Ingi Hopo Koinch Sunuwar

Ingi Hopo Koinch Sunuwar

Share

Ingi Hopo Koinch Sunuwar known as a theatre artist and actor, writer, director as well as instructor.

Founder of Mamaa Arts & Co-founder of Phulbari playback theatre.

29/05/2026

FREE ENTRY !
7 Days Film Direction Workshop

सुनुवार कलाकार तथा चलचित्रकर्मी समाज, केन्द्रीय समितिले चलचित्र विकास बोर्डसँगको सहकार्यमा यहि आउँदो जेठ २६ देखि ‘७ दिने चलचित्र निर्देशन कार्यशाला’ आयोजना हुन गइरहेको हुँदा इच्छुक सम्पूर्णले आफ्नो स्थान सुरक्षित गर्न सक्नुहुनेछ ।

मितिः २०८३ जेठ २६ देखि असार १ गतेसम्म
समयः बिहान ११ देखि दिउँसो २ बजेसम्म
स्थानः सुनुवार सेवा समाज, कोटेश्वर, बालकुमारी ।
सम्पर्क/Whatsapp: 9849109749

29/05/2026

गणतन्त्र दिवसको शुभकामना ।
FREE ENTRY !
7 Days Film Direction Workshop

सुनुवार कलाकार तथा चलचित्रकर्मी समाज, केन्द्रीय समितिले चलचित्र विकास बोर्डसँगको सहकार्यमा यहि आउँदो जेठ २६ देखि ‘७ दिने चलचित्र निर्देशन कार्यशाला’ आयोजना हुन गइरहेको हुँदा इच्छुक सम्पूर्णले आफ्नो स्थान सुरक्षित गर्न सक्नुहुनेछ ।

मितिः २०८३ जेठ २६ देखि असार १ गतेसम्म
समयः बिहान ११ देखि दिउँसो २ बजेसम्म
स्थानः सुनुवार सेवा समाज, कोटेश्वर, बालकुमारी ।
सम्पर्क/Whatsapp: 9849109749

07/05/2025

चलचित्र ‘जार’ चै पक्का हेर्नुस् ।
यो नेपाली रंगमञ्च र कला क्षेत्रको पहिलो पाइला अन्तर्गत मण्डला थिएटरको तेस्रो ल्याबको प्रशिक्षार्थीको रुपमा प्रशिक्षण लिइसकेपछि ल्याब प्रोडक्सन स्वरुप सुनील पोखरेल सरले साहित्यकार इन्दबहादुर राईज्यूको कथा ‘जारःभएकै एउटा कथा’मा आधारित रहेर नाटक ‘जारःभएकै एउटा कथा’ निर्माण गर्नुभयो । यस कथाको बयान गर्न सकिन्न । त्यसरी नै सुनील पोखरेल सरको परिकल्पना तथा निर्देशनमा तयार भएको यो नाटकमा आफूले पात्रमा बाँच्ने प्रयास गरेर पहिलो रंगमञ्चीय र कला क्षेत्रमा यात्रा सुरु गर्नु एउटा संयोग मात्र नभई सौभाग्य पनि थियो ।
यसै कथामा चलचित्र बन्दैछ भनेर थाहा पाउँदादेखि यो चलचित्रलाई लिएर उत्साहित थिएँ । आज यसै कथामा निर्माण भएको चलचित्र ‘जार’ हेर्ने मौका जु¥यो । यो कथालाई परिकल्पना गरेर पर्दामा उतार्ने योजना बुन्नु नै चानचुने कुरा होइन । आज यो चलचित्र प्रिमियरमै हेरिरहँदा यसको छायाँकन, निर्देशकको परिकल्पना, ध्वनिको प्रयोग, कलाकारले पात्रमा बाँचेको क्षण, रंग संयोजन, सेट आर्ट, भेषुभषामा गरेको कार्य देखेर धेरै ठाउँमा मनमुटु ढक्क फुलेर आयो । ‘आहा ! चलचित्र भनेको यस्तो पो हो त । वा ! नेपालीले बनाउनु पर्ने, हेर्नु पर्ने चलचित्र यस्तो पो हो त’, भन्ने मनमा जागेर आयो ।
मैले हेरेको आजसम्मको नेपाली चलचित्रमा यो नै मेरो लागि अब्बल चलचित्र हो । मेरो आजसम्मको अब्बल चलचित्र हो । भोलिको दिनमा पनि यो भन्दा अब्बल चलचित्र बनोस् र यो मनमा बस्न सफल होस् ।
यसलाई निमार्ण, निर्देशक Phurba Lama ज्यू देखि कथाकार, निर्माताहरुमा शिर झुकेर नमन, धन्यवाद अनि बधाई तथा सफलताको अनगिन्ती शुभकामना । अझै यस्तो चलचित्र निर्माण भइरहोस् । चलचित्र यहि शुक्रवार बैशाख २६ देखि देशैभर प्रदर्शन हुँदैछ ।
यो चलचित्र पक्का हेर्नुस् र एउटा साँच्चैको चलचित्र बन्दा कस्तो हुँदो रहेछ थाहा पाउनुहोस् । हेर्नै पर्ने चलचित्र हो हजुर । सबैमा अनुरोध गरे ।
Must watch movie.

Saugat Malla
Anoop Bikram Shahi
Jhuma Limbu
Swapnil Smriti

Want your school to be the top-listed School/college in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Address


Kathmandu
44600