थियो ?
राजा विरेन्द्र को पालामा २०३७ मा
नेपालको इतिहासमा अचेत अवश्थामै राजा घोषणा गरीएका राजा को हुन ?
दिपेन्द्र विक्रम शाह
श्री ५ विरेन्द्रको निधन कहिले भएको थियो ?
२०५८ जेठ १९ नारायणहिटि हत्याकाण्डमा
दिपेन्द्र कति अवधि राजा भए ?
५४ घण्टा ३० मिनेट
आफ्नो पनातिको राज्यारोहण हुने वेला सम्म जिवित रहने राजा को हुन ?
राजेन्द्र विक्रम शाह
राजाले घटाएको पर्व भनेर कुन पर्व लाई चिनिन्छ ?
अलौ पर्व
रण बहादुर शाहलाई कसको अवतार मानिन्छ ?
जय प्रकाश मल्ल
बासट्ठिहरण को घटना कसको पालामा घटेको थियो ?
रण बहादुर शाह
उ बाच्न लाएक छ जो मर्न देखि डराउदैन कसको भनाइ हो ?
राजा महेन्द्र
साम्यवाद मोटर चढेर आउदैन भन्ने भनाइ कसको हो ?
राजा महेन्द्र को
भिमसेन थापा ले नेपाललाई कति जिल्लामा विभाजन गरेका थीए ?
३९ जिल्ला
नेपालमा राहदानिको सूरुवात गर्ने को हुन ?
भिमसेन थापा
विजय अभियानको स्वण युग भनि कसको नायवी काललाई भनिन्थ्यो ?
- बहादुर शाह
नेपालको इतिहासमा बुलेट महाराज भनेर कसलाई चिनिन्छ ?
श्रि ५ त्रैलोक्य
पृथ्विनारायण शाहका मातापिता को थिए ?
माता कौशल्यावति र पिता नरभुपाल शाह थिए ।
पृथ्विनाराय शाहका मित वुवा र मित आमा को थिए ?
रणजित मल्ल र जय लक्ष्मी मित वुवा आमा थिए
नुवाकोटको विजयपछि छाला काढेर मारीने व्यक्ती को हुन ?
जयन्त राना (बेलकोट बाट पक्राउ गरी नुवाकोटमा ल्याएर छाला काढियको थियो )
नुवाकोट कान्तिपुरबाट शासित थियो र त्यहाँका मुख्य प्रशासक र सेना प्रमुख को थिए?
जयन्त राना
प्रथम विश्व युद्ध का वेला नेपालका राजा को थिए ?
त्रिभुवन शाह
त्रिभुवन शाहका व्यायाम प्रशिक्षक को थिए ?
सहिद धर्मभक्त माथेमा
सवै भन्दा वढि उमेरमा राजा हुने शाह बंशिय राजा को हुन ?
उनि ५४ वर्षको उमेरमा राजा भएका थिए
शाहवंशीय राजाहरुमा सबैभन्दा कम उमेरमा राजा हुने को हुन ?
गिर्वाण युद्द विक्रम शाह
शाह उपाधि धारण गर्ने प्रथम राजा को हुन् ?
कुलमण्डन खान
उपत्यकामा टेलिफोनको सुरुवात कहिले र कस्को पालामा भयो ?
वि सं १९७० मा चन्द्र शमसेरको पालामा
त्रिचन्द्रकलेजको स्थापना कहिले र कस्को पालामा भयो ?
वि सं १९७५ मा चन्द्र शमसेरको पालामा
यूरोपभ्रमण गर्ने प्रथम प्रधानमन्त्रि को हुन ?
जंगबहादुर राणा वि सं १९०६ मा एक वर्ष
राणा उपाधि धारणा गर्ने पहिलो व्यक्ति को हुन ?
जंग बहादुर
सी क्लसका राणाहरुलाई उपत्यकावाट निस्कासन कसले गरेका थिए ?
जुद्ध शमसेरले
सुदारवादी र उदारवादी राणा प्रधानमन्त्रि भन्नाले कुन प्रधानमन्त्रिलाई चिनिन्छ ?
देवशमसेर
रुन्चे प्रधानमन्त्री भनेर नेपालका कुन प्रधानमन्त्रीलाई चिनिन्छ ?
पद्म शमसेर
म राष्ट्रको नोकर हूँ भन्ने राणा प्रधानमन्त्रि को हुन ?
पद्म शमसेर
चर्खा प्रचारमा रोक लगाउने राणा प्रधानमन्त्रि को हुन ?
भीम शमसेर
शुक्रबार आधा र शनिवार बिदा दिने चलन कसले चलाए ?
भीम शमसेर
अन्तिम राणा प्रधानमन्त्री को हुन् ?
मोहन शमशेर
आकाशवाणीको स्थापना र राष्ट्रिय आर्थिक समितिको गठन कसले गरेका थिए ?
मोहन शमशेर
पञ्चांगको प्रकाशन कुन प्रधानमन्त्रिको पालामा भएको हो ?
रणोद्दिपसींह वि सं १९४१
तेजारथ अड्डाको स्थापना कसले गरेका हुन ?
रणोद्दिपसींह
विर अस्पतालको निर्माण कसले कहिले गराएका हुन ?
विरशमसेरले १९४७ मा
धिरशमसेर का १७ भाई छोरा मध्य सबैभन्दा जेठा को हुन ?
विरशमसेर
दरवार हाइस्कुलको स्थापना कसले गरेका हुन ?
विरशमशेर
कुन वंशको शासनकालमा नेपालको प्रशासनिक ढाचाको निर्माण भएको मानिन्छ ?
किरातँ काल
किरातँहरु कुन वंशका थिए ?
हाङ
नेपाल उपत्यकामा अभिर वंश पछि कुन वंशले शासन गरेको थियो ?
किरातँ
नेपालको पहिलो वैज्ञानिक को हुन ?
गेहेन्द्र शमसेर राणा
गेहेन्द्र शमसेरका बावु को थीय ?
राणा प्रधान मन्त्रि विरशमसेर
अक्षरांक शिक्षा नामक प्रथम नेपालि भाषाको किताव कसले तयार गरेका थिए ?
जय पृथ्विबहादुर सिंहले (बाल वोध ,श्रेस्ता बोध, भुगोल बोध,अदि पनि उनका कृति हुन )
जय पृथ्विबहादुर सिंहको अंक्षराङ्क शिक्षा माथि कहिले प्रतिवन्ध लगाइएको थियो ?
वि सं १९६४ मा ससुरा चन्द्र शमसेरले
वंशावली भन्नाले के बुझिन्छ ?
राजाहरुको नाम आदि लेखिएको साहित्यलाई
गोपाल राज वंशावली कुन भाषामा छ ?
संस्कृत
नेपालको सबैभन्दा पुरानो वंशावली कुन हो ?
गोपाल राज वंशावली
इतिहास भन्नाले के बुझिन्छ ?
विगतका घटनाहरुको व्याख्या, विश्लेषण एवं वर्णन हो
को हुन ? हेरोडोटस ?
इतिहासका पिता कहाँका थिए हेरोडोटस ?
प्राचिन युनानका
नेपालका इतिहास शिरोमणि भन्नाले कसलाई चिनिन्छ ?
बाबुराम आर्चाय
नेपालको संक्षिप्त वृतान्त कसको कृति हो ?
बाबुराम आर्चायको
अभय मल्ल कसका छोरा हुन् ?
अरिदेव मल्ल
भूकम्पमा परि निधन हुने राजा को हुन् ?
अभय मल्ल
भगवतीसँग पासा खेल्ने मल्ल राजा को थिए ?
जगज्योति मल्ल
जगज्योति मल्लपछि भादगाउँका राजा को भए ?
नरेन्द्र मल्ल
जगतप्रकाश मल्ल कहाँका राजा थिए ?
भादगाउँका
आफूलाई गन्धर्व विद्यागुरु भनी लेख्ने राजा को हुन ?
जगतप्रकाश मल्ल
ईन्द्र जात्रामा कुमारीको रथ तान्ने वा धुमाउने चलन कसले चलाएका हुन ?
जयप्रकाश मल्ल
बालाजुको २२ धारामध्ये २१ धारा निर्माण गर्ने मल्ल राजा को हुन ?
जयप्रकाश मल्ल
जयस्थिति मल्ल कुन वंशका थिए ?
कर्नाट
जयस्थिति मल्लको बिवाह को सँग भएको थियो ?
राजल्लदेवी
जयस्थिति मल्लले कसको नाताले शासन संचालन गरेका थिए ?
पत्नी राजल्लदेवी
आफ्नो नामको अगाडि सुमति लेख्ने राजा को हुन ?
जितामित्र मल्ल
जितामित्र मल्ल कहाँका राजा थिए ?
भादगाउँका
रानी पोखरीको निमार्ण कसले गरेका हुन ?
प्रताप मल्ल
रानी पोखरीको निमार्ण कहिले भएको हो ?
बि.स. १७२७
प्रताप मल्लका कति रानिहरु थिए ?
३ रुपमति, राजमति र लालमति
भक्तपुर दरबार अगाडिको शालिक कसको हो ?
भूपतिन्द्र मल्ल
भक्तपुर दरबार क्षेत्रका कलाकृति, मालति चोक आदिको निर्माण गर्ने राजा को हुन ?
भूपतिन्द्र मल्ल
भक्तपुरको ५५ झ्याले दरबार कसले बनाएका हुन ?
भूपतिन्द्र मल्ल
मध्यकाल भन्नाले कुन अवधिलाई चिनिन्छ ?
बि.स. ९३६ देखि नेपालको एकिकरण बि.स. १८२५ सम्मको करिब ९०० बर्षको अवधिलाई
मध्यकाल भन्ने बित्तिकै मल्लकालको रुपमा अध्ययन गरेपनी यस समयमा कर्णाली क्षेत्रमा खस मल्लवंशि, पाल्पामा सेन वंशी, गोर्खामा शाहवंशी राजाहरुको समेत शासन थियो ।
के को दृष्टिकोणले मल्ल काललाई स्वर्ण काल भनिन्छ ?
नेपालको कला र संस्कृतिको विकासको दृष्टिकोणले
महेन्द्र मल्ल कहाँका राजा थिए ?
कान्तिपुरका
महेन्द्र मल्लले चलाएको चाँदीको मुद्रा (मोहोर) लाई के भनिन्छ ?
महेन्द्रमल्ली
नेपाल उपत्यकालाई कान्तिपुर, पाटन र भादगाउँका रुपमा विभाजित गरि आफ्ना छोराहरुलाई बाढ्ने राजा को हुन ?
यक्ष मल्ल
एकीकृत नेपाल उपत्यकाका अन्तिम राजा को हुन् ?
यक्ष मल्ल
योगनरेन्द्र मल्ल कहाँका राजा थिए ?
पाटनका
जबसम्म मेरो शालिक माथि रहेको चरा उडेर जान्न तबसम्म मलाई जिवितै सम्झनु भन्ने राजा को हुन ?
योगनरेन्द्र मल्ल
योगनरेन्द्र मल्लको मृत्यु हुदाँ कति रानीहरु सती गएका थिए ?
३१
सिद्धिनरसिंह मल्ल कहाँका राजा थिए ?
पाटनका
छालाको मुद्रा प्रचलनमा ल्याउने राजा को हुन् ?
सिद्धिनरसिंह मल्ल
परस्त्रीसँग अनुचित सम्बन्ध राखेको आरोपमा तलेजुको मन्दिरमा काटिने राजा को हुन ?
विश्वजीत मल्ल
धोविको हातको पानी चलाउने राजा को हुन ?
लक्ष्मी नरसिंह मल्ल
कान्तिपुरको नामाकरण कसको पालामा भएको हो ?
लक्ष्मी नरसिंह मल्ल
नेपालमा मुसलमानहरुको प्रवेश कसको पालादेखि भएको हा ?
रत्न मल्ल
तामाको मुद्रा प्रचलनमा ल्याउने राजा को हुन ?
रत्न मल्ल
झ्यालमा रंगीन सिसा राख्ने चलन कसले चलाएका हुन ?
रणजीत मल्ल
रणजीत मल्ल कहाँका राजा हुन ?
भक्तपुर
तमाखुमा बिष मिलाई सड्यन्त्रपूर्वक मारिने मल्ल राजा को हुन ?
योगनरेन्द्र मल्ल
नेपाल मण्डलेश्वर/चुडामणि चक्र उपाधि धारण गर्ने राजा को हुन ?
यक्ष मल्ल
भक्तपुरको दत्तात्रेयको मन्दिर कसले निर्माण गरेका हुन ?
यक्ष मल्ल
कोत पर्व कहिले घटेको थियो ?
बि.स. १९०३ आश्विन २ गते राती
के कारण घटेको थियो ?
फत्तेजंग चौतारीयाको प्रधानमन्त्रित्वमा गठित एक प्रमुख सदस्य तथा महारानी राज्यलक्ष्मि देविको प्रिय पात्र गगन सिंहको हत्या नै कोतपर्वको सुरुवाति कारण थियो
गगन शिंहको हत्या कसले गरेका थिय ?
लाल झा
भण्डारखाल पर्व कहिले घटेको थियो ?
वि सं १९०३ कार्तिक १२
भण्डारखाल पर्व कसको विरुद्ध रचिएको थियो ?
जंगबहादुर राणा
अंशुवर्माले चलाएको संवतलाई के भनिन्छ ?
गुप्त संम्वत
कैलाश कुट भवनको निमार्ण कसले गरेका हुन् ?
अंशुवर्माले (अत्यन्त कलात्मक भव्य र प्रशंसनीय तवरले तयार गरेका थिए ।)
उपत्यका विभाजन हुनुभन्दा अघि यक्ष मल्लको राजधानी कहाँ थियो ?
भक्तपुरमा
विभाजन पछि कान्तिपुरका प्रथम राजा को भए ?
रत्न मल्ल
नेपालका राष्ट्रिय विभूति एवं प्रसिद्ध कलाकार अरनिकोको जन्म कहिले भएको थियो ?
बि.स. १३००
अरनिको नेपालको कुन ठाउँमा जन्मेका थिए ?
पाल्पामा
अरनिको चिन कहिले गएका थिए ?
बि.स.१३१७
एउटै रुखबाट काष्ठमण्डप बनाउने को हुन ?
विसेत
काष्ठमण्डप अर्को के नामले चिनिन्छ ?
मरु सत्तल
गुणकामदेवलाई अर्को के नामले चिनिन्छ ?
लक्ष्मीकामदेव
शाक्यवंशको कन्यालाई कुमारी बनाई कुमारीको पूजा गर्ने चलन चलाउने राजा को हुन ?
गुणकामदेव
लिच्छवीकालका एक मात्र कवि भनेर कसलाई चिनिन्छ ?
जयदेव द्वितीय (उनको कविता पशुपति शिलालेखमा अंकित छ)
परचक्रकाम(अर्काको देश जित्ने अभिलाषा) उपनामले विभूषित लिच्छवी राजा को हुन् ?
जयदेव द्वितीय
नरेन्द्रदेव कसका छोरा हुन ?
उदयदेवका
तिब्वतमा शरण लिने लिच्छवी राजा को हुन ?
उदयदेव
प्रशिद्ध भद्राधिवासको निमार्ण कसले गरेका हुन ?
नरेन्द्रदेवले( नरेन्द्रदेवले यहिबाट राज्य सञ्चालन गर्थे)
रातो मच्छिन्द्रनाथको रथयात्रा र भोटो जात्राको चलन चलाउने राजा को हुन ?
नरेन्द्रदेव
पशुपतिनाथको मन्दिर कसले बनाएका हुन ?
प्रचण्डदेव
पशुपतिलाई राजमान्यता कसले दिए ?
अंशुवर्मा
स्वयम्भुको ज्योति माथि चैत्यको निमार्ण गर्ने कसले गरेका थिए ?
प्रचण्डदेव
मानदेवका छोरा को थिए ?
महिदेव
मानदेवकी छोरीको नाम के थियो ?
विजयावती
लिच्छवीहरु भारतको कुन ठाउँबाट नेपाल प्रवेश गरेका थिए ?
भारतको बैसाली बाट (यिनीहरु भारतको बैसालिका राजा अज्ञात शत्रुबाट पराजित भएर सरणार्थीको रुपमा नेपाल प्रवेश गरेका थिए)
लिच्छवीहरु कुन वंशका थिए ?
सूर्य वंशी (सूर्य वंशीहरु राजा दशरथका वंशज थिए)
नेपालमा द्धैध शासनको थालनी कसले गरेका हुन ?
वसन्तदेवले
चाबाहिल चैत्यको स्थापना कसले गरेका हुन ?
वृषदेव
वृषदेवलाई अर्को के नामले चिनिन्छ ?
विश्वदेव
किर्तीपुर स्थित बाघभैरवको मन्दिर कसको पालामा बनेको हो ?
शिवदेव तृतिय
सुकीको चलन कसले चलाए
शिवदेव तृतिय
लिच्छवी कुलकेतु उपाधी धारण गर्ने को हुन ?
शिवदेव प्रथम
कीर्तिपुरमा बस्ति बसाल्ने राजा को हुन ?
शिवदेव प्रथम
पशुपतिको देवल कसले बनाएका हुन् ?
सुपुष्पले
नेपालमा कहिलेदेखि व्यावस्थीत राजतन्त्रको सुरुवात भएको मानिन्छ ?
किराँत कालदेखि
मल्लकालमा न्यायका श्रोत कसलाइ मानिन्थ्यो?
राजालाई, राजाले कानुन निर्माण गर्ने तथा न्याय सम्पादन गर्ने गर्दथ्ये।
नेपाल उपत्यकामा आउने प्रथम वुद्ध को हुन ?
विपस्वी वुद्ध
भिमसेन थापा ले नेपाललाई कति जिल्लामा विभाजन गरेका थीए ?
३९ जिल्ला
नेपालमा राहदानिको सूरुवात गर्ने को हुन ?
भिमसेन थापा
विरविक्रम उपाधि पाउने प्रथम राजा को हुन ?
गिर्वाययुद्द विक्रम शाह
राष्ट्रिय संग्रहालय कहाँ छ ?
काठमाण्डौ छाउनीमा
काठमाण्डौ छाउनिमा रहेको राष्ट्रीय संग्राहालय कसले निर्माण गराएका थिए?
- भिमसेन थापा
शुरप्रताप शाहको आखाँ कुन युद्दमा फूटेको थियो ?
किर्तिपुरको दोस्रो युद्दमा
कालु पाडेँ ले विरगति प्राप्त गरेको युद्दकुन हो ?
किर्तिपुरको पहिलो युद्द
राणा कालको अन्त्यपछि नेपालका प्रधानमन्त्री को भएका थिए ?
मोहन शमशेर
३८ सालको पर्व हुदाँ नेपालका प्रधानमन्त्रि को थिए ?
रणोद्दिपसिंह
रणोद्दिपसिंहको हत्या कहिले भएको थियो ?
वि सै १९४२ मा ४२ सालको पर्वमा डम्वर शमशेरद्धारा गोलीहानि हत्या गरेर धिरशमसेरका छोराहरुले सत्ता हत्याएका थिए ।
मेट्रीक पास गर्ने प्रथम प्रधानमन्त्रि को हुन ? - चन्द्र शमसेर यिनले कोलकत्ता विश्व विद्यालय बाट मेट्रिक पास गरेका थिए यिनलाई अक्फोर्ड विश्वश्विद्यालयले डाक्टर अफ सिभिल ल को उपाधि दिएको थियो
राणा हरुलाई a b c क्लासमा विभाजन गर्ने प्रधानमन्त्रि को हुन ?
चन्द्र शमसेर
जंगबहादुरकी आमा को थीइन ?
रक्षा ठकुरी ।
जुवा खेल्न रोक्नका लागि बर्षभरी ११ दिन ख्ल्न पाउने व्यावस्था कसले बनाएका थिए ?
जंगबहादुर
कर्मचारीलाई पेन्सनको व्यावस्था कसले गरेका हुन?
जुद्द शमसेरले
नेपालमा महाभुकम्प कहिले र कसको पालामा गएको थियो ?
वि सं १९९० माघ २ जुद्द शमसेरको पालामा
पद्मा शमसेर कसका छोरा हुन ?
भिम शमसेरका
स्कुलका पिता भनेर कुन प्रधानमन्त्रि लाई चिनिन्छ ?
पद्म शमसेर
किन स्कुलका पिता भनियो ?
यीनले थुप्रै स्कुलको स्थापना गरेका हुनाले
लाईब्रेरी पर्व ,वसन्त शमसेर पर्व कसको पालामा घटेको पर्व हरु हुन ?
भीम शमसेर
प्रचण्ड गोरखा पर्व कसको पालामा घटेको थियो?
- भीम शमसेरको पालामा
नेपाल र भारत विच भएको सन १९५० को सन्धि मा नेपालको तर्फबाट कसले हस्ताक्षर गरेका थिए ?
मोहन शमसेर
विर अस्पतालको निर्माण कसले कहिले गराएका हुन ?
विरशमसेरले १९४७ मा
धिरशमसेर का १७ भाई छोरा मध्य सबैभन्दा जेठा को हुन ?
विरशमसेर
प्रताप मल्ल कति भाषाका ज्ञाता थिए ?
१५
चार कुने मुद्रा प्रचलनमा ल्याउने राजा को हुन् ?
प्रताप मल्ल
प्रसिद्ध न्यातपोल मन्दिर बनाउने राजा को हुन ?
भूपतिन्द्र मल्ल
चादीको मोहर प्रचलनमा ल्याउने राजा को हुन् ?
महेन्द्र मल्ल
ज्योतिषहरुलाई बस्न माणिमण्डल बनाउने राजा को हुन ?
योगनरेन्द्र मल्ल
काष्ठमण्डप (मरुसत्तल)को निर्माण गर्न लगाउने को हुन ?
लक्ष्मी नरसिंह मल्ल
बौलाहा राजा भन्नाले कुन राजालाई चिनिन्छ ?
लक्ष्मी नरसिंह मल्ल
२१ गजुर भएको पाटनको कृष्ण मन्दिर कसले बनाएका हुन ?
सिद्धिनरसिंह मल्ल
पाटनको कृष्ण मन्दिर कुन शौलीमा निर्माण गरिएको मन्दिर हो ?
शिखर शौली
पशुपतिमा महास्नान गराउने राजा को थिए ?
अभय मल्ल
मल्लकालमा एकीकृत नेपाल उपत्यकाको राजधानि कहाँ थियो ?
भक्तपुर
कोत पर्वमा सर्वप्रथम मारिने को थिय ?
अभिमानशिंह बस्नेत
भण्डारखाल पर्वमा सबैभन्दा पहिला मारिने को थिए ?
वीरध्वज बस्नेत
नेपालमा महिला शिक्षा को शुरुवात कुन प्रधानमन्त्रीको पालामा भएको हो ?
- वीरशमसेर
आफ्नो नामको पछाडी ज व रा लेख्ने पहिलो राणा प्रधानमन्त्रि को हुन ?
- वीरशमशेर
चर्खा प्रचारमा कसले रोक लगाएका थिए ?
भीम शमसेरले
उखडा चाँच कमिसन गठन गर्ने राणा प्रधानमन्त्री को हुन ?
भीम शमसेर
जयतु संस्कृतम आन्दोलन कस्को पालामा भएको थियो ?
पद्म शमसेर
नेपाल वैधानिक कानुन कहिले र कुन प्रधानमन्त्रिको पालामा घोषण गरीएको हो ?
२००४ माघ १३ मा पद्म शमसेरको पालामा
घनकुटे राजा भनेर कसलाई चिनिन्छ?
देवशमसेर
काजी भिम मल्लको हत्या कसले गर्न लगाएका थिए ?
लक्ष्मी नरसिंह मल्ल
बहुलाकाजी भनेर चिनिने राजा को हुन् ?
लक्ष्मी नरसिंह मल्ल
देवशमसेरलाई किन धनकुटे राजा भनिएको हो ?
पदच्युत पछी धनकुटा गइ वसेकाले
दिउँसो १२ वजे तोप पड्काउने चलन कसले चलाएका हुन ?
देवशमसेर
गोर्खापत्रको प्रकाशन कहिले र कसको पालामा भएको थियो ?
वि सं १९५८ baishak 24 मा
देवशमसेरको पालामा सम्पादकलाई सरकारको स्वस्थ्य आलोचना गर्न स्वतन्त्रता दिइएको
नेपालको इतिहाँसमा सबभन्दा छोटो कार्यकाल भएका राणा प्रधानमन्त्री को हुन ?
देब शमसेर ११४ दिन मात्र
भाषा पाठशालाको स्थापना गर्ने राणा प्रधानमन्त्रि को थिए ?
देवशमसेर
वि सं १९९० सालको भूकम्प जादाँ नेपालका प्रधानमन्त्री को थिए ?
जुद्द शमसेर
चिठ्ठिमा टिकट टाँस्ने चलन कसले चलाएका हुन ?
जुद्द शमसेर
जंगबहादुरलाई राणा उपाधि दिने को हुन ?
श्री ५ सुरेन्द्र वि सं १९०५ मा
जंगवहादुर नामाकरण कसले गरेका थिए ?
जंगवहादुरका मामा माथवर सिंह थापाले
फिस्टे महाराज भन्नले कसलाई चिनिन्छ?
चन्द्र शमसेर
नेपालका धुर्त प्रधानमन्त्रि भनेर कसलाई चिनिन्छ ?
चन्द्र शमसेर
सिद्धिनरसिंह मल्लले पहिलो व्यापारिक सम्झौता को सँग गरेका थिए ?
गोर्खाका राजा
कत्र्तिक नाचको प्रचलन कसले चलाएका हुन ?
सिद्धिनरसिंह मल्ल
कात्र्तिक नाचको प्रचलन कहिले देखि भएको हो ?
बि.स. १७२७ देखि
शरणको मरण गर्नु हुदैन भन्ने व्यक्ति को हुन ?
रणजीत मल्ल
पशुपतिनाथमा म भट्ट पुजारी राख्ने चलन कसले चलाएका हुन ?
यक्ष मल्ल(हारास्ट्रका चार जना भट्ट झिकाई पशुपतिनाथमा पूजा गर्ने चलन चलाएका)
प्रजा मर्दा छाक छोड्ने राजा को हुन ?
महेन्द्र मल्ल
मध्य काललाई नेपालको कला र संस्कृतिको विकासको दृष्टिकोणले के भनिन्छ ?
स्वर्णकाल
प्रथम मल्ल राजा को हुन ?
अरिदेव
भक्तपुरको ९९ चोक र सुनको ढोका भएको ५५ झ्याले दरबार कसले बनाएका हुन ?
भूपतिन्द्र मल्ल
कुच विहारबाट डोला झिकाई विवाह गर्ने राजा को हुन ?
प्रताप मल्ल
डोला प्रथाको सुरुवात गर्ने राजा को हुन ?
प्रताप मल्ल (कुच विहारबाट रूपमती र राजमतिको डोला झिकाई विवाह गरेका)
जयस्थिति मल्लले जग्गालाई कति भागमा विभाजन गरेका थिए ?
४ ( अब्बल, दोयम,सीम र चाहार )
चारवर्ण छत्तिस जातको सामाजिक व्यवस्था कायम गर्ने राजा को हुन ?
जयस्थिति मल्ल
कुमारीचोकको स्थापना कसले गरे ?
जयप्रकाश मल्ल
मल्लकालका अभागी राजा भनि कुन राजालाई चिनिन्छ ?
जयप्रकाश मल्ल
जगज्योति मल्ल कहाँका राजा थिए ?
भादगाउँ(भक्तपुर)
भक्तपुरमा आदि भैरवको रथयात्रा निकाल्ने चलन कसले चलाएका हुन ?
जगज्योति मल्ल
लिच्छवी कालका आदिपुरुष कसलाई मानिन्छ ?
सुपुष्प
लिच्छवी कालको पहिलो प्रमाणिक अभिलेख कुन हो ?
राजा मानदेवको चाँगुनारायणको अभिलेख
लिच्छवी कालको शासन शैली कस्तो थियो ?
राजतन्त्रात्मक
आमालाई सति जानबाट रोक्ने राजा को हुन् ?
मानदेव
नेपालमा सर्वप्रथम कुन राजाको पालामा मुद्रा निस्कासन भएको थियो ?
मानदेव
शान्ति श्री भन्नाले कुन राजालाई चिनिन्छ ?
प्रचण्डदेव
पशुपतिमा महास्नान गर्ने चलन कसले चलाए ?
अभय मल्ल
पशुपतिमा देवलहरु कसले बनाएका हुन ?
सुपुष्प
नेपालमा द्धैध शासनको सुरुवात कसको पालामा भएको हो ?
धुव्रदेव
कसको पालामा नेपालमा द्धैध शासन व्यवस्थाको अन्त्य भयो ?
नरेन्द्रदेवको
कान्तिपुर शहरको स्थापना कसले गरेका हुन ?
गुणकामदेव
आधुनिक काठमाण्डौको निर्माता/सस्थापक भनि कुन राजालाई चिनिन्छ ?
गुणकामदेव
मरु सत्तल बनाउँदा प्रयोग गरिएको कल्पवृक्षको नाम के हो ?
सुरतरु
काष्ठमण्डप कति क्षेत्रफलमा फौलिएको छ ?
२० वर्ग मिटर
अरनिको चिन जादाँ त्यहाँका शासक को थिए ?
कुब्ला खाँ
अरनिकोले प्रचलनमा ल्याएको प्यागोडा शैलीलाई के भनिन्छ ?
पाइतास्ते
विभाजन पछि पाटनका प्रथम राजा को भए ?
रण मल्ल
विभाजन पछि भक्तपुरका प्रथम राजा को भए ?
राय मल्ल
कैलाशकुट भवन कुन ठाउँमा रहेको थियो ?
देवपतन पशुपति नजिक
गोपाल वंशपछि नेपालमा कुन वंशले शासन गर्यो ?
अहिर वंश/अभिर वंश /महिषपालहरुले
अहिरवंशी शासकहरुपश्चात उपत्यकामा कसले शासन सञ्चालन गरे ?
किरातँहरुले
प्रथम किरातिँ राजा एलम्बर (यलुङ) हुन भने अन्तिम किरातिँ राजा को हुन ?
गस्ति
प्रथम किरातिँ राजा एलम्बरले कसलाई पराजीत गरि शासन सत्ता हातमा लिएका थिए ?
भूवन सिंह
सुगौलि सन्धि हुदाँ नेपालका राजा को थिए ?
गिर्वाण युद्द विक्रम शाह
कसको पालामा नेपालको सिमाना पूर्वमा मेचि देखि पश्चिमामा महाकाली सम्म कायम भयो ?
गिर्वाण युद्द
राजा ज्ञानेन्द्रले कहिले प्रत्यक्ष शासन आफ्नो हातमा लिएका थिए ?
वि सं २०६१ माघ १९ गते
नारायणहिटि छोडि ज्ञानेन्द्र नागार्जुन दरवार कहिले सरे ?
वि सं २०६५ जेठ २९ गते
ज्ञानेन्द्र पदच्यत कहिले भए ?
२०६५ जेठ १५ मा मुलुकमा गणतन्त्र घोषणा भएपछी
जनताका राजा भनेर कुन नेपाली राजालाई चिनिन्छ ?
श्री ५ त्रिभुवन
नेपालको इतिहासका एक्लो वृहस्पति भनेर कसलाई चिनिन्