Rameshwori School, Family- रामेश्वरी विद्यालय, परिवार

Rameshwori School, Family- रामेश्वरी विद्यालय, परिवार

Share

रामेश्वरी माध्यमिक विद्यालय पोखरा -१४, मझेरिपाटन

21/05/2026

बिहानी प्रार्थना २०८३/०२/०७

14/05/2026

भर्ना खुल्यो भर्ना खुल्यो
===============
रामेश्वरी मा वि पोखरा १४ मझेरिपटनमा शैक्षिक शत्र २०८३ को लागि कक्षा ११ मा व्यवस्थापन र शिक्षा विषयमा भर्ना खुलेको जानकारी गराउँदछौं।

Photos from Rameshwori School, Family- रामेश्वरी विद्यालय, परिवार's post 13/05/2026

आज मिति २०८३/०१/३० गते रामेश्वरी मा वि पोखरा १४ मझेरिपटन बाट २०८२ को SEE उतिर्ण नियमित तर्फ २० जना र पूरक तर्फका १२ जनालाई सम्मान एबम् बधाई कार्यक्रम सम्पन्न गरियो ।
===================
पोखरा महानगरपालिका वडा नं १४ का वडाध्यक्ष श्री बोध बहादुर कार्की को प्रमुख आतिथ्यता मा सम्पन्न कार्यक्रममा उत्तीर्ण विद्यार्थीलाई सम्मान गर्दै अध्यक्ष कार्कीले रामेश्वरी मा वि मै पढ्ने विद्यार्थीहरूलाई आफ्नो एक महिनाको तलब बराबरको छात्रवृत्ति रकम उपलब्ध गराउने प्रतिबद्धता जनाउनु भयो।
विद्यालय व्यवस्थापन समितिका ज्येष्ठ सदस्य श्री हरि प्रसाद अधिकारीको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा व्यवस्थापन समितिका पूर्व अध्यक्ष श्री अमर प्रसाद ढुङ्गानाले सफल विद्यार्थीलाई बधाई दिँदै यो सफलतामा सम्पूर्ण शिक्षक अभिभावक, कर्मचारी र व्यवस्थापक लाई धन्यवाद प्रदान गर्नु भएको थियो।
विद्यालयका प्रअ पूर्णदिप सुवेदी ले बधाई एबम् शुभकामना प्रदान गर्दै व्यवस्थापन र शिक्षा दुवै विषयमा भर्ना खुलेको जानकारी गराउँनु भएको थियो।
कक्षा ११/१२ संयोजक प्रकाश पन्तले व्यवस्थापन विषय पढ्दा हुने फाइदा अनि रामेश्वरी नै किन पढ्ने भन्ने विषयमा धारणा राख्नु भएको थियो ।
वडा प्रतिनिधि एबम् वि व्य स सदस्य तनुजा थापा सि के ले विद्यालयको प्रगतिमा शिक्षक, प्र अ , व्यवस्थापन समिति , अभिभावक , कर्मचारी लगायत सबैजनाको उत्तिकै योगदान रहेको चर्चा गर्नु भएको कार्यक्रम शिक्षक कमलराज ढुंगाना सरले सञ्चालन गर्नु भएको थियो।

11/05/2026

रामेश्वरी मा वि बाट २०८२ सालको SEE परीक्षामा उत्कृष्ट नतिजा ३.८६ GPA सहित सफल सबै २० जना विद्यार्थीमा हार्दिक बधाई एवम् उत्तरोत्तर प्रगतिको कामना साथमा यो नतिजाको निमित्त स्वयम् विद्यार्थी, शिक्षक , व्यवस्थापन पक्ष एवम् अभिभावकमा धन्यवाद ज्ञापन गर्न चाहन्छु - प्र अ

Photos from Rameshwori School, Family- रामेश्वरी विद्यालय, परिवार's post 11/05/2026

रामेश्वरी मा वि का पूर्व विद्यार्थी मनोज रानाभाट ( हाल यु के) जसले प्रत्येक वर्षको वार्षिक उत्सवमा विद्यालयका बालबालिकालाई कापी कलम देखि जेहन्दार विद्यार्थीलाई नगद रकम समेत उपलब्ध गराउँदै आउनु भएकोमा यसपटकको वार्षिक उत्सवमा कक्षा प्रथम विद्यार्थीलाई रु १०१० का दरले रकम उपलब्ध गराउनु भएकोमा प्रशंसा पत्र वितरण गर्ने अवसर प्राप्त भयो। सम्मानको कार्यक्रम मा विद्यालयको आवश्यकतालाई मध्यनजर गर्दै प्रिन्टर खरिदमा आवश्यक सहयोग समेत गर्ने प्रतिबद्धता समेत जनाउनु भयो।
हालै दाम्पत्य जीवनमा बादिनुभएकोमा सुखद दाम्पत्य जीवनको शुभकामना सहित विद्यालयप्रति को माया यसरीनै अटुट रूपमा रहिरहने शुभेच्छा समेत अर्पण गर्न चाहन्छौं।

30/04/2026

रामेश्वरी मा वि मा नि मा वि तृतिय अंग्रेजी (करार) शिक्षकको आवश्यकता
==================
👩‍🏫 इच्छुक र योग्य उम्मेदवारहरूले जेठ १ गतेभित्र विद्यालयमा आवेदन दिन सक्नुहुनेछ।
🏫 थप जानकारीका लागि सम्पर्क गर्नुहोस्। 9840604560 9856033990
🌏अनलाइन रजिष्ट्रेशन को लागि
[email protected] मा आफ्नो निवेदन , दर्ता शुल्क इसेवा 9840604560 मा बुझाएको बिल र योग्यताको डकुमेन्ट सँगै पठाउन पर्नेछ । अनलाइन निवेदकको हकमा सम्पर्क मितिमा आउँदा सम्पूर्ण सक्कल Document सहित स्वयम् उपस्थित हुनु पर्ने छ। शुभकामना! ✨ #शिक्षकभर्ती

25/04/2026

रामेश्वरी मा वि पोखरा १४ को मिति २०८३/०१/१४ गतेबाट शुरुहुने एसएलसी ( कक्षा १२ बोर्ड) परीक्षामा उच्च GPA सहित सफलताको सबै (विद्यार्थी) बाबुनानीहरुमा शुभकामना।
परीक्षा केन्द : शुक्रराज बलभद्र मा वि पोखरा १४
परीक्षा समय : बिहान ८ बजे
नोट:
१. विद्यालयको कक्षा ११ लगायत विद्यालयको नियमित पठनपाठन २०८३/०१/१५ गते १० बजे बाट सञ्चालन हुने जानकारी समेत सम्पूर्ण विद्यार्थी एबम् अभिभावकमा गराइन्छ।
२. कक्षा ८ को पूरक परीक्षा अमरसिंह मा वि मा भोलि चैत्र १३ गते गणित र १४ गते अङ्ग्रेजी १६ गते नेपाली १७ गते विज्ञानको विषयको परीक्षा भएको जानकारी गराइन्छ ।
- वि. प्र.

19/04/2026

रामेश्वरी मा वि को BLE पूरक परीक्षा अमरसिंह मा वि मा बिहान ८ बजे बाट तालको तालिका अनुसार सञ्चालन हुने जानकारी आयो है

15/04/2026

कक्षा ९ बाट वार्षिक परीक्षामा २ विषय सम्म अनुत्तीर्ण विद्यार्थीको ग्रेड वृद्धि परीक्षा २०८३/०१/१० र ११ गते बिहान १० बजे बाट सञ्चालन हुने कुरा तपशिल बाबोजिम विद्यार्थीमा जानकारी गराइन्छ।
- प्र अ

14/04/2026
Want your school to be the top-listed School/college in Kaski?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address


Majheripatan, Pokhara/14
Kaski
33700

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 14:00
Sunday 10:00 - 16:00