Loksewa Quest

Loksewa Quest Your quest for success || अब फेसबुकबाटै लोकसेवा तयारी!

नेपाल राष्ट्र बैंकको विज्ञापन नं.१३, १४ र १५/२०८२ (खुला तथा समावेशी), प्रशासन सेवा, अधिकृत तृतीय श्रेणी, सहायक निर्देशक ...
14/08/2026

नेपाल राष्ट्र बैंकको विज्ञापन नं.१३, १४ र १५/२०८२ (खुला तथा समावेशी), प्रशासन सेवा, अधिकृत तृतीय श्रेणी, सहायक निर्देशक (अर्थशास्‍त्र र व्यवस्थापन समेत) पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना!!

PDF Link:https://psc.gov.np/site_uploads/files/-E0-A5-A7-E0-A5-A9--E0-A5-A7-553210777.pdf

Best Wishes to all!!

संघीय निजामती सेवा विधेयकमा ३० वर्षे सेवा अवधि र ५५ वर्षे उमेर हद लागू गर्न अर्थ मन्त्रालयले सहमति दिएको छ। उक्त प्रावधा...
12/08/2026

संघीय निजामती सेवा विधेयकमा ३० वर्षे सेवा अवधि र ५५ वर्षे उमेर हद लागू गर्न अर्थ मन्त्रालयले सहमति दिएको छ। उक्त प्रावधान लागू गर्न कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले अर्थको सहमति मागेको थियो। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहमतिका लागि अर्थमा पठाएको थियो। उक्त विषयमा अर्थले सहमति दिएको हो। अर्थले सहमति दिएर सामान्यमै फिर्ता पठाइदिएको छ। उक्त प्रावधान लागू गरेर कर्मचारी हटाउन अर्थले सहमति दिएको हो। अब उक्त कानुन फास्ट ट्रयाकमा अघि बढ्ने देखिन्छ। केही दिनभित्र उक्त विधेयक मन्त्रिपरिषद्मा पुग्नेछ।

संघीय निजामती सेवा विधेयकमा ३० वर्षे सेवा अवधि र ५५ वर्षे उमेर हद लागू गर्न कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले स...
11/08/2026

संघीय निजामती सेवा विधेयकमा ३० वर्षे सेवा अवधि र ५५ वर्षे उमेर हद लागू गर्न कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले सहमति दिएको छ। सोमबार कानुन मन्त्रालयले उक्त प्रावधानमा सहमति दिएपछि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा विधेयक फिर्ता भएको हो। उक्त विधेयकमा अर्थ मन्त्रालयको सहमतिका लागि ‘फास्ट ट्रयाक’मा अगाडि बढाइएको छ। अर्थले सहमति दिएपछि फेरि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय हुँदै मन्त्रिपरिषद्मा जानेछ। सरकारले आवश्यकता ठाने लोक सेवा आयोगसँग पनि परामर्श लिनेछ। मन्त्रिपरिषद्बाट निर्णय भएपछि उक्त विधेयक सदनमा दर्ता हुनेछ। सदनबाट फास्ट ट्रयाकमा अगाडि बढेर कानुन बन्ने सम्भावना देखिन्छ।

08/08/2026

How do marginal tax brackets work in Nepal?

See explained in this video.

प्राकृतिक व्यक्तिका लागि आर्थिक वर्ष २०८३/०८४ मा लाग्ने आयकरको सीमा ।
08/08/2026

प्राकृतिक व्यक्तिका लागि आर्थिक वर्ष २०८३/०८४ मा लाग्ने आयकरको सीमा ।

08/08/2026



गाईखर्क ताल म्याग्दी जिल्लामा पर्छ भने खयर बराह ताल कुन जिल्लामा पर्दछ?

A. चितवन
B. कपिलवस्तु
C. म्याग्दी
D. बागलुङ

नयाँ लेटर ग्रेडिङ निर्देशिका, २०८३ जारी गरि २०७८ को निर्देशिका खारेज गरिएको छ।
07/08/2026

नयाँ लेटर ग्रेडिङ निर्देशिका, २०८३ जारी गरि २०७८ को निर्देशिका खारेज गरिएको छ।

२०८३ साल साउन १ गतेदेखि लागू हुने राष्ट्रसेवक कर्मचारीहरूको तलबमान ।
06/08/2026

२०८३ साल साउन १ गतेदेखि लागू हुने राष्ट्रसेवक कर्मचारीहरूको तलबमान ।

 #विज्ञापन खुल्यो! (२०८३/०४/०६) ✅(आ.व. २०८३/८४ तर्फ पदपूर्ति हुने संगठित संस्थाको लागि)🟥 संगठित संस्था, सहायकस्तर प्रथम ...
22/07/2026

#विज्ञापन खुल्यो! (२०८३/०४/०६)
✅(आ.व. २०८३/८४ तर्फ पदपूर्ति हुने संगठित संस्थाको लागि)

🟥 संगठित संस्था, सहायकस्तर प्रथम श्रेणी, ना.सु/सहायक पाँचौं तह वा सो सरह को एकीकृत पूर्वयोग्यता परीक्षा।
🟥 संगठित संस्था, सहायकस्तर द्वितीय श्रेणी, खरीदार/सहायक चौथो तह वा सो सरह को एकीकृत पूर्वयोग्यता परीक्षा।

सचिव बैठकको निर्णयबारे छोटो बुझाइ१. के लोकसेवा रोकिएको हो ?होइन। पहिले फाजिल कर्मचारी व्यवस्थापन गर्ने भनिएको हो।२. अब व...
20/07/2026

सचिव बैठकको निर्णयबारे छोटो बुझाइ
१. के लोकसेवा रोकिएको हो ?
होइन। पहिले फाजिल कर्मचारी व्यवस्थापन गर्ने भनिएको हो।
२. अब विज्ञापन खुल्दैन ?
केही सेवा–समूहको माग घट्न वा ढिलो हुन सक्छ; सबै पदपूर्ति बन्द हुने होइन।
३. यस्तो निर्णय किन ?
फाजिल कर्मचारीलाई रिक्त दरबन्दीमा व्यवस्थापन गरेर अनावश्यक नयाँ नियुक्ति रोक्न।
४. पदपूर्ति पूर्ण रूपमा रोकिएको हो ?
होइन। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको स्वीकृतिमा पदपूर्ति गर्न सकिन्छ।
५. अब के हुन सक्छ ?
माग संख्या र विज्ञापनको समय प्रभावित हुन सक्छ। वास्तविक रिक्तता बाँकी रहेमा पदपूर्ति हुन सक्छ।
६. अब के गर्ने ?
अफवाहको पछि नलाग्ने, आधिकारिक सूचना हेर्ने र तयारी निरन्तर राख्ने।
निष्कर्ष:यो लोकसेवा बन्द गर्ने होइन, कर्मचारी र दरबन्दी व्यवस्थापन गर्ने निर्णय हो।

Address

Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Loksewa Quest posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Loksewa Quest:

Shortcuts

Share