Free Students Union MNC 2079

Free Students Union MNC 2079

Share

FSU MNC 2079 is the official page of the elected body of MNC.

15/03/2025

टेन्डर परिसकेको डेढ महिना बित्दा पनि क्यान्टिन सन्चालनमा क्याम्पस प्रशासनबाट ढिलाई किन ??

10/03/2025

स्ववियु कार्यकालको प्रगति विवरण :

हामी स्वतन्त्र विद्यार्थी युनियनले यस दुई बर्षको कार्यकालमा भएका सम्पुर्ण प्रगती सँगसँगै आर्थिक पारदर्शिताको प्रतिवेदन चाडैं सार्वजनिक गर्नेछौँ। युनियनका पदाधिकारी क्याम्पस बाहिर फिल्डमा रहेका कारण यो प्रतिवेदन औपचारिक रुपमा सार्वजनिक गर्न सकिएको छैन। यस विवरणमा हामी हाम्रो कार्यकालका कामहरुको छोटो विवरण पेस गर्न चाहन्छौँ।

१. मिति : २०८०/ महाराजगन्ज नर्सिङ क्याम्पसको पुस्तकालय विहान ८ बजेदेखी बेलुका आठ बजेसम्म खोल्ने व्यवस्था मिलाएको।
लक्षित समूह
महाराजगन्ज नर्सिङ क्याम्पसका सम्पुर्ण विद्यार्थीहरु ।
उपलब्धि :
विद्यार्थीहरुको लाइब्रेरी पहुँच सहज बनाइएको।
अनुसन्धान कार्यको लागि विद्यार्थीलाई लाइब्रेरी उपलब्ध भएको।
ड्युटीमा रहेका विद्यार्थीलाई सहज भएको।

२. मिति जुन 22 2023 महाराजगन्ज नर्सिङ होस्टेलभित्र नयाँ फिल्टर जडान गरिएको साथै एक लाख लिटर क्षमताको ट्यांकी सफा गरिएको ।
लक्षित समुह:
महाराजगन्ज नर्सिङ क्याम्पसको छात्रावासका सम्पुर्ण विद्यार्थीहरु।
उपलब्धि:
खानेपानीको सहज पहुँच।
ट्यांकी नियमित सफाइको थालनी गरिएको।

३. june 28 2023 त्रि. वि दिवस विषेश अनलाइन कविता प्रतियोगिता आयोजना गरिएको।
लक्षित समूह:
महाराजगन्ज नर्सिङ क्याम्पसका इच्छुक विद्यार्थीहरु ।
उपलब्धि :
महाराजगन्ज नर्सिङ क्याम्पसका विद्यार्थीहरुको क्षमता विकासमा सहयोग भएको।

४. july 3 2023 मा गुरुपुर्णिमा आयोजना गरिएको तथा mindfullness कार्यक्रम आयोजना गरिएको।
लक्षित समुह:
महाराजगन्ज नर्सिङ क्याम्पसका सबै विद्यार्थीहरु।

५. july 21 2023 बाहिरबाट आउने विद्यार्थीका लागि थप ६० वटा लकरसहितको चेन्जिङ रुम व्यवस्था गरिएको।
लाभान्वित विद्यार्थी :
होस्टेल बाहिर बस्ने सम्पुर्ण विद्यार्थीहरु।

६. august 25 2023 विद्यार्थीहरुको स्वागत तथा विदाइ कार्यक्रम आयोजना गरिएको।

७. september 10 2023 Nclex सम्बन्धि information session आयोजना गरिएको।
लक्षित समूह:
सम्पुर्ण इच्छुक विद्यार्थीहरु।

८. september 17 2023 विद्यार्थीहरुको सक्रिय सहभागितामा हरितालिका तिज आयोजना गरिएको।
लक्षित विद्यार्थी: महाराजगन्ज नर्सिङ क्याम्पसका सम्पुर्ण विद्यार्थीहरु ।

९. september 17 2023 world patient safety day 2023 मा नेपाल पब्लिक हेल्थ स्टुडेन्ट सोसाइटी, IOM सँग समन्वय गरी TUTH र सहारा physiotherapy सेन्टरमा inpatient awareness and demonstration programme आयोजना गरिएको।

१०. december 25 2023 विद्यार्थीहरुमाझ christmas day celebration आयोजना गरिएको।

११. january 8, 2024 विश्वविद्यालय सुधारका लागि विद्यार्थीको अभियानमा ऐक्यबद्धता जनाउँदै सहभागी भएको जसको माग शैक्षिक क्यालेन्डर सिस्टम लागू गर्ने, digitalization, decentralization,transparency, active hotline रहेका थिए।
लक्षित समूह: त्रि. वि का सम्पुर्ण विद्यार्थीहरु।

१२. january 17 2024 छात्रावासमा किटनाशक छरिएको।
लाभान्वित समुह : छात्रावासमा बस्ने सम्पुर्ण विद्यार्थीहरु।

१३. january 21 2024 TU VC cup मा महाराजगन्ज नर्सिङ क्याम्पसका विद्यार्थीहरुको नेतृत्व गरिएको।

१४. january 29 2024 रास्टृय नर्सिङ दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम आयोजना गरिएको।

१५. february 10 2024 मा लगनखेल अस्पतालको विरामीहरुको लागि क्लोथ ब्यान्क मार्फत कपडा दान गरिएको।

१६. february 14 2024 मा सरस्वती पुजा कार्यक्रम आयोजना गरिएको।
लाभान्वित समुह : सम्पुर्ण महाराजगन्ज नर्सिङ क्याम्पसका विद्यार्थीहरु।

१७.february 20 2024 मा स्ववियु महाराजगन्ज नर्सिङ क्याम्पसको पहलमा विद्यार्थीहरुको सुविधाको लागि QR कोड लन्च गरिएको।
लाभान्वित समूह: सम्पुर्ण महाराजगन्ज नर्सिङ क्याम्पसका विद्यार्थीहरु।

१८. march 8 2024 मा Nclex and nurturing self करे in nursing कार्यक्रम आयोजना गरिएको ।

१९. march 18 2024 देखि march 28 2024 सम्म BMS को आधिकारिक पाठ्यक्रम, कार्यक्रमको वैधता र काउन्सिल registration को सुनिश्चितताका लागि महाराजगन्ज नर्सिङ क्याम्पसका सम्पुर्ण विद्यार्थीहरुको सहभागितामा आन्दोलन गरिएको।
लक्षित समूह
BMS तथा Bsc midwifery
उपलब्धि:
शिक्षामन्त्रीको पहलमा आधिकारिक पाठ्यक्रम ल्याइएको, कार्यक्रमको वैधता सुनिश्चित गरिएको।

२०. march 28 2024 मा intercollege girls futsal tournament आयोजना गरिएको।
लाभान्वित विद्यार्थी: महाराजगन्ज नर्सिङ क्याम्पसका इच्छुक विद्यार्थीहरु।

२१. march 30 2024 मा 68 औं वार्षिक कार्यक्रम तथा स्वागत एवं विदाइ कार्यक्रम आयोजना गरिएको ।

२२. july 16 2024 मा पुस्तकालयमा सबै विधाका updated किताबहरुको नयाँ collection थप गरिएको।

२३. august 10 2024 मा स्ववियुको पहलमा स्नातक तहका विद्यार्थीहरुको community residential field भत्ता प्रतिदिन ३०० बाट ६५० बढाइएको ।
लाभान्वित समूह: residential जाने bachelor का विद्यार्थीहरु।

२४. september 2 2024 मा स्ववियुको पहलमा महाराजगन्ज नर्सिङ क्याम्पसमा pad vending machine लन्च गरिएको जसको सुचारुको लागि निरन्तर फलो अप भैरहेको।

२५. september 8 2024 मा बृहत रक्तदान कार्यक्रम आयोजना गरिएको ।

२६. october 1 2024 मा बडा दशै तथा तिहार तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरिएको।

२७. january 27 2025 मा TU V. C cup मा महाराजगन्ज नर्सिङ क्याम्पसको नेतृत्व लिएको।

२८. january 29 2025 मा first-aid training कार्यक्रम आयोजना गरिएको।
लाभान्वित समूह: महाराजगन्ज नर्सिङ क्याम्पसका विद्यार्थीहरु ।

२९. january 2025 मा महाराजगन्ज नर्सिङ क्याम्पसमा critical care nursing मा अध्ययनरत विद्यार्थीहरुको आवसिय भत्ता, working hours सम्बन्धमा शिक्षा मन्त्रालय,स्वास्थ्य मन्त्रालय,चिकित्सा शिक्षा आयोग(MEC), नेपाल नर्सिङ काउन्सिल , नेपाल नर्सिङ परिषद, त्रि. वि उपकुलपतिको कार्यालय, IOM को dean कार्यालय, CCNAN लाई ध्यानाकर्षण पत्र गरिएको र सरोकारवालावालासँग छलफल गरिएको ।

३०. स्वास्थ्य मन्त्रालय, चिकित्सा शिक्षा आयोग, नेपाल नर्सिङ परिषद, critical care medicine department का प्रमुख, dean office IOM का पदाधिकारीबिच critical care nursing opportunities and challanges बिषयमा व्यापक छलफल गरिएको र समाधान निष्कर्षसहित समापन गरिएको।

३१. library बाट reference book दुई दिन सम्म राख्न मिल्ने निर्णय गराइएको।

३२.hostel को प्रत्येक कोठामा extension line जोडिएको।

३३. canteen को टेन्डर प्रक्रिया समापन गरि नयाँ क्यान्टिनको प्रक्रिया थालिएको।

३४. होस्टेलको झ्यालको तारजाली मर्मत गरिएको।

३५. hostel management committee मार्फत भान्से कर्मचारीका लागि निरन्तर पहल गरिएको।

३६. क्याम्पसमा प्लम्बर नभएका कारण आएका समस्या समाधानका लागि निरन्तर पहल गरिएको।

३७. शिक्षक विद्यार्थी अनुपात मिलाउनका लागि नयाँ शिक्षक माग गरिएको र नयाँ शिक्षक थपका लागि पहल लिएको।

३८. नयाँ डिनको नियुक्तिसँगै पाठ्यक्रम परिमार्जन तथा critical care nursing को आवसिय भत्ताको लागि छलफल गरिएको।

३९. महाराजगन्ज नर्सिङ क्याम्पसको होर्डिङ बोर्ड राख्नका लागि पहल गरेको।

४०. थप कक्षाकोठा निर्माणको लागि निरन्तर खबरदारी र पहल गरेको।

४१. विद्यार्थीको हरेक गुनासोको सम्बोधनका लागि पहल लिएको।

४२. शैक्षिक क्यालेन्डर पूरा नहुँदै भएका परिक्षाले विद्यार्थीमा परेको मारको विषयमा डिन कार्यालयमार्फत पहल गरि सुल्झाएको।

४३. master in nursing को exam fee चिकित्सा शिक्षा आयोगको नियम विपरीत भएका कारण घटाउन पहल लिएको।

४४. BMS/BSC MIDWIFERY कार्यक्रमको clinical exposure पर्याप्त बनाउन पहल गरेको।

४५. पुरूष छात्रावासको निमित्त पहल गरेको।

४६. विविध विषयमा आवाज उठाएको
बिरगन्ज नर्सिङ क्याम्पसमा राजनीतिक प्रतिसोधले विद्यार्थी फेल गराइएको विषयमा खबरदारी गरिएको।
पाठ्यक्रम विकास कोषको पैसा बहालवाला क्याम्पस प्रमुखको व्यक्तिगत खातामा सारिएको भ्रस्टाचारको मुद्दामा आवाज उठाएको।

समग्रमा स्वतन्त्र विद्यार्थी युनियनले सबै विद्यार्थीका लागि समान अवसर भन्ने सिद्दान्तमा रहि काम गरेको थियो। प्रतिवेदन चाँडै सार्वजनिक गर्नेछौं ।

09/03/2025

काठमाडौं school of law का एक विद्यार्थीले कार्यकारी निर्देशकबाट भएको निरन्तरको मौखिक दुर्व्यवहार, यौनजन्य टिप्पणी र विषाक्त वातावरणबारे सार्वजनिक गर्नुभएको घटनाप्रती महाराजगन्ज नर्सिङ क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको ध्यानाकर्षण भएको छ।

यस घटनाले प्रष्ट हुन्छ कि हाम्रा क्याम्पसहरु समेत छात्राहरुका लागि कति असुरक्षित छन। लैङ्गिक समानता र समावेशीकरणका अभ्यासहरु सुरु हुनुपर्ने विश्वविद्यालयमा छात्राहरुमाथि हुने यस्ता दुर्व्यवहारको जती निन्दा गरेपनी कम हुन्छ। महाराजगन्ज नर्सिङ क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन विश्वविद्यालय सबैका लागि सुरक्षीत हुनुपर्छ भन्ने कुरामा विश्वास गर्छ र विद्यार्थीको आवाज दबाउन प्रयोग गरिएका सबै शक्ति र पहुँचको भत्सर्ना गर्छ।

हामी यो घटना सार्वजनिक गर्ने विद्यार्थीको साथमा छौँ र सम्पुर्ण रुपमा ऐक्यबद्धता जनाउन चाहन्छौं र काठमाडौं स्कुल अफ ल लाई उजुरी परेको निवेदनउपर तत्काल छानबिन र कारबाही होस भनी खबरदारी गर्न चाहन्छौं।

नोविना बस्नेत
स्ववियु सभापति
महाराजगन्ज नर्सिङ क्याम्पस

Photos from Free Students Union MNC 2079's post 08/03/2025

आज अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस हो। लगभग सन 1857 मा पहिलोपटक united states of america का श्रमिक महिलाले कारखानाबाट सुरु गरेको महिला आन्दोलनले कयौं चरण पूरा गरेर यहाँ आइपुगेको छ। अन्तर्राष्ट्रिय महिला दिवस मनाउनु भनेको ती सबै महिलाहरु जसले हाम्रो अधिकार स्थापनाका लागि विश्वका जुनसुकै ठाउँबाट विद्रोह गरे, उनिहरुप्रती विनम्र सम्मान जनाउनु हो र निरन्तर संघर्षको प्रेरणा पनि लिनु हो।
आजसम्म आइपुग्दा पनि नर्सिङ पेशामा लैङ्गिक विभेद छ। चरम श्रमशोषण छ। अन्तरास्ट्रिय महिला दिवस मनाउनु यो विभेदविरुद्द लड्नका लागि आफुलाई तयार गर्नु पनि हो।

के तपाईंहरुलाई थाहा छ? नेपालमा केही नर्सहरु हुनुहुन्छ जो आफ्ना विभिन्न कामबाट यो लैङ्गिक विभेद हटाउनका लागि काम गरिरहनुभएको छ।
आज हामी त्यस्ता केही प्रेरणादायी नर्सहरु चिनौँ जसले आफुलाई अस्पतालभन्दा बाहिर फैलाउनु भएको छ र सबै नर्सहरुले गर्व गर्ने प्रेरणाको श्रोत हुनुहुन्छ ।

1. राधा पौडेल : राधा पौडेल नर्स,लेखक र अभियन्ता हुनुहुन्छ। 'खलंगामा हमला' उहाँले एक नर्सको डायरीको रुपमा लेखेको किताबले मदन पुरस्कार प्राप्त गरेको थियो। उहाँ मर्यादित महिनावारीको निरन्तर पैरवी गर्ने अभियन्ता हुनुहुन्छ।

2. डा.लक्ष्मी तामाङ : डा. लक्ष्मी तामाङ नर्स/मिडवाइफ र अभियन्ता हुनुहुन्छ। विभिन्न महिलावादी संस्थाको नेतृत्वको तहमा रहेर पनि उहाँले काम गर्नुभएको छ। नेपालजस्तो उच्च मात्तृ मृत्युदर भएको देशमा मिडवाइफरी कार्यक्रम परिकल्पना गर्ने मध्ये एक र त्यसको लागि निरन्तर पैरवी गरिरहेको प्रेरणादायी व्यक्ती हुनुहुन्छ। समसामयिक विषयमा आफ्नो स्पष्ट विचार राख्ने बलियो अभियन्ता पनि उहाँ हुनुहुन्छ।

३. नुरा सापकोटा : नुरा सापकोटा युवा नर्स र अभियन्ता हुनुहुन्छ। उहाँ महिलावादी संस्थाहरुको साझा संस्था सङत नेपालका को अर्डिनेटर समेत हुनुहुन्छ। यौन तथा प्रजनन स्वास्थ्यको पक्षमा निरन्तर गरिरहनुभएको व्यक्ती हुनुहुन्छ। युवा नर्सहरु जसले आफुलाई अस्पतालभन्दा अन्य ठाउँमा पनि फैलाउन चाहनुहुन्छ उहाँहरुको लागि नुरा सापकोटाको यात्रा प्रेरणादायी छ।

४. तुलशी शाही: मुगु जिल्लाको एक दुर्गम स्वास्थ्यचौकीमा काम गर्ने तुलशी शाही स्टाफ नर्स हुनुहुन्छ। जसले स्वास्थ्यको पहुँच नै नपुगेको एक हिमाली जिल्लाको सुदुर गाउँमा आफ्नो नितान्त सेवा भाव र समर्पणले काम गरिरहनु भएको छ। उहाँ अनलाइनखबरको २०८० सालको ५० प्रभावशाली महिलामध्ये एक हुनुहुन्छ।

धेरै नर्सहरु हुनुहुन्छ जो दुर्गम/सुगमका अस्पतालमा काम गर्नुहुन्छ। अस्पताल भित्र,अस्पताल बाहिर रहेर काम गर्नुहुन्छ। र धेरै प्रेरणादायी नर्सका कथाहरु छन जो बाहिर आउन सकेका छैनन। हामीलाई फराकिलो सपना देख्न सिकाउने र आफ्नो पुस्तामा विद्रोह गरेका सम्पुर्ण अग्रज नर्सहरुप्रती हामी विनम्र सम्मान राख्छौं र पेसागत विकासको लागि प्रतिबद्ध रहन्छौँ। ❤️

तपाईंले चिन्नु भएका प्रेरणादायी नर्सहरु पनि थप्दै जान सक्नुहुन्छ।

06/03/2025

सार्वजनिक सुचनाको लागि

विभिन्न विद्यार्थीहरुबाट अनौपचारिक रुपमा Bsc midwifery कार्यक्रममाथी हाम्रो धारणा र अडानका बारेमा जिज्ञासा आएको हुँदा हामी यसलाई प्रष्ट पार्न चाहन्छौ।
BMS कार्यक्रमको पाठ्यक्रम( curriculum) बिना नै कार्यक्रम सन्चालन भएको र पढ्न आएका विद्यार्थीहरु कार्यक्रम सम्बन्धि नै स्पष्ट नभएको अवस्थामा उहाँहरुको पाठ्यक्रमको लागि पहल स्ववियुले लिएको हो। विभिन्न चरणमा समेत विद्यार्थीहरुको समस्या समाधान नभएका कारण महाराजगन्ज नर्सिङ क्याम्पसका सम्पुर्ण विद्यार्थीहरुले आफ्नो duty समेत छोडेर ऐक्यबद्धताको लागि उत्रीएको हो। र यो विषय शिक्षा मन्त्रालयले समाधान गरेको हो। BMS stream को curriculum त्यसरी ल्याएको हो। त्यो समयमा BSc midwifery कार्यक्रम बारे केही पनि छलफल भएको होइन। BSc midwifery को curriculum already थियो। प्रक्रियागत रुपमा विश्वविद्यालयमा ल्याइएको नयाँ कार्यक्रमको विरोध गर्नुपर्ने केही छैन। बरु यस्ता नयाँ कार्यक्रमको स्वागत हामिले गरेका छौँ जस्तै critical care nursing । यस्ता कार्यक्रममा भएका अप्ठ्याराहरु सुल्झाउन पहल पनि लिएका छौँ । deployment का समस्याहरु अझै छन त्यसका लागि स्ववियु आफ्नो ठाउँबाट पहल गर्न सधैं तत्पर छ। त्यसैले यो कुरा स्पष्ट होस।

क्यान्टिनको विषयमा :
क्यान्टिनको विषय महाराजगन्ज नर्सिङ क्याम्पसमा प्राय सबै विद्यार्थीलाई थाहा छ। गुणस्तर असाध्यै कमजोर भएको,खानेकुरामा फोहोर भेटिएको नियमित गुनासो आएपछि उहाँहरुलाई हामिले पटकपटक सचेत गराएको हो। त्यती गर्दा पनि नभएपछि विद्यार्थीहरुको mass signature मा त्यो बन्द भएको हो। क्यान्टिन बन्द भएपछि महाराजगञ्ज मेडिकल क्याम्पसको क्यान्टिनमा सोही क्याम्पसका विद्यार्थीहरुकै मुल्यमा महाराजगञ्ज नर्सिङ क्याम्पसका विद्यार्थीलाई पनि सहुलियत प्रदान गर्ने व्यवस्था गरिएको छ। क्यान्टिन बन्द भएपछि नयाँ टेन्डर प्रक्रिया क्याम्पसले आह्वान गर्नुपर्ने थियो। निरन्तर खबरदारी गर्दा पनि क्याम्पसले टेन्डर प्रक्रिया ढिलो सुरु गरेको भएर अन्त्यमा एक टेन्डर कमिटी बनी टेन्डर आह्वान भएको हो । जुन टेन्डर कमिटीको सदस्य म स्वयं स्ववियु सभापति पनि छु। टेन्डरको सबै प्रक्रिया पुगिसक्दा र नयाँ सम्झौता भैसक्दा पनि नयाँ क्यान्टिन आएको छैन। उहाँहरुले पुरानो क्यान्टिनले सामान नलगेको भन्ने कारण देखाइरहनुभएको छ। पुरानो क्यान्टिन भएको व्यक्तिले आफ्नो लगानी भएको दाबी गरिरहनुभएको छ। सार्वजनिक जग्गामा आफ्नो लगानी भएको भन्ने बाहनामा नियन्त्रण गर्न पाइन्छ? यसको उत्तर क्याम्पसले दिने हो कि सम्बन्धित व्यक्तिले कसले दिनुपर्ने हो ? क्याम्पसले नयाँ क्यान्टिनका लागि तदारुकता देखाओस यो हामी विद्यार्थीहरुको माग हो।
किन र कसरी स्ववियुसम्बन्धि यस्ता अफवाह फैलाइएका छन भन्ने बुझ्न अप्ठ्यारो छैन।

तर स्ववियुको कार्यकालमा क्याम्पसमा हुने हरेक विद्यार्थीहरुले पक्कै मुल्यांकन गर्नुभएको छ स्वतन्त्र विद्यार्थी युनियनले कुन कुन जोखिम र कुन कुन प्रतिबद्धतासहित काम गरेको छ। हामी हाम्रो कामहरुको जवाफदेहिता ( accountability) को लागि खुला हृदयले जहाँ पनि छलफल गर्न तयार छौं।
धन्यवाद ।

नोविना बस्नेत
स्ववियु सभापति

25/02/2025

Mahashivaratri Celebration is being organized by FSU MNC tomorrow
Preparations are underway—get ready for the program! See you there👉👉👉

24/02/2025

🏆 FSU Valentine's Special Competition – Winner Announcement! ❤️🎶🎨✍️

प्रेमको रङ, अधुरो कथाका धुनहरू, अनि विछोडका शब्दहरू…
तपाईंहरूको प्रमिल कविता तथा शब्दले हामी सबैलाई मन्त्रमुग्ध बनायो! 💖✨तपाईंहरूको अपार माया, समर्थन, र सहभागिताका लागि धन्यवाद! 🙌

Here is the winner of valentine special online competition based on likes, share and comments on her post. Your art of poetry is truly amazing.❤️

First➡️ Babita Adhikari Bsc Nursing old 2nd yr 🎉
Second➡️Dilasha Bhandari Bsc Nursing new 2nd yr

Plz collect your prize on the shivaratri program from our FSU members.

Thank you everyone for participating.🙏

23/02/2025

महाराजगञ्ज नर्सिङ क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनद्वारा आयोजित महाशिवरात्रि शिवधुनी कार्यक्रम गत वर्षझैँ यसपालि पनि भव्य रूपमा आयोजना गर्ने तयारीमा छौँ। 🕉🔥

महाशिवरात्रि पर्व शिव भक्ति, ध्यान, र सेवा भावको प्रतीक हो। सम्पूर्ण विद्यार्थी, शिक्षक, र भक्तजनहरूलाई स्वतन्त्र विद्यार्थी युनियन, महाराजगञ्ज नर्सिङ क्याम्पस परिवार तर्फबाट यस पवित्र पर्वको शुभकामना!

🔱 हर हर महादेव! 🔱

➡️ कार्यक्रम महाशिवरात्रीको साँझ ७ बजे पश्चात।
➡️ शिवधुनी तथा प्रसाद वितरण ।
➡️ महाराजगञ्ज नर्सिङ क्याम्पस होस्टेल परिसर

18/02/2025

Cherishing the beautiful moments from our Valentine’s Day celebration on Feb 14
A wonderful collaboration between MNC FSU and Readers Club IOM
Thank you everyone who made it special



12/02/2025

Love is in the air, and so is the excitement! ❤️✨ Join us for a magical Valentine’s celebration filled with music, laughter, and unforgettable moments. Don’t miss out—let’s make this a night to remember! 💕🎶 "

In collaboration with Reader's Club, IOM ❤️
February 14th/Falgun 2, Friday
Auditorium hall, MNC

07/02/2025

Participants no :- 9
Bibechana Baral (Bsc Nursing 3rd yr)

विश्वास

06/02/2025

Participants no:-8
Shovana Subedi

मौन प्रेमको अमर यात्रा

शब्दभन्दा परको संवेदना थियौँ,
नदेखिए पनि समर्पण थियौँ।
छायाँझैँ सधैँ साथमा थियौँ,
तर उज्यालोमा अज्ञात थियौँ।

यादहरू आए लहरझैँ,
बगाउँछन् मनका रहरझैँ।
सम्झनाले बोलाउँछ बारम्बार,
तर आवाज गुञ्जिन्छ निर्बिकार।

कहिले मधुर संगीत बनेर,
कहिले मौनताको गुनासो बनेर।
मुस्कानझैँ उज्यालो छर्छ,
आँसु बनी गहिराइमा झर्छ।

कतै केही हराइरहेछ, तर भेट्न सकिन,
सँगै छ जस्तो लाग्छ, आभास गरिन।
आँसु बनी आँखामा रसाउँछ,
तर बग्नलाई शब्दहरू खोज्छ।

कहिले पत्रमा पोखिन्छ,
कहिले मौनताभित्र हराउँछ।
प्रेमले आँसुको भाषा बुझ्छ,
शब्दहरू बिना कथा बुन्छ।

यसले समयलाई परास्त गर्छ,
र अनन्त यात्रामा हिँडिरहन्छ।
कुनै शब्द छैन, तर हृदयमा कविता लेख्छ,
कुनै बाचा छैन, तर आत्मामा बन्धन देख्छ।

न नियतिले बुझ्न सक्छ,
न त समयले मेट्न सक्छ।
कतै छाया, कतै उज्यालो,
कतै आगो, कतै ओसिलो।

छुन खोज्दा पर पुग्ने,
बिर्सिन खोज्दा मनभरि बस्ने।

Want your school to be the top-listed School/college in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Website

Address


Maharajgunj Nursing Campus
Kathmandu