Shree 5 Mahendra Janata Secondary School 'Bagmati- 11 ,Karmaiya ,Sarlahi

  • Home
  • Nepal
  • Karmaiya
  • Shree 5 Mahendra Janata Secondary School 'Bagmati- 11 ,Karmaiya ,Sarlahi

Shree 5 Mahendra Janata Secondary School 'Bagmati- 11 ,Karmaiya ,Sarlahi English medium/Nepali medium classes going on...

यस विद्यालयका बहुप्रतिभाशाली युवा कम्प्युटर शिक्षक एवं खेलकुद समिति संयोजक श्री रेबेन्द्र दाहाल ज्युकाे आज परेकाे शुभ- ज...
17/08/2026

यस विद्यालयका बहुप्रतिभाशाली युवा कम्प्युटर शिक्षक एवं खेलकुद समिति संयोजक श्री रेबेन्द्र दाहाल ज्युकाे आज परेकाे शुभ- जन्माेत्सबकाे शुभ अवसरमा उहाँको सु-स्वास्थ्य , दिर्घायु एवं उत्तराेत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछौं ।

16/08/2026

विद्यालयको नियमित पठनपाठन सम्बन्धि अत्यन्त जरुरी सूचना ।

आदरणीय अभिभावक ज्यू ,
प्यारा विद्यार्थी तथा सरोकारवाला ज्यू ,
गएकाे मिति २०८३ श्रावण २० गते देखि भएको वर्षे बिदा पश्चात मिति २०८३ साल भाद्र १ सोमबार देखि पुर्ववत समयमा नियमित पठनपाठन सञ्चालन हुने व्यहोरा सराेकारवाला सबैमा जानकारी गराईन्छ ।

पहिलो दिन त हो ! पढाई हुने हाेइन भन्ने भ्रममा नपरी विद्यालय समयमा नै सम्पूर्ण विद्यार्थीहरुलाई उपस्थितिकाे लागि हार्दिक अनुरोध गर्दछौं ।

16/08/2026

विद्यालयको नियमित पठनपाठन सम्बन्धि अत्यन्त जरुरी सूचना ।

आदरणीय अभिभावक ज्यू ,
प्यारा विद्यार्थी तथा सरोकारवाला ज्यू,

गत मिति २०८३ श्रावण २० गते देखि भएको वर्षे बिदा पश्चात मिति २०८३ साल भाद्र १ सोमबार देखि पुर्ववत समयमा नियमित पठनपाठन सञ्चालन हुने व्यहोरा सराेकारवाला सबैमा जानकारी गराईन्छ ।

पहिलो दिन त हो ! पूरा पिरियड पढाई हुने हाेइन भन्ने भ्रममा नपर्नुहोला तसर्थ समयमानै सम्पूर्ण विद्यार्थीहरुलाई उपस्थितिकाे लागि हार्दिक अनुरोध गर्दछौं ।

स्व.ईन्द्रलाेक डम्बरकुमारी खड्का स्मृति अक्षयकोषका संस्थापक एवम् समाजसेवी आदरणीय बद्रीकुमार खड्का ज्युकाे आज पर्न गएको श...
05/08/2026

स्व.ईन्द्रलाेक डम्बरकुमारी खड्का स्मृति अक्षयकोषका संस्थापक एवम् समाजसेवी आदरणीय बद्रीकुमार खड्का ज्युकाे आज पर्न गएको शुभजन्माेत्सबकाे पावन अवसरमा उहाँको सु-स्वास्थ्य एवम् दिर्घायुकाे हार्दिक शुभकामना व्यक्त गर्दछौं ।

आज मिति २०८३ श्रावण १९ गते मङ्गलबार यस विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष श्री कालिबहादुर भट्टराई ज्युकाे अध्य...
04/08/2026

आज मिति २०८३ श्रावण १९ गते मङ्गलबार यस विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष श्री कालिबहादुर भट्टराई ज्युकाे अध्यक्षतामा बसेकाे बृहत् अभिभावक भेलाले सर्व- सहमतिमा गठन भएको शिक्षक अभिभावक संघका सदस्यहरुकाे नामावली निम्नानुसार रहेकाे छ ।
१.सन्ताेष साह(संयाेजक)
२. चन्द्रबहादुर जिम्बा(सदस्य)
३.केदार भट्टराई सदस्य )
४.सुनिता श्रेष्ठ (सदस्य )
५.अस्मिता रसाइली (सदस्य )
६. पुजा लामिछाने (सदस्य )
७.कविता बस्नेत(सदस्य )
८. प्रमिला बस्नेत ( सदस्य )
नव गठित समितिकलाई सफल कार्यकालकाे हार्दिक शुभकामना 🙏

आज मिति २०८३ श्रावण ११ गते साेमबार देखि प्रथम त्रैमासिक परीक्षा -२०८३ शुरु ।विषय :- अनिवार्य अङ्ग्रेजी
27/07/2026

आज मिति २०८३ श्रावण ११ गते साेमबार देखि प्रथम त्रैमासिक परीक्षा -२०८३ शुरु ।
विषय :- अनिवार्य अङ्ग्रेजी

आज मिति २०८३ श्रावण ८ गते शुक्रबारका दिन पठन - पाठन तथा परीक्षा सम्बन्धि विविध विषयमा यस विद्यालयका शिक्षक स्टाफ र विद्य...
24/07/2026

आज मिति २०८३ श्रावण ८ गते शुक्रबारका दिन पठन - पाठन तथा परीक्षा सम्बन्धि विविध विषयमा यस विद्यालयका शिक्षक स्टाफ र विद्यालय व्यवस्थापन समिति बिच संयुक्त बैठक सम्पन्न ।

विद्यार्थी भाईबहिनीहरू बाट निर्मित बिभिन्न सामग्रीहरू!
15/07/2026

विद्यार्थी भाईबहिनीहरू बाट निर्मित बिभिन्न सामग्रीहरू!

पैसा भेटेर फिर्ता गर्नुहुने हम्रा ईमानदार बहिनीद्वय हरुलाई सम्मान तथा धन्यबाद ज्ञापन गर्नूहूदै हाम्रा बिद्यालायका नर्स श...
13/07/2026

पैसा भेटेर फिर्ता गर्नुहुने हम्रा ईमानदार बहिनीद्वय हरुलाई सम्मान तथा धन्यबाद ज्ञापन गर्नूहूदै हाम्रा बिद्यालायका नर्स श्री सुनीता राई ज्यू !

सहयात्री समाज नेपाल,धादिङकाे आयाेजनामा आज मिति  २०८३ असार २५ गते बिहिवार लैङ्गिक हिंसा (Gender Based Violence-GBV) सम्बन...
09/07/2026

सहयात्री समाज नेपाल,धादिङकाे आयाेजनामा आज मिति २०८३ असार २५ गते बिहिवार लैङ्गिक हिंसा (Gender Based Violence-GBV) सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम यस विद्यालयमा कक्षा ९,१० र १२ मा अध्ययनरत छात्राहरुलाई सहयात्री समाजका कार्यकारी निर्देशक श्री राधिका सापकोटा ज्युकाे सहजीकरणमा सम्पन्न ।

Address

Karmaiya

Opening Hours

Monday 06:00 - 17:00
Tuesday 06:00 - 17:00
Wednesday 06:00 - 17:00
Thursday 06:00 - 17:00
Friday 06:00 - 17:00
Sunday 06:00 - 17:00

Telephone

+97746410032

Website

Alerts

Be the first to know and let us send you an email when Shree 5 Mahendra Janata Secondary School 'Bagmati- 11 ,Karmaiya ,Sarlahi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Shree 5 Mahendra Janata Secondary School 'Bagmati- 11 ,Karmaiya ,Sarlahi:

Shortcuts

Share

Category