Shree Udaya Secondary School

Shree Udaya Secondary School Our school lies on Dhampus,about 15 km far from Pokhara,Nepal.

"स्वास्थ का लागी खेलकुद बिकास का लागि खेलकुद "  आधरभुत  तह माछापुच्छ्रे  गाउंपालिका स्तरिय  खेलकुद रनिङ शिल्ड प्रतियोगित...
20/11/2025

"स्वास्थ का लागी खेलकुद बिकास का लागि खेलकुद " आधरभुत तह माछापुच्छ्रे गाउंपालिका स्तरिय खेलकुद रनिङ शिल्ड प्रतियोगिता मा ५ कि. मि. दौड मा छात्र तर्फ गौरब सुनार प्रथम स्थान हांसिल गर्न र छात्रा तर्फ कृष्टिना कुमाइ ले चौथो स्थान हांसिल गर्न सफल हुनु भएको मा हार्दिक बधाइ ज्ञापन गर्दछु । सफलता को लागि सारथि संस्था 4 childrn र प्रशिक्षक p sunuwar पदम कुमारी सुनुवार लाई बिशेष धन्यवाद दिन चाहान्छु।

आज मिति २०८२/०२/०२ मा यस उदय माध्यमिक विद्यालयमा शैक्षिक वर्ष २०८२ को लागि विभिन्न क्लबहरू तथा सदनहरू गठन गरिएको छ। विद्...
16/05/2025

आज मिति २०८२/०२/०२ मा यस उदय माध्यमिक विद्यालयमा शैक्षिक वर्ष २०८२ को लागि विभिन्न क्लबहरू तथा सदनहरू गठन गरिएको छ। विद्यार्थीहरूको प्रतिभा विकास, नेतृत्व क्षमता अभिवृद्धि तथा समुहगत गतिविधिमा संलग्न गराउने उद्देश्यले उक्त क्लब तथा सदनहरू स्थापना गरिएको छ।
शुभकामना सम्पूर्ण विद्यार्थी तथा संयोजक शिक्षकहरुमा ।। नयाँ जिम्मेवारीका लागि!

मिति २०८१ साल १० महिना १० गते श्री उदय मावि माछापुच्छ्रे ७ धम्पुसको ६६ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस माछापुच्छ्रे गा...
24/01/2025

मिति २०८१ साल १० महिना १० गते श्री उदय मावि माछापुच्छ्रे ७ धम्पुसको ६६ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस माछापुच्छ्रे गाउँपालिकाका श्रद्धय अध्यक्ष श्री मिनबहादुर गुरुङ ज्यू को प्रमुख आतिथ्यतामा गाउँपालिकाका उपाध्यक्ष सीता भण्डारी अधिकारी माछापुछ्रे गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष बैकुण्ठ प्रसाद भण्डारी। जनप्रतिनिधि हरू विभिन्न संघ संस्थाबाट प्रतिनिधि तथा प्रमुखज्यूहरू पूर्व प्रधानाध्यापक ज्यूहरु पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र सदस्यज्यूहरू छिमेकी विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधिज्यूहरू चन्दादाता ज्यूहरु अक्षय कोष दाताज्यूहरू पार्टी प्रमुख तथा प्रतिनिधिज्यूहरू अभिभावकज्यूहरू को उपस्थितिमा कार्यक्रम सम्पन्न भयो। यस कार्यक्रममा शैक्षिक खेलकुद पुरस्कारको अलावा २,५००० बराबरको नगद पुरस्कार वितरण भएको थियो यस कार्यक्रममा क्याप्टेन देवबहादुर गुरुङ ज्यूबाट प्रत्येक कक्षाका छात्र प्रथम र छात्रा प्रथम लाई प्रमाणपत्र र नगद पुरस्कार वितरण गर्नुभएको थियो। त्यसैगरी उहाँबाट एकजना पुरुष शिक्षक र एकजना महिला शिक्षक लाई गोपीचण्डी वर्ष शिक्षकका रूपमा रु १० हजार सहित प्रसंससपत्रले सम्मानित गर्नुभएको थियो। यसै अवसरमा धर्मराज भण्डारी असल शिक्षक बाट एकजना महिला शिक्षक र एकजना पुरुष शिक्षक गरी दुईजनालाई वर्ष शिक्षकका रुपमा रु ४,४०० का दरले र प्रसंससपत्रद्वारा सम्मानित गरिएको थियो। यस वर्षको वार्षिक उत्सव तथा अभिभावक दिवस मनाउनका निमित्त विभिन्न महानुभावबाट शैक्षिक पुरस्कार र नगद पुरस्कार साथै आमन्त्रित व्यक्तित्वहरुलाई खाजा खुवाउनको निमित्त स्वतः नगद सहयोग गर्ने घोषणा गर्नुभएको थियो। कार्यक्रमलाई महत्व दिएर उपस्थित हुनुहुने प्रमुख अतिथी बिशिस्ट अतिथि सम्पूर्ण आमन्त्रित व्यक्तित्व साथै सहयोगदाता सम्पूर्णमा विद्यालयका तर्फबाट र व्यक्तिगत तर्फबाट हार्दिक हार्दिक धन्यवाद प्रदान गर्न चाहन्छु। साथै आगामी दिनहरूमा पनि यहाँहरूको साथ सहयोग र सल्लाहका साथै सद्भाव निरन्तर विद्यालयलाई प्राप्त हुनेछ भन्ने आशाका साथ फेरि पनि धन्यवाद भन्न चाहन्छु ।
धन्यवाद ।
प्रधानाध्यापक
धन बहादुर क्षेत्री ।

राष्ट्रिय प्रकृति संरक्षण कोष अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको ३८ औँ वार्षिक उत्सव तथा संरक्षण दिवस को अबसरमा आयोजित म...
14/12/2024

राष्ट्रिय प्रकृति संरक्षण कोष अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको ३८ औँ वार्षिक उत्सव तथा संरक्षण दिवस को अबसरमा आयोजित मा .वि. हरूबीच हाजिरी जवाफ प्रतियोगिता सञ्चालन भएको थियो उक्त प्रतियोगितामा श्री उदय माध्यमिक विद्यालय माछापुच्छ्रे ७ धम्पुस ले प्रथम स्थान हासिल गर्न सफल भएको छ भने चित्रकला प्रतियोगितामा तृतीय स्थान हासिल गर्न सफल भएको छ। प्रतियोगितामा सहभागी भाइबहिनीहरूमा हार्दिक बधाई तथा आगामी दिनहरूमा पनि यस्ता प्रतियोगिताहरूको सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु।

नेपालीहरूको महान चाड विज‌यादशमी तथा शुभ दिपावली २०८१ सालको उपलक्ष्यमा आज  मिति २०८१/०६/२३ गतेका दिन यस उदय मा.वि मा शिक्...
09/10/2024

नेपालीहरूको महान चाड विज‌यादशमी तथा शुभ दिपावली २०८१ सालको उपलक्ष्यमा आज मिति २०८१/०६/२३ गतेका दिन यस उदय मा.वि मा शिक्षकहरु द्धारा विद्यार्थीहरुलाई टिका, जमरा लगाई शुभकामना कार्ड प्रदान गरी दशै तथा तिहारको शुभकामना आदन प्रदान साथसाथै पुरस्कार वितरण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरियो 🌹
श्री उदय मा. वि. परिवार।।

हिन्दुहरूको महान पर्व विजय दशमी तथा शुभ दिपावली२०८१ को पावन अवसरमा यस उदय मा. वि. धम्पुसमा आयोजित अन्तर सदानात्मक छात्र ...
08/10/2024

हिन्दुहरूको महान पर्व विजय दशमी तथा शुभ दिपावली
२०८१ को पावन अवसरमा यस उदय मा. वि. धम्पुसमा आयोजित अन्तर सदानात्मक छात्र / छात्राहरुको फुटबल प्रतियोगितामा कैद गरिएका दृश्यहरु!! उक्त खेल अत्यन्तै उत्साहजनक, रोचकपूर्ण र प्रतिस्पर्धात्मक भएको थियो।

उदय मा.वि का विद्यार्थीहरु द्धारा नेपालीहरुको महान चाड  दशै तथा तिहारको उपलक्ष्यमा शुभकामना कार्ड तयार गर्दै गरिएका दृश्...
27/09/2024

उदय मा.वि का विद्यार्थीहरु द्धारा नेपालीहरुको महान चाड दशै तथा तिहारको उपलक्ष्यमा शुभकामना कार्ड तयार गर्दै गरिएका दृश्यहरु💕

"ज्ञान,बिज्ञान,सिप,उधम र मौलिकता साझेदारी र प्रणालीगत सक्षमता" भन्ने आदर्श बाक्यका साथ आज मिती २०८१/०६/०२ गते माछापुच्छ्...
18/09/2024

"ज्ञान,बिज्ञान,सिप,उधम र मौलिकता साझेदारी र प्रणालीगत सक्षमता" भन्ने आदर्श बाक्यका साथ आज मिती २०८१/०६/०२ गते माछापुच्छ्रे गाँउपालिकामा राष्ट्रिय शिक्षा दिवस समारोहको अबसरमा श्री उदय मा. बि.बाट उत्कृष्ट बालकक्षा शिक्षक शान्ति भण्डारी , कार्यालय सहोयोगी चित्र बहादुर शिभभक्ती,उत्कृष्ट अभिभावक सृष्टि नेपाली भयर बराहा टोल झग्रे बाट सम्मानित हुनुभएको मा हार्दिक बधाई ज्ञापन ब्यक्त गर्दछु। सम्मान ले आफ्नो क्षेत्रमा थप काम गर्ने हौसला मिलोस साथै थप जिम्मेवारी बोध होस भन्ने कामना गर्दछौ।

18/09/2024

राष्ट्रिय शिक्षा दिवस २०८१ अवसरमा माछापुच्छ्रे गाउँपालिका ,शिक्षा युवा तथा खेलकुद शाखा द्वारा आयोजित माध्यमिक तह स्तरीय बक्तृत्वकला प्रतियोगितामा उदय मा.बि मा अध्यानरत छात्रा प्रमिसा भण्डारी ले "मेरो नजरमा शिक्षक" शिर्षकमा आफ्नो प्रस्तुति राख्दै ।

Address

Dhampus
Kaski

Alerts

Be the first to know and let us send you an email when Shree Udaya Secondary School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category