29/04/2026
श्री आदरणीय अभिभावकज्यू,
सादर नमस्कार!
विषय: शैक्षिक सत्र २०८३ सञ्चालन सम्बन्धी जानकारी:-
शैक्षिक सत्र २०८३ को पठनपाठन सुचारु भइसकेको सहर्ष जानकारी गराउँदछौं। यस सन्दर्भमा निम्न कुराहरूमा विनम्र अनुरोध गर्दछौं:
*१. साप्ताहिक बिदा:-
नेपाल सरकारको निर्णय अनुसार अर्को सूचना जारी नभएसम्म प्रत्येक हप्ता *शनिबार र आइतबार* विद्यालय बन्द रहनेछ।
*२. पाठ्यक्रम व्यवस्थापन:*
नयाँ समयतालिका अनुसार सबै विषयको पाठ्यभार (Course division )मिलान गरिसकिएको छ। पढाइमा कुनै असर पर्ने छैन।
* ३. EMIS Transfer:*
नयाँ भर्ना भएका विद्यार्थीहरुको EMIS Transfer गर्न अभिभावकज्यूले सम्बन्धित विद्यालयमा पहल गरिदिनुहोला।
कुनै जिज्ञासा वा समस्या भएमा हामीलाई सम्पर्क गर्नुहोला:
मोबाइल: 9861112966
सहयोगको लागि धन्यवाद।
प्रिन्सिपल
मोडर्न मोडल रेसिडेन्सियल स्कुल, लालु ८, कालीकोट
मिति: २०८३/०१/१६