20/03/2026
यही मिति: २०८२/१२/१९ गतेदेखि सञ्चालन हुने एस इ इ परीक्षा केन्द्र यस विद्यालयको महेन्द्र माध्यमिक विद्यालय, माछापुच्छ्रे, ४ लाहाचोकमा परेको जानकारी गरिन्छ ।
School Gauri shankar manilal Secondary School Lwang ghalel 7 kaski
20/03/2026
यही मिति: २०८२/१२/१९ गतेदेखि सञ्चालन हुने एस इ इ परीक्षा केन्द्र यस विद्यालयको महेन्द्र माध्यमिक विद्यालय, माछापुच्छ्रे, ४ लाहाचोकमा परेको जानकारी गरिन्छ ।
16/03/2026
निम्न माध्यमिक विज्ञान विषयमा सरुवा आउन चाहनेले सम्पर्क गर्नुहोला ।
28/02/2026
यस विद्यालयको कक्षा ९ का विद्यार्थीहरुले कक्षा १० का विद्यार्थीहरुलाई एस इ इ परीक्षामा सफलताको शुभकामना कार्यक्रम मिति २०८२/११/१६ ।
कक्षा ९ लाई धन्यवाद
कक्षा १० लाई शुभकामना ।
24/02/2026
23/02/2026
यस विद्यालयको शिक्षक नरेशराज लामिछानेलाई आज परेको जन्म दिनको अवसरमा सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना । विद्यालयको जन्म दिन कल्याणकारी कोषमा रु १,००५ प्रदान गरेकोमा हार्दिक धन्यवाद ।
22/02/2026
यस विद्यालयको संस्थापक स्वर्गीय मनिलाल गुरुङको नातिनी सलिना गुरुङबाट दौडमा पालिका तथा जिल्ला प्रथम विद्यार्थी पुष्पा भण्डारीलाई रु ५,००० तथा विद्यालयलाई रु १५,००० पुरस्कार प्रदान गरेकोमा हार्दिक धन्यवाद ।
17/02/2026
कक्षा १२ को परीक्षा तालिका ।
12/02/2026
मिति २०८२/१०/२८ गतेका दिन यस विद्यालयमा साहारा यु के को अध्यक्ष शारदा गुरुङ, पूर्व अध्यक्ष तथा विद्यालयको पूर्व विद्यार्थी मिन बहादुर गुरुङ एवम् पदाधिकारी ज्यूहरु र मनिलाल प्रतिष्ठानको अध्यक्ष तथा पदाधिकारीहरुबाट विद्यालयको अवलोकन गर्ने काम भएकोमा सबैलाई विद्यालयको तर्फबाट हार्दिक धन्यवाद ।
06/02/2026
यस विद्यालयमा सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालय, गण्डकी प्रदेश तथा माछापुच्छ्रे गाउँ पालिकाको सहकार्यमा वृत्ति विकास परामर्श तथा अतिरिक्त कक्षा सञ्चालन भइरहेकोमा आज मिति २०८२/१०/२३ गते मन्त्रालयका उपसचिव तोयानाथ लम्साल र गाउँपालिका शिक्षा अधिकृत सम्झना पोख्रेलबाट अनुगमन भएको छ । सहयोगका लागि सामाजिक विकास मन्त्रालय, गण्डकी प्रदेश तथा माछापुच्छ्रे गाउँपालिकालाई हार्दिक धन्यवाद ।
30/01/2026
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका कार्यालय, ल्वाङको आयोजनामा मिति २०८२/१०/१५ र १६ गते संरक्षण शिक्षा गोष्ठी सम्पन्न भएको छ । प्रकृति संरक्षण हामी सबैको साझा दायित्व भएकोले यसका लागि सबै एकिकृत रुपमा लाग्नु पर्ने सन्देशसहित गत वर्ष यस विद्यालयमा रु १,५०,००० को फर्निचर सहयोग भएको साथै आगामी दिनमा पनि सहकार्य र सहयोग गर्ने प्रतिबद्धता प्राप्त भएकोमा आयोजक संस्थालाई हार्दिक धन्यवाद ।
23/01/2026
विद्याकी देवी सरस्वती माताले सबैलाई ज्ञान , बुद्धि , विवेक एवम् शैक्षिक सफलताको सुमार्ग प्रदान गरुन् ।सम्पूर्णलाई सरस्वती पूजा एवम् वसन्त पञ्चमीको शुभकामना ।