***अरुणिमा विद्या मन्दिर को आधिकारिक पुस्तक बिक्रेता प्रिती स्टेसनरी***
प्रिती स्टेसनरी, गल्ली न. ५ बाट पुस्तक किन्दा 15% छुट को व्यवस्था गरिएको हुँदा कापी किताब प्रिती स्टेसनरीबाटै किन्नु होला किनकि अरुणिमा विद्या मन्दिर को आधिकारिक पुस्तक बिक्रेता प्रिती स्टेसनरी नै हो। किताब किन्दा बिल अनिवार्य लिनुहोला ताकि भोलि गएर कुनै भुल- चुक भएमा स्टेसनरी जिम्मेवार हुनेछ र अभिभावकको सहजताका लागि बिद्यालयले पनि प्रिती स्टेसनरीलाई दबाब दिन सक्छ ।
Arunima Vidya Mandir
Arunima Vidya Mandir (AVM) is an English Medium School in Bheemdattnagar-2, Kanchanpur. AVM is commi
03/07/2021
29/06/2021
Final Result Published for the academic year 2077
26/06/2021
20/06/2021
Routine was already shared in AVM group, now in this page also. Question papers can be downloaded from both group and page.
01/06/2021
विधार्थी साथीहरुलाई College सक्काउनु अघि मेरो यो १२ कार्य गर्न Challenge!!
- Ujwal Thapa(Leader of Bibeksheel Party)
१) Internship गर्नुहोस्: पढ्दा पढ्दै बर्षमा एक पटक स्कुल-कलेज बाहिरको दुनियाँमा गएर कुनै संगठन, व्यवसाय वा अभियानमा सित्तैमा काम गर्नुहोस्। व्यवहारिक शिक्षा हाम्रो स्कुल र कलेजमा पाईदैँन। ‘ईन्टर्न’ गरेरै वास्तविक जिन्दगीको लागि तयारी गर्नुहोस्।
२) प्रतिभा निकाल्नुहोस्: कलेज-स्कुलमा नाच-गान, नाटकमा वा परोपकारी कार्यको लागि श्रोत संकलन गर्न लाग्नुहोस्। आफ्नो बौद्दिक विविधतालाई फराकिलो बनाउनुहोस्, ढिलो भन्दा चाँडो आफ्नो आत्मविश्वास बढाउनुहोस्।
३) अर्थ-बारे सिक्नुहोस्: हाम्रो जीवनमा वित्त/अर्थ कसरी काम गर्छ राम्ररी सिक्नुहोस् (आजै “Compound Interest” र “Exponential Function” कसरी काम गर्छ-अनुसन्धान गर्नुहोस्। सम्पन्नताले हामीलाई आफ्नो सपना तिर उन्मुख हुन स्वतन्त्रता दिलाउँछ । त्यसैले य़सको आधारभुत आधार सिकम् !
४) अनुदान दिनुहोस्: आफुले जे पाउनु हुन्छ त्यसको कम्तिमा १० को १ भाग दान दिने नियम बनाउनुहोस्। करुणा गर्नु भनेकै अनजानहरुलाई आफु सँग भएको कुरा बाँड्नु हो जसले तपाईँको गुण थाहै पाउन्नन्।
५) यात्रामा जानुहोस्: नेपालका हिमाल, पहाड र तराईका बिकट गाउँहरुमा भ्रमण गर्नुहोस् हरेक क्षेत्रमा २ हफ्ता समय बिताउनुहोस्। आफ्नो देश र आफ्नो वातावरण जान्नु भयो भने नै आफैलाई पनि बुझ्न सकिन्छ।
६) Mentor हुनुहोस्: आफू भन्दा तल्लो क्लासका कुनै एक विधार्थीलाई आफ्नो काधँमा लिनुहोस् र उन्लाई बाटो डोहर्याउनुहोस्। कसैलाई जीवनको शुरुवाती दिनमा ठिक बाटोमा डोहर्याउन सके पछि त्यहि कोहि मानवजातीकै लागि ठुलो मार्ग दर्शक बन्न सक्छ।
७) प्रयोगमा ल्याउनुहोस्: शक्तिशाली सुचनाको हक एेन। थाहा पाउनुहोस् आफ्नो वडा-टोलमा काम भैरहेका छन् कि छैनन् – र कति बजेट केमा खर्च भयो भनेर। आफ्नो स्थानिय सरकारलाई जवाफदेही बनाउनु भनेकै जिम्मेवार नागरिक बन्नु हो। त्यसको लागि सबै भन्दा बलियो एेन नागरिकको लागि हो – “सुचनाको हक”।
८) समूह जोड्नुहोस्: यस्ता क्लब, समूह, सन्जाल जसले तपाईँहरुले स्कुल-कलेजमा भोग्दै गरेका वाधा-अड्चनहरुलाई सिधै चिर्ने कोशिश गर्छ। जुन एक्लै गर्न आट आउन्न, ती हामी मिलेरै समाधान गर्न सक्छौँ।
९) असफलतादेखि नडराउनुहोस्: तपाईँ यत्ति प्रयास गर्नुहोस् कि असफलताको एउटा सि-भी वा रेजुमे नै बनोस्। किन? हरेक सफलताको पछाडी श्रृंखलाबद असफलताका अनुभवहरु जोड्डिएका हुन्छन्।
१०) खेल्नुहोस्: खेलकुद बैकदा गर्नुहोस् वा कुनै खेल टोलीकै व्यवस्थापन गर्न लाग्नुहोस्। जीवनमा नेतृत्व सिक्ने उत्तम ठाउँ यहि हुन सक्छ। हेर्नुहोस् चाँडो पुग्न एक्लै जानु, तर टाढा पुग्न सँगै जानु ठिक। जीवनमा सफलता भनेकै टाढा पुग्नु होईन र?
११) लेख्नुहोस्: एउटा Blog (Diary) बनाई निरन्तर आफ्नो अनुभव र आवेग लेख वा अरु कुनै किसिमले चित्रण गर्नुहोस्। आफ्ना बिचारहरुलाई नियमित रुपमा टल्काउदैँ जानु भयो भने बल्ल जिन्दगीको उद्देष्य छर्लङ्ग हुन थाल्छ।
१२) दृढ बन्नुहोस्: आफ्नो सपनाको पछि लाग्दा हार कदापि नमान्नुहोस्। नेपालमा तपाई भन्दा कम योग्यले तपाईँलाई हराउन प्राय तपाईँलाई थकाउने रणनीति लिन्छन्। सफलता पाउने हो भने अरु भन्दा पहिले नथाक्ने दृढ विश्वास बोकी हिँड्नुहोस् है।
यी सुझावहरु व्यवहारमा उतार्नु भयो भने तपाईको परिवार, ईष्टमित्र र अरु धेरैको हिरो बन्नु हुनेछ! मलाई विश्वास गर्नुहोस् यसमा!
02/06/2020
Result of BLE 2076 (Class 8), according to the Education Department of Bheemdattnagar Municipality Office.
Click here to claim your Sponsored Listing.
Location
Telephone
Website
Address
Kanchanpur
Opening Hours
| Monday | 09:00 - 17:00 |
| Tuesday | 09:00 - 17:00 |
| Wednesday | 09:00 - 17:00 |
| Thursday | 09:00 - 17:00 |
| Friday | 09:00 - 17:00 |
| Sunday | 09:00 - 17:00 |