24/09/2026
विषय: विद्यालय बिदा सम्बन्धी सूचना
बुद्धभूमि नगरपालिका, कपिलवस्तुको निर्णयबमोजिम प्रतिकूल मौसमका कारण नगर क्षेत्रका शैक्षिक संस्थाहरूमा बिदा दिने निर्णय भएको हुँदा हाम्रो बिद्यालय पनि उक्त निर्णयअनुसार आज मिति २०८३/०६/०८ र ९ गते विद्यालयको नियमित पठनपाठन बन्द रहने व्यहोरा सम्बन्धित सम्पूर्ण विद्यार्थी, अभिभावक तथा शिक्षक–कर्मचारीहरूमा जानकारी गराइन्छ।
मौसम अनुकूल भएपछि विद्यालयको नियमित पठनपाठन पूर्ववत् सञ्चालन हुने जानकारीसमेत गराइन्छ।
विद्यालय प्रशासन
नर्थ प्वाइन्ट एकेडेमी
बुद्धभूमि–१, पत्थरकोट, कपिलवस्तु