04/09/2026
🦚 श्रीकृष्ण जन्माष्टमीको उल्लासमय उत्सव 🦚
आज कञ्जिरोवा नेसनल सेकेन्डरी स्कुलमा कक्षा ४ का विद्यार्थीहरूको नेतृत्वमा श्रीकृष्ण जन्माष्टमी विशेष उत्साह र भक्तिभावका साथ मनाइयो।
कार्यक्रममा विद्यार्थीहरूले स्तोत्र वाचन, मनमोहक नृत्य, प्रेरणादायी मन्तव्य तथा अन्य सांस्कृतिक प्रस्तुतिहरू मार्फत भगवान श्रीकृष्णको जीवन, शिक्षा र सन्देशलाई जीवन्त रूपमा प्रस्तुत गरे।
जय श्रीकृष्ण!