12/05/2026
लम्किचुहा सस्थागत बिधालमा टप ५ मा पर्न सफल हाम्रो बिधालय बलिया कमन स्कुलका विद्यार्थी भाइ बहिनी तथा शिक्षक अभिभावक सम्पुर्ण मा हार्दिक बधाइ तथा शुभकामना ।
education
12/05/2026
लम्किचुहा सस्थागत बिधालमा टप ५ मा पर्न सफल हाम्रो बिधालय बलिया कमन स्कुलका विद्यार्थी भाइ बहिनी तथा शिक्षक अभिभावक सम्पुर्ण मा हार्दिक बधाइ तथा शुभकामना ।
11/05/2026
SEE परीक्षा २०८२ सफल हुने सम्पुर्ण विद्यार्थी भाइ बहिनिहरु मा हार्दिक बधाइ तथा उज्ववल भविष्य को शुभकामना ।
SEE नतिजा केही बेर मा आउदै छ है ।
SEE नतिजाको पर्खाइमा रहनुभयका बिध्यार्थी भाइबहिनिहरु, नतिजा आउदैछ।राम्रो GPA आउनासाथ मात्तिनु र कम GPA आउनासाथ आत्तिनु हुदैन।फेलै भयपनी स्वीकार गर्नुपर्छ।GPA सबैचिज होइन।संस्कार,मेहनत,लगनशीलता,अनुशासन ले जीवनमा हामीलाई सफल बनाउछ ।।पढाई बिग्रेमा फेरिपनी सुधार गर्न सकिन्छ तर जीवन गलतलाइनमा गय सुधार गर्न गाह्रो हुन्छ।घरबाटै ११/१२ पढ्ने निर्णय लिने ,अग्रज बिध्यार्थीहरुबाट सिक्ने।आज कि भोलि SEE को नतिजा सार्वजनिक हुँदैछ। विद्यार्थी र अभिभावक दुवैको मनमा कौतूहलता र केही हदसम्म डर हुनु स्वाभाविक हो। तर यो नतिजा आउनुअघि एउटा कुरा मनन गरौँ, कागजको एउटा पानाले न त कसैको क्षमताको पूर्ण मापन गर्न सक्छ, न त कसैको भविष्यको फैसला नै।
हामी प्राय: सफलतालाई अङ्कसँग जोडेर हेर्छौँ, तर सफलता आफैँमा एउटा भ्रम हो। आज तपाईंलाई जुन नतिजा 'नराम्रो' वा 'थोरै' लागेर मन दुखिरहेको छ, त्यही नतिजा ल्याउनु कसैको लागि 'सपनाको उपलब्धि' हुन सक्छ।त्यसैले अङ्कको पछि लागेर आफ्नो अनमोल जीवन र आत्मविश्वासलाई कहिल्यै कमजोर नबनाऊ। जिन्दगी कुनै पनि सर्टिफिकेट भन्दा धेरै विशाल छ।
प्रिय भाइबहिनीहरू,
राम्रो अङ्क ल्याउनेहरूलाई अग्रिम बधाई! तर जसको नतिजा सोचेजस्तो आउँदैन, तिमीहरूले कत्ति पनि आत्मग्लानि महसुस नगर्नु। लडेर उठ्नु नै वास्तविक सफलता हो। याद राख, तिमी हुनु नै यो संसारको लागि सबैभन्दा ठुलो उपहार हो।
जिन्दगी कुनै पनि परीक्षा वा ग्रेडभन्दा धेरै विशाल र महत्त्वपूर्ण छ। परीक्षामा थोरै अंक आउँदैमा वा असफल हुँदैमा जीवनमा सफल भइँदैन भन्ने सोच्नु गलत हो। संसारका धेरै सफल व्यक्तिहरू कुनै न कुनै परीक्षामा असफल भएका थिए, तर उनीहरूले हार मानेनन्।
अभिभावकहरूलाई पनि आग्रह छ, आफ्नो सन्तानलाई अङ्कको तराजुमा मात्र नजोखौँ। यो समय उनीहरूलाई तुलनाको होइन, हाम्रो साथ, सहानुभूति र भरोसाको खाँचो छ।
याद राखौँ: जीवन छ र त परीक्षाहरू आउँछन्, तर परीक्षा मात्रै जीवन होइन। भोलिको बिहानी अङ्कको आधारमा होइन, उत्साह र आत्मविश्वासको आधारमा तय गरौँ। सबैलाई धैर्य र सुखद नतिजाको शुभकामना!
28/04/2026
बिधालय संचालन सम्बन्धि सूचना ।
12/04/2026
आज मिति २०८२ साल चैत्र २९ गते बिधालयको वार्षिक परिक्षाको नतिजा प्रकाशन तथा पुरस्कार बितरण कार्यक्रम सम्पन्न ।
12/04/2026
नतिजा प्रकाशन गरिएको बारे।
11/04/2026
नतिजा प्रकाशन सम्बन्धि सूचना ।
11/04/2026
कक्षा ८ को नतिजा प्रकाशित गरिएको सुचना।
02/04/2026
आज बाट सुरु भएको एस इ इ परीक्षा २०८२ मा सहभागी हुने सम्पुर्ण विद्यार्थी भाइबहिनिहरु हार्दिक शुभकामना ।
| 09:00 - 17:00 |