15/07/2026
NECSA र १४ वटा शैक्षिक परामर्श व्यवसायी संघद्वारा रास्वपाका महामन्त्री एवं सांसद विपीन कुमार आचार्यलाई ज्ञापनपत्र बुझाइयो
नेपाल शैक्षिक परामर्श सेवा संघ (NECSA) तथा १४ वटा शैक्षिक परामर्श व्यवसायी संघहरूले संयुक्त रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री एवं प्रतिनिधि सभा सदस्य विपीन कुमार आचार्य लाई ज्ञापनपत्र बुझाएको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले हालै जारी गरेको "शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन तथा व्यवस्थापन) नियमावली, २०८३" का कतिपय प्रावधानहरू अव्यावहारिक, अस्पष्ट तथा व्यवसायमैत्री नभएको भन्दै नीतिगत सुधार र आवश्यक संशोधनका लागि नेतृत्वदायी भूमिका खेल्न आग्रह गरिएको हो।
ज्ञापनपत्रमार्फत निम्न प्रमुख विषयहरू उठाएका छन्:
✅ अव्यावहारिक धरौटी व्यवस्थाको पुनरावलोकन
✅ जटिल प्रशासनिक प्रक्रियाको अन्त्य गर्दै एकद्वार प्रणाली लागू गर्नुपर्ने
✅ अस्पष्ट कानुनी प्रावधान संशोधन गरी पारदर्शी कार्यान्वयन सुनिश्चित गर्नुपर्ने
✅ अवैध फ्रिलान्सर, एजेन्ट तथा अनधिकृत शैक्षिक परामर्शमाथि कडाइ गर्नुपर्ने
✅ इजाजतपत्र नवीकरण अवधि कम्तीमा ५ वर्ष कायम गर्नुपर्ने
✅ भवन तथा भौतिक पूर्वाधार सम्बन्धी मापदण्डलाई व्यवहारिक बनाउनुपर्ने
✅ शैक्षिक मेला तथा सूचनामूलक कार्यक्रम सञ्चालनमा लगाइएको प्रस्तावित रोक हटाई स्पष्ट आचारसंहितासहित सञ्चालनको व्यवस्था गर्नुपर्ने।
NECSA र सहकार्यमा रहेका संघहरूले वैधानिक रूपमा सञ्चालनमा रहेका शैक्षिक परामर्श संस्थाको संरक्षण, सुशासन, नीतिगत सुधार तथा गुणस्तरीय शैक्षिक सेवाको सुनिश्चितताका लागि सम्बन्धित निकायसँग निरन्तर समन्वय र पहल जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।