Golden Future Academy

Golden Future Academy Education

रसुवा बाढीपीडितको दुःखमा  गोल्डेन फ्यूचर एकेडेमी ।रसुवा–भोटेकोशी विनासकारी बाढीबाट प्रभावित पीडितहरूप्रति ऐक्यबद्धता जना...
21/09/2026

रसुवा बाढीपीडितको दुःखमा गोल्डेन फ्यूचर एकेडेमी ।
रसुवा–भोटेकोशी विनासकारी बाढीबाट प्रभावित पीडितहरूप्रति ऐक्यबद्धता जनाउँदै हाम्रो विद्यालयका विद्यार्थीहरू बाट रू ५६४०/-शिक्षक शिक्षिका बाट एक दिनको तलब बराबरको रकम र विद्यालयको संयुक्त पहलमा संकलित कुल रु. २१,१००/- सहयोग रकम 'प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष' मा जम्मा गरिएको छ। विपद्को यस घडीमा पीडितहरूप्रति देखाइएको मानवीय संवेदना र सहयोगको भावना महत्वपूर्ण हुन्छ। रसुवाका पीडित परिवारलाई यो सानो सहयोगले केही राहत मिलोस् भन्ने कामना गर्दछौँ।
-गोल्डेन फ्यूचर एकेडेमी

२०८२ भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा सहादत प्राप्त गर्नुभएका ७६ जना वीर सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली। 🕯️🙏उह...
08/09/2026

२०८२ भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा सहादत प्राप्त गर्नुभएका ७६ जना वीर सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली। 🕯️🙏
उहाँहरूको वीरता र बलिदान सधैँ स्मरणीय रहनेछ।
शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना। 🙏
श्री गोल्डेन फ्यूचर एकेडेमी
शुक्लाफाँटा–०८, फुलेली, कञ्चनपुर

 #सूचना आदरणीय अभिभावकज्यूहरू, शिक्षक शिक्षिका ज्यूहरू तथा विद्यार्थी नानी बाबुहरू,सरकारको निर्णयअनुसार भोलि मिति २०८३/०...
06/09/2026

#सूचना
आदरणीय अभिभावकज्यूहरू, शिक्षक शिक्षिका ज्यूहरू तथा विद्यार्थी नानी बाबुहरू,
सरकारको निर्णयअनुसार भोलि मिति २०८३/०५/२२ गते राष्ट्रिय शोक दिवस मनाउने निर्णय भएको छ। उक्त दिन विद्यालयमा बिदा नरहने र विद्यालय नियमित रूपमा सञ्चालन हुने व्यहोरा जानकारी गराइन्छ। साथै विद्यालयमै शोक मनाइनेछ।
यस दुःखद घटनाबाट प्रभावित परिवारलाई सहयोग पुर्‍याउने उद्देश्यले विद्यार्थी नानीबाबुहरूले अभिभावकज्यूहरूको सहमतिमा आफ्नो इच्छाअनुसार सक्दो आर्थिक सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ।
साथै, कञ्चनपुर जिल्ला लगायत विभिन्न स्थानमा अत्यधिक वर्षा भइरहेको हुँदा सम्पूर्ण अभिभावकज्यूहरूले आफ्ना नानी–बाबुहरूको विशेष हेरचाह तथा सुरक्षामा ध्यान दिनुहुन अनुरोध गर्दछौँ।
धन्यवाद
विद्यालय प्रशासन
गोल्डेन फ्यूचर एकेडेमी

***प्रथम त्रैमासिक परीक्षा–२०८३ को नतिजा प्रकाशन सम्बन्धी सूचना ***यस विद्यालयमा २०८३ साल साउन १४ गतेदेखि २१ गतेसम्म सञ्...
06/08/2026

***प्रथम त्रैमासिक परीक्षा–२०८३ को नतिजा प्रकाशन सम्बन्धी सूचना ***
यस विद्यालयमा २०८३ साल साउन १४ गतेदेखि २१ गतेसम्म सञ्चालन भएको प्रथम त्रैमासिक परीक्षा–२०८३ को नतिजा २०८३ साल साउन २२ गते (शुक्रबार) बिहान ११:०० बजे प्रकाशित गरिने व्यहोरा सम्पूर्ण आदरणीय अभिभावकज्यूहरूमा जानकारी गराइन्छ।
तसर्थ, आफ्ना नानीबाबुहरूको नतिजा तथा शैक्षिक प्रगति हेर्न तोकिएको मिति र समयमा अभिभावकको उपस्थिती अनिवार्य रहेको हुँदा विद्यालयमा उपस्थित भई नतिजा हेर्नुहुन हार्दिक अनुरोध गर्दछौं।
– श्री गोल्डेन फ्युचर एकेडेमी
शुक्लाफाँटा नगरपालिका–०८, फुलेली, कञ्चनपुर

विद्यालय कप्तान निर्वाचन २०८३ सफलतापूर्वक सम्पन्न 🎉विद्यार्थीहरूमा नेतृत्व क्षमता, जिम्मेवारीबोध र लोकतान्त्रिक संस्कारक...
22/06/2026

विद्यालय कप्तान निर्वाचन २०८३ सफलतापूर्वक सम्पन्न 🎉
विद्यार्थीहरूमा नेतृत्व क्षमता, जिम्मेवारीबोध र लोकतान्त्रिक संस्कारको विकास गर्ने उद्देश्यका साथ आयोजित निर्वाचनमा ऋतु चौधरी विद्यालय कप्तान तथा विवेक ऐर विद्यालय उप-कप्तान पदमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई तथा शुभकामना।
नवनिर्वाचित नेतृत्वले इमानदारी, जिम्मेवारी र समर्पणका साथ विद्यालयको नेतृत्व गर्दै सम्पूर्ण विद्यार्थीका लागि प्रेरणाको स्रोत बन्नुहोस् भन्ने शुभकामना व्यक्त गर्दछौं। साथै, निर्वाचनलाई सफल बनाउन योगदान पुर्‍याउनुहुने सम्पूर्ण उम्मेदवार, विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूप्रति हार्दिक धन्यवाद।

Address

Kanchanpur

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779809487906

Alerts

Be the first to know and let us send you an email when Golden Future Academy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Golden Future Academy:

Shortcuts

Share

Category