11/09/2025
याे आन्दोलनको मुल उदेश्य के हो? अहिले कता मोडिदै छ? हामी नेपाली अझैपनि जसले जे भन्यो त्यसैको पछाडि लाग्ने? के सहि के गलत याे बुझ्ने कहिले? संविधान खारेज गर्ने, यो कस्तो तर्क हो? संविधान बनाउनु त्यति सहज कुरा हैन। यसले देशलाई झन् टुट्ने र फुट्ने मार्ग तर्फ लग्छ नै । के गर्ने के नगर्ने भन्ने विज्ञहरुसँग बसेर छलफल गर्ने कुरा हो। आफ्नो आफ्नो तर्क राखेर आफु आफु विभाजित हुने समय यो पक्कै हैन। अहिलेलाई हामीलाई निकास चाहिएको छ, राष्ट्रिय एकता चाहिएको छ। यो समयमा नेपाल एकहुनु पर्छ। हामीले एकता देखाउनु पर्छ। आफु फुटे फाईदा अरूलाई हो। आफु आफु लडेर यो आन्दोलनलाई असफल देखाउन खोज्नु कुनैपनि हालतमा सहि हैन। अबको मार्ग गार्हो होला तर हामी सबै मिलेर मार्ग सहज बनाउन तर्फ लाग्नुपर्छ। हामीले चाहेको परिवर्तन हो र अब आफु आफु लडेर बस्ने छुट हामीलाई छैन।
र व्यक्तिगत रूपमा तपाईं हामी जस्ता नागरिकले:
- तथ्य बुझ्ने,
- सहि गलत छुटाउने,
- भावनालाई भन्दा विवेकलाई प्राथना दिने,
- विवादलाई भन्दा संवादलाई प्रोत्साहित गर्ने जिममेवारी लिनुपर्छ।
- नेपाली