Rudreshwor Aadishakti Adhyatmik Kendra

Rudreshwor Aadishakti Adhyatmik Kendra

Share

It is a nonprofit company registered at Office of the Company Registrar in Nepal.

Photos from Dr. KN Swami / डा. स्वामी केशवानन्द's post 07/11/2025
01/11/2025

🌿 हरिबोधनी एकादशी तथा तुलसी विवाहको हार्दिक मंगलमय शुभकामना 🌿

सम्पूर्ण श्रद्धेय गुरुजन, साधु–सन्त, धर्माचार्य, भक्तजन तथा शुभेच्छुक महानुभावहरूमा रूद्रेश्वर आदिशक्ति आध्यात्मिक केन्द्रका तर्फबाट हार्दिक शुभकामना प्रकट गर्दछौं।

आजको पवित्र हरिबोधनी (प्रबोधिनी) एकादशीका दिन भगवान् श्रीहरि विष्णु चातुर्मासको निद्राबाट जाग्रत हुनुहुने तथा भगवान् विष्णु र देवी तुलसीको दिव्य विवाह सम्पन्न हुने धार्मिक परम्परा रहिआएको छ। यस दिवसले धर्म, सत्य, भक्ति र सत्कर्मप्रतिको निष्ठा पुनः जागृत गराउने सन्देश दिन्छ।

यस पावन अवसरमा भगवान् श्रीहरि र तुलसी माताको दिव्य कृपा सबैमा रहोस्, शान्ति, समृद्धि, स्वास्थ्य र सद्भाव फैलियोस्, र श्रीहरि विष्णु भगवान र माता तुलसीको आशीर्वादले सबैका जीवनमा आध्यात्मिक प्रकाश फैलियोस् भन्ने हार्दिक कामना गर्दछौं।

रूद्रेश्वर आदिशक्ति आध्यात्मिक केन्द्र

16/08/2025

श्रीकृष्ण जन्माष्टमीको हार्दिक मंगलमय शुभकामना!

13/03/2025
12/10/2024

दशैमा दुर्गा भवानी दाहिने रहुन,
तिहारमा लक्ष्मीले बास गरुन, हजुरहरुको घर आगनमा दुर्गा भवानी तथा लक्ष्मीले सधा खुसी छरुन,
यही नै सबैलाई दशैँको हार्दिक मंगलमय शुभकामना ।

08/09/2024

हामी ऋषि मुनिका सन्तान हौं।
ऋषि पञ्चमीको मंगलमय शुभकामना!

26/08/2024

श्रीकृष्ण जन्माष्टमीको सुख, शान्ति, समृद्धि एवम् आध्यात्मिक समुन्नतिको हार्दिक शुभकामना ।

21/08/2024

महायोगी पाईलट बाबा प्रति भावपूर्ण श्रद्धाञ्जली !

श्री पंचदशनाम जूना अखडाका वरिष्ठतम महामण्डलेश्वर अनन्त श्री विभुषित 1008 सोमेश्वर गिरी (पाईलट बाबा) जी महाराज ८६ वर्षको उमेरमा भारतको मुम्बइस्थित एक अस्पतालमा ब्रम्हालिन हुनभएको छ ।

सत्य एवम स्वयंको खोजका लागि भौँतारिदै हिँडेका उनले मकवानपुर जिल्लाको भैंसेनिकट त्रिखण्डीमा हरि गिरी महाराज नामका नेपाली सन्तसँग उनले सन् १९७४ मा दीक्षा लिएको संहिताशास्त्री अर्जुनप्रसाद बाँस्तोलाले जानकारी दिए।

पाईलट बाबा यस अगाडी भारतिय वायुसेनाका पाईलट थिए । लडाकु बिमान उडाउने क्रममा सम्पर्क बिच्छेद भएकाे र उनका गुरु आएर ककपिटमा बसेर दुर्घटना हुनवाट जाेगाएकाे जस्ता कुरा बताउने उनी यस्तै घटना पछी जागिर छाडेर हिंडेकाे र नेपाल आउँदा गुरू भेटेकाे उनले बताउँदै आएका थिए । भक्तपुरमा उनका नाममा पाईलट बाबा धाम समेत निर्मित छ ।

पाइलट बाबा बिहारको सहर्षा जिल्लाको राजपरिवारका सदस्यका रुपमा जन्मिएका थिए। हरिद्वार र गङ्गोत्रीलगायत धेरै स्थानमा उनले जूना अखडा नामका आश्रम चलाउने गरेका थिए। उनलाई महामण्डलेश्वरको पदवीसमेत दिइएको थियो।
जुना अखडाका सबै आश्रममा मंगलबारदेखि तीन दिनसम्म शोक मनाउने जनाइएको छ। उनलाई उत्तराखण्डको पवित्र भूमिमा समाधि गरिने भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

पाईलट बाबा प्रति हार्दिक श्रद्दाञ्जली ।

Want your school to be the top-listed School/college in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address


Kathmandu