Gillette International College & School

Gillette International College & School Gillette School College, a reputed and prestigious academic institution, is a co-educational and private institution established in 2000 AD.

Gillettes’ Kids Montessori Wing
29/08/2020

Gillettes’ Kids Montessori Wing

28/08/2020

Minimum Bachelor Degree passed,
Must have Montessory Training,
Minimum of 5 years experience

28/08/2020

आदरणीय अभिभावकज्यूहरु,
उज्ज्वल भविष्यको पर्खाइमा रहेका प्यारा विद्यार्थी भाइबहिनीहरु कक्षा ११ मा भर्नाको मौसम शुरु भएको छ, कुन स्कूल (कलेज) मा पढाउने भन्ने द्विविधा उत्पन्न हुनु स्वभाविकै हो, अझ विद्यार्थीलाई मैले के पढें भने सफलता हासिल गर्न सक्छु भन्ने निर्णय गर्न निकै कठिन छ । यसको लागि मैले एमबिए, एलएलएम गरि विभिन्न उद्योग, व्यवसाय, बंैक, अस्पताल, नर्सिङ तथा इन्जिनियरिङ कलेज लगायतका शैक्षिक संस्थामा काम गरेको अनुभवको आधारमा केही सुझाव दिन चाहान्छु ।
ठूला बिल्डिङ्ग भएका, ठूला ठूला चौर भएका वा बिबिध किसिमले विद्यार्थी तान्ने, जहिले सोध्दा पनि प्याक भैसक्यो भन्ने तर जाँच हुने बेलासम्म पनि भर्ना लिइरहने स्कूल चिन्नुहोस र सावधान रहनुहोस, कोटा नतोकेकोले जति पनि विद्यार्थी लिने, गुणस्तरीय शिक्षाको नाममा अनेकन बिधिबाट विद्यार्थीको मार्कसिट मात्रै गुणस्तरीय बनाउने क्षणिक लाभको लोभमा नफस्नुहोस ।
कस्तो स्कूल तपाईंको पहिलो रोजाइमा पर्नुपर्छ :-
१. पहिलो कुरो पढाउने शिक्षक/शिक्षिकाको योग्यता र शिक्षण अनुभव हेर्नुहोस ।
२. दोश्रो कुरो कलेज ब्यवस्थापन र संचालकहरुको ब्यबस्थापकीय अनुभव र स्थायित्व हेर्नुहोस ।
३. विद्यार्थी भाइबहिनीहरुको चाहाना जहिलेपनि नयाँपन खोज्ने हुन्छ, उनीहरु पढिरहेको स्कुल छोडेर जान खोज्छन, नर्सरी देखि एसईई सम्म एउटै स्कूलमा पढियो, त्यो स्कुल छोडेर अर्कोेमा जान पाए हुन्थ्यो भन्ने मनोभाव हुन्छ, तर उनीहरुलाई पछि मात्रै थाहा हुन्छ कि आफ्नो वाल्यकालदेखिको अभिभावक गुमाएको, आफू हुर्केको ठाउँ बेकारमा छोडेको आदि । त्यसैले आफ्नो छोराछोरीलाई सम्झाउनुहोस, सकेसम्म आफ्नै स्कूलमा भर्ना गराउनुहोस ।
४. जुन स्कूलमा ११ कक्षा संचालन छैन वा कक्षा १० सम्मको पढाइ वा स्कूलको वातावरण अभिभावक आफूलाई पनि राम्रो लागेको छैन, त्यस्तो अबस्थामा ।
५. छिमेकीको देखासिखी गरेर ठूला बिल्डिङ्ग भएका, ठूला ठूला चौर भएका वा बिबिध किसिमले विद्यार्थी तान्ने, जहिले सोध्दा पनि प्याक भैसक्यो भन्ने तर जाँच हुने बेलासम्म पनि भर्ना लिइरहने स्कूल चिन्नुहोस र सावधान रहनुहोस, कोटा नतोकेकोले जति पनि विद्यार्थी लिने, गुणस्तरीय शिक्षाको नाममा अनेकन बिधिबाट विद्यार्थीको मार्कसिट मात्रै गुणस्तरीय बनाउने क्षणिक लाभको लोभमा नफस्नुहोस ।
६. कोभिड कहरको कारणले सकभर नजिकको स्कूलमा भर्ना गराउनुहोस, बसमा आउँदा जांदा नै विद्यार्थी थकित भैसकेका हुन्छन, पछि थोत्रा बसमा चढ्न दिक्क लाग्छ, अनि मोटरसाइकल गाडीको डिमाण्ड गर्ने संभावना रहन्छ । विपदको बेला नजिककै स्कुल काम लाग्छ ।
७. अबको पढाइ अनलाइन (भर्चूअल) र भौतिक उपस्थिति दुबैको मिश्रित हुनसक्छ । त्यसैले सूचना र प्रविधिमैत्री वातावरणको मूल्यांकन गर्नुहोस ।
८. खेलकुद लगायतका अतिरिक्त क्रियाकलापमा ध्यान दिनैपर्छ तर मूख्य र चुरो कुरो चै पढाइ नै हो, त्यसैले अतिरिक्त क्रियाकलापमा ध्यान पुर्याउनुहोस तर अध्ययन अध्यापन गराउने मूख्य कुरा हो ।
९. तपाईंको छोराछोरीले राम्रो जिपिए ल्याएको छ भने स्कूलहरुले तानातान गरेर उनैको फोटो देखाएर अरु विद्यार्थी तान्ने गलत प्रवृत्ति छ, तर यसो गर्दा अहिले त विद्यार्थीलाई राम्रै लाग्छ, पछि बुझ्दैजाँदा त्यही बेला देखि उनीहरुको दिमागमा आफू कमर्सियल रुपमा बेचिएको भान हुन्छ, थोरै भएपनि शुल्क तिर्नुहोस, त्यो पनि विद्यार्थीकै हातबाट ।
१०. सबैभन्दा महत्त्वपूर्ण कुरो शुल्क हेर्नुहोस, महंगो शुल्क लिने स्कुल गुणस्तरीय होइन, कमर्सीयल हुन्छन । टिचरलाई त बरु कम शुल्क लिनेले बढी तलव दिएको हुनसक्छ, ठूला भनेका स्कूलको हाइफाइ मात्रै ठूलो हो, यसमा गम्भीर भएर सोच्नुहोस ।
कस्तो स्कूलमा पढ्ने कुरा गरिसकेपछि अब के बिषय पढ्ने भन्ने ’boutमा छलफल गरौं :-
मेरो आफ्नै वास्तविक कुराबाट शुरु गर्छु, मैले २०४१ सालमा सेकेन्ड डिभिजनमा एसएलसी पास गर्दा म र मेरो परिवार त खुसी हुने नै भयो, आफन्तजन र शुभेच्छुकले भेटमा बधाई दिएको कुरा सम्झदा अहिले पनि मन आनन्दित हुन्छ । पूर्वी पहाडको भोजपुर, त्यो बेला धरान आइपुग्न हिंडेर तीन दिन लाग्थ्यो, महेन्द्र मोरङ क्याम्पस बिराटनगर पढ्ने भनेर झरियो, बिराटनगर शहर पहिलोपल्ट देखेको, कता हो कता ? क्याम्पससम्म कसरी पुग्ने भन्ने मात्र भन्ने मनमा खेलिरहेको थियो, जसोतसो सोध्दैखोज्दै क्याम्पस त पुगियो, तर अब के गर्ने ? केही थाहा थिएन । सोध्दै खोज्दै जाँदा फाराम भर्ने ठाउँमा पुगियो । मलाई के भ्रम थियो भने साइन्स भनेको चै धेरै गाह्रो बिषय हो, डाक्टर इन्जिनियर बन्ने बिषय, यो चै त्यतिबेलाको फष्ट डिभिजनले मात्र पढ्छन, त्यसपछिको दोस्रो बिषय चै ब्यबस्थापन हो, यो चै हामी जस्तो दोस्रो डिभिजनकालाई ठीक हुन्छ, तेस्रो डिभिजन, आंशिक, कम्पार्ट पास गर्नेले चै आट्र्स पढ्ने हो भन्ने थियो, ल पनि छुट्टै पढाइ हुन्छ भन्ने थाहा थिएन । अर्थात अन्धाधुन्धमै ब्यबस्थापनमा फाराम भरियो, पहिलो लिष्टमै नाम निस्कियो, भर्ना भैयो र आइकम, बीकम महेन्द्र मोरङबाटै गरियो ।
एमबिए टियु किर्तिपुरबाट गरियो । पढियो मेनेजमेण्ट तर गर्दै जांदा व्यबस्थापनको मूल जरो त कानून पो रहेछ भनेर फेरि एलएलबी, एलएलएम गरियो । वास्तवमा स्वरोजगार उद्यमी हुंदैगर्दा नर्सिङ कलेज चलाइयो, अहिले इन्जिनियरिङ कलेजको एमडी छु । भनेपछि साइन्स नै पढेको भएपनि सक्ने रहेछु नि त तर मलाई भ्रम थियो, म दोस्रो डिभिजनको विद्यार्थी, म साइन्स पढ्न सक्दिन भन्ने ।
अलिक पछि अंग्रेजीमा एउटा कथा पढेको याद आयो, सर्पले बिच्छीलाई खान्छ, बिच्छीले भ्यागुतोलाई खान्छ र भ्यागुतोले फेरि सर्पलाई खान्छ, शक्तिशाली को ? भन्ने । यो पढ्ने के ? भन्ने पनि त्यस्तै रहेछ । साइन्सले संसार निर्माण गरेको छ, भगवान सरहका डाक्टर नर्स जन्माएको छ, तर उपयुक्त व्यबस्थापन बिना साइन्सले केही गर्न सक्दैन, ध्वंस मात्रै गर्छ । त्यसैगरि मानव समाजको विकासमा मानविकीको महत्व छ, संस्कारयुक्त मानव जीवनको लागिएको हुनसक्छ, फेरि साइन्स, ब्यबस्थापन, मानविकी सबै संचालनको लागि कानून अपरिहार्य हुन्छ । फेरि अरु बिषय अपाङ्ग भए काम भएन भने छाडातन्त्र मौलाएपछि कानूनले मात्रै पनि के गर्नु ?
साइन्सले संसार निर्माण गरेको छ, भगवान सरहका डाक्टर नर्स जन्माएको छ, तर उपयुक्त व्यबस्थापन बिना साइन्सले केही गर्न सक्दैन, ध्वंस मात्रै गर्छ । त्यसैगरि मानव समाजको विकासमा मानविकीको महत्व छ, संस्कारयुक्त मानव जीवनको लागिएको हुनसक्छ, फेरि साइन्स, ब्यबस्थापन, मानविकी सबै संचालनको लागि कानून अपरिहार्य हुन्छ । फेरि अरु बिषय अपाङ्ग भए काम भएन भने छाडातन्त्र मौलाएपछि कानूनले मात्रै पनि के गर्नु ?
हो त्यसैले अब के पढ्ने भन्ने कुरा चै विद्यार्थीको रुचीमा भर पर्ने कुरा हो, तपाईं जुनसुकै कार्यक्रम पढ्नुहोस, त्यत्तिकै शक्तिशाली हुन सक्नुहुन्छ, तर पाठ्यक्रममा ध्यान दिएर बिषयबस्तुलाई गहिराइसम्म बुझेर पढ्न सक्नुपर्दछ । अहिले इण्टरनेट हेर्न सक्नुहुन्छ, अग्रजको राय लिन सक्नुहुन्छ, अभिभावकले तपाईंको ’boutमा चासो लिएको हुन्छ, वहाँहरुले सही मार्ग सुझाउनुहुन्छ ।
तर कोही साथीले कुनै कार्यक्रममा भर्ना गर्यो भनेर आफूलाई पटक्कै रुचि नभएको बिषयमा भर्ना नगर्नुहोला । तपाईंलाई यो बिषयमा म राम्रो गर्न सक्छु भन्ने बिषय पढ्नुहोस, अभिभावकले पनि प्रेसर नदिनुहोस, तर विद्यार्थी अलमलिएको छ भन्ने लाग्यो भने मार्ग देखाइदिनुहोस, सम्झाउनुहोस, उदाहरण दिनुहोस । त्यसो भयो र सही निर्णय सही समयमा गर्न सक्नुभयो भने तपाईं अभिभावक र तपाईं विद्यार्थी दुबैको जिपिए ४ आउने निश्चित छ ।

( बिचार प्रस्तोता शिक्षाविद्व न्यौपाने हिलसाइड कलेज अफ इन्जिनियरिङबाट प्रवद्र्वित जि. एस. स्कूल मेनेजिङ्ग डाइरेक्टर हुनुहुन्छ )

There has never been a single exam when you did not do well. You have once again proved that. Congrats, buddies! A huge ...
27/08/2020

There has never been a single exam when you did not do well. You have once again proved that. Congrats, buddies! A huge congratulations for the successful completion of 10th grade.

A huge congratulation to all the Gilletian SEE graduates 2076.
18/08/2020

A huge congratulation to all the Gilletian SEE graduates 2076.

Address

Kalimati

Opening Hours

Monday 07:00 - 17:00
Tuesday 07:00 - 17:00
Wednesday 07:00 - 17:00
Thursday 07:00 - 17:00
Friday 07:00 - 17:00
Sunday 05:00 - 17:00

Telephone

015165136

Alerts

Be the first to know and let us send you an email when Gillette International College & School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Gillette International College & School:

Shortcuts

Share

Category