14/08/2026
Notice 📣
''A Center for Educational Excellence and Character Formation''
14/08/2026
Notice 📣
10/08/2026
🎂 जन्मदिनको हार्दिक शुभकामना! ❤️🙏
ज्ञानपुञ्ज बोर्डिङ स्कुलका आदरणीय अध्यक्ष, विभिन्न व्यावसायिक तथा सामाजिक संस्थाहरूमा सक्रिय रूपमा आबद्ध सफल व्यवसायी एवं सरल, सहयोगी र समाजसेवी व्यक्तित्व श्री नारायण प्रसाद पौडेलज्यूलाई जन्मदिनको सुखद अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ। 🎉🎁
विद्यालयको शैक्षिक, भौतिक तथा संस्थागत विकासमा यहाँले पुर्याउँदै आउनुभएको महत्वपूर्ण योगदान, मार्गदर्शन र अभिभावकीय भूमिकाप्रति ज्ञानपुञ्ज परिवार हार्दिक आभार व्यक्त गर्दछ। यहाँको दूरदर्शी नेतृत्व, सकारात्मक सोच र निरन्तर प्रेरणाले विद्यालयलाई अझ उत्कृष्ट शैक्षिक गन्तव्यका रूपमा अघि बढ्न ऊर्जा प्रदान गरेको छ।
आगामी दिनहरूमा पनि यहाँको अनुभव, नेतृत्व, मार्गदर्शन र निरन्तर साथ–सहयोगले ज्ञानपुञ्ज बोर्डिङ स्कुललाई थप उचाइमा पुर्याउन महत्वपूर्ण योगदान दिने अपेक्षा राख्दछौँ।
यहाँको सुस्वास्थ्य, दीर्घायु, सुख, समृद्धि तथा निरन्तर सफलताको शुभकामना 🙂🙂
— ज्ञानपुञ्ज बोर्डिङ स्कुल परिवार
07/08/2026
आज मिति २०८३-०४-२२ गते शुक्रबार का दिन प्याब्सन कपिलवस्तु द्वारा आयोजित विभिन्न विधामा नगरस्तरीय छनौट प्रतियोगिता वाणगंगा ओदारी स्थित हथौसा लिटिल स्टार इ.बोर्डिङ्ग स्कुलमा सम्पन्न भएको छ। विभिन्न विधा अन्तर्गत हाम्रो विद्यालय बाट प्रतिनिधित्व गर्दै
कक्षा (१-५) तहको चित्रकला प्रतियोगिता मा कक्षा ५ मा अध्ययनरत छात्रा कृतिका नेपाली तृतीय स्थान हासिल गर्न सफल,
कक्षा (६-८) तहको वादविवाद प्रतियोगिता मा कक्षा ८ मा अध्ययनरत मेधावी छात्रा अर्पना श्रेष्ठ द्वितीय स्थान हासिल गर्न सफल,
कक्षा (९-१२) तहको वक्तृत्वकला प्रतियोगिता मा कक्षा १० मा अध्ययनरत छात्र मिसन आचार्य सान्त्वना स्थान हासिल गर्न सफल,
त्यसैगरी प्रि-प्राइमेरी तहबाट उत्साहजनक सहभागिता जनाउनु भएका विद्यार्थी छात्रा रिहाना बस्नेत र आयुस्मा पोख्रेल लाई पनि हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौँ।
विभिन्न विधामा आफ्नो अमुल्य योगदान दिनुहुने शिक्षिका अनुष्का लामिछाने र संगीता नेपाली ज्यू लाई विद्यालय परिवार बाट विशेष धन्यवाद ।
नतिजा कहिलेकाहीं सोचेअनुरुप नआएता पनि हाम्रा विद्यार्थीहरुमा क्षमता र मिहेनतमा कमि कहिल्यै आउने छैन । विद्यार्थीहरूको मनोबल सधै उच्च राख्न ज्ञानपुञ्ज बोर्डिङ स्कुल हरदम तयार रहनेछ 🙂
03/08/2026
🎉 𝑯𝒂𝒑𝒑𝒚 𝑩𝒊𝒓𝒕𝒉𝒅𝒂𝒚 🎉
𝐀𝐚𝐝𝐞𝐬𝐡 𝐃𝐚𝐫𝐥𝐚𝐦𝐢
May your birthday be filled with happiness, love, and unforgettable moments. Wishing you a year of good health, endless opportunities, remarkable achievements, and dreams that come true.
Keep smiling, keep learning, and keep inspiring everyone around you.
𝑾𝒊𝒔𝒉𝒊𝒏𝒈 𝒚𝒐𝒖 𝒂 𝒘𝒐𝒏𝒅𝒆𝒓𝒇𝒖𝒍 𝒃𝒊𝒓𝒕𝒉𝒅𝒂𝒚 𝒂𝒏𝒅 𝒂 𝒃𝒓𝒊𝒈𝒉𝒕 𝒇𝒖𝒕𝒖𝒓𝒆! ✨
— 𝑾𝒊𝒕𝒉 𝑩𝒆𝒔𝒕 𝑾𝒊𝒔𝒉𝒆𝒔,
Gyanpunja Boarding School
ज्ञानपुञ्ज बोर्डिङ स्कुलले Rotary Club of Kapilvastu Mid Town को पदस्थापन (Installation) कार्यक्रममा सांस्कृतिक प्रस्तुति दिदै ।
30/07/2026
ज्ञानपुञ्ज बोर्डिङ स्कुलमा जंक फुड सम्बन्धी अभिमुखीकरण तथा अभिभावक अन्तरक्रिया कार्यक्रम सम्पन्न।
ज्ञानपुञ्ज बोर्डिङ स्कुल, बाणगंगा–२, राजपुर, कपिलवस्तुमा विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रम अन्तर्गत जंक फुड सम्बन्धी अभिमुखीकरण तथा अभिभावक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष श्री नारायण पौडेल, प्रबन्ध निर्देशक रोमाकान्त घिमिरे ,प्रधानाध्यापक श्री सुरेन्द्र पाण्डे, शिक्षक–शिक्षिका, अभिभावक तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको सहजीकरण बाणगंगा नगरपालिकाका जनस्वास्थ्य अधिकृत श्री भक्ति पाण्डे तथा श्री नवीन पन्थीले गर्नुभएको थियो। उहाँहरूले जंक फुडका असर, स्वस्थ खानपानको महत्व तथा बालबालिकाको समग्र स्वास्थ्य विकासमा अभिभावकको भूमिकाबारे जानकारी दिनुभएको थियो।
अभिभावकसँगको अन्तरक्रिया कार्यक्रमको औचित्य र उद्देश्यबारे विद्यालयका प्रधानाध्यापक श्री सुरेन्द्र पाण्डेले प्रकाश पार्दै विद्यालय र अभिभावकबीचको सहकार्यले बालबालिकाको स्वास्थ्य तथा शैक्षिक विकासमा सकारात्मक प्रभाव पार्ने बताउनुभयो।
कार्यक्रमको अन्त्यमा विद्यालय परिवारको तर्फबाट धन्यवाद ज्ञापन गर्दै विद्यालय व्यवस्थापन समिति अध्यक्ष श्री नारायण पौडेलले कार्यक्रममा सहभागी सम्पूर्ण अभिभावक, प्रशिक्षक तथा सहयोगी व्यक्तित्वहरूप्रति आभार व्यक्त गर्नुभयो। उहाँले स्वस्थ र गुणस्तरीय शिक्षासँगै स्वस्थ जीवनशैली निर्माणका लागि यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
30/07/2026
🎉 𝑯𝒂𝒑𝒑𝒚 𝑩𝒊𝒓𝒕𝒉𝒅𝒂𝒚 🎉
𝑨𝒂𝒓𝒂𝒅𝒉𝒂𝒏𝒂 𝑲𝒖𝒏𝒘𝒂𝒓
May your birthday be filled with happiness, love, and unforgettable moments. Wishing you a year of good health, endless opportunities, remarkable achievements, and dreams that come true.
Keep smiling, keep learning, and keep inspiring everyone around you.
𝑾𝒊𝒔𝒉𝒊𝒏𝒈 𝒚𝒐𝒖 𝒂 𝒘𝒐𝒏𝒅𝒆𝒓𝒇𝒖𝒍 𝒃𝒊𝒓𝒕𝒉𝒅𝒂𝒚 𝒂𝒏𝒅 𝒂 𝒃𝒓𝒊𝒈𝒉𝒕 𝒇𝒖𝒕𝒖𝒓𝒆! ✨
— 𝑾𝒊𝒕𝒉 𝑩𝒆𝒔𝒕 𝑾𝒊𝒔𝒉𝒆𝒔,
Gyanpunja Boarding School
29/07/2026
गुरुको सम्मान कुनै एक दिनमा सीमित हुँदैन। गुरु भनेका जीवनभर आदरणीय हुन्छन्।
पुस्तकका अक्षरदेखि जीवनका सही–गलत निर्णयसम्म सिकाउने, सही बाटो देखाउने र व्यक्तित्व निर्माणमा योगदान पुर्याउने सम्पूर्ण गुरुहरूप्रति सधैं उच्च सम्मान, हार्दिक कृतज्ञता र नमन। 🙏🌼
The influence of a great teacher can never be erased."
# # Happy teachers day # #