26/09/2022
म (पत्रकार आनन्द शर्मा) लाई सकारात्मक हौसला बढाउने हिसाबले र मेरो कामको बारे चिरपरिचित भोजपुरी गायक चन्दन सोनाकारले मेरो बारेमा एउटा भोजपुरी गीत बनाएर मलाई उपहार स्वरुप प्रदान गरेकोमा गायक चन्दन सोनाकार लाई हृदय बाट नै धन्यवाद दिन चाहन्छु l प्रत्येक वर्ग, समुदाय, बिभिन्न संघ संस्था तथा निकायहरु बाट समेत मलाई अति नै साथ र सहयोग पाईरहेको छ l सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाईहरु संग यसरी नै माया, स्नेह, साथ, सहयोग र आशिर्वाद म माथि सधै रही रहोस l
आजदेखि मेरो हौसला अझ बुलन्द भएको छ l र म सधैं भ्रष्टाचार र भ्रष्टाचारीहरुको भण्डाफोर गरि रहनेछु भन्ने प्रतिबद्धता समेत व्यक्त गर्दछु l मेरो कलम र आवाज सधैं आवाज बिहिनहरुको आवाज बन्ने छ l धन्यवाद l l