20/09/2026
कृष्णपुर–५ मा सिर्जनशील बाल क्लबद्वारा सरसफाइ कार्यक्रम सम्पन्न
कञ्चनपुर — “वातावरण प्रदूषण नगरौँ, स्वस्थ जीवनको थालनी गरौँ” भन्ने मूल नाराका साथ कृष्णपुर नगरपालिका–५ मा रहेको सिर्जनशील बाल क्लबले सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ।
क्लबका पदाधिकारीहरूको सहभागितामा वडा कार्यालय परिसरमा सरसफाइ कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा कार्यालय परिसरको सरसफाइ गर्दै वातावरण स्वच्छ राख्नुपर्ने सन्देश दिइएको थियो।
कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण पदाधिकारीहरूलाई क्लबका अध्यक्षले धन्यवाद व्यक्त गरेका छन्। साथै, आगामी दिनमा बजार क्षेत्रसँगै समाजका विभिन्न स्थानमा समेत यस्ता सामाजिक तथा जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिएको छ।
Pic : Gunjan joshi