18/06/2026
धान रोपाइँ २०८३/०२/०४
कक्षा १० “Ag” र १२ (OJT) का विद्यार्थीहरूद्वारा व्यावहारिक धान रोपाइँ ।
स्थान: श्री पहलमानसिंह मेमोरियल प्राविधिक माध्यमिक विद्यालय आफ्नै प्रयोगात्मक खेत
प्रशिक्षक: केशव बोहरा
14/06/2026
बागवानी तथा पुष्पखेती (Horticulture and Floriculture) को प्रयोगात्मक कार्य मिति: २०८३/०२/३१
१. प्रजनन विधि (Propagation Method) अन्तर्गत बीउ तथा वानस्पतिक प्रजनन सम्बन्धी अभ्यास गरियो। वानस्पतिक प्रजननमा विभिन्न प्रकारका कटिङहरू जस्तै:
हार्डवुड कटिङ (Hardwood Cutting)
सेमी हार्डवुड कटिङ (Semi Hardwood Cutting)
सफ्टवुड कटिङ (Softwood Cutting)
साथै सजावटी बिरुवाहरू क्रोटन, बोगनभिलिया, घन्टी फुल (हिबिस्कस), ब्लिडिङ हार्ट, चाइनिज बान्यान, क्रिसेन्थेमम तथा अपराजिताको बीउ, पानीमार्फत प्रजनन (Water Propagation) सम्बन्धी अभ्यास गरियो।
२. दुई वर्ष पुरानो चाइनिज बान्यान बिरुवाको पुनःरोपण (Repotting) गरियो तथा विद्यालयको प्रशासनिक भवन अगाडि रहेका सिमेन्टका गमलामा लगाइएका सजावटी बिरुवाहरूमा मल प्रयोग गरियो।
३. विद्यालय परिसरमा रहेका आँपका बिरुवाहरूमा क्लेफ्ट ग्राफ्टिङ (Cleft Grafting) तथा साइड ग्राफ्टिङ (Side Grafting) सम्बन्धी प्रयोगात्मक कार्य गरियो।
४. विद्यालय परिसरमा रहेका आँपका बिरुवाहरूमा इनार्चिङ (Inarching) विधिबाट कलमी गर्ने अभ्यास गरियो।
13/06/2026
श्री पहलमानसिंह मेमोरियल प्राविधिक माध्यमिक विद्यालय, घोडाघोडी नगरपालिका–११, अम्बासा, कैलालीमा आज मिति २०८३/०२/३० गते शनिबार कक्षा १० का विद्यार्थीहरूद्वारा बागवानी तथा पुष्पखेती विषयअन्तर्गत विभिन्न प्रयोगात्मक कार्यहरू सफलतापूर्वक सम्पन्न गरियो।
प्रयोगात्मक कार्यअन्तर्गत सजावटी बिरुवाका लागि आवश्यक रोपाइँ मिश्रण (Potting Mixture) तयार गर्ने, सिमेन्टको गमलामा भेरिगेटेड शेफ्लेरा (Umbrella Plant) रोप्ने, अम्बा र लिचीमा एयर लेयरिङ तथा कागतीमा माटो लेयरिङ गर्ने, साथै कन्टेनरमा बोगनभिलियाको कटिङ गर्ने कार्य सम्पन्न गरियो।
उक्त प्रयोगात्मक कार्यमा प्रशिक्षक मञ्जु शाही र प्रकृति शाहको सहजीकरण तथा निर्देशनमा सम्पन्न गरियो।
12/06/2026
आज मिति २०८३/२/९ गते का दिन यस श्री पहलमानसिंह मेमोरियल माध्यमिक विद्यालयमा, शुक्रबार स्तरीय क्रियाकलाप अन्तर्गत माध्यमिक तहको कक्षा ९ र १० को हाजिर जवाफ प्रतियोगिता र आधारभूत तहको चित्रकला प्रतियोगिता सम्पन्न भएको छ। सम्पूर्ण शिक्षक स्टाफ र विद्यार्थी भाइबहिनीहरूलाई धेरै धेरै धन्यवाद। यस प्रतियोगितामा प्रथम ,द्वितीय र तृतीय स्थान हासिल गर्ने सबै विद्यार्थीहरूलाई धेरै धेरै शुभकामना।
12/06/2026
कक्षा १२ का ओजेटी (On the Job Training) मा संलग्न विद्यार्थीहरूले विद्यालय परिसरलाई हराभरा तथा आकर्षक बनाउने उद्देश्यले विद्यालयको मूल गेटदेखि प्रशासन शाखासम्म रहेका क्यारीहरूमा विभिन्न फूल तथा बिरुवाहरू रोपेका छन्। उक्त वृक्षारोपण तथा फूल रोपण कार्यक्रम प्रशिक्षक मञ्जु शाहीको नेतृत्वमा सम्पन्न भयो।
12/06/2026
ICT तथा शैक्षिक उपकरण खरिद गर्न कोटेशन आह्वान गरिएको सूचना।।।
08/06/2026
सूचना
यस विद्यालयमा अध्ययनरत कक्षा ११ का साधारण तथा प्राविधिक धारातर्फका सम्पूर्ण विद्यार्थीहरूलाई जानकारी गराइन्छ कि कक्षा ११ को वार्षिक परीक्षाको नतिजा प्रकाशन भइसकेको छ।
साथै, आगामी शैक्षिक सत्रको नियमित पठनपाठन असार १ गतेदेखि सञ्चालन हुने भएकाले सम्बन्धित सबै विद्यार्थीहरूलाई निर्धारित मितिदेखि नियमित रूपमा कक्षामा उपस्थित हुन अनुरोध गरिन्छ।
विद्यालय प्रशासन
श्री पहलमान सिंह मेमोरियल प्राविधिक माध्यमिक विद्यालय
घोडाघोडी नगरपालिका-११, आम्वसा, कैलाली।
05/06/2026
कक्षा 12 का ojt गरिरहेका प्रशिक्षार्थी द्वारा आज june 5 अथार्त विश्व वातावरण दिवस मनाइयो।
विश्व वातावरण दिवस २०२६ को नारा "Inspired by Nature. For Climate. For Our Future." अर्थात् हाम्रो भविष्य, हाम्रो जलवायु सबै प्रकृतिबाट प्रेरित छ"ले प्रकृतिलाई केवल जीवनको आधार मात्र नभई जलवायु संकटको समाधानको स्रोतका रूपमा प्रस्तुत गर्दछ। वन, नदी, हिमाल र जैविक विविधताबाट प्रेरणा लिँदै वातावरण संरक्षणका प्रयासहरूलाई बलियो बनाउन र भावी पुस्ताका लागि स्वच्छ, हरित तथा सुरक्षित भविष्य निर्माण गर्न यो नाराको मुख्य सार रहेको छ।
27/05/2026
यही मिति २०८३ साल जेठ १८ गते सोमबारका दिन श्री पहलमानसिंह मेमोरियल प्राविधिक माध्यमिक विद्यालयको नयाँ विद्यालय व्यवस्थापन समिति गठन गर्नुपर्ने भएकोले सम्पूर्ण अभिभावकज्यू लगायत सरोकार वालाहरुलाई पत्रचार गरिसकेका छौँ। कथन कदाचित पत्र नपुगेको भए यसै सूचनालाई आधार मानी तपसिलको मिति समय र स्थान मा उपस्थितका लागि हार्दिक अनुरोध छ।
तपसिल
मिति: २०८३/०२/१८
समय : बिहान ९ बजे
स्थान श्रीपाल मानसिंह मेमोरियल मा.वि.