श्री उमा माध्यमिक विद्यालय, अन्नपूर्ण गा.पा.-८, कास्की

श्री उमा माध्यमिक विद्यालय, अन्नपूर्ण गा.पा.-८, कास्की

Share

Official page of Shree Uma Secondary school Mohoriya kaski

10/06/2026

#उमा माध्यमिक विद्यालयमा प्राथमिक तृतीय तहको शिक्षक पदमा सरुवा भई आउन चाहने इच्छुक योग्य शिक्षकहरूका लागि यो सुनौलो अवसर...

योग्यता पुगेका इच्छुक महानुभावहरूले तपशिल बमोजिमका आवश्यक कागजातहरू सहित विद्यालय प्रशासनमा सम्पर्क राख्नुहुन हार्दिक अनुरोध गरिन्छ।

09/06/2026

the opportunity💫

Photos from श्री उमा माध्यमिक विद्यालय, अन्नपूर्ण गा.पा.-८, कास्की's post 05/06/2026

🌍 विश्व वातावरण दिवस (World Environment Day)🌱

#​प्रकृति छ र त हामी छौँ...
वातावरण संरक्षण केवल रूख-बिरुवा जोगाउनु मात्र होइन,
यो धर्तीमा रहेका हरेक जीवको रक्षा गर्नु पनि हो।

निर्दोष पशुपन्छीको हत्या गरेर पाप नबोकौँ, उनीहरूलाई पनि स्वतन्त्र र सुरक्षित बाँच्न दिऔँ।

​आउनुहोस्, प्रकृति र प्राणी दुवैको सम्मान गरौँ 🙏
#वातावरणदिवस

01/06/2026

#यस विद्यालयमा अध्यापनरत शिक्षिका द्वय प्रतिक्षा सुवेदी मिस र सृजना थापा म्यामलाई बिदाइ गर्दै गर्दाको पल !

आजसम्म दिनुभएको माया र ज्ञानको लागि धेरै धेरै धन्यवाद !

तपाईहरूको भविष्य सधैँ उज्यालो होस्, यही शुभकामना दिन चाहान्छौँ !

28/05/2026

@माध्यमिक शिक्षा परीक्षा (SEE-2082) मा १००% नतिजा हासिल गर्न सफल भएकोमा सम्पूर्ण शिक्षक र विद्यार्थीहरूलाई अन्नपूर्ण गाउँपालिका द्वारा सम्मानित हुँदाको क्षण 😊

साथै ​गाउँपालिकाले हाम्रो विद्यालयलाई १ लाख रुपैयाँ पुरस्कार पनि प्रदान गरेको छ !

​यसका लागि सबैलाई हृदयदेखी धन्यवाद व्यक्त गर्दछौँ 🙏

26/05/2026
24/05/2026

! सूचना- सूचना -सूचना !

#आदरणीय अभिभावक तथा शिक्षाप्रेमी महानुभावहरू...

​शैक्षिक सत्र २०८२ भरि विद्यार्थी भाइबहिनीहरूले गरेको अथक मिहिनेत र भर्खरै सार्वजनिक भएको SEE परीक्षामा हासिल भएको उत्कृष्ट सफलताको खुसीयाली मनाउन हामी तयार भएका छौं।

​हाम्रा होनहार प्रतिभाहरूको हौसला बढाउनका लागि गाउँपालिका अध्यक्षज्यूको प्रमुख आतिथ्यतामा आयोजना गरिने "वार्षिक पुरस्कार वितरण तथा सम्मान कार्यक्रम" मा यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौं।

​मिति: २०८३-२-१२ गते (मङगलवार)
​समय: बिहान ११ बजे
​स्थान: विद्यालय प्राङ्गण

Photos from श्री उमा माध्यमिक विद्यालय, अन्नपूर्ण गा.पा.-८, कास्की's post 12/05/2026

@शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (SEE) मा सहभागी हाम्रा सम्पूर्ण विद्यार्थीहरू शत-प्रतिशत नतिजाका साथ उत्तीर्ण भएको खबरले हामीलाई गौरवान्वित तुल्याएको छ !

विद्यार्थीको धैर्यता, गुरुवर्गको निष्ठा र अभिभावकको अनवरत सहयोगको त्रिवेणीले नै यो सफलता सम्भव भएको हो !

भाइबहिनीहरूको आगामी यात्रा अझै स्वर्णिम बनोस्, शुभकामना !

Want your school to be the top-listed School/college in Kaski?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address


Kaski