Prakash Ghatal

Prakash Ghatal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Prakash Ghatal, Education, Kanchanpur.

07/07/2021
नयां अभ्यास हुन सक्छ, बिश्व का अधिकांस सबै मुलुक ले चन्द्रमा मा पाईला टेक्ने बेला हामीले राजनैतीक बहसमै सिमीत रही कुर्सी...
20/12/2020

नयां अभ्यास हुन सक्छ, बिश्व का अधिकांस सबै मुलुक ले चन्द्रमा मा पाईला टेक्ने बेला हामीले राजनैतीक बहसमै सिमीत रही कुर्सीकै वरीपरी घुम्ने प्रबृती र खुट्टा तान्ने प्रबृतीको पराकास्ट हो यो टिप्पणी गर्न त नमिल्ने तर देश 7 बर्ष 6 महीना अझै पछाडी धनेलीयो हरेक नेपालीको टाऊकोमा कती हजार रिन थप भो ? "" चेतना भया""

राष्ट्रीय सभा भनेको यी ढाडे बिरालो जस्तो तीन तिघ्रेहरुका लागि परिकल्पना गरिएको सभा हैन। त्यहाँ त राष्ट्रीय स्तरका व्यक्त...
04/09/2020

राष्ट्रीय सभा भनेको यी ढाडे बिरालो जस्तो तीन तिघ्रेहरुका लागि परिकल्पना गरिएको सभा हैन। त्यहाँ त राष्ट्रीय स्तरका व्यक्तित्वहरु,सामाजिक मूल्य र मान्यता बोकेकाहरु, अपांग,दलित,जनजाति,महिला र उत्पीडनमा परेका व्यक्तित्वहरुका लागि छुट्याइएको कोटा हो।चुनाव हारेका हरुवाहरुका लागि ,कसैको श्रीमान-श्रीमती हुँदैमा,कसैको आफन्त हुँदैमा चोर बाटो बाट राष्ट्रीय सभा छिरेर पद पड्काउन मालामाल हुनका लागि परिकल्पना गरिएको सभा हैन।।।

हार्दिक हार्दिक बधाई कम्रेड!!

नेता हैन पार्टीको बिधान बदल सांसदले चुनेको प्रम पार्टीले चलाउन खोजे पछि यस्तै हुन्छ। संसद  सर्ब शक्तिमान भएको  भए ओलीको ...
02/07/2020

नेता हैन पार्टीको बिधान बदल

सांसदले चुनेको प्रम पार्टीले चलाउन खोजे पछि यस्तै हुन्छ। संसद सर्ब शक्तिमान भएको भए ओलीको मनपरीतन्त्र चल्न पाउने नै थेन। सांसदलाई बाख्रा गोठाला जस्तो गर्ने बिधान भएको पार्टीके सँधै ओली जस्तै तानाशाह जन्माउंछ। ओली गए प्रचण्ड आउलान प्रचण्ड गए शेरे तर ताल ऊहि हो।

04/06/2020

आरडिटी र पिसिआर परीक्षण भनेको के हो ?

आरडिटी विधिमा गरिने परीक्षणमा भाइरसका जेनेटिक टुक्रा (जिनका टुक्रा)हरू छन् कि छैनन भन्ने परीक्षण गरिन्छ । यो विधिबाट परीक्षण गर्दा नमुनामा जेनेटिक टुक्राहरू छन् भने भाइरस पनि छ भन्ने कुरा प्रमाणित हुन्छ । यो परीक्षणबाट नमुना लिएको बखत सम्बन्धित व्यक्तिको शरीरमा भाइरस छ वा छैन भन्ने थाहा हुन्छ । भाइरस छ भने उनमा सङ्क्रमण छ भन्ने बुझिन्छ । यसरी एक जना संक्रमित भइसकेपछि त्यो भाइरस व्यक्तिको शरीरमा कति समयसम्म रहने भन्ने फरक पर्न सक्छ । सम्बन्धित व्यक्तिको शरीरमा रोगसँग लड्ने क्षमताको आधारमा यो रहने गर्छ । रोगसँग लड्ने क्षमता अनुसार कोही व्यक्तिमा यो भाइरस छिट्टै पनि हराउन सक्छ भने कोहीमा चाररपाँच हप्तासम्म रहन सक्ने हुन्छ । तर, पिसिआर परीक्षण भनेको अत्यन्तै जटिल परीक्षण हो। यो परीक्षण गर्न समय पनि उत्तिकै लाग्ने हन्छ, र प्रयोगशालाको सेटअप पनि सोहीअनुसार विशेषको हुन आवश्यक छ । परीक्षण गर्ने व्यक्तिसँग पनि विशेष किसिमको तालिम लिएर विज्ञता हुनुपर्छ ।
कोरोना सङ्क्रमण संसारमा देखिएपछि नै यसलाई कुन–कुन विधिबाट परीक्षण गर्न सकिन्छ भनेर विभिन्न वैज्ञानिकहरूले लगातार अनुसन्धान गरिरहेका छन् । त्यही अनुसन्धानको आधारमा शरीरले भाइरससँग लड्न बनाउने एन्टीबडी पनि परीक्षण गरेर रोग पत्ता लगाउन सकिन्छ भनेर नयाँ(नयाँ विधिहरूको विकास भइरहेका छन् । कोभिड–१९ ले हाम्रो शरीरमा दुई किसिमको एन्टीबडी बनाउँछ । सुरुमा बन्ने भनेको ‘आइजिएम’ हो, र पछि भनेको ‘आइजिजी’ । ‘आइजिएम’ भाइरसको सङ्क्रमणपछि ४ र ५ दिनमा बन्छ । तर, व्यक्ति अनुसार फरक पनि पर्न सक्छ । सामान्यतः एक हप्ता पनि ‘आइजिएम’ देखिन थाल्छ, जुन, दुईतीन हप्तासम्म शरीरमा रहनसक्छ । रोग लागेको दुईतीन हप्तापछि ‘आइजिजी’ एन्टीबडी बन्न थाल्छ, जुन महिनौंसम्म शरीरमा रहनसक्छ। अन्य रोगबाट पाएको अनुभवले पनि यो एन्टिबडी लामो समयसम्म शरीरमा रहनसक्ने देखाएको छ । भन्नुको अर्थ, सुरुआतमा रोग हुँदा भाइरस मात्र भेटिने भयो। त्यसपछि पाँचदेखि सात दिन बितेपछि ‘आइजिएम’ भन्ने एन्टीबडी देखिने भयो । अझ दुई हप्ता बितिसकेपछि ‘आइजिजी’ भन्ने एन्टीबडि भेटिन सक्छ । र्रयापिड टेष्ट विधि (आरडिटी) को फाइदा धेरै विज्ञता नचाहिने, साधारण र प्रयोगशाला नचाहिने हो। फिल्डमा गएर थोरै तालिम पाएकाले नै यो परीक्षण गर्न सक्छन्। र यसको नतिजा पनि १५ मिनेटमा नै आउँछ।
एक महिना जति समयपछि भाइरस र ‘आइजिएम’ नेगेटिभ हुन सक्छ। तर, ‘आइजिजी’ धेरै समयसम्म रहिरहन सक्छ । हामीले परीक्षण गर्दा सुरुआतमा पिसिआर मात्रै पोजेटिभ आउन सक्छ । एन्टीबडीको लागि गरिने परीक्षण नेगेटिभ हुन्छ। हप्तारदस दिनपछि पिसिआर र एन्टीबडी दुवैको परीक्षण पोजेटिभ आउने हुनसक्छ । त्यस्तै, तीन हप्ता, चार हप्ता बितेपछि भाइरस शरीरबाट हराइसकेको समयमा पिसिआर नेगेटिभ आउने तर, एन्टीबडीको परीक्षण पोजेटिभ आउने हुनसक्छ ।
त्यसैले, पिसिआरमा पोजेटिभ आयो, एन्टीबडीमा देखिएन वा एन्टीबडीमा पोजेटिभ आयो पिसिआरमा देखिएन भन्ने जति पनि प्रश्न छन, यो सबैको कारण यसैले हुने हो । यस किसिमको परीक्षणको लागि नयाँ विधिहरू पनि आइरहेका छन् । तर, आफैमा यो नयाँ विधि होइन । हामीले डेंगु, हेपाटाइटिसलगायतका भाइरसको परीक्षण एन्टीबडी परीक्षणबाट गरिरहेका छौं ।
एन्टीबडी परीक्षण गर्ने विभिन्न विधिहरू छन् । तीमध्ये धेरैजसो प्रयोगशालामा प्रयोग हुने ‘एलाइजा’ हो र अर्को र्‘यापिड टेष्ट’ । नेपालमा ‘एलाइजा’ पनि उपलब्ध छ । तर, यसको परीक्षणको लागि प्रयागशालाभित्रै बसेर परीक्षण गर्नुपर्ने हुन्छ । यसको लागि मेसिनदेखि दक्ष जनशक्ति चाहिन्छ । त्यसमाथि एकरदुई जनाको परीक्षण गर्दा अफ्ठ्यारो हुन्छ । चार देखि ६ सम्म पनि समय लाग्ने भएकाले ब्याचमा यसको परीक्षण गर्नुपर्ने हुन्छ । केही कम्पनीहरूले कोभिड–१९ को एन्टीबडी परीक्षणका लागि ‘एलआइजी’ पनि विकास गरिसकेका छन् ।
एन्टीबडी परीक्षण गर्ने अर्को विधि र्यापिड टेष्ट विधि (आरडिटी) हो । अहिले नेपालमा पनि यो विधि भित्रिएको छ । अन्य देशमा पनि यो विधि अपनाएर काम भइरहेको छ । अमेरिका, युरोपियन युनियन, अष्ट्रेलिया, भारतलगायतका देशमा आरडिटीबाटै परीक्षण गर्ने कुरा समावेश गरेका छन् । यो विधिको फाइदा धेरै विज्ञता नचाहिने, साधारण र प्रयोगशाला नचाहिने हो । फिल्डमा गएर थोरै तालिम पाएकाले नै यो परीक्षण गर्न सक्छन् । र यसको नतिजा पनि १५ मिनेटमा नै आउँछ ।
पिसिआरभन्दा माथिका पनि केही परीक्षणहरू छन् । पिसिआरमा हामीले साधारणतयाः भाइरसका लागि दुई वा तीन वटा जीन हेर्ने कोसिस गर्छौँ भने यो भन्दामाथि भनेको जीन सिक्वेन्सी, जसले भाइरसको पूरा जिन परीक्षण गर्छ ।
आफैमा कुनै पनि प्रयोगशालामा परीक्षण पूर्ण हुँदैन। त्यति बेलाको बिरामीको अवस्थादेखि अन्य धेरै पक्षहरूसँग मिलाएर परीक्षणको नतिजाको मूल्याकङ्न गर्नुपर्ने हुन्छ । विभिन्न देशहरूले पिसिआर परीक्षण गर्ने मापदण्ड तोकेका छन् । नेपालमा पनि यस्तो मापदण्ड तोकिएको छ । भन्नुको अर्थ, कुनै पनि देशले सतप्रतिशत जनसंख्यालाई पिसिआर परीक्षण गर्नुपर्छ भन्ने मापदण्ड राखेको छैन । त्यसको एउटा निश्चित मापदण्ड बनाएर परीक्षण गर्नुपर्नेलाई पिसिआरबाटै गर्ने र जो व्यक्ति पिसिआर परीक्षणको मापदण्डमा आउनु हुन्न उहाँहरूलाई कुनै वैकल्पिक विधि अपनाएर परीक्षण गर्दा धेरैभन्दा धेरै को परीक्षण हुन सक्छ । त्यसमा केहीलाई हामीले समात्न सक्यौं भने पिसिआरमाथि भर पर्दा छुट्न सक्ने केसहरू पनि समात्न सकिन्छ। यो पक्कै पनि रोगलाई नियन्त्रण गर्नको लागि फाइदाजनक हुनसक्छ ।
एन्टीबडी परीक्षणको अर्को एउटा फाइदा भनेको रोग निको भएपछि पिसिआर नेगेटिभ आउँछ । पहिला रोग लागिसकेको र त्यो बेला पिसिआर परीक्षण हुन नपाएकोहरूको गर्ने परीक्षण भनेको एन्टीबडी मात्रै हो । एन्टीबडी परीक्षण गरेर हाम्रो समुदायमा कति व्यक्ति कोरोनाबाट संक्रमित भएका थिए भन्ने बुझ्न पनि सहयोग गर्दछ ।
पिसिआरभन्दा माथिका पनि केही परीक्षणहरू छन् । पिसिआरमा हामीले साधारणतयाः भाइरसका लागि दुई वा तीन वटा जीन हेर्ने कोसिस गर्छौँ भने यो भन्दामाथि भनेको जीन सिक्वेन्सी, जसले भाइरसको पूरा जिन परीक्षण गर्छ । र अर्को भनेको भाइरस कल्चर हो । यसमा प्रयोगशालामा लिइएको नमुनाबाट भाइरस निकाल्ने परीक्षण गरिन्छ । यो परीक्षण गर्न सकिने भएता पनि प्रयोगशालामा गर्नको लागि सिफारिस गरिदैँन ।
यसरी प्रयोगशाला परीक्षणसँगै बिरामीको विगतमा भएका दैनिकीहरू हेरिन्छ। अहिले हामीले कुरा गर्दा बिरामीको यात्राको अध्ययन, ज्वरो छ कि छैन, स्वास फेर्न समस्या छ कि छैन भन्ने कुरा हेरिन्छ, जसलाई चिकित्सकीय भाषामा हिस्ट्री भनिन्छ । यो सँगसँगै सिटीस्क्यान, एन्टीबडीको नतिजा, पिसिआरको नतिजालगायतका सबै परीक्षण मिलाएर एकै ठाउँमा राख्दा रोगको परीक्षण वा पहिचानको दायरा बढाउन सकिन्छ ।
बिरामी अस्पतालमा नै हुनुहुन्छ, निगरानीमा नै हुनुहुन्छ, त्यति जरुरी छैन भने ब्याच बनाएर परीक्षण गरिन्छ । तर, कसैको चाँडो रिपोर्ट चाहिएको छ भने ती नमुनालाई चाँडो परीक्षण गर्छौं ।
साथै, पिसिआरको नतिजा कति समयमा आउने भन्ने कुरा हुन्छ। यो जटिल र समय लाग्ने विधि हो । एउटा गर्दा वा धेरै ब्याचमा गर्दा पनि उत्तिकै समय लाग्छ। धेरै परीक्षण एकै समयमा गरियो भने समयको उपयोग निश्चित रूपमा हुने हुँदा हामी धेरैभन्दा धेरै ब्याच बनाउन खोज्छौं । यसो गरेमा निश्चित समयमा नतिजा दिन सकिन्छ धेरै भन्दा धेरैको । तर, टाइम धेरै लागिरहेको छ भने दुई चार नमुनाको पनि परीक्षण गरिन्छ ।
अर्को भनेको, बिरामीको नमुनाको परीक्षण गर्नुपर्ने कति जरुरी छ भन्ने कुरा पनि आउँछ । बिरामी अस्पतालमा नै हुनुहुन्छ, निगरानीमा नै हुनुहुन्छ, त्यति जरुरी छैन भने ब्याच बनाएर परीक्षण गरिन्छ । तर, कसैको चाँडो रिपोर्ट चाहिएको छ भने ती नमुनालाई चाँडो परीक्षण गर्छौं । एउटा नमुना अहिले नै परीक्षण गर्न सुरु गरियो भने यसको नतिजा ६ घण्टा भित्रै पनि दिन सकिन्छ । तर, साधारणतयः २४ देखि ७२ घण्टा समय माग्ने गर्छौं । कम्प्लेस विधि भएकाले, एकै पटकमा नतिजा नआउने भएकाले, बिग्रने हुनसक्छ, विभिन्न कुराहरू हुने भएकाले हामीलाई निश्चित समयमा परीक्षण भइसक्छ भन्ने कुरा जान्न गाह्रो हुन्छ ।

डा.रुना झा
(उहाँ, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका प्रमुख हुनुहुन्छ ।)

चित्र बडो अर्थपूर्ण छ।। सजिव र यथार्थपरक ।। जुनसुकै पार्टीको नेता स्थानीय होस या केन्द्रीय तहको, चुनाव जिताउने बेलामा शि...
03/06/2020

चित्र बडो अर्थपूर्ण छ।। सजिव र यथार्थपरक ।। जुनसुकै पार्टीको नेता स्थानीय होस या केन्द्रीय तहको, चुनाव जिताउने बेलामा शिक्षकलाई बुद्धिजीवी र तेसपछी बुद्धिहीन ठान्छ।।

पन्चेश्वर गाउपालिका वासीहरुमा हार्दिक अपील:दिनप्रतिदिन कोरोनाको जोखिम बढ्दै गएकोले बिवाह व्रतबन्ध अादि निहुमा भोजभतेर वा...
25/05/2020

पन्चेश्वर गाउपालिका वासीहरुमा हार्दिक अपील:

दिनप्रतिदिन कोरोनाको जोखिम बढ्दै गएकोले बिवाह व्रतबन्ध अादि निहुमा भोजभतेर वा अन्य बहानाले बिना रोकटोक छिमेकी वडा एवम् गाउँ टोल जाथाभावी प्रवेश कार्य भैरहेकोले तत्काल रोक लागाउन पन्चेश्वर गाउपालिकाको कार्यलय ,प्रहरी प्रशासनले आवश्यक पहल चालोस ।

अत्यावश्यक कार्य बाहेक जो कोहिलाई घुमफेर र गाउँ प्रबेश नगरिदिन हुन हार्दिक अनुरोध छ। मुख्य मुख्य गाउँ प्रवेश गर्ने नाकाहरुमा स्वयंसेवक परिचालन गरिनु जरुरी देखिएको छ

Stay home
Stay safe
Stay healthy

"गै भैंस पानी में"सन्दर्भ नेपाली भुभाग ,  सरकार र सरकार का मतिहारा हरु ले भित्र भित्रै  सन्धी समझौता गरी अनजान भयर बस्ने...
12/05/2020

"गै भैंस पानी में"सन्दर्भ नेपाली भुभाग , सरकार र सरकार का मतिहारा हरु ले भित्र भित्रै सन्धी समझौता गरी अनजान भयर बस्ने , कुरा बाहिरिदा सत्य तथ्य ढाक छोप गरी जानता लाईं अध्यारोमा राख्ने जस्ता कयौ सन्धी समझौता का उदाहरण छन। टनकपुर कै कुरा गरौ , जनता ले जान्न चाहादा थाहै छैन भनि भ्रम फैलायो । जनता ले यस बिरुद्ध कति संघर्ष गर्यो ।कति ले ज्यान गुमाउनु पर्यो । अन्तमा सहमति समझौता नेपाली राजनीतिक दलाल हरुले गरेकै ठहरियो , अन्तमा हामिले के पायौ !!!?????

अतः हामि हरुले नेपाली राजनीतिको इतिहासै नबुझि बौलाउदा आफै लाईं हानिकारक छ भन्ने मलाइ लाग्छ । धन्यवाद

Address

Kanchanpur

Telephone

+9779865804425

Website

Alerts

Be the first to know and let us send you an email when Prakash Ghatal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Prakash Ghatal:

Shortcuts

Share

Category