!!! हार्दिक आभार !!!
मिति २०८३/०५/०३ गतेका दिन वैदिक सत्य सनातन धर्म र गुरुकुलीय शिक्षाको संरक्षणार्थ कपिलवस्तु जिल्ला बाणगङ्गा नगरपालिका -२ नन्दनगरमा सञ्चालित यस् श्री मनकामना संस्कृत गुरुकुलमा बा.न.पा. १ उत्तमनगर निबासी समाजसेवी धार्मिक गुरुकुल शिक्षाप्रेमि व्यक्तित्त्व श्री हिमालय भुसालज्यु द्वारा आफ्नो शुभ जन्मदिनको अबसरमा यस् गुरुकुलमा अध्ययनरत सम्पूर्ण बटुक सेवारत गुरुजन कर्मचारीहरूलाई बृहत् भोजन भण्डारा व्यवस्थापन गर्नुभएकोमा हार्दिक आभार प्रकट गर्न चाहन्छौं !
साथै जन्मदिनको धेरै धेरै शुभकामनाका साथ सुख, शान्ती, समृद्धि शैक्षिक प्रगतिको कामना!
13/08/2026
!!! हार्दिक आभार !!!
मिति २०८३/०४/२८ गतेका दिन वैदिक सत्य सनातन धर्म र गुरुकुलीय शिक्षाको संरक्षणार्थ कपिलवस्तु जिल्ला बाणगङ्गा नगरपालिका -२ नन्दनगरमा सञ्चालित यस् श्री मनकामना संस्कृत गुरुकुलमा बा.न.पा. ८ लौगाइ निबासी आदरणीय समाजसेवी धार्मिक युवा व्यक्तित्त्व श्री किशोर पौडेल ,बिजया पौडेल द्वारा आफ्ना सुपुत्र कृष्टिन पौडेलको शुभ जन्मदिनको अबसरमा यस् गुरुकुलमा आइ प्रात : कालिन पुजा आजा ग्रहशान्ती गरि यस् गुरुकुलमा अध्ययनरत सम्पूर्ण बटुक सेवारत गुरुजन कर्मचारीहरूलाई बृहत् भोजन भण्डारा व्यवस्थापन गर्नुभएकोमा हार्दिक आभार प्रकट गर्न चाहन्छौं !
साथै बाबुलाई जन्मदिनको धेरै धेरै शुभकामनाका साथ सुख, शान्ती, समृद्धि शैक्षिक प्रगतिको कामना!
12/08/2026
आज मिति २०८३/०४/२७ गतेका दिन स्वामी लोकानन्दज्युकी भक्त श्री स्वामिनारायण मुक्तिनाथ धाम नारी जागृती समुहकि अध्यक्ष एवं श्री मनकामना संस्कृत गुरुकुलम् कि सल्लाहकार गुरुकुल शिक्षालाई अत्यन्तै माया गर्ने सामाजिक धार्मिक व्यक्तित्त्व यस् गुरुकुलका सम्पुर्ण बटुक, गुरुजनलाइ माया गर्ने श्री बिष्णु बोहरा ज्युलाई जन्मदिनको धेरै धेरै शुभकामनाका साथ सुख शान्ति समृद्धिको कामना 🎂🙏 गुरुकुल परिवार
10/08/2026
!!! हार्दिक आभार !!!
वैदिक सत्य सनातन धर्म र गुरुकुलीय शिक्षाको संरक्षणार्थ कपिलवस्तु जिल्ला बाणगङ्गा नगरपालिका -२ नन्दनगरमा सञ्चालित यस श्री मनकामना संस्कृत गुरुकुलम् मा आवासीय रूपमा वसी अध्ययनरत सम्पूर्ण बटुक,सेवारत सम्पूर्ण शिक्षक, कर्मचारीज्यु हरुलाइ मिति २०८३/०४/२५ गतेका दिन आफ्नी ममतामयी माता स्व. शिबकला भुसालको स्मृतिमा र सकल पितृको उद्घारका निमित्त विशेष भोजन भण्डारा गराउनु भएकोमा हार्दिक आभार व्यक्त गर्दछौं !
पुत्र पुत्रबधु
देबि प्रसाद भुसाल सुमित्रा भुसाल
हरि प्रसाद भुसाल सकुन्तला भुसाल
पुत्री
राधा बन्जाडे
कमला खनाल
इन्दिरा पान्डेय
प्रपौत्र प्रपौत्री
मनोज,कृष्ण ,सुप्रेम मनिसा ,महिमा ,पुर्णिमा,ममता
!!!एवम् समस्त भुसाल परिवार!!!
08/08/2026
सम्पर्क समाजद्वारा उदाहरणिय कार्य !
01/08/2026
हार्दिक श्रद्धाञ्जली
यस् श्री मनकामना संस्कृत गुरुकुलम्का पुर्व प्राचार्य एवं
नेपाल महर्षी वैदिक फाउन्डेसनका सिद्धी शिक्षक तथा गुरुकुल निरीक्षक श्री विष्णुप्रसाद पाैडेलज्यूका पिताश्रीकाे मिति २०८३/०४/१५ गते बिहान निधन भएकाेले दिवङ्गत पिताश्रीप्रति भावपूर्ण श्रद्धाञ्जलि एवं शाेकसन्तप्त परिवारजनमा गहिराे समवेदना ।
30/07/2026
!!! हार्दिक आभार !!!
कपिलवस्तु जिल्ला बाणगङ्गा नगरपालिका -२ नन्दनगर श्री कैलाश धामका संरक्षक तत्त्वदर्शि ब्रह्मनिष्ठ सन्त शिरोमणी श्री १००८ स्वामी लोकानन्दज्युका परम भक्त धर्मप्रेमी, शिक्षाप्रेमी, समाजसेवी ,राजनीतिज्ञ व्यक्तित्व बुद्धभुमी नगरपालिका का नगर प्रमुख श्री केशव श्रेष्ठज्युका भाई बुद्धभुमी, टिक्कर निबासी श्री राजु श्रेष्ठज्युद्वाराआज मिति २०८३/०४/१४ गते सेवा स्वरुप गुरूकुलका वेदाध्यायी वटुकहरूलाई विशेष भण्डारा गराउनु भएकोमा हार्दिक आभार व्यक्त गर्दै वहाँको सपरिवारको सुस्वास्थ दीर्घायु सुख शान्ति समृद्धि तथा उत्तरोत्तर प्रगतिको कामना गर्दछौँ !
27/07/2026
!!! हार्दिक आभार !!!
यस कपिलवस्तु जिल्ला, बाणगङ्गा नगरपालिका ,-२ नन्दनगरमा अबस्थित श्री कैलाश आश्रमका संरक्षक तत्त्वदर्शि ब्रह्मनिष्ठ सन्त शिरोमणि श्री १००८ स्वामी लोकानन्दज्युका परमभक्त धर्मप्रेमी, शिक्षाप्रेमी, समाजसेवी व्यक्तित्व बुटवल उपमहानगरपालिका बुटवल ६ जागृति पथ निबासी श्री ज्योति काफ्ले ,कमला काफ्लेज्यु द्वारा आफ्ना सुपुत्र डा. जोन काफ्लेको शुभ जन्मदिनको आवसरमा आज मिति २०८३/०४/११ गतेका दिन यस् गुरुकुलका बटुकहरुलाइ विशेष भण्डारा ब्यबस्था गर्नु भएकोमा हार्दिक आभार व्यक्त गर्दछौं! जन्मदिनको शुभकामना सहित सकल परिवारजना सुख शान्ति समृद्धिको कामना !
25/07/2026
गत बर्षहरुमा झै यस् बर्ष पनि आफ्नो कार्यक्रम कैलाश आश्रम नन्दनगर गुरुकुलमा गर्नुभएको विशेष धन्यवाद !
25/07/2026
!!! हार्दिक आभार !!!
यस कपिलवस्तु जिल्ला, बाणगङ्गा नगरपालिका ,-२ नन्दनगरमा अबस्थित श्री कैलाश आश्रमका संरक्षक तत्त्वदर्शि ब्रह्मनिष्ठ सन्त शिरोमणि श्री १००८ स्वामी लोकानन्दज्युका परमभक्त धर्मप्रेमी, शिक्षाप्रेमी, समाजसेवी व्यक्तित्व बुटवल उपमहानगरपालिका बुटवल लक्ष्मिनगर निबासी श्री हरि पौडेल मिरा पौडेलज्यु द्वारा आफ्ना सुपुत्र नितेश पौडेलको शुभ जन्मदिनको आवसरमा आज मिति २०८३/०४/०९ गतेका दिन यस् गुरुकुलका बटुकहरुलाइ सेबा स्वरुप आज जन्मदिन सहित हरिशयनी एकादशी अबसरमा फलाहार भण्डारा ब्यबस्था गर्नु भएकोमा हार्दिक आभार व्यक्त गर्दछौं! जन्मदिनको शुभकामना सहित सकल परिवारजना सुख शान्ति समृद्धिको कामना
भवतु सर्वमङ्गलम् 🌷!!!
Want your school to be the top-listed School/college in Kapilvastu?