23/01/2026
#
School for poor children
23/01/2026
#
साभार:-रामकृष्ण शर्माको पोष्ट उपयोगी लागेर सापट लिएको,
गणित महात्म्य !!
विद्यालयमा पढेको (a+b)² = a²+2ab+b² फर्मुला व्यवहारिक जीवनमा कहिल्यै काम लाग्दैन भन्दै आउनुभएको छ ? म बताउँछु नि कसरी लाग्छ.....
सुरुमा कुरा गरौँ, सामान्य दिमागी ट्रिकको..
उदाहरण १ः कसैले तपाईलाई ५३ X ५३ को हिसाब माग्यो । (१०,२०, ५०, १०० का नजिक जुनसुकै नम्बर भएपनि)
तुरुन्तै ५३ लाई ५० र ३ मा विभाजन गर्नुस्, अब फर्मुला लगाउनुहोस्
(५०+३)² = ५०²+2(50)(3)+3² = 2500+300+9 =2809
उदाहरण २ः कसैले तपाईलाई ४८ X ५२ को हिसाब माग्यो (जुनसुकै नम्बर पनि १०, २०, ३० हुँदै १०० काे नजिक ल्याएर सजिलो बनाउनुस्)
अब a²-b² फर्मुला लगाउनुहोस् - (५०-2) (50+2) = 50² - 2² = 2496
यस्ता हिसाब बुद्धिमान मानिसहरूले त्यहि फर्मुला प्रयोग गरेर सेकेन्डमै निकाल्छन् ।
(❁´◡`❁)
अब घरका कुरा गरौँ । मानौ तपाईको घरमा कोठा ११/११ को थियो । अब २ फिट थप्न मन लाग्यो, कति कार्पेट, कति टायल, कति पेन्ट लाग्छ, फ्याट्टै हिसाब निकाल्न सकिन्छ ।
पुरानो क्षेत्रफल १२१ (११X११), थप्न खोजेको २ फिट
फर्मुला अनुसारः (11+2)² = 11² +2(11)(2)+2² = 169
नयाँ क्षेत्रफल १६९-१२१ = अतिरिक्त भयो ४८ वर्ग फिट, अब पसल गएर ४८ वर्गफिटको लागि कार्पेट, पेन्ट वा टायल जस्ता सामान माग्नुस्, उनीहरुलाई कण्ठै हुन्छ ।
(❁´◡`❁)
अब खाने कुरा..
तपाईले १२ इन्चको पिज्जा र १४ इन्चको पिज्जा मगाउँदा जम्मा २ इन्चको फरक हुन्छ तर पैसा असाध्यै धेरै पर्न आएको महशुस गर्नुभएको छ ? यसको उत्तर पनि त्यहि फर्मुला प्रयोग गरेर निकालिएको हो ।
12-inch Pizza को वर्ग इन्च 12² = 144, अनि 14-inch Pizza 14² = 196
फरक ५२ वर्ग इन्च (196-144) पर्न आयो हैन ? थप ५२ वर्ग इन्चको पिच्जा भर्न ३६% भन्दा बढी सामान चाहिन्छ । अनि पर्दैन त महंगाे ?
(❁´◡`❁)
अब सामान राख्ने कुराः
तपाईसँग १० इन्चको बक्स छ । तर त्यसलाई १ इन्च मात्र बढाउँदा कत्रो फरक पर्छ हेर्नुस्..
१०x१० = १०० वर्ग इन्च, १ इन्च मात्रै साइज बढाउँदा (10+1)² = 10²+2(10)(1)+1² = 121, अर्थात त्यो बक्सले २१ प्रतिशत बढी सामान अट्ने क्षमता राख्छ ।
(❁´◡`❁)
हाम्रा घरहरूमा हुने ४३ इन्चको टिभी र ५० इन्चको टिभी देख्दा कति ठूलो फरक
महशुस हुन्छ याद गर्नुभएको छ ? टिभीको चाैडाइ र हाइट बढाउँदा यहि फर्मुला प्रयोग गर्नुभयो भने डायगनल ह्वात्तै बढ्छ, डायगनल बढी हुँदा टिभी सामान्य इन्चको फरकमा पनि ठूलो देखिन्छ ।
(❁´◡`❁)
थप दुइटा कुरा..
म्याराथन दौड्ने धावकले आफ्नो शरिरको शक्ति र कुद्ने गतिको हिसाब पनि यहि फर्मुलाबाट निकाल्न सक्छ । लामो दुरीमा ट्रक चलाउने ड्राइभरले पनि ८० किलोमिटर प्रतिघण्टाको गाडि १० थपेर ९० किलोमिटर प्रतिघण्टा कुदायो र अगाडि स्टप साइन रहेछ भने कति अगाडि ब्रेक हान्नुपर्ने हुन्छ, त्यसको हिसाब पनि यहि फर्मुलाबाट हुन्छ । ड्राइभरले थाहै नपाइ यो फर्मुला प्रयोग गरेको हुन्छ ।
अन्तिममा,
यो स्टाटस पढ्नुअघि तपाईको मोबाइलमा Brightness ५०% थियो र अलिक बढी उज्यालाे पार्छु भनेर तपाईले ६०% बनाउनुभयो । ६०% भनेको ६०/१०० = 0.6, अनि ५०% भनेको 0.5 - कति बढ्यो ? 0.5 + 0.1 हैन त ? अब दुबैको वर्ग घटाउनुस् । (0.5)² + (0.1)² = 0.25+0.1+0.01 = 0.36, पहिले 0.25 Brightness थियो अब 0.36 भयो, फरक 0.11 भयो । अब प्रतिशतमा लानुहोस्, 0.11x100 = 11% अर्थात् तपाइको मोबाइलले यो स्टाटस पढ्न ११ प्रतिशत बढी शक्ति खर्च गरिरहेको छ ।
होस्, ५०% मा झार्नुहोस्, व्याट्री जाेगाउनुस्, अरूको स्टाटस पनि पढ्नु पर्ला नी !!!
साइन्स, इन्जिनियरिङको सामान्य दैनिकीमा त यो सुत्रको प्रयोग कति हुन्छ कति...भनि साध्य छैन ।
(नोटः यो मेरो अर्ग्यानिक कन्टेन्ट हो, कतैबाट कपी गरेको हैन, तपाइले कपी गरेर क्रेडिट दिन सक्नुहुनेछ)
फर्मुलाको कथा समाप्त (❁´◡`❁)
Cr: Ramkrishna Sharma
31/08/2025
30/06/2025
https://www.facebook.com/share/15qRKcQTjS/
यस बिद्यालयका तालिम प्रमुख जीवन कुंवरद्वारा १८ महिनेजे.टि.ए का विद्यार्थीहरुलाई हर्टिकल्चर बिषय अन्तरगत फलफुलका बोटहरुको अनावश्यक हांगाहरुको कांट्छांट पश्चात ढुसी रोगबाट बचाउन copper sulphate लगाउने प्रबिधिको स्थलगत प्रशिक्षण।
स्थान -श्रीबलमान कृषि नमुना फार्म।
29/06/2025
https://www.facebook.com/share/1BzyDxKT6Y/
घोडाघोडी नगरपालिकाले मनायो २२ औँ राष्ट्रिय धान दिवस सुखड,असार १५ गते । कैलालीको घोडाघोडी नगरपालिकाले २२ औँ राष्ट्रिय धान दिवस मनाएको छ । वडा नम्बर १२ आम्बासामा रहेको ...
घोडाघोडी नगरपालिकाको अग्रणी शैक्षिक संस्था यस श्री पहलमान सिंह मेमोरियल प्राविधिक मा वि घोडाघोडी नगरपालिका ११ आम्बासा कैलालीमा शैक्षिक सत्र २०८२ का लागि बाल विकासदेखि कक्षा ९ सम्म साधारण र प्राविधिक धार (बाली बिज्ञान ) मा भर्ना खुलेको व्यहोरा सम्पूर्ण अभिभावक बुद्धिजीवी समाजसेवी एवं विद्यार्थी भाइबहिनीहरुमा जानकारी गरिन्छ। साथै आउँदै गरेको नयाँ वर्ष २०८२ सालको पावन अवसरमा सुख शान्ति समृद्धि उन्नति प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौं। विद्यालय परिवार श्री पहलमान सिंह मेमोरियल प्राविधिक माध्यमिक विद्यालय आमबासा कैलाली।।
| Monday | 10:00 - 16:00 |
| Tuesday | 10:00 - 16:00 |
| Wednesday | 10:00 - 16:00 |
| Thursday | 10:00 - 16:00 |
| Friday | 10:00 - 14:00 |
| Sunday | 10:00 - 16:00 |