27/05/2026
SEE उत्तीर्ण विद्यार्थीहरूका लागि कक्षा ११ को अभिमुखीकरण तथा करियर काउन्सेलिङ कार्यक्रम सप्पन्न भएको अवस्था ।
One of the Historic public school in kapilvastu district, Located in Tharu majority community. qua
27/05/2026
SEE उत्तीर्ण विद्यार्थीहरूका लागि कक्षा ११ को अभिमुखीकरण तथा करियर काउन्सेलिङ कार्यक्रम सप्पन्न भएको अवस्था ।
हार्दिक श्रद्धाञ्जलि
कक्षा ८ मा अध्ययनरत विद्यार्थी सिमरन थारुको मिति २०८३।०१।३१ गते भएको असमायिक निधनप्रति महेन्द्र मा.वि. कोपवा परिवार गहिरो दुःख व्यक्त गर्दछ। स्वर्गीय आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौँ।
14/05/2026
कक्षा 11 को बार्षिक परीक्षा तालिका २०८३
13/05/2026
🎉विद्यार्थी सम्मान कार्यक्रम 🎉
यस श्री महेन्द्र माध्यमिक विद्यालय, बाणगंगा–०५, कोपवा, कपिलवस्तु द्वारा आयोजित SEE २०८२ मा सफल विद्यार्थीहरूको सम्मान कार्यक्रम आज विद्यालय परिसरमा भव्य रूपमा सम्पन्न भयो।
कार्यक्रममा विद्यार्थीहरूलाई सम्मान गर्नुका साथै अभिभावकहरूको उत्साहजनक सहभागिताले कार्यक्रमलाई अझ विशेष र स्मरणीय बनाएको थियो।
सम्पूर्ण सफल विद्यार्थीहरूलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना। 🌸📚 श्री महेन्द्र माध्यमिक बिद्यालय कोपवा Shree Mahendra Secondary School Tanushree Bhandari Tika Malla Chaudhary Tulsi
12/05/2026
🎉 हार्दिक बधाई तथा शुभकामना 🎉
श्री महेन्द्र माध्यमिक विद्यालय, बाणगंगा–०५, कोपवा का विद्यार्थीहरूले SEE परीक्षा 2082 मा उत्कृष्ट नतिजा हासिल गर्दै 4.0 GPA 3 जना र 5 जना A+ प्राप्त गर्न सफल भएकोमा विद्यालय परिवार अत्यन्त हर्षित एवं गौरवान्वित भएको छ। उत्कृष्ट नतिजा हासिल गर्ने सम्पुर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दछौं।
12/05/2026
आज श्री महेन्द्र माध्यमिक विद्यालय, बाणगंगा–०५, कोपवा, कपिलवस्तुमा सम्पन्न बाल विकास अभिभावक तथा शिक्षक–कर्मचारी बैठक सफलतापूर्वक सम्पन्न भयो। 🤝
विद्यालय र अभिभावकबीचको सहकार्य, बालबालिकाको उज्ज्वल भविष्यप्रतिको प्रतिबद्धता तथा शैक्षिक गुणस्तर अभिवृद्धिका विषयमा महत्वपूर्ण छलफल सम्पन्न भएको छ।
02/05/2026
हाम्रो यस श्री महेन्द्र मा.बि. कोपवा को प्रधानाध्यापक मेडम श्री तनुश्री पुरी भण्डारी मेडमलाई जन्म दिनको शुभ अवसरमा सु स्वस्थ्य दिर्घाउको कामना गर्दै अझ धेरै प्रगतिको कामना व्यक्त गर्द्छौ ।
"नयाँ बर्षको हार्दिक शुभकामना"
बसन्त ऋतुको आगमनसंगै नविन उल्लास एवम् आशा लिएर आउने नयाँ बर्ष 2083 को उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनु हुने सम्पुर्ण नेपालीहरुमा शुख शान्ती शुस्वास्थ्य दिर्घायु एवम समृद्धिको शुभकामना व्यक्त गर्दछु
यो नयाँ बर्षले सम्पुर्ण नेपालीहरुको जिवनमा खुसी, उमंग र सकारात्मक उर्जा लिएर आओस् .
29/03/2026
कक्षा ११ र १२ को बोर्ड पुर्ब तयारी परिक्षा २०८२
13/02/2026
खेलकुद सप्ताह पछि पुरस्कर वितरण २०८२/११/०१